[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 199559 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-03-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन! के भरिदियो त्यो रिकुटेले दिमागमा हँ? जन्या छु त्यो रिकुटेलाई, भेट्टाम न!
:D
 
Posted on 08-03-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु हुन्छ हुन्छ खेल फिलिम्मा। राम्री चिटिक्क छँदै छौ क्यार नाच्न नि आइहाल्छ। फिलिम् को शूटिङ मा बिजि हो तिमि? ल ल हामी ल्याइदिउँला काफल तिम्लाई नि। ए ठुल्नानी हिँड् है जाम्।
अनि चित्रे खै त ठुल्नानी अचेल्? :D
 
Posted on 08-03-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरूलाई नमस्ते है!

म यस्सो केही दिम विश्राम गरिरा'को। गाईजात्राको नि कुरा आएको रैछ, त्यसैले आफैंले यौटा कार्टुन बनाएँ, यसमा खास केही व्यंग्य छैन, खालि शुरूवातको लागि मात्र बनाको। पछि अलि व्यंग्यात्मक कार्टुनहरू बनाउने तर्फ सोच्न पर्ला।

ह्याप्प्पी गाईजात्रा!!!

 
Posted on 08-03-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कति राम्रो चित्र बनाउन आउनि रैछ बाबै चित्रेलाई त :)
 
Posted on 08-03-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ee hunchha pretty baru kafal ali badi lyaau hai bholi laai pani ,bholi chai bihaanai aau mero gharmaa la bhoj chha ke mero happy birthday ko , timi ni naachnu parchha bholi la. he..he..he thulnaani laai ni lyaau la . mis ta ma sanga risaaunu bhaa chha homwork garena bhanra ..la hai ta.
 
Posted on 08-03-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीको जन्मदिन हो रे भोली??
ह्याप्पी बर्थ डे टु यु!!
अनि केक चाँहि कहिले पठाउने नि?
 
Posted on 08-03-06 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks kumle , केक् चै भोलि चौतारी मै ल्याएर काट्नु पर्ला , तिमि नि आउहै खान :D
 
Posted on 08-03-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि तितौरीलाइ एउ बर्ष बढेको मा बधाइ ।
ल ल चित्रे दामि छ त्यो गाइजात्रे मान्छे ।
 
Posted on 08-03-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि धेरै धेरै शुभकामना छ जन्मदिनको है तितौरीलाई! मिल्छ भने केकको एक टुक्रो डल्लो पारेर यता पनि फाल्दिम्!
 
Posted on 08-03-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, हन हाम्री तितौरिको जन्मदिन?
लु मेरो शुभकामना छ धेरै धेरै !
कति बर्खकी भयौ आज?
 
Posted on 08-04-06 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चराले किन ढाँट्छ ?

पहाडबाट पार्वती र उनका आमाबुबा दशैँको छुट्टीमा चितवनको जंगल घुम्न गएका थिए । उनीहरू एउटा हात्तीमा चढेर बाक्लो जंगलमा गैँडा, भालु र चराहरू देखिन्छ कि भनेर टाढाटाढासम्म हेर्दै थिए । घाम ढल्कन लागेको थियो । भाँतीभाँतीका चराहरू कराइरहेका थिए । माहुतेले खुट्टा र हातको इसाराले हात्तीलाई गैंडा भएको बाक्लो घाँसे जंगलतिर हाँक्दै थियो । उनीहरू चराको स्वर सुन्दै र रुख बिरुवाहरू हेर्दै माहुतेसँग ती चरा र रुख बिरुवाहरूको नाम सोद्धै अगाडि बढ्दै थिए ।

अचानक उनीहरूले आफूले चिनेको चराको स्वर सुने । कोइली चरी "काफल पाक्यो, काफल पाक्यो" भनेर कराइ रहेकी थिई । त्यो सुनेर पार्वतीले माहुतेसँग सोधिन्, "माहुते दाइ यहाँ काफल पाइन्छ ?"

माहुतेले पार्वतीको प्रश्न बुझेन । उसले उल्टै सोध्यो, "काफल भनेको के हो नानी ?"

पार्वतीले भनिन्, "चराले 'काफल पाक्यो, काफल पाक्यो' भनेको तिमीले सुनेनौ ?"

"ए त्यो चराको कुरा ? त्यसले 'त टुरिस्ट आयो टुरिस्ट आयो' पो भनेको हो त । तपाईँहरू हात्ती चढेर आएको देखेर टुरिस्ट आयो भनेर उसले अरुलाई थाहा दिएको हो नि ।"

माहुतेको कुरा सुनेर पार्वती छक्क परिन् । उनले त चराले काफल नै भनेको सुनिरहेकी थिइन् । माहुतेले कसरी टुरिष्ट भनेको सुन्यो ? उनले बुझ्न सकिनन् । उनले अझै ध्यान दिएर कोइली चरीको स्वर सुन्न र वास्तवमा के भन्न खोजेको हो भनी निधो गर्न खोज्दै थिइन् ।

माहुतेले भन्यो, "त्यो चराले धेरै कुराको जानकारी लिन्छ । यो जंगलमा आउने सबैसित उसले 'को हो को हो' भनेर सोध्छ । टुरिस्ट भनेर चिनेपछि उसले जंगलमा टुरिस्ट आएको कुरा अरु चरा र जानवरलाई थाहा दिनेगर्छ । उसको कुरा सुनेर जंगलका बाघहरू लुक्न जान्छन् । गैँडाहरू होशियार हुन्छन् । अरु जानवर र चराहरू पनि मानिसहरूबाट जोगिन बाक्लो जंगलभित्र पस्छन् ।"

कोइलीले त पार्वतीको गाउँमा काफल पाक्यो भनेर सुनाउँछ । उसको स्वर सुनेपछि पार्वती साथीहरूलाई लिएर वनमा काफल टिप्न जाने गर्छिन् । तर त्यही चराले यहाँ आएर कसरी टुरिस्ट आयो भनेको होला ? पार्वतीको मनमा धेरै बेरसम्म कुरा खेल्यो । अनि उनले आमासँग सोधिन्, "हाम्रो गाउँमा कराउने कोइली चरी र यहाँको कोइली चरी उही होइन र आमा ? किन त्यसले हामीकहाँ काफल पाक्यो भन्छ अनि यहाँ टुरिस्ट आयो भनेको ?"

पार्बतीको कुरा सुनेर आमाले हाँस्दै भनिन्, "छोरी कोइली चरीले न त काफल पाक्यो भन्छ न त टुरिस्ट आयो भन्छ । त्यो त हामीले सुन्दा त्यस्तो लागेको मात्रै हो । चरा र जानवरहरूको कुरा सुनेर मानिसहरूले आफूलाई काम लाग्ने वा मन पर्ने अर्थ निकाल्छन् ।"

"त्यसो भए त्यो कोइली चरीले काफल पाक्ने बेलामा काफल पक्यो, धान रोप्ने बेलामा बिऊ कुहृयो, अनि कोही मानिस आउँदा को हो को हो भनेर किन भनेको त - त्यसले हामीलाई भनेकै होइन त आमा -" पार्वतीले सोधिन् ।

"कोइली मात्रै होइन अरु चरा र स्याल, बाघ भालुजस्ता जानवरहरू पनि कराउँछन् । तर मासिलाई सुनाउन वा हामीलाई केही भन्नको लागि तिनीहरू कराएका होइनन् । कोइलीले कहिले को हो को हो, कहिले बिऊ कुहृयो, कहिले काफल पाक्यो भनेर बोली र भाका फेरेझैँ अरु चरा र जानवरहरूले पनि भाका फेर्छन् । बर्षा याममा भ्यागुता कसरी कराउँछ ? दशैँ आउने बेलामा दशैँ किराको कस्तो तीखो स्वर सुनिन्छ ? तिमीले हेक्का गरेकी छौ ?" आमाले बुझाउन खोज्दै भनिन् ।

"त्यसो भए पुतली, मौरी, चरा, खरायो नाचेको गाएको हामीलाई खुसी पार्न होइन त आमा ?" पार्वतीले जान्न खोजिन् ।

"पुतली र मौरीजस्ता किराहरूले फूलको रस खोज्न जाँदा हामीलाई तिनीहरू नाचेजस्तो लाग्छ । चराले आफ्नोसाथी खोज्दा वा चल्लालाई डाक्न खोज्दा तिनीहरूले गीत गाएजस्तो लाग्छ । साँच्चै भन्ने हो भने तिनीहरूको बोली र कामसँग मानिसको कुनै सरोकार नै छैन । मानिसले आफ्नोलागि तिनीहरूसँग सरोकार राखेका हुन् ।" आमाले स्पष्ट पारिन् ।

"हामीले चारा ख्वाएको हुनाले कुखुराले हामीलाई फुल दिन्छ । गाईले दूध दिन्छ होइन र आमा ?" पार्वतीले शंका पोखिन् ।

आमाले मुसुक्क हाँस्दै भनिन् । "छोरी, कुखुराले हाम्रो लागि फुल पारेको होइन । उसले त सन्तान बढाउन फुल पारेको हो । तर मानिसले उसको फुल खाइदिन्छ । तैपनि कुखुराले यो कुरा बुझ्नसक्तैन र खुरुखुरु फुल पारिरहन्छ । त्यस्तै गाईले पनि आफ्नो बाच्छाबाच्छीको लागि दूध दिएको हो हाम्रो लागि पक्कै पनि होइन । हामीले त बाच्छाबाच्छीको भाग खोसेर खाइदिएको हो । मानिसले आफ्नोपाठा काटेर खाओस् भनेर बाख्रीले पाठापाठी व्याएको पनि होइन । मानिसले आफ्नो स्वार्थको लागि तिनीहरूलाई पालेको हो ।"

आमाको कुरा सुनेर पार्वती छक्कै परिन् । उनलाई चितवनको जंगलमा घुम्न होइन यहाँका जीवजन्तुहरूलाई दुःख दिन आएजस्तो लाग्यो । चरा र जानवरहरू उनीहरूसँग डराएर कराउँदै भाग्न लागेकोजस्तो लाग्यो । उनी आमाको काखमा घोप्टिएर एक छिन चुपचाप बसिरहिन् । अनि रुन्चे स्वरले आमालाई भनिन्, "आमा अबदेखि म कुखुराको फुल, दूध अनि मासु खान्न है ?"

पार्वतीको कुरा सुनेर आमालाई पिर पर्यो, किनभने पार्वतीले कुनै काम गर्छु वा गर्दिन भनिन् भने त्यो पूरा नगरी छडदिनन् ।

 
Posted on 08-04-06 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mera Pyara Chautari Daju Bahini
Yo tapailharu lai
linus hai????
योमरी

मंसिर ३० गते बिहीबार योमरी खाने दिन परेको छ । योमरी सबैलाई मन पर्छ । यसैले होला यसको नाम यो मरी अर्थात् मनपर्ने रोटी रखिएको । हुन पनि योमरी नरुचाउने को होला र !

नेपालको पहाड र तराईमा असार साउनमा धान रोपिन्छ र मंसिरमा धान पाक्छ । धानबाली भित्र्याएपछि नयाँ धान कुटेर चामल बनाइन्छ । त्यो चामललाई काँचै दही, केरा र गुलियो कुरा मिसाएर न्वागी बनाएर देउतालाई चढाएपछि मानिसहरुले पनि खान्छन् । त्यस्तै, काठमाडौँ उपत्यकामा र उपत्यकाबाहिर बस्ने नेवार मुदायमा नयाँ चामलको पिठोको योमरी बनाएर खाने चलन छ ।

योमरी केटाकेटीदेखि बूढाबूढीसम्म सबैले रुचाउँछन् । योमरीभित्र तिल मिसाएको खुदो, गुँड वा चिनीको लेदो राखिएको हुन्छ । योमरी बनाउन चामलको पिठो मुछेपछि भुक्क परेको गाजरजस्तो आकार बनाइन्छ र त्यसलाई एउटा हत्केलामा राखेर अर्को हातको औँलाले घुमाउँदै गुँडको लेदो राख्ने खोपिल्टो बनाइन्छ । लेदो राखेपछि खोपिल्टो टालिन्छ र माथि चराको टाउको वा कुनै आकार बनाइन्छ । त्यसपछि बफाउने भाँडा वा मम पकाउने भाँडामा राखेर योमरीलाई बफाइन्छ । एकैछिनमा योमरी तयार हुन्छ । अचेल योमरीभित्र तिल र गुँडको सट्टा खुवा, फुल, काजुकिसमिस पनि राखेर बनाउन थालिएको छ ।

न्वागी खानको लागि राम्रो बार हेरिन्छ । तर योमरी योमरी पुन्हीको दिनमा बनाइन्छ । मंसिर महिनामा पर्ने पूर्णिमाको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ । यो दिन अन्नकी देवी अन्नपूर्णाको पूजा गर्ने चलन छ । चामलको पिठोबाट योमरी र पिठोकै गणेश, कुमार, लक्ष्मी, कुबेर आदि देवी देवताको मूर्ति बनाइन्छ । ती मूर्ति र योमरीलाई धानको भकारीमाथि राखेर चार दिनसम्म पूजा गरिन्छ । अनि प्रसादको रूपमा योमरी खाइन्छ । योमरी पुन्हीको दिन साँझ केटाकेटीहरु छिमेकको घरघरमा गएर योमरी पुन्हीको गीत गाउँदै योमरी माग्छन् । कुनै कुनै समुदायमा योमरी पुन्हीको राती मुकुण्डो लाएर देवी देवताको नाच पनि हुन्छ ।

 
Posted on 08-04-06 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अग्ला महल, चम्किला बत्ति
चिल्ला गाडी, मान्चेको तांति
स्वार्थ दुनिया, पैसाको पछि
अन्यौल बाटो, उराट बस्ति
न कोइली गाउछे, न हिमाल हास्छ
न छिमेकि संग, मितेरी गास्छ
निर्जिब दुनिया, बाचेको नाटक
कर्कश हासो, शहरको नाटक


 
Posted on 08-04-06 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा पनि, बुढाको पापी मन .... झन बच्चा बच्चीले हेर्ने कर्तुन हो कि फर्तुन फिलिम भन्छ नि, हाम्रो जिम्मालनी आमइले भन्ने कथा जस्तो, काग पनि बोल्ने, खरायो पनि नाच्ने, बाघ्ले गीत गाउने, हो त्यस्तो भेदिओ भनेको मैले त, कुरा कहाँ को कहाँ पुर्याइदिनु भो । घरमा बाबाले पनि था' पाउनु भे' छ भागेको, साफ भकुर्नु भो, अनि मिस् ले पनि थाहा पाई सक्नुभो होला । क्यार्नी दसा ला' रैछ ।
अनि तितौरिले फिलिम खेल्न ला'रे? के सुन्नु पर्‍यो यो कानले, जिम्मालबाले भन्या जस्तो भेदिओ सेदिओ खेल्नु पर्दैन है हाम्रो चौतारीको चेलीबेटिले.... फेरी त्यस्तो भेदिओ खेल्यो भने त पुत्ला जलौने जुलुस्को नेतृतव चाँही मै गर्छु है, भन्द्या छु ।
 
Posted on 08-04-06 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D ग्वाँचेको कुरा हेरन फेरि बुझ्या भएत के??

जन्म दिनको शुभकामना तिरु!!!!!
 
Posted on 08-04-06 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी जन्म दिन को धेरै धेरै शुभ कामना है मेरो तर्फ बाट पनि, केक चैन्जो खान म पनि आइपुगे, उपहार चैं खासै केइ ल्याउन सकिएन, फुलको बुके हो कि फुके के भन्थ्यो, किनौ भनेर चैन्जो गाको शहर तिर्, मेरी बास्सै साँचिकै कालीयुग ला' रैछ, दुईटा गुलाब्को फुल धागोले बाँधेर राखेको से रुपैयाँ रे ...... मुइले त त्यो गुलाब को फुल सुल हैन, काउलीको फुल एक गोटा अनि कुखुराको फुल चार गोटा ल्या'छु, तिम्रो जन्मदिन्को उपहार, स्विकार गर है । जन्म दिन्मा फुल दिने त हो नि, क्यार्नी त्यो गुलाब्को फुल्, अर्को दिन ओइलाएर गैहाल्छ ...... कौलीको फुल अनि कुखुराको फुल पकाएर खान त हुन्छ ।

आच्या, म पनि कति फुल रैछु, कुरै कुरामा हाजिर त अर्नै वीरसेको, रोल लम्बर १०१ ............हाजिर मिस्
 
Posted on 08-04-06 2:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूल यहि पो छुटेछ।
ल लेउ त तिरु!!


ग्वाँचे ले नि तरकारिपो किनेछ फेरि उसलाई त खानैको सुर्ता!!!:D

 
Posted on 08-04-06 3:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् नमस्ते, किन रिसौनु भा' हो गल्ती भे माफ पौ है । नामै ग्वाँचे, कहाँ कसरी 'डिल' गर्ने हो थाहै हुँदैन । तेइ भेर त चौतारीको इस्कुल्मा आको, ज्ञान गुन्का कुरा सिक्न...
 
Posted on 08-04-06 5:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आज त तितौरिको बड्डे पो!
तितौरिलाई जन्मदिनको शुभकामना!
एक टुक्रा केक यता पनि फाल्देउ है तिरु :)
फलोस् फुलोस् जाँचमा फस् होस्! (तर मलाई चैं नजितोस्!) ;)
************************************************
दादा ब्रो, यहाँ ट्रान्जिट आए हुन्छ नि २ दिनको लागि, सेन्तोसा जाम्ला घुम्न ।
हाम्रो घराँ बास् दिम्ला, गुन्द्रुक र ढिंडो खान जान पर्छ तासी दिदी को भट्टिमा! साथमा जाँड पनि दामि पाइन्छ, हाम्रा कान्तिपुरि नगरीको जस्तै!
**************************************
सबै लाई नमस्ते है गाम्ले हरु ।
क्यार्नु र आफ्नु त मन्डे छ जाँच भ्याइ-नभ्याइ छ । चौतारी तिर हावा खाम भने जाँचमा हावा खाइएला भन्ने पिर्!
तेइ पनि हाजिर गरिहालुम न स्कुल आइसके पछी!
रोल न १५,
मिस्टे
हाजिर मिस्।
************************
तलको फुल चैं तितौरिलाई है!

 
Posted on 08-04-06 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरीको बथडे!? ल बधाइ छ है!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters