[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

somewhereondearth

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पोखरा: मेरो सुन्दर यात्रामा

[Please view other pages to see the rest of the postings. Total posts: 95]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 43699 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 01-04-08 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरा: मेरो सुन्दर यात्रामा - १

त्यो मिनिबस चिप्लिरह्यो; सुलुलु सुलुलु। साँझको ६ बज्यो। बन्दिपुर जाने दोबाटो काटियो। ब्यास गुफा जाने दोबाटो पनि। बिस्तारै अंध्यारोले ढाक्न थाले पनि सगरमा अलेली उज्यालोपन बाँकि नै थियो। मैले एकैछिन पर्दा लगाएँ। झ्यालको। भित्र गण्डकि भेकका लोक भाकाहरु गुन्जायमान छन्। म असिम आभारि छु, ति गुरुजि संग कि उनले हाम्रो यो यात्रलाइ लोक भाकाहरुसंग भिजाइदिए। जवकि धेरै यस्ता बस यात्राहरु हिन्दि गितहरुले भरिएका हुन्छन्। म कदाचित् भन्दिन मलाई "य लाल रंग कब मुझे छोडेगा" मन् परोइन भनेर। तर यस्ता यात्राहरुमा मलाइ लोक भाकाहरुसंग जुन आत्मियता, रोमन्चकता र सामिप्यता गासिएको छ, त्यो अरु केहिमा थिएन, छैन र हुन सक्दैन।

बजिरहेको चक्का सकिएछ क्यारे, लोक भाका रोकियो। खै किन किन वातावरण अचाक्लि उकुसमुकुस लागिरहेछ। फेरि पर्दा खोलें, सायद मुक्ति को खोजि। पर पहाडहरु अलेलि देखिदै थिए, तर ति हरियाबाट अंधेरा काला बनिरहेछन्। पहेँला सगरहरु आफैँ मात्र हो संसार भनेझैं पहेंल्लिरहेछन्। म एकाग्र झ्याल बहिर भुलिरहेछु। हेर्दा हेर्दै मेरो संसार निष्पठ्ठ अंधेरो बनिरहेछ। मानौ अव कहिल्यै घामका किरणहरु फर्किने छैनन्। तर त्यो सानो संसार - यात्रको एउटा फिलिंगो - एक टुक्रा जिन्दगि - त्यो मिनिबस भित्रको संसार; सायद अझै उज्यालो छ। यस्तो लाग्छ, पर्दा बाहिरको निपठ्ठतासंग यसको कुनै साइनो छैन। तर मलाइ किन किन त्यो पर्दा बहिरको अंध्यारोले खेदि रहेछ। यो भित्रको लर्खराउंदो प्रकाशको कुनै मतलव देख्दिन म। पर्दा बाहिरको एक बित्ता संसारलाइ पनि आफ्नो बनाउन नसक्ने यो सिमित प्रकाशको के अर्थ। यो बनावटि प्रकाश को के भर, जुनै बेला पनि झ्याप्प निख्रिदिन सक्छ। मलाइ सुर्यको प्राक्रितिक प्रकाश चाहिन्छ, घामको न्यानोपन सहितको; निस्कपट, निस्छल्, धोका को कुनै गन्ध रहित। मैले कहिल्यै रात ढलेर मिर्मिरे उशाले समपुर्ण संसार नढाकेकि देखेको छैन र मलाइ तेहि सदियौं को निस्छलता चाहिन्छ। यधप्पि, घाम हाललाइ बिलाएकि छिन, र म वर्तमानमा बिलाएको घामलाइ अंगालेर वास्तबिकताबाट भाग्न सक्दिन।

त्यो अँधकार संसारमा एउटा छुट्टै सानो समाज छ। २०-२५ यात्रुहरुको। जहां झलमल्ल बत्तिहरु बालिएका छन्, संगितहरु गुन्जिएका छन्। अफसोस, यो समाज हो झै पनि लाग्दैन फेरि। सबै आ-आफ्नो तालमा आ-आफ्नै जिन्दगिमा गुज्रिरहेका। कोहि गफगाफमा। कोहि अर्को सिटकि किसोरीका चेहराहरुमा। कोहि जिवन साथिका न्याना अंगालाहरुमा। कोहि नवप्रेमि का ढाडसहरुमा। कोहि प्यारि निद्रा देबिसंग। म सर्सरति सबै वातावरण नियाल्छु - मेरो त्यो तत्कालिन सिमित दुनियाको। गुरुजि steering कहिले यता कहिले उता घुमाइरहेछन्, एकोहोरो। लाग्छ उन्को जिवन पनि तेहि steering हो, कहिले यता र कहिले उता घुमिरहेको। तर त्यो मिनिबस र उन्को जिवनमा अतुलनिय फरक महसुस भैरहेछ। उनि चाहुन त सक्छन, झ्याप्प ब्रेक दबाउन - त्यो मिनिबसको। तर उनको आफ्नै जिन्दगि त चलिनै रहन्छ - मेरो जस्तै। यि जिन्दगिका steering र ब्रेकहरु अरु कसैको हातमा छ, हामि त सिर्फ एउटा मिनिबस हौं। कुनै काठ्मन्डु पोखरा चालिरहेका, कोहि पोखरा काठ्मन्डु। आउदा जादा भेट हुने; मुंग्लिन् र आंबु खैरेनिहरुमा।

हैन, यस्तो पनि त हो, यो सानो यात्राका सबै जिन्दगिहरुको steering र ब्रेक त उहि गुरुजि संगै छ। के भर, कतै अरुहरुको यो जमात सहित उनि बिलाउन्, सेतिका गहिराइहरुमा। जिवनको ब्रेक कुनै अद्रिस्य सक्ति (हुन सक्छ त्यो भगवान होस्) संग छ भन्दा एक् किसिमको ढुक्क हुने रहेछ, तर तेहि ब्रेक कुनै अर्को जिवात्मा संग छ भन्दा त जिवन कहालि लाग्दो बन्दो रहेछ। निमेश् भर्को यो उद्बेग पनि कति बिकराल। आखिर जिवन के हो र, फगत अनुभुतिहरु बाहेक। कहिले बोझिला, बफिला। कहिले रमाइला, उन्मक्त। र जिवन फगत एउटा सिंगो यात्रा न हो - हजारौं टुक्रा टुक्रि यात्राहरु जोडिएको। बिचमा सयौं मसिना यात्राहरु आउँछन्। र ति यात्राहरुमा कोहि आफ्नाहरु आउँछन् र पराइ भएर बिलाउँछन्, कोहि पराइहरु आउँछन् र आफ्ना भएर जान्छन्। हजारौं हजार अरु तथाकथित सामुहिक यात्राहरु पनि आउँछन् - जहाँ आफु एक्लै हिडिन्छ तर देख्नेले अरुसंग देखिदिन्छ। ति गुरुजि जिवन भर एक्लै यात्रामा होलान्- आफुमा। तर म देख्छु - उन्को अधिकांस यात्राका टुक्राहरु अरु जिन्दगीहरुसंग गासिएका छन्।

पोखरा: मेरो सुन्दर यात्रामा - २

...............................................
जिवन यात्रा हो। कुनै अतिसयोक्ति छैन। अतिसयोक्ति यस मानेमा छ कि चाहेको गोरेटो सधै भेटिदैन। चाहेको रफ्तार सधै मिल्दैन। चाहेको साथ सधै मिल्दैन। चाहेको जिवन सबैलाइ मिल्दैन। अझ यसो होला; चाहेको जिवन कसैलाइ मिल्दैन। त्यहि वास्तबिकताले पोलिरहेको छ। गएका सुनौला ३ दिनहरु अव म संग छैनन्। गएका ३ दिनहरुका चलायमानताहरु म संग अव बाकि छैनन्। पुन: त्यस्तै अवसरहरु आउलान् न-आउलान्, तर यो एउटा याद बनेर जिवन इतिहास कोरिएको छ। म मेरो तेहि यात्रा बिवरण उतार्ने जमर्को गरिरहेको छु। आफ्नो इतिहास लेखिरहेछु। अरुहरुका लागि। सायद हामी जे लेख्छौं, आफ्नो अनुभव् अरुको भन्दा श्रेयस्कर छ भनेर प्रमाणित गर्ने जमर्को हो। तेसैले म जे लेख्ने प्रयास् गरिरहेछु, सायद् भन्न खोजिरहेछु कि मेरो पोखरा भ्रमण अरुको भन्दा अलग थियो। सुन्दर थियो। रोमान्चक थियो। उल्लास र खुसिले भरिएको; एउटा उत्क्रिस्ठ यात्रा थियो। वास्तवमा यि हरफहरु पढिरहने जो कोहि पोखरा यात्रामा गएको छ। र त्यो जो कोहि को अनुभव मेरो भन्दा कम्सल कदाचित होओइन। तर पनि म किन चाहिरहेछु, यो लेखौं? थाहा छ मेरो अनुभव अरु कोहि तथकथित अनुभव भन्दा कुनै अर्थमा श्रेयस्कर छैन। तै पनि किन म सुर् न तालका सब्दहरु जोडेरा काहानिहरु बुनिरहेछु? किन म जिउनु को सट्टा समयको यो सानो टुक्रालाइ इतिहास लेख्नमा खर्चि रहेछु? यत्राको त्यो समय म मेरो अर्थको सुन्दरता जिए। सकियो। याद मनमा हुने हो, छदै छ। मलाइ किन अक्षरहरु संग यो मोह? के छ यि सब्दहरुमा जो सदैब घोचिरहन्छन। यो लेखौं। उ लेखौं। आफुमा जे छ त्यो देखाउन लाएक हैन भन्ने जान्दा जान्दै पनि किन मन आफ्नो हठ छाड्दैन र यो unicode खुलि रहन्छ? यि यावद प्रष्नहरुको तगारो तेर्सिरहेकै भए पनि म थामिन सक्दिन र आफ्ना वाइयत दिन चर्या हरु ओकलि रहन्छु।

छेवै को अर्को सिटमा दल बिर राइ छ, मस्त निद्रामा। म आफ्नो मन मिटर घुमाइरहेछु, तेति पुराना नभैसकेका बिगतहरु तर्फ। करिब् २ महिना अगाडि होला, संगम बस्यालले सुनाएथ्यो - "दाई, बिदाको लगत्तै पछि पोखरामा अन्तर क्याम्पस भलिवल प्रतियोगिता छ। खेल्न जानु पर्छ है।" मलाइ थाहा छैन रगत कसरि बिकसित हुन्छ। मेरा बाबा एउटा कनिस्ठ सरकारि जागिरे थिए। खेलको नाममा तास को "साइटिङ वा फुट्टिकट" बाहेक केहि मन पर्थेन। मेरि आमा जिवन भरकि ग्रिहिणि, उनले खेल के हो कहिल्यै बुझ्ने मोउका पाइनन। मेरो रगत कसरि बिकसित भयो कुन्नि। खेलको नाम सुन्ना साथ कण कण उर्लेर आउँछ। भलिवल होस्, कि ब्याडमिन्टन्, वा फुटवल वा क्यारिम् बोर्ड वा डन्डि बियो वा कवर्दि वा जो कोहि खेल मेरो सम्मुख भएर गुज्रिये, तिनिहरुले मेरो रगत प्रदुसित गराइरहे। कोहि नचिनेको मान्छे उफ्रिरहेको होस् र एउटा खेलाडिको नपुग होस्; म लुत्त छिरिहाल्ने। म असिम असांस्क्रितिक् बिकास भएँ, खेलको मामलामा। अझ यो त जिवनमा पहिलो अवसर थियो, त्यो इस्तरको प्रतियोगितामा भाग लिन पाउने। सहर्स स्विकारे - "भै हाल्छ नि, तिमिले भनेपछि।"

मलाइ थाहा छ, म कुनै उच्च क्षमताको खेलाडि हैन - खेल जुन सुकै होस्। सिक्यो, अलेलि आउँछ, तेसैमा फुर्कियो। बस। सायद लाटो देशको गाँडो तन्नेरि बनिरहें, सधै भरि। खेल्न उत्पाद इच्छा हुनु मात्रै खेलमा उत्क्रिस्ठ दक्षता हुनु हैन। उत्क्रिस्ठ खेलाडि हुन जन्मदै केहि लिएर आउनु पर्छ। मैले जति लिएर आएको छु, त्यो मेरै कलेज भित्रका प्रतियोगिताहरुको लागि मात्र ठिक हो। यो अन्तर क्याम्पस प्रतियोगिताको लागि हैन। अफसोस, हामीमा अलिकता फरियावाद जहापनि चलि हाल्छ। तेसैले म जत्तिकै; वा हुन सक्छ म भन्दा उच्च गुणस्तरका; कति अरु खेलाडिहरु छाडेर संगमले मेरो नाम लियो होला। तर म अझै यो मानेमा इस्पस्ट छैन कि कुन प्रक्रितिको फरियावादमा संगमले मलाई नातेदार ठानिरहेछ। म साधारण Voter बाहेक केहि हैन, उस्को खेमाको। के तेहि पर्याप्त थियो? जसरि सुकै होस्, कसैले मलाइ नातेदार संझेर गुण लगाउछ भने केलाई त्यो कस्तो नाता हो भनेर खोतल्ने जरुरि? म कुनै अलौकिक प्रणि हैन। मानविव स्वार्थलाई म किन अंगिकार नगरौं? हो तेसैले, अरु राम्रा खेलाडि छुटेका हुन् कि नहुन, म बोलाइएँ। तेहि महत्वपुर्ण हो। तेहि सम्पुर्ण हो।

दिनहरु बित्दै थिए। निर्धारित मितिको एक साता जति अघि दल बिर राइले पुन: अन्तिम निधो गर्न खोज्यो - "पोखरा जाने हैन त?" दल बिर टोलिको प्रमुख खेलाडि। मेरुदन्ड भनौ न। पहिलो सर्टर, हाम्रो भलिबल टिमको। तर मेरो परिस्थिति अलिकता प्रतिकुल बन्दै थियो। सहरभरि बिरामिको ताति लागिरहेको थियो। बुबा, दिदि, भाउजु सबै बिरामि। भ्याइ नभ्याइ थियो हामी भचेका दाजु भाइलाई। तैपनि मेरो खेल र त्यो प्रायोजित यात्रा दुबै प्रतिको आकर्षणले घच्घच्याइ रह्यो र लोभि आकांक्षाहरुलाइ मिच्न सकिन। हुन्छ भनिदिएं। टोलि बन्यो - "दल बिर राइ, सुर् न ताल्, दर्पण कार्की, प्रेरित उपध्याय, संगम बस्याल्, लवण सिलवाल, सुमन राम घिमिरे, सम्पुर्ण क्षेत्रि र अरु १-२"। मेरो फोटो लगियो। मेरो नामको जर्सी बन्यो। र म त्यो अन्तिम बिन्दुमा पुगें - जहाँवाट मलाइ यो भ्रमण परित्याग गर्न अधिक असहज थियो।

माघ २२-२५ को प्रतियोगिता कार्यक्रम हुनुपर्छ। प्रेरित उपध्यायको assessment पर्यो रे, २२ मा। हाम्रो खेलहरु २३ देखि मात्रै राख्न आग्रह गरियो। २२ को सांझतिर बाटो लाग्ने सहमति भयो। म तेहि मनस्थितिमा २१ गते बुबालाइ भेट्न तिन्कुने गएं। बुबालाइ कफले अझ च्यापेको रहेछ। होस्टेल फर्कने कुरा भएन त्यो दिन। मन अझै अन्योलमा पर्यो, "बुबालाइ कस्तो हुने हो, पोखरा जानेकि नजाने!" बिहान सम्ममा बुबालाइ अलिक् बिसेक् भयो। होस्टेलमा के पुगेको थियें - "काहा हराएको, हामि त दिउसै जान लागेको" भन्छ दल बिर। Assessment हुने भोलि आउछन् रे, अरु आजै। Assessment त मेरो नि थियो, तर हाप्ने बाहाना मिलिराछ। यस्तो मौका थोरै आउछ, उपयोग गर्नै पर्यो। त्यो उपयोग सदुपयोग हो कि दुरुपयोग त पछि नै थहा होला, अहिले जाँच छल्न पाए पुगि गो नि। सायद वर्तमान सबैभन्दा प्यारो हुने रहेछ। परिक्षा फारम पनि भर्नु थियो, यता उति गरेर ३१०० भेला पारें र गोर्कि भनिने गोबिन्द कार्किलाइ जिम्मा लगाएर १२ बजे क्यम्पस गेट पुगें। हो यहाँ बाट सुरु भयो मेरो प्रायोजित पोखरा यात्रा। खेलाडिको पदवि सहितको; सम्पन्न र संभ्रान्त यात्रा।

हामी ८ जना, त्यो group मा। २ वटा Taxi हरु जावलाखेल हुदै चक्रपथ निस्किए र कलंकितिर हुइकिए। मलाइ अव पैसा कति पर्ला वा यो सस्तो त्यो महंगो संग सरोकार छैन। भ्रमणका नाइकेहरु पनि अरुनै छन्, आफु त ठ्याक्क Taxi आइपुगे पछि चडे पुग्यो। मलाइ चिसो चाहियो वा तातो भन्दे पुग्यो, त्यो तुरुन्त आइपुग्ने। उफ्। मोज् नै होला यो। सायद् अर्काको बाउको श्राध्य हो कि। २ बजेतिर एउटा मिनि बसले हामिलाई सर्लक्क निल्यो - कलंकिमा; र चिप्लन थाल्यो - त्यो पस्चिमतिरका ससाना थुम्काहरु तर्फ। मुग्लिङ सम्मको वाटो उहि हो - धेरै पटक नापिएको। यो ११० KM सडक अर्को एकपटक नापिउन्जेल हामी रमाइला कुराहरुसंगै हाँसिरह्यौं। नौबिसेका पुरि तरकारिहरु, मलेखुका माछाहरु, र गोर्खाबाट झारिएका रसिला सुन्तलाहरुले मुख ब्यस्त बनिरह्यो। यो सडकमा म सायद् २० भन्दा बढि पटक ओहोरदोहोर गरिसकें हुंला। दिवा बस, रात्रि बस, बिहानिमा, सांझमा; सबै संभावित समयहरु। ढल्किंदो मध्यान्नको यो समय त्यो ओरालो झर्न उत्क्रिठ थियो। दक्षिण पस्चिम मुख फर्काएका पहाडहरुम घामको न्यानो पोतिएको छ। थानकोट तलका घुम्तिहरु, बेंसिका फाँटहरु, त्रिसुलिका बगरहरु र किनारै किनार लमतन्न सडकहरु - द्रिश्य मनमोहक छ, आकर्षक छ। कति सुलुत्त चिप्लिएछ समय। दायाँ बायाँ पसलहरु देखिए। मुग्लिङ् आइसकेछ। पाइन्टको खल्तिमा राखेको घडि निकालेँ। त्यो संधै पाइन्टमै हुन्थ्यो। किन चेन फेर्नलाइ खर्च गर्नु? समय हेर्न मिलि हाल्छ। ५ बजेको रहेछ। सांझको।

 

पोखरा: मेरो सुन्दर यात्रामा - ३ 

यो बिचमा तेस्रो बर्षको दर्पण कार्की संग नजिकको घुलमेल भयो। उ अनुहारमा अलेली कालो देखिन्छ, तर दिलको बहुत सफेद; शान्त, सौभ्र, गम्भिर तर सरल पनि, र एकदम सहयोगी। अरु त प्राय नजिकैबाट चिनेकाहरु नै थिए।

मेरो लंगडो घडीको सुइ घुमी नै रह्यो र हामीलाई पेटमा राखेर हाम्रो मिनिवस पनि उसरिनै दौडिरह्यो। नारायणी तरेर आँवु खैरेनी तिर हुंकिदै गर्दाको यो भु-बनावट तुलनात्मक हिसाबले नौलो छ। जम्मामा दुइपटक नापेको हुंला मुंग्लिङ पोखरा खन्ड। पहिलो रात्री बस थियो; कास्की नौडडा तिर लागेको, तरुनो र उत्साहित एउटा नयाँ overseer बोकेर। अर्को दिवा बस थियो, उत्साह जती उतै बेचेर फर्किरहेको बुढो Overseer लाई राजधानी धकेलिरहेको। गोर्खा तर्फ छुट्टिने दोवाटो नगिचै पुगेपछी बस रोकियो। चौकी जांच छरे। संकटकालको। वसवाट ओरालियो। बस हामीलाई छोडेर डेड दुई सय मिटर पर पुगेर रोकियो। अगाडिकाहरु हिंड्न थाले। म उनिहरुको पछि पछि लागें। जांच होला भन्यो - भएन। अव त होला भन्यो - भएन। आखिर बस सम्म पुगियो र चढियो। कसैले १ शब्द केही सोधेन। मैले कौतुहलता राखें "खै चेक?" अनि पो थाहा लाग्यो तेही पैदल यात्रा नै checking रहेछ। सैनिकहरुले ब्यक्तिको हिडाइवाट पत्ता लगाउंछन रे; कोही Military training लिएको सैनिक वा छापामार हो कि होइन भनेर। वाउ, रमाईलै भो। कोही भुस्तिग्रे ब्याराके आएर यो गर र उ गर यता फर्कि र उता फर्कि भन्दै लछार पछार नगरिकनै पनि सैनिक जाँच हुने रहेछ; त भैगो।

र पुन: हुंइकियो हाम्रो मिनिबस - गाउँनै गाउँ तर्फ। मलाइ यस्तै यात्राहरु सबैभन्दा रमाइला लाग्छन्। दायाँ बायाँ हल्का भिरालाहरुमा सुन्दर गाउँहरु, खेत र मकैवारिहरु, हरिया चौरहरु र बिचै बिचै चिप्लिएको चिल्लो सडक। कति सुन्दर थियो तनहुको त्यो पाटो। बस दमौलितर्फ दौडिरहेथ्यो र हाम्रा साथिहरु बसमा चुट्किलाहरु दौड्याइरहेथे। धेरैजसो so called non-veg joke हरु। मलाइ गारो यसर्थ हुन्छ यि यात्राहरुमा कि अधिकांस केटाहरु जो संग मेरो सहयात्रा रह्यो - उ drinks गर्छ र अस्लिलता जोडिएका joke हरु भन्छ। यस अर्थमा म जहिले पनि एक्लै पर्छु।

यहांनिर पनि केटाहरु अस्लिल जोकहरु सुरु गरिरहेछन्। सबैलाइ स्वतन्त्रता छ: आ-आफ्नो तवरको रमाइलो गर्न। मलाइ केहि आपत्ति हैन, कस्ले कस्तो जोकहरु भनिरहेछ संग। म प्रायस स्रोता हुं, सुनिदिन्छु। भैगो। तर आपत्ति यस मानेमा भै रहन्छ कि आफ्नो स्वतन्त्रताको प्रयोग सदैव नै अरुको स्वतन्त्रतामाथि दख्खल पुग्ने गरि उपयोग गर्छन्, यि मेरा सहयात्रिहरु। किन कहिल्यै यि तरुनाहरुको भिड यो ख्याल गर्दैन कि आफ्नो क्रियाकलापले अरुहरु कसरि पिल्सिरहेछन्। तेहि बसमा धेरै छोरिमान्छेहरु पनि यात्रा गरिरहेछन्; जहाँ यि मेरा उरन्ठेउले सहयात्रिहरु ठुलो ठुलो स्वरमा अस्लिल संवाद र चुट्किलाहरु गरिरहेछन्। कोहि दिदिबहिनिहरु दाजुभाइ संग होलान्, कोहि बा-आमा संग; उहिहरुलाइ कति उकुस्मुकुस बनिरहेको होला यो यात्रा, यो फोहोरि वातावरण। अफसोस, म मौन छु। किन केहि भन्न सकिरहेको छैन कसैलाई? सायद बहुमत उहिहरुकै थियो र मैले एक्लो ब्रिहस्पति बन्ने प्रयास गरिन।

र मेरा यि निरिहपनहरु सदैव बिझाइ रहन्छन्, यस्ता यात्रहरुमा। तर यो र यस्तै एक्लोपनाहरुलाई, यो पटक भने जहां जहां आवस्यकता पर्थ्यो; दर्पणले कार्कीले हटाइदिन्थ्यो। उ drinks गर्दैन - म संगै; उ चुरोट पिउदैन - म संगै; उ अस्लिल जोकहरु गर्दैन - म संगै; उ तरुनिहरुलाई छेड्छाड् गर्दैन - म संगै। सायद अरुहरुको नजरमा हामि असामयिक थियौं। वा हामिले समय र उमेर बिचको तालमेल बिर्सेका थियौं। तर हाम्रा आफ्नै सिद्धान्तहरु थिए, जिवन र जगत प्रतिका। र कम्तिमा म (किनकि दर्पण को बारेमा त म केहि भन्न सक्दिन) खुसि थिएं र छु, मेरा आफ्नै तौर तरिकाहरुमा। अफसोस्, मैले उस्लाइ सधै साथ दिन सकिन। म मेरिजतिर लाग्थें - प्रत्यक सांझहरुमा र उ बिछ्यौनातर्फ मोडिन्थ्यो मेरिजका खालहरु छाडेर।

"कता हराइ रहनु भएको सुर् न ताल् जि" दलबिरले आफ्नो मौलिकपन कायमै राख्यो। उ सुतिरहेकै मानेथें, कतिबेला ब्युझिएछ। य हो त म त हराएछु, स्म्रितिपटलमा। "हैन तेहि मोरो कठमान्डु घुमिरहन्छ नि, जता गएपनि।" सायद सत्य नै बोलेको हुंला। उस्ले पत्याएन र मैले आफैंले नसुनेको, नदेखेको र नसोचेको आक्रितितिर इंकित गर्यो, "हो कि झ्याल कुमारी तिर हराएको हो?"। के उत्तर दिने सोच्दैथें; उ पुन: तन्द्रा तिर फर्किसकेछ। कस्तो २८६ (Predecessor of Pentium Processors) जस्तो गिदि मेरो, जहिले पनि ढिला चल्ने? अनायस कुनै रोमान्चकताको बर्षा भएझैं। हैन को होलि त्यो झ्याल कुमारि? कोहि त पक्कै होलि, कहिं कतै। तर किन झ्याल कुमारिनै। के उस्को घरमा झ्याल नहुन सक्दैन? उफ्फ्। My stupidity।

राति ७ बजिसकेको रहेछ। डुम्रे पुगेको हुनुपर्छ। मलाइ पहिलो पोखरा भ्रमणबाट फर्किँदाको दिवा बस यात्रा संझना भैरहेछ। पोखराबाट निस्किने बेलामा देखिएको सेतिको गल्छि, नागबेलि सडकको वारि पारि पोक्चा पोक्चि थुम्काहरु, हरिया झाडिहरु; कति रमाइलो द्रिश्य थियो, लेखनाथ नगरपालिका र डुम्रे बिचको। आज त संसार पुरै अंध्यारो छ। क्षितिजका पहाडहरु पनि देखिन छाडिसके। मलाइ त्यो मनमोहकता मिस् भइरहेछ। म सांघुरिएको छु, सानो टुक्रो संसारमा, यहि मिनिबस। कता कता आँखा लोलाएझै भएका रहेछन्। एक्कसि चर्को स्वर गुन्जिएको छ, बहिर। "धोकेवाजहरुलाइ मर्न पनि पर्दैन कि कसो। यिनिहरुले त नर्कमा पनि ठाउ नपाउलान्। ...." के भेछ कुन्नि? कस्ले कस्लाइ कसरि धोका दियो त? कराउने मान्छे अधबैसे अधबैसे सुनिन्छ। हाम्रो पनि बस रोकिएको छ। झ्याल खोलें। एउटा ३५-४० को मान्छे, एउटि ७०-७५ कि बुढि आमै, एउटि ३०-३२ कि अधबैंसे आइमाइ, एउटि २०-२२ कि युवति, २ जना स-साना बालिकाहरु। तुरुन्त दिमागमा एउटा चित्र तयार भयो। धार्दिङ तिरका किसानहरुको एउटा परिवार पोखरातिर कोहि आफन्तलाइ भेट्न निस्केको हुंदोहो। बुढा बाउ खसिसकेका हुंदा हुन। जेठि बहिनिलाइ कोहि ट्रक ड्राइभरले उडाएको हुंदो हो। माइलो भाइ पोखरा तिर हवल्दार हुंदोहो। कान्छो भाइ घरमा बस्तु भाउ गर्न बसेको होला। बुढि आमा, धर्म पत्नि, कान्छि बहिनि र २ वटि छोरिहरु संगै माइलो भाइलाइ पनि भेट्ने र सहर पनि घुम्ने अभिलाशामा निस्केको हुंदोहो, त्यो अधबैंसे मान्छे। अफसोस्, मुंग्लिङमा चडेको उनिहरुको त्यो सरल परिवारलाई पोखरा पुर्याउन दौडिएको बसले डुम्रेमै अलपत्र छाडिदिएछ। सायद उनिहरुको बसमा त्यो परिवार बाहेक अरु कोहि बांकि भएनन् होला त्यहा आइपुग्दा र सोझा देखेर ड्राइभरले बस यहा बाट अगाडि जांदैन भन्दै ओरालेर थकाल्नीको भट्टि पसलतिर मोडियो होला।

हो यस्तै धोकाहरुबिच चिप्लन बाध्य छ यात्रा। बिस्वास नगरेपनि यात्रा चल्दैन। गरेपनि जहांतहिं आफ्ना स्वर्थका लागि सोच्नै नसकिने धोकाहरुले पिरोलिरहन्छ। म चाहन्छु कसैको बिस्वास नगरूँ, अबिस्वास पनि। तिमि जो हौ, तिमिलाइ पनि म बिस्वास नगर्न चाहन्छु। तर के यो संभभ होला? के आधा भन्दा भढि जिन्दगिको प्रस्तावित सहयात्रा बिस्वास बेगर संभव होला? जे होस्, म तिमि जो हौ, तिमिलाइ अविस्वास चाहिं पक्कै गर्न सक्दिन। विस्वासका बारेमा चाहिं उमेरले कुनै पाठ सिकाउदै जाला भन्ढानेको छु।

.............................

 
Last edited: 18-Jan-08 03:07 PM

 
Posted on 01-12-08 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तलेको लेखाइ सँग पुल्चोकको भित्ते पत्रिका देखि नै मेरो मायाँ बसेको हो। धेरै पछि फेरि पढ्न पाउँदा साह्रै मज्जा आइराखेको छ। तपाईँ बसेको बस जस्तै सलललललल गुडेको छ, सुन्तले तपाईँको लेखाइ। तर बस त आज पनि पोखरा पुगेन कि के हो?

उता मेरो घरमा नेप्चे, कलेजो, प्रेरणा र दिपिकाको लागि खाना तयार भैसक्यो। नेप्चेलाई मन पर्ने भनेर खशीको कवाफ, कलेजोलाई मन पर्ने भनेर भुटुवा, प्रेरणालाई मन पर्ने भनेर साँधेको गुन्द्रुक अनि दिपिकालाई मन पर्ने भनेर आलु-बोडि-तामा तयार भैसक्यो। मगमगी बासना आएर आफूलाई यहाँ कस्तो गाह्रो। सबैजना सँगै गलैँचामा पलेटी मारेर हाँस्दै गफ गर्दै अनि बाटोको रमाइला रमाइला कुरा हरु सुन्दै खाम्ला भनेर बसेको। कतिबेला आइपुग्ने हुन् कुन्नि।

कि जिम्माल-माइलाले पृथ्वीचोक बाटै जिप चढाएर हुरुरुरुरुरु पामे तिर दुकुराइसके सप्पैलाई ?  साह्रै असत्ति छन के यी बुढा त, बेर पनि छैन।


 
Posted on 01-12-08 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ज्यू, यो भागमा त मैले साँच्चिकै मान्छेको जीवन यात्रा नै पाएँ। त्यो किसान को परिवार र हजुर को स्वतन्त्र बिचार ।  यो पालित म कथामै डुबेँ। एकदम राम्रो लाग्यो।

प्रेरणा, म त आदा बाटो पुगिसकेको थेँ फेरी तिमीले बोलाको सुनेर दौडी दौडी आएँ। धन्न तिमीले सुन्तले ज्यूलाई कुराएर राखेछौ नत्र त बस नै छुट्ने धन्न सुन्तले ज्यूले बस हुइकाइ सक्नुभको रहिनछ ल सुन्तले ज्यू अरुलाई नकुरौँ जाउँ जाउँ


 
Posted on 01-12-08 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-12-08 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते ज्यू आफुलाइ त आलु बोडि तामा भनेपछि त चार हात खुट्टा टेकेर दौडिने परेँ, अब माइला दाइ धोकेबाज परिहाल्नु भो,हामीलाइ आदि बाटो देखिनै बत्ति नि छैन खान पनि ढिँडो बाहेक केहि छैन भनेर तर्साइहाल्नु भो, अब म त नजाने भैसके त्या त, हजुरको घरमा हामी पनि आउनु पर्ला जाने हो प्रेरणा?
Last edited: 12-Jan-08 06:22 PM

 
Posted on 01-12-08 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सुन्तले ज्यु को बस त निस्केछ मुग्लिन बाट, झन्डै छुटेको नि। धन्न प्रेरणा ले दिपिका लाई बोलाको मैले नि सुनी हाले।  खै अब लेखनाथ नै पुगेको छैन जस्तो छ, पोखरा पो कहिले पुग्ने होला अब। उता भाउते गुरु भान्स कुरेर बसेका छन रे। कहिले पोखरा पुगिएला र कवाफ दन्काउन पाइएला अब।
कथाको त के कुरा गराइ भयो र अब? B M  C मसला हालेर पकाको मासु जस्तो लाग्यो धरो धर्म न ढाटी भन्दा त।  म त बस भित्रै हराए।

 
Posted on 01-12-08 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते म त दिपिका को छेउमा बसेर उस्लाइ हेर्दै भुटन् खाने भैसकेँ कसो बेमानि बिर्खेले लैसयाथ्यो चेपारो पारी पारी
 
Posted on 01-12-08 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dippu pakha na --paile pokhara pugela jasto chaina--surnatalji ko bus maa 
 
Posted on 01-12-08 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमि जो हौ, तिमिलाइ पनि म बिस्वास नगर्न चाहन्छु। तर के यो संभभ होला? के आधा भन्दा भढि जिन्दगिको प्रस्तावित सहयात्रा बिस्वास बेगर संभव होला? ...........................

हो त नि SurNaTal Jyu, आकाश, जुन, तारा आदि सबै बिस्वास त हो नि। संसार नै तेहि बिस्वासमा अडेको छ नि होइन त?

च्याङबा पनि तेहि बिस्वासले आज फर्केको हो खासाबाट (मनमनै भनेको नि फेरि)।


 
Posted on 01-12-08 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa feri rokya ho Prerana bus  bus nai thotro ho ki sunatale jyu lai laanai man nabhako ho? lau na prerana aba ta bujhnai paryo

kalejo timi arulaai herdai bhutan nakhaau feri jibro tokkela la puglaau mathi siddhai yamalok


 
Posted on 01-12-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale Ji, hajurko lekhai saarhai ramro laagyo, maile pahile dekhi nai padthen..

Dipika, laun ke bhaneko tyasto mero saathi lai.... kalejo, man nadukhau hai saathi... Dipika la joke maatra gareko ho..


 
Posted on 01-13-08 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते दाई, म आफैं मुस्किलले सम्झन्छु मेरो केही टासिएको थियो त्यो भित्ते पत्रीकामा भनेर, र के थियो भन्ने त सम्झन्न पनि। तपाईंले मेरा बिगत हरु कोट्याइदिनु भो, म हर्शबिभोर भए। र उबेला पनि दाइले मलाई चिन्नु भा रहेछ, कस्तो मज्जा।

 प्रेरणा, दिपिका र नेप्चे, बस त नयैं हो, तर ड्राइभर चाँही म जस्तो थोत्त्रो परेकोले अड्किदै अद्किदै चलिरा हो। अव १-२ दिनमा त कसो नपुग्ला पोखर। उता भौते दाई र बिर्खे दाइको मेजमान मा चाँही यो गुरुजिलाई नि लानु पर्छ है बरु।

अनी कालेजो र कान्छालाई यो भमणमा स्वागत छ। CL जि लाई पनि च्यांग्वा शाहीत welcome onboard

पुन: आफ्नो समय खर्च गरेर यो धागोको सोभा बढाइदिनु हुने सबैमा हार्दिक धन्यवाद।


 
Posted on 01-13-08 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are just, so inspirirational. Narration, you have got a magic in it. सरलता अनी भावनाका बेलगाम बहाव । पढन सार्है रमाइलो भैरहेको छ, अरु पनि चाँडै पढन पाउँ !

 
Posted on 01-16-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ न सुन्तले के गर्या यस्तो? यो पाराले कैले पुग्ने हँ पोखरा?
उता भउते कुर्या कुर्यै छ, येता कसैले घुर्या घुर्यै छ, पाये बिर्खेले आदि बाटै बाट हुइँकेउला जस्तो गरिराछ, येस्ता माहोलमा तिमी चै कसैको बिस्वास गर्दिन म भनेर यो मिनि बस ठ्याप्पै रोक्नु त भएन नि? सप्पैलाइ चडार गुरु जि चैं कता हो?


 
Posted on 01-16-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" ल पोखरा! पोखरा! पोखरा!

" बसको टिकेसको हाफ मोलमा ट्याउसिमा पोखरा!"

" सिटमुनि खालि सिटमुनि खालि!"

" दुई छाक मिठो खाना, बास र २ दिन घुमाई फ्रिमा"

" आउनुहोस! आउनुहोस! आउनुहोस!"

" आउँछ मौका पर्खँदैन बगेको खोला फर्कँदैन!"

खै कलेजो, कोहि चढ्न आ' हैन ट्याउसिमा के गर्नु!

सुन्तले अगाडि बढौँ प्रभु!

 


 
Posted on 01-16-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले ज्यु हजुरको यो लेख पढेर मलाई नि पोखरा जाम जाम लागि राको छ। जिदखिमा मिल्यो भने एक चोटि पोखरा र नगै चोर्दिन।


 
Posted on 01-16-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धेत् तिमी पापी बिर्खे, सप्पैलाइ आफुतिर तान्नि, दुइ दिन् भाटाँ जाँदा मोहनि लार सखाप्पै पारिहालेछौ,
आफु यो बुडो आँखो बिच्याउदा बिच्याउदा मोतिबिन्दुले भेत्न आँटिसयो, अहिले त बिर्ख्या मोहनिले भेटेर मोर् भने ए नरन यो ज्यानलाइ, के फुक्या हँ बिर्खे?
कहिले भेटुला र सात्तो झारुला भन्दा बल्ल देख पर्यो ए


 
Posted on 01-16-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta pokhara janey surnatalji ko bus gudna laageycha bhenra kuddai aa  tauxi po raheycha  

Uptwngl tapai pani eahi bus ma chadeyra hidnus pokhara --dippu pani aauchey


 
Posted on 01-16-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


prerana timro dippu lai sodhana kahile arko story post garne bhanera, aba malai ta mar bhanchhe timilai maya garchhe kya re bhanli ni sodhata please ekchoti

Ani tyo tauxi ma najaau feri dippu pani janchhe, yo kancha ra nepache saga ta bore hunchhu ma timiharu pani yehi bus ma hida hai ma saga
Last edited: 16-Jan-08 04:34 PM

 
Posted on 01-16-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरो ट्याउसिमा त बाबै ट्यापरिकोटर क्यास्केठ सपै छ जे जे सुने नि पाइन्छ। हाउँरो ट्याउसिमा त फेरि मेरि बास्सै झ्याल खोलो भने हावा सररररर आउँछ! चिलगाडि भन्दा नि हुइँकिन्छ! बस्ने सिठ नि हाल्लिँदैन। रिजाप ट्याउसिमा जान छोडेर को बसाँ हन्डर खा'र जावस।

" ल ट्याउसि ट्याउसि ट्याउसि!"

"गोरखकालि टायर हालेको ट्याउसिमा पोखरा पोखरा पोखरा!"


 
Posted on 01-18-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण साझा बासिहरु जस्ले यो पोखरा जान निस्केको बसमा यात्रा गरिरहनु भएको छ वा यसो चिहाएर यात्रुहरुलाइ एक नजर दिइरहनु भएको छ वा केहि चना चटपटे बेच्ने अभिलाशाले बसको झ्यालतिर लागिरहनु भएको छ, सबैमा हार्दिक आभार र धन्यावाद ब्यक्त गर्दछु। र बिसेस गरि यो बसको यात्रा सहज, रमाइलो र मिठो मानिदिनु हुने सम्पुर्ण यात्रु महानुभावहरुमा असिम क्रितज्ञता ब्यक्त गर्दछु। यि सौहार्दताहरुले मलाइ बस चालक बनिरहनुमा हौसला प्रदान गरिरहेका छन्।

हप्ता चलि रहंदा Steering समाउने मौकै परेन। तेस्को लागि क्षमा माग्दै सुक्रबारे सांझतिर पुन: फर्किएको छु मेरो मिनिबस लिएर। धुलो उडाएर कसैलाइ अप्ठेरो पारेको रहेछु भने क्षमा दिनुहोला।

उहि, सुर् न ताल्।


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters