[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 285639 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-20-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजीको गायत्री मन्त्र (बिहान बिहान १०८ चोटि जप्नु):

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


 
Posted on 06-20-07 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Both of you are right. My comment on Bhaute as 'looser' was to push him for more creation like this.
 
Posted on 06-20-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! पुन्टे दा' हा हा हा हा !

मक्करे, नो हार्ड फिलिङ् ल ! उल्क्याको हो भन्ने त मलाइ नि थाह थियो के। यो मक्करले मलाई उचालेर आज पनि पढ्न नदिने भए।
राति १२ बजे सम्म स्लाइड अपलोड गर्नु पर्ने, अहिले सम्म सुरु गरेको छैन। थुक्क भउते तेरो जुनी।
 
Posted on 06-20-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु
हा हा हा, कति हांस्नु बाबै।
दामि छ ल।
 
Posted on 06-20-07 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फाइन मक्करे !

असारै महिनाको दिन साह्रै रुझाउने
भउतेले गर्दा दिन नै अध्यांरो हुने
भएछन है भेना त सार्है आवारा
क्यानडा डाडाको भेनाको घरबार
जानमनलाएन रेलमै चढेर

कानै बिझाउने भेनाको बोली
त्यो सोर सुनेर दि कसरी बस्छिहोलि
कोठाम बसेर कानछोपि रुदिहुन
कहिलमुन्नि आंम्छे र भउतेलै ठिकपार्लि भन्दिहुन

झलमल चम्कने दिदिको आँखा
त्यो आशू झर्दा कस्तो भो होला
भेना कहिले लड्दो हुन कहिले झगड्दो हुन
शाझामा आएर अर्कि ल्याम्छु भन्दो हुन
 
Posted on 06-20-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नु गरेउ बलराम भैँसी पालेर को भाकामा

पुन्टेदा' लाई:

भेना भनि खुब लाउँछौ फुर्ती, खुब लाउँछौ फुर्ती
खुबी छैन, बलबान खाउ सुर्ती
गर्नु गरेउ, पुन्टेदा, साली पालेर
दुनियालाई ढाँटेर, धोबिनीलाई काखमा राखेर

तिम्रै साली भगाउने भनी, भगाउने भनी
पर्खी रा'छु सिरेकै नकिनी
गर्नु गरेउ, पुन्टेदा, साली पालेर
दुनियालाई ढाँटेर, धोबिनीलाई काखमा राखेर

बिहे गर्ने रहर छैन, रहर छैन
दुध खान गाइ पाल्नै पर्दैन
गर्नु गरेउ, पुन्टेदा, साली पालेर
दुनियालाई ढाँटेर, धोबिनीलाई काखमा राखेर


 
Posted on 06-20-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Target changed now??
 
Posted on 06-20-07 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोबर राहुलभाइलै एक लुक्स दिन आएको कि, यहाँ दोहरी हुदै रैछन्त हो !!!

आबो केटी देख्यो कि दोहरी गुनगुनाउँssदै हिन्नि केटाहरु गतिला होलान्त ? यस्तो केटाहरुसित टाढै बस्दा राम्रो हुन्छ होss ।
 
Posted on 06-20-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



मरेँ हाँस्ता हाँस्तै


 
Posted on 06-20-07 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Manchhe ta Bhaute pani 'sober' nai ho. Ali kati mind 'polluted' bhaeko matrai ho. He is simply a 'pidit' and frustrated since long time.
 
Posted on 06-20-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O O O चने, खै अस्ति राहुलभाइसित सोध्दिन्छु भनेको हैन ? हाय्य्य्य्य् तिमी त क्या मन्छे रैछ होss ? भन न प्लीज, सोध्यो कि सोधेन, राहुलभाइले के भन्छ ?
 
Posted on 06-20-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सालीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइ हा हा हा !

लोप यु ! उप्स !!!!

लोप योर सङ्स भनेको के

यो मुन्नी सालीको खुबै राम्रो लजाउने बानी
यो ठिटो भउते-भेनाको नराम्रो जिस्क्याउने बानी
यसै त मुन्नी खुबै नै राम्री, त्यसमाथि दोहोरी गाउनी

हामी पनि भर्खरको ठीटो, साली लाने कल्पना मीठो
भगाइलाने मन भो सालीलाई क्यानडाको रेलैमा

यो मुन्नी सालीको खुबै राम्रो लजाउने बानी
यो ठिटो भउते-भेनाको नराम्रो जिस्क्याउने बानी
यसै त मुन्नी खुबै नै राम्री, त्यसमाथि दोहोरी गाउनी

कालो जिन्स प्यान्ट, पहेँलो टिसर्ट गलामा सुनको हारी
फकाइ लाने मन भो मुन्नीलाई भगाएर डाँडा पारी

यो मुन्नी सालीको खुबै राम्रो लजाउने बानी
यो ठिटो भउते-भेनाको नराम्रो जिस्क्याउने बानी
यसै त मुन्नी खुबै नै राम्री, त्यसमाथि दोहोरी गाउनी




सब्बु रोट :.......आबो केटी देख्यो कि दोहरी गुनगुनाउँssदै हिन्नि केटाहरु गतिला होलान्त ? यस्तो केटाहरुसित टाढै बस्दा राम्रो हुन्छ होss ।........

अँ अँ, ठिकै हो सब्बु। बरु १८ बर्से लोर्के केटाहरु छोडेर ४५ काटेका चाउरेका, बिहे भैसकेका बुढाहरुलाई साइट हान्दै हिड्ने केटीहरु गतिला हुन्छन्। बरु यस्तै केटीहरुसित नजिक नजिक बस्दा राम्रो हुन्छ जस्तो छ हउ !
 
Posted on 06-20-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शब्बु, मैले नि त्यस्तै सुन्या हो के रे, भउते नि सोबर छ अरे । राहुलभाइलाइ सोध्न ग'को हो के रे, तर राहुलभाइ त चिलिम तानेर डङ्ग्रङ्ग लडेर बसेको रैछ के । चिलिम तानेर लडेसिन कसरी सोध्नु कसरी सोध्नु भयो के रे ।


 
Posted on 06-20-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो गहन बिचार अर्दाखेरुन्, चईनी, भउते काजी, दाई भाईआँ के को झगडा, हैन्र? बरु, कुरो मिलाम्, साली साटुम्। मुन्नु निकै रहर लाग्दो गाउँदी रईछे के रे, ऊनीलै म तिर तेर्साईदिनि भए, मेरी सालीलै नि फकाईदिम्ला! दाई भाइको भित्री कुरो हो के रे, अरुलाई नभन्नु नि! :p

बरु, गाँठी कुरो चईं, नयाँ लम्बर के हो? खबर पाम् न हो!

अर्कै गीत पो गुज्रन था'लो मेरो मनाँ अब:

मानवीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!! ओ माई डार्लिङ्!
(अरु त आएन) :p
 
Posted on 06-20-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इइइइइइ भउते, नाम पनि कस्तो गाली गर्या जस्तो सुनिने के

कोस्को बिहे भयो भनेको ?

आबो १८ का केटाहरु त बच्चै हुन्छन्त होss । त्यस्ता लोर्केहरुको पछि लायो भने त दुख पाउछ होss । बुद्दि भ'को केटीले केटा मन्छे छान्दा बाउजस्तो मया गर्ने छान्छ होss ।

चने, राहुलभाइले चिलिम मत्रै तान्छ कि अरु पनि तान्छ? चिलिम तान्ने केटा सम्मन त ठीकै हो कि, ट्याबेहरु त मलाइ मन पर्दैन होss ।
 
Posted on 06-20-07 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे!!!!!! पुण्टे दा

त्यो तालुआँ जुत्ताआ छाप हाल्न मन लायो कि के हो? धोबिनि भाउजुले बजार्ला नि अहिले साली साट्न ला" था" पायो भने


 
Posted on 06-20-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
एसो कुरो बुझ्दा चाइन्जो यिनि दाजु भाइले दुनियाँलाई झगडा अरे जस्तो बना'र चाइन्जो दुबैले एकुन्टा सालि ताक्ने दाउ पेच रहेछ! भाइ मोरो त भाइ मोरो भओ, यिनि उम्रेको भ' सेताम्मे कपाल हुने पुन्टे बुडा नि मरिमेटि बैँश बोलाम्दे रेछन गाँठे! यिनका कुरा सुन्दा र चर्तिकला हेर्दा त ए रात्तै मलाईनि उफ्रम उफ्रम लाओ! जिम्माल बुढा बाट बिर्खे लाठे बन्न मुन ला'र उधुमै भो क्यार्नि होला??
:)
 
Posted on 06-20-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NONSENSE chautree ppl
 
Posted on 06-20-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ पुन्टे बुढा !

तिम्रो ढाड त्यै कपडा ठटाउने मुग्रा ले खुस्काइदिम कि फुन उठाउँछौ, हँ ?

सेलफोन पनि धोबिनीको पेटिकोटको तुनामा झुन्ड्याएर राख्छौ कि के हो?

जिम्माल बा ! लौ यो पटुका बाँधेर उफ्रिनुस, फेरि खिइएको डडाल्नो खुस्केला र बर्बाद होला ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters