[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 289604 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-18-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना र राहुल्दाको कथा नि पढिराकिम । मै मोरिले राम्रो छ भुन्न भूसुक्कै बिर्सिएछु...त्यो के जाति अरु नि सप्पै जो पढन पाम है :)
 
Posted on 04-18-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है पुन: एक पटक।

चौतारिमा माओबादिको प्रबेश? भैहाल्यो, अब देशाँ जता ततै फैले बेलाँ हाम्रो चौतारिमा पनि आएछ। स्वागत् त गर्नै परो, नत्र फेरि।।।।।।।।।।।।।।।।।। तर म के भन्दै छु भने, चौतारिमा, कुखुरा चोर् संम ठिकै छ, साइकल् चोर्, मोटर् चोर् लाई चाहिँ ठाम् छैन।
मन्त्री परिषदंआ जस्तो घुर्कि देखाएर्, मुर्कि बजाएर काम् हुंदैन यहाँ। यहांको काइदा कानून सबैले जानून्।
पुण्टे बुढा नि फेरि माओबादि को शरण मा छिट्टै गै हाले छ। कुरा मिलाउंदै थिएम्। त्यो कुम्ले पनि त्यति सामन्ती जस्ति लागेन है। झुठ् मुठ् चाहिँ बोल्दा रैछन्, अलि अलि। तै पनि ठुलै सजाय दी हाल्ने खाल् को होइन होइ।
काम्रेड् बेताल् र प्रचण्ड् जी लाई नि के भन्दै छु भने, चौतारिको मुद्दा मामिला चौतारि भित्र नै छिनो फानो हुने हुँदा हाम्रो संस्क्रिति र चलन्चल्टिमा कुनै किसिम को भांजो हाल्ने चाँजो न गर्नु होला।
 
Posted on 04-18-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् दर्शन गरे है।
 
Posted on 04-18-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहाहाहाहा हेर्दै खाउँ खाउँ लाग्यो दुर्गे को लालमन रसबरी । सेल नि र'छ, पीरो अमिलो तिक्खर हाल्या अचार भए गज्जब हुन्थो ल । खोइ बजिया रामे कता गो? सेल सित ट्वाक्क यस्स लाउन पाए त, कि कसो पुण्टे दा? एउ दुइ टुक्रा माछा मासु भए त, आहाहाहहाहाहाहा ।

कुम्ले - तिउँरो दुलहि नि यस्तो बनाउँछ? नत्र त क्यानम शरणम गच्छामि त होला नि ?

ल है ठुल्दाइ कालो कोट ला'र नियाँदिस बनेको त पहिलो गाँसमै झिंगा परे जस्स मानिचु के रे । हे हे हे हे

थुलि, औंठी र झुम्का सम्म मागेको ठिकै हो कि, कहाँ सुनको तक्मा पनि भनेको भन्या ? दाजुहरलाइ त्यस्तो दु:ख दिनु हुन्छ? खै मिस यस्स सम्झाइदिनु न । भाइटिकामा सुनको तक्मा चाइयो रे, लौ न नि । यसै त गँजडि उत्तानो पर कसलाइ देला बर भनेर डायलग हान्ला भन्ने पीर मलाइ चै ।
 
Posted on 04-18-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना लौन के भनेको तेस्तो एुतै बुइनि लाइ नि सुन्को तक्मा भाइ तक्मा नदेत के खार भाइ तिका सिका गर्नु त। झुम्का त राहुल दाइले भाइ तिका नगरेनि दिन्चु भन्नु भाच। यो भाइ तका मा त ५ ओता सुन् को तक्मा त पाउचु।राहुल् दाइ, चना दाइ, पून्ते दाइ, बिर्खे दाइ, निस् दाइ. दाइ हरु धरै भनाको नि कहिले काहि फाइदा नै हुन्च। :P
 
Posted on 04-18-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि बनाउने दाजुहरु। तिहारमा तिका लाउदा पाइदा हुन्च
राहुल् दाइ, चना दाइ, पून्ते दाइ, बिर्खे दाइ, निस् दाइ. आज देखि मेरो नि दाइ:P
 
Posted on 04-18-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नी पाइदा भनेको के हो?
 
Posted on 04-18-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ एम् सोरि है पुन्टे र चना

आलु, गाजर र काक्रोको तिल हालेर बनाको अचार अलिकति थियो आफैले खार सकियो ।

खुर्सानिको अचार बजारा पाईन्छनि

नाम पनि के जातिहो "चिल्लि सस" हो के रे

तेसै सँग खाउ है आजलाई
 
Posted on 04-18-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो मिठो खाने कुरा देखेर मेरो पनि मुख नै रसायो।
जम्मै गाम्लेहरु लाई मेरो नमस्ते है।
 
Posted on 04-18-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो। के छ सबैको हाल्खबर?

चना र ठुल्दाइका कथाहरु सार्है मार्मिक रहेछन्।

अनि चित्रेले आन्ध्रे सागर काटेको गाइंगुइं पनि सुनिन्थ्यो, कुन् ठामतिर बसाइ सरेको हो?
 
Posted on 04-18-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको कथा नि पढियो। सारै मर्मिक छ। अर्को भाग नि छिटै पढ्न पाइयोस।
 
Posted on 04-18-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिआ गाम्लेहरु सप्पै कता हराए भनेको त १२ बजे देखुन खेताँ लाउने र'छ । पारी गामतिर यस्स घुम्न गा' त याँमानको इस्तिकर भ'को कालो चस्मा र लाउरे टोपि ला'र नयाँ दुलहि सित कुम्ले मज्जाले घुमि रा' रेछ । ए कुम्ले भनेओ त "को कुम्ले म चिन्दिन है कुम्ले सुम्ले" भनेर थर्काओ मलाइ ।
 
Posted on 04-18-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाह्हह्हा!
चने। अन्त अँखा डुलाउने बानी रैछ। के गर्न गाको नि अर्को गाम् मा? साथ् मा थियो कि कोइ?
 
Posted on 04-18-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होहल्ला धेरै थियो तेइभ'र के र'छ भनेर हेर्न गोकि नि, साथमा कोइ नि थिएन ठुल्दाइ , नभए भोलि तपैले सोझो भनेर डामेको कुम्ले आउला नि बताउन ।

सुनको तक्माको कथा रमाइलो हुदैछ, थुलिले भाइतिकाँ सुनको तक्मा चाइयो भनिन के रे, नदिए के खार भाइतिका गर्ने रे, ठुस्केकि छिन है, लु अब ठुल्दाइले फुस्ल्याउनु परो थुलि लाइ ।
 
Posted on 04-18-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ गाम्लेहरु?
 
Posted on 04-18-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, नेप्चे, जिम्माल बा, सबैलाइ सञ्चै ?

चित्रे हाउँरो छिमेकतिर बसाँइ सरो रे भन्थो, खै कतातिर हो था छैन है मोलाइ । चित्रेआ साहुको गोरु बिमार परो रे, चित्रेलाइ नै हलोमा बाँधेर जोतो जस्स छ के रे, फुर्सताँ आम्छु चौतारीआँ भन्थो, खै आज देख्या नि छैन ।
 
Posted on 04-18-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो चना बिरादर, ह्याँ यत्रो स्वरले चिच्याई रा छु, देख्या नदेखेइ गर्छन यार!
 
Posted on 04-18-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे हरि, देखे देखे, पछाडि'ट आ'र नजीकै त्यस्तरी चिच्याउन पाइन्छ? ल, धन्न कानाँ जाली फुटेन । जाली फुट्या भए ?!!!! मोलाइ बहिरो बनाम्ने बिचार गरिस कि के हो?

लु बस, भन त मलाइ, किरिकेटिआ हालखबर के छ ? लंके, कंगारु, किवि र, अफ्रे पास भो अरु फेल भो रे, अब के होला भन्न त । तिमलाइ था' होला नि ।
 
Posted on 04-18-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफु त परियो लँकाको पँखा, लँके हरुले जित्छन जस्तो लाग्छ। हुन त ह्याँ चौतारीमा कँगारुहरुको पछी लाग्ने नि थुप्रै छन। फाइनलमा तिलीहरुलाई जितेर कुखुरो काट्ने भनेर ग्वाँचे र म रेडि भएर बस्या छम। अरु को को हाम्रो पार्टीमा लाग्ने हो तीनपाने र कुखुरा फ्रि। लास्टाँ मुख कुल्ला गर्न चैं देशी दारुको बन्दोबस्त गरिने छ।

अनि खै कथामा लभ स्टोरी कैले आउने हो भनेर ठुली कुरिराख्या छ रे, अब त बेला भो होला नि :-)
 
Posted on 04-18-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, आफु नि लंकाको पंखा परियो, तर खै कंगारुको अगाडि टिक्ला जस्स लाएन के रे । कुखुरो काट्न अस्ति मैले भउतेलाइ खुकुरि दे को, कहाँ राखेर गएछ तेल्ले ? पुण्टे दाइले भन्या नेपालाँ चुनाउ लड्छु, नेता बन्छु भनेर भउते कस्सिदै गोको रे, अब चुनाउ सुनाउ नि नहुनि भ'छ, टायँ टायँ फिस, त्यसैले कता लेकसाइडतिर फिसिङ अर्दै छ रे, मोरोले खुकुरि कता राख्यो राख्यो? तिमारु त कुखुरो दाँतैले निमोठ्नि सुर कसे जस्स लाओ मलाइ, तिमारुलाइ खुकुरिको चासै छैन त ।

थुलिको कुरो नअर ऐले, ठुस्केओ छ के म सित, सुनको तक्मा चाइयो भनेर, ठुल्दाइलाइ भन्या छु के रे फुस्ल्याइदयाओ न भनेर ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters