[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 259602 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-23-07 7:32 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    :D naiiiiiiiiiiii testo nagara hehhe flimi hehhhee
     
    Posted on 02-23-07 7:36 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    निभिडिया जी लाई स्वागत छ चौतारीमा, मज्जाले थकाइ मारूम्, अब मास्टर्नी दिदीसँग रोल नं लिएर नामाकरण गरिलिनुहोला। :)

    ग्वाँचे के छ हालखबर? जरामुनी तिर कस्तो छ मौसम? वेदर अपडेट गर्दै गर्नु।

    ठूली, के छ तिम्रो हालखबर? कालो बिरालोले दु:ख दिएको रे? मेरो चौतारीको नाम भनिदिएकोमा धन्यवाद है।

    सान्काँचो पनि जरामुनीमै फर्सीको जरा खोज्दै होला।:P

    वेदर अपडेट: आज बादल लागेको छ।
     
    Posted on 02-23-07 7:41 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    धन्यवाद तपाईंहरुलाई!
    तपाईंहरुको न्यानो स्वागतले गर्दा अगि चौतारीमा बसेर सुकिसकेको पसिना पनि फेरी आयो! :प
    अप्टोउन गल जि, नमस्कार तपाईंलाई पनि!
    भोज ख्वाइहाल्छु नि ग्वाँछे जी धन्दा नमान्नुस् ।
    ग्वाँछे जी नाम त तेस्तै हो है नाम से क्या लेना मेरा काम देखो यारों भन्ने हिन्दी भनाई छ नि। तै पनि यो गाम् को रिति अनुसार् न्वारन् गरिदिनुस् न त उच्चारण गर्न गार्हो लागे ।
     
    Posted on 02-23-07 7:45 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    निभिडिया जी, अप्टोउन गल ज्यूको चौतारीको नाम चैं ठूल्नानी या ठूली हो। :) माथि पहिले पोस्टमा सबैको चौतारीको नाम नीलो अक्षरमा लेखिएको छ, सजिलोको लागि।

    तपाईको न्वारनको लागि मेरो दिमागमा अहिले त केही फुरेन, मास्टर्नी दिदी, जिम्माल बा या अरू कोहीले गरिदिनुहुनेछ भन्ने आशा गर्छु।
     
    Posted on 02-23-07 7:48 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    धन्यवाद तपाईंहरुलाई!
    तपाईंहरुको न्यानो स्वागतले गर्दा अगि चौतारीमा बसेर सुकिसकेको पसिना पनि फेरी आयो! :प
    अप्टोउन गल जि, नमस्कार तपाईंलाई पनि!
    भोज ख्वाइहाल्छु नि ग्वाँछे जी धन्दा नमान्नुस् ।
    ग्वाँछे जी नाम त तेस्तै हो है नाम से क्या लेना मेरा काम देखो यारों भन्ने हिन्दी भनाई छ नि। तै पनि यो गाम् को रिति अनुसार् न्वारन् गरिदिनुस् न त उच्चारण गर्न गार्हो लागे ।
     
    Posted on 02-23-07 7:50 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    oopsieeeeee!
    maafi chahanchhu double posting ko lagi:-(
    *************************************
    चित्रे जी,
    धन्यवाद चौतारीमा स्वागत गरी बस्न अनुमती प्रदान गर्नु भएकोमा
    मेरो गाम को वेदर अप्डेट>> आकाश खुला छ, आँधी बेरी आउँला जस्तो छैन, २ हप्ता मज्जाको जाडो खाइयो अन्टर्क्टिके गाम् तिर माइनस् ३५ डिग्री! अहिले बोसो पग्लिने गर्मी भएर आयो यो तल्लो अ्रिका गाम तिर।
     
    Posted on 02-23-07 7:51 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ल जमघट मच्चि सकेछ चौतारीमा ।
    नया निभिडिया जि पनि पाल्नु भएछ लौ तपाइलाइ स्वागत छ है चौतारीमा ।
    मज्जाले बस्न र गन्थन अर्न पाइछ नि चौतारीमा ।

    ए चित्रे के छ? हिजो ता कता हो कमेडि हेर्दै भन्ने सुन्या थे । के हो तेस्तो? हामिलाइ पनि दिन मिल्ने भए भनम क्या रे?

    वेदर अपडेट : यसो झ्यालबाट चियाएको ता फुसुफुसु हिउ पर्दै रहेछ बाहिर ।

    थुली, ग्वाचे, चित्रे, nVidia सबैलाइ नमस्ते - हो भन्या थुली कस्तो गारो नाम रहेछ nVidia ।

    मिस कति बेला आउने हो? जिम्बाल बा भे नि हुन्त्यो यसो न्वारन गर्न लाइ तर बुढा बेलुका मत्रै मुन्टिन्छन् चौतारीमा । कोहि ले यसो न्वारन गर्दिम है ।
     
    Posted on 02-23-07 7:57 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामु मेरो सबै ठीक च्याट । तिम्रो के छ नि ?
     
    Posted on 02-23-07 8:00 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भनेपछि निभिडिया जी आरू जेनी टीना (Argentina) या चिल्ली तिर हुनुहुन्छ जस्तो छ। अनि -३५ डीग्रीमा पुग्नुभाको? बाफ्रे! के मा जानुभो साउथ पोलतिर? सबम्यारिनमा हो? मलाई नि घुम्न मन थियो त्यता त।

    ए ठूली, तिमी र म पनि घुम्न जाम यो विकेन्डमा साउथ अम्रिकातिर, के छ विचार? ;)
     
    Posted on 02-23-07 8:01 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    थुली, सबै ठिक च्याट रे ?
    के हो त्यो ठिक च्याट भनेको ?

    मेरो ठिकै छ । झ्याल भित्रबाट बहिरको फुसुफुसु हिउ हेर्दै छु ।
     
    Posted on 02-23-07 8:01 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे जी (माथि हेरेको सप्पैको नाम था' पाइहाले नि ;) ),
    धन्यवाद तपाईंलाई पनि!
    (मन मनमा) कत्ती रमाइला मान्छेहरु रैचन्, कत्ती फरासिला ।
    पल्लो गाममा त को-को होले क्-कस्लाई मार्छु भन्दै रचन । त्यो बलबहादुर हो कि के हो भन्नि ले!
    डर लाग्यो अनि यहाँ पसेको ।
     
    Posted on 02-23-07 8:03 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे, हिजो कमेडी डि भी डी मा हेरको, 'श्रीपेचको पेच' भन्ने, केसी जोडीको, रमाइलो थियो। तर अन्लाइन नभाकोले सेयर गर्न चैं नमिल्ने भो। अनि तिम्रो 'बाटो नभएको देश'को वेदर अपडेट गर न। :)
     
    Posted on 02-23-07 8:06 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हजुर चित्रे जी,
    साउथ पोल तिर नै हो । अहिले आरु जेनि टिनाको नजिकै!
    पेनगुइन्हरु सँग खेल्न मज्जा आउने र'च ।
    कत्ती धेरै हुन मेरी बास्सै!
     
    Posted on 02-23-07 8:07 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हे हे चित्रे त्यो श्रीपेचको पेच अनलाइन छैन रे?
    मैले ता अनलाइन हेरेको तेस्को ।
    हाम्रो गाममा यौटाले यसो वेब ब्लग बनाउने भाछ कि तेस्मा रखेको रहेछ । मैले तेसैमा हेरेको नि ।

    बरु तिमि पनि हेर्ने हो अरु पनि धेरै छ नि तेस्मा

    ल nVidia जि, त्यो ता चौतारीको बिशेषता नै हो नि हाम्रो मास्टर्नि दिदिले भनेको ।

    हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
    --मास्टर्नी दिदी

     
    Posted on 02-23-07 8:11 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे, ए त्यो अन्लाइन पनि छ? मलाई त थाहै थिएन। अरू पनि छन् भने देउ न जालोको ठेगाना(website address)।

    निभिडिया जी, अहा! कस्तो रमाइलो ठाउँमा पुग्नुभएछ, मलाइ नि घुम्न मन लाग्यो त्यतातिर। ल राम्ररी ईन्जोई गर्नुस् है!
     
    Posted on 02-23-07 8:12 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
    --मास्टर्नी दिदी
     
    Posted on 02-23-07 8:14 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जदौ है गाम्लेहरु,

    के के कुरा गर्न भ्याईसकेछन। nVidia लाई नि स्वागत छ है चौतारीमा, नाम राख्नु पर्यो, कम्प्युटराँ टासेको कागताँ लेख्या नाम रै'छ, भन्न नि कति गारो?

    अनि यामे, ग्वाँचे, चित्रे, ठुली के गर्दै हो नि?
     
    Posted on 02-23-07 8:15 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    वेदर अपडेट: जाडो तेती छैन तर आकास बादलले डम्म ढाकेको छ । यो चाइ मैले बन्द कोठाको झ्यालबाट अनुभव गरेको, वेदर गुरु भन्नुहुन्छ: तेरो गाउँमा एइलेको तापक्रम ३ डिग्री सेल्सियस छ तर अनुभव हुन्छ (फिल्स लाइक माइनश २), हावाको गती ४३ कि. मि. प्र.घ. (प-पू) रे!

    यामे, मैले नि नमस्ते फर्काए, क्यार्दै हो च्याङ्बा ?

    निभिडियाजी, चौतारी नामको लागि एक्छिन प्रतिक्षा गरुम है, राम्रो साइत हेरेर पूजापाठ गरेर मात्रै जिम्मालबाले नामाकारण गर्ने चलन छ क्या, एइलेलाइ तेइ गारै भे नि पुरानइ नामले काम चलाम ।

    ठुलि, 'ठीक च्याट' and ' hehhe flimi hehhhee ' भनेको के हो ?
     
    Posted on 02-23-07 8:16 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे त्यो कमेडी काँ छ, ठेगाना बताउन मिल्छ भने बताम्न, हामी नि हेरूँ।
     
    Posted on 02-23-07 8:19 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    उत्तर्, दक्षिण,पूर्व , पश्छिम सबै ध्रुव बाट यस चौतारिमा पाल्ने सबै चौतारिवासिलाइ रातो,हरियो,पहेलो,सेतो जस्तो जस्तो अभिवादन मन पर्छ मैले पनि टक्र्याएँ है।
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    NRN card pros and cons?
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    legal Query for married nepali girl now have taken US citizenship
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    2020 : Why No Trump !
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    ए १ पनि पुगेनछ ?
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
    BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
    नेपाली वालमार्ट चोर
    Funny when Nepalis talk about Epstein and injustice
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    H1B
    EAD Filing
    Tps decision coming or not nov 18
    Why Oli must go for the UML to survive?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters