[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 373448 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-08-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ......... खेँ.... खेँ... खेँ ...खेँ...
रे खेँ.... खेँ... खेँ...
अरे बाप रे खेँ..... खँ... खेँ...
हँस्दा हँस्दा सला हलवा टाइट भइलियो
रे खेँ.... खेँ... खेँ...
 
Posted on 08-08-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेसुरे-बेत्ताले-ज्यु, हजुरलाई मेरो तर्फबाट नि स्वागत छ। चौतारीमा। हजुरका मीठा मीठा रचनाहरु सुन्नलाई हामी हातमा फुलपाती लिएर बसेका छम के रे।
 
Posted on 08-08-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजि लाई नि धन्यबाद्! रचना त काजि कै धेरै सुनेर धन्य भैएको छ। निरन्तरता त दिबक्सेलानै।

लु त मेरो त सझा बुस् छुट्न लागेछ। घरबाटै भेतुम्ला फेरि!
 
Posted on 08-08-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि एउटा गीत गाउन मन लाग्यो
है अगर दुश्मन दुश्मन जमाना कम् नही कम् नही
कोइ आए, कोइ आए,
कोइ आए तो हम किसिसे कम् नही कम् नही
 
Posted on 08-08-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ......... खेँ.... खेँ... खेँ ...खेँ...
रे खेँ.... खेँ... खेँ...
अरे बाप रे खेँ..... खँ... खेँ...
हँस्दा हँस्दा सला हलवा टाइट भइलियो
रे खेँ.... खेँ... खेँ...
 
Posted on 08-08-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau ,

SurNaTaal maile yeuta git samjhe

dil ye bechain main
raste pe naina main
jindagii behal hain
sur hai na taal hain
...
....taal se taal milaa
खेँ......... खेँ.... खेँ... खेँ ...खेँ
 
Posted on 08-08-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्ताला (सुर न ताल)जी लाई चौतारी मा स्वागत छ
 
Posted on 08-08-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिनभरी गर्नु नगर्नु गरेर मोरेचन, दिनभरी घाममा टट्टीएर घर आको हाँस्दा हाँस्दा चैनसँग बस्न नि पा हैन.....रोटफल रोटफल

जे होस सप्पैलाई नमस्कार है!
 
Posted on 08-08-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यसपाली रिठ्ठे बाजेले नै न्वारण गरि दिए, सुन्ताला जी, भोज खुआनुस् अब। मलाई चाहि गौशलाको म:म: भए पुग्छ।
 
Posted on 08-08-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी जी का बेपत्ता आज?
 
Posted on 08-08-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाँही बाजेको सुकेवा भये धेरै आशिक दिन्थे क्यारे
Last edited: 09-Aug-07 12:49 AM


 
Posted on 08-08-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरेनको ट्याम भयो, तारेमाम्।
 
Posted on 08-08-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ......... खेँ.... खेँ... खेँ ...खेँ...
रे खेँ.... खेँ... खेँ...
अरे बाप रे खेँ..... खँ... खेँ...
हँस्दा हँस्दा सला हलवा टाइट भइलियो
रे खेँ.... खेँ... खेँ...

चौतारीआँ आज चित्रकला परतियोगिता भ'यो के रे, अव पुरस्कार बितरण समारोह हुँदैछ , पुरस्कार बितरण समारोहलाइ अझै मनोरञ्जक बनाउन सबैसित अपरिचित वस्ताज सुरनतालेन्द्र बीर विक्रम साहु लाइ पेश गर्देछु । समकालीनहरुमाझ सुन्तला वस्ताज भनिने आजका अतिथिलाइ जोडदार तालीले स्वागत गरौ के रे । अनि कार्जेकरम सक्केपछिन फर्किनै नसक्नि गरि बाँधेर राख्न पर्छ है गाम्ले होऽऽ ।

त्यतिञ्जेल सम्ममा क-कसलाइ के के पुरस्कार दिने भनेर पुण्टेन्द्र माहाराज नाममा ठुल्दाइको गाममा बहस छलकपट गरी टुङ्गो लाग्ने लगाउने कुरो जासुस चित्रे मुखियालाइ थाहा हुनु पर्ला भनि सोझि ठुलिले गेस गरेको हुनुपर्ने अनुमान झिल्केले लगा'को हो कि भनि नेप्ची दिले शंका अरेको भनि चिप्लेले सोचेको हुनु पर्ने विचार कुम्लेले अरेको होला नि भनि निशेले मनमा कुरो खेलाको बारे मास्टर्नि दिदिले कविताआँ लेख्ने विचार अरेको होला के रे । बुझ्नेलै श्रीखण्ड तारेमाम ।
 
Posted on 08-08-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



न हाँस्न मन छ, न रुन नै सक्छु। हुन त आज जस्ता कुईया दिनहरुले पहिले पनि सताए कै थिए होलान्, तर हरेक पटक यसपलि नै पहिलो हो जस्तो लाग्छ। न कसैको सहानुभूतिले केई नाप्न सक्छ, तर आफ्नो प्यारो चौतारी न हो, आफ्नै "परिवार" संग गुनासो पोख्दा अलिक हलुको होला कि पिडा?

हाम्रो संस्था "Alliance for Democracy & Human Rights in Nepal" ले यहीं न्यू योर्कको एक लोकल सेनेटरसंग मिलेर नेपालमा बाडी पिडितहरुका निम्ति सहयोग उठाउन आउँदो २६ तारीख "फन्ड रेजिङ् डिनर" आयोजना गर्ने भएका थियौं। अनि, हाम्रो सानो नेपाली संस्थाको दम त के हुन्थ्यो, त्यही सिनेटरको अफिसको कडा कडी दम लगाएर उक्त भोजको घोषणा गर्ने कर्ममा आजे यहाँको लोकल मिडियाहरुसंग प्रेस कन्फरेन्स पनि थियो। गएको २-४ दिन यसमा खूब लागि प-या थिएं, अनि हाम्रो संस्थाको अध्यक्षको नाताले मलाई पनि केहि बोल्न भनेका थिए। रमाउँदै बिहान तेता तिर लाग्दै थिएं...

आज बिहानै देखि यहाँ हात्ती सुँढे, मुसलधारे पानी परेको तियो, अनि ठाउँ ठाउँमा पानी जमेर बाटोहरु ब्लक भएका रहेछन्। एक ठाउँमा आफ्नै अगाडी निकै पानी जमेर सानो तिनो ताल नै बनेको रहेछ। ५-७ वटा अरु मटरहरु बिचैमा फसेर बसेका पनि थिए। आफूलाई के गरौं, के गरौं भो। यतिकै बिचल्लीमा परि रहेको थिएं, एउटा अर्को मटर दाँया तिर बाट सुरुरु गयो। बाँयातिर मत्ृ फसेका थिए अरु मटरहरु। सोंचें, दाँयातिर सेफ नै होला, र हुईंकाएं। बिचैमा गएर मटर त ठ्याप्पै! ढोकाका कापहरुबाट पानी छिर्न थाल्यो, सिटको लेभल सम्म आयो। के गर्नु? झ्याल बाट बाहिर निस्कें। कमर मुनि सब पानी मुनि।

५-७ वटा फसेका हरु मिलेर एक एक मटरलाई ठेल्दै पानी बाट अलिक माथि उतारियो। तर, मटर स्टार्ट ने भएन। टो टृक बोलायम्, डेढ घण्टा कुरियो। यतिन्जेल सिनेटरको सेक्रेटेरीलाई फोन गरेर समस्या भनें। धन्न, एक जना नेपाली पत्रकार भाई समाचार लिन भनेर पुगेका रहेछन्। मेरो भाषणको कपि सिनेटरको सेक्रेटरीसंग थियो, र त्यही कपि त्यो नेपाली भाईलाई पढ्न लाईदेऊ भनेर कुरो मिलाएं।

गराज पुगियो, मरे पनि बनाउन सकेनन्। घटिमा २-३ घण्टा लाग्ने रे। घर फर्किम्, बाडीले सब्वेहरु पनि सबै बन्द। पानी रोकेर फेरि ब्रम्हाण्डै पठ्कन ला' झैं गर्मि चर्क्या थियो। भोक र प्यासले हुरुक्क हुँदै गर्मिमा भौंतारिंदै ३० मिनेटको दुरीमा खाना खान गएं, खाएर त्यसते दुर्गति भोग्दै फर्कें। भन्छन्, स्टार्ट त भयो, तर नराम्रो आवाज आई रहेछ, शायद ईन्जिन नै खतम भयो होला। डिलर कहाँ नै लिइर जाऊ रे। डिलर कहाँ शुक्रबार नभए सम्म हाम्लाई घुसाउने चान्स छैन रे। घुसाउन पाए पनि, ईन्जिन ने फेर्न पर्ने हो भने घटिमा ६ जहार डलर लाग्छ रे।

२००७ सालको नयाँ मटर।

बिहना ४ बजे देखि उठेर हिंड्या आफू, ५ बजे तिर मटर गराज मै थन्काएर घर फर्कने बेलाँ फेरि सब्वे छैन। उफफफफफफफफफफफफफफ! ३०-४० मिनेट हिंडेर, दुई ठाउँमा बस फेरेर, फेरि २५ मिनेट हिंसेर बल्ल आई पुगियो।

टेन्सन छ, पर्सि डिलरले के भन्नि हो। पसिनाले निथ्रुक्क भिजेछु।

स्नान गरेर, ५ पेक कोन्याक घोकेर, सुतिम् अब। आऽऽऽऽऽऽऽऽ त्यो रात्री भोज को नि जे सुकै होस् -- फोन गरेका थिए रेड क्रस वालाले (चन्दा उठाएर उनेरुलाई दिने सुरमा छौं)। उठाउनै मन लागेन। भोलि पर्सि कस्तो जाँगर चल्छ, हेरुम्ला, तर आजलाई त...हे भगवान!...जो सुकैले जे सुकै भनोस्, संसारमा कसैको वास्ता गरेछु भने मरिजाम्!


 
Posted on 08-08-07 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tara chana dai mero lagi khurpako bind bhayo
bujhnai aayena
 
Posted on 08-08-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



बाढीपिडित लाई चन्दा उठाउन खोजेको मुन्छे आफै बाढीपिढित ?



सान्दाइले उता ५ हजार उठाउन लाग्याछन् के रे। त्यसमा चौतारीले पनि १ हजार थपेर हजुरलाई नै दिनु पर्ला जस्तो छ त।
 
Posted on 08-08-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-08-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्नै बिर्सेछु:

संयोग पनि कस्तो! बाडी पिडितहरुका लागि सहयोगको घोषणा गर्न जाँदा, आफैं बाडी पिडित!
 
Posted on 08-08-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाढीपिडित लाई चन्दा उठाउन खोजेको मुन्छे आफै बाढीपिढित ?



यो मौसमले के खोज्या' हँ

यो सप्पै ग्लोबल वार्मिङको करामत हो लु जा, भन्दिएँ मैले नि
 
Posted on 08-08-07 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले कही त्य्स्तो हुन्छ के दसा लागे बेला तर डोन्ट व रि के। आइ एम् स्योर् पुन्टेदाइ सबैठीक हुन्छ

सन्नटा क्यु भई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters