[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 195914 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 12-29-05 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे जवैँ ,

जमुनी त कपडाको जस्तो कुटुरो बोकेर डाँडाको मट्याङ्रेको पछि पछि फिर्सेको उकालो लागिछ
भनेर भन्थ्यो चित्रेले, हजुरलेई कतै पठाम्नु भा' हो कि, घर थाहै नदिइ हिँडेकी हो, हँ ?

मामाकी छोरी न हो, मयाँ लाउँछ के ज्याद्रै।

:-)
-भउते
 
Posted on 12-29-05 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माईत नि जान प-योछ भन्दै थिई केरे, गईच कि त कुन्नि ? देख्दिन केरे यहाँहुदी ।
दैलो - ठेलो भनि लिपेकै रैच केरे ।

वा घाँस पो गई कि, मैले अघि न पराल हालिदेको थिएँ, डिँगा त कराका छैनन् । होला होला, खाङ्ग्रे डोको पुनि छैन केरे ।

तेस्तो केही तल-वितल परे हजुरले थाहा पाए भन्नु होला केरे ।

Keep rolling...
 
Posted on 12-29-05 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina sire, ke ho kuro? Hijo belki yeso gamtir gain gui kura ta sunthe, aa hainhola bhenera wastai arina. aaj pheri bhautele bihan bihanai ke yesto kuro sunaka hun?
Pakha belki ghar gaasi timro jhanko najhari bhaana ganthe.
 
Posted on 12-29-05 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त पन्र पुस नि। लट्टे खान खुदो लिन गा'कि रे'छ जमुनी त। अगि भर्खर सानो
जर्किनमा खुदो हल्लाउँदै आ'को देखेथेँ। अब चामल त हजुरले नै अस्तिनै ढिँकीमा कुट्नु भो के
रे। :-)

बरु यो जेठुलाई पनि बोलाए गुनै मान्थेँ के रे।

सप्पैलाई पन्र पुस को शुभकामना है। खैरेको नयाँ बर्ख भन्दा त हाम्रै पन्र पुस रमाइलो।
मज्जाले कुहिनो बाट घिउ चुहाउदै लट्टे खान पाइन्छ। :-)

:-)
-भउते
 
Posted on 12-29-05 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैच त नि । पैसो भनि भेट्टाईन्च केरे, त्याँसी घिउ सित सरोबर मा ल्याकी अरे । अब मानाको दुई सौ रुप्याँ पर्च अरे, क्यारी तिर्नी हो ?

आम्नी भा आम्नुस त नि येतै तिर जो ।

Keep rolling...
 
Posted on 12-29-05 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के सुन्चु म ! खुदासँ चिउरा खानी कुरो त मलाइ नी था थ्यो, तर यो खुदासँ लट्टे भान्नीकुरो त मैले सुनेकै रैनचुकि ?
होला अब ठाम अन्सारको चलन ! हैन निम्ता भउतेलाइ मत्रै हो कि गाम्ले सपैलाइ हो ? आम्न मन लाओ मलैनी !
 
Posted on 12-29-05 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाढा हुनु भओ केरे मुन्द्रे,
(मैले जाने बुझे अन्सार त तपैँको पुनि चित्रेका तिरै चईनी गिनिस दुहुनी ठाम तिरै जो हैन र ?) आम्नी भा आम्नुस् त नि ।
हामी पुनि हेरम्ला, क्यारी आम्नु हुँदो रैच ।

खुदा सँग खट्टे खानी भनेको हो के, यी भउतेले जे पुनि भन्चन । अस्तिन भाटा माथि चढेर हिउँमा चिप्लेटी (ski) खेल्न
गाका थिए अरे बेलडाँडातिर । भिरा'ट घिरमुन्टिएछन् येसो पन्ध्र बिस फेरा । भाटामाथि टेको कि हुतुतुतु कता हो
कता पु-याम्च, त्याँसी गुन्द्रुङ्ग पल्टेर थामिनी हो केरे ।हार खाएर त्याँसी त भिरको बीचबाटै चईनी जुता सुता खोलेर
दाउरा काट्न जाँदा बन्चरो काँधाँ भिरे झै ती चिप्लीना भाटा काँधाँ हालेर झरेचन् बल्ल बल्ल भीरबाट तल मैदानाँ।
दुईटा लौरा पुनि थे अरे डाँडाको टुप्पाँ जाँदा खेरि त, अझ लौरालाई नाडीमा बाँधेको पुनि हो अरे हुन त, तल
झरेर होस आम्नी बेलाँ त एउटा लौरो त हराएचन्, कता फालेचन् कता है ।
(मेरै आफ्नै पहिलो अनुभवको आधारमा भनेको है)

अहिले ओछ्यानाँ थला प-याछन् अरे के, बेला बेलाँ बतुराम्चन अरे निदाँ जो । तेही भ'र खट्टेलाई लट्टे भनेका होलान् केरे नि ।

Keep rolling...
 
Posted on 12-29-05 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‍एऽऽऽऽऽऽ तेसो पो र'च ! हैन ओछ्यानै पर्याभे'त भेट्न जान परो नी ! एक्लो मुन्छे, पानी तता'र खानदिनी पनि
कोइ भे'नन् भने त गारो पर्ला नी गाँठे ! यो चौताराँ आम्नी सपैलाइ पालो लाम्न पर्ला' अस्तो मान्चु म त ! भउतेको
स्यार अर्न ! जे भ'नी मर्दापर्दा काम लाउनी मुन्छे हो क्यार्नी खै ।
 
Posted on 12-29-05 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)

ठ्याक्कै मेरो कहानी भनिदिनुभो सिरेले त।

अब अलेली त्यो पाङ्रा हालेको जुत्ता ला'र गुड्नी अरेको के रे, यो जाबो चिप्लेटी त के हो र
भनेर चम्किदै डाडाँ चढेँ के रे म पनि। अब सँगै जाने सईँहुरलाई पनि अलेली फूर्ति देखाउन
परो भनेर भित्र डराए पनि बाहिर चैँ क्यै नभाको जस्तो अरेको नि।माथि ग'र यसो भाटामा
टेक्छु त हुतुतुतु हुईँकि हाल्यो के रे, एउटा लठ्ठी त समाउनै भ्याइन मैले त, डाँडामै छुट्यो।

हुईँकिन थालेपछि त बाबै-आमै भन्नी फुर्सत नि नहुनि रे'छ के रे। लौ अब यो बारको जुनि
यत्तिकै भो, उता काका र सिरे केटी खोज्न गा'का छन् फेरि, यो जुनिआँ तलाई नलेखेको त
होला नि भउते रसस्वादन अर्न भनेर सोच्दै थिएँ। फेरि चौतारियाँ सईँहुर सँग बिदाबादी भ'र
हिडेको के रे, कतै खाल्डै तिर जाक्किएर हराए पनि फेरि भउते हरायो भनेर चौतारिआँ उधुम
मच्चाउलान, खोज्न आए भने क्यै नभेटे पनि हड्डीका टुक्रा टुक्री त भेट्लान नि भनेर सोचेँ।


एउछिन पछि त अति नै भो के रे, यसै सकिनु उसै सकिनु, एउफेर किन टराइ नमार्ने त भनेर
ज्यान स्यान छाडिदिएँ। त्याँ सि त उधोमुन्टिदै १२-१५ भल्डयाङ खेले के रे। अनि कुन्नि को
सँ ठोक्किएको सम्म चाल पाएँ। होस आउदा त खुट्टा'ट भाटा साटा फुत्केर ४०-५० हात पर
पुगेछ के रे। एउटो लठ्ठी चैँ हातैमा माछा झुन्ड्या जस्तो झुन्डिरा'रेछ।

एउछिन त अस्ति शेखर भाइको नाममा लेखेको शिलोक मेरै नाममा टाँसिन्छ कि भनेर पीर
पर्यो नि।

अनि त्यो लट्टे भन्ने हाम्रा गाममा मात्र रे'छ कि के हो? पन्र पुषाँ अनदीको चामल घिउ र
खुदोमा पकाएर खान्छन के रे हाम्रा गाममा त। कसैले लट्टे, कसैले चाम्रे, कसैले चिच्चर पनि
भन्छन, खोइ त्यति सारो कसैले थाह नपाको न नहुनु पर्ने। अब थाइल्यान्ड तिर त्यसैलाई
बिकासे भाषामा "स्टिकी राइस" भन्दा रे'छन्। दादाका गाम तिर त त्यो हात सात फोहोरो
हुनि भ'र हो कि, चम्चा काँटा किन्न नसकेर हो, छेस्काले खानु पर्ने भा'को ले भात पनि
चिच्चर जस्तै हुँदो रे'छ। नत्र त त्यो छेस्काले २टा सिता पनि नआउनी, दिनभरी खाए पनि
गोजेरो नभरिनि।

मैले त हातैले दन्काइद्याथेँ। लाटाहरु केरा हेर्या जस्तो हेर्दैथिए।

:-)
-भउते
 
Posted on 12-29-05 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo khudo ra anadi ko chamal pakayera khane ta late nai ho jasto manchu ke re. Bhautu ali dherai ghiu halera khaye, tyo dhukeko dhad sabai niko huncha.
 
Posted on 12-29-05 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

To me the photograph of so called "sajha ko chautari" (at the begining of this thread) looks more like a stage set up by the local Maoists in remote villages of Nepal for their military commanders and their political leaders to give "Krantikari Bhassan" to their cadres and "sojha sidhaa" villagers.
 
Posted on 12-29-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भउते ! अनदीका चामल र घ्यु त हो तर खुदाँ पकाको त मलै था'भेन ! हाम्रातिर त चिनी हाल्चन, खुदाँ त हुन्न
भन्चन् ए !बाँकी त्यो इस्टिकी भात यता गर्मिनी तिर नी चल्दो रच !
 
Posted on 12-29-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लायो ।
 
Posted on 12-29-05 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात भरि किट्टी खेलेर बसे जस्तो छ, सुत्नु पर्दैन ? :-)
 
Posted on 12-29-05 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किट्टी सिट्टी भन्दा नि साझा च्याटको त्यो के गेम रे चित्रे? virgenia हो कि के जाति हो खेलियो च्याट गरियो। कति मज्जा आयो।
 
Posted on 12-29-05 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटाओ, गाम फेरि आर्को रिकुटे आएच। बिचार अरम है। कुरा सुन्दा त चारपाटा मुडेर सिम भन्ज्याङै कटाउन पर्ला जस्तो छ।
 
Posted on 12-29-05 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विकास गोतामे
...................................................
. उसलाई त मैले चिनकै छैन .
. उसले त मलाई चिन्छे रे .
. मेरो मायाको दाम सोद्धै थिई .
. सस्तोमा पाए किन्छे रे .
...................................................
 
Posted on 12-30-05 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहु जस्तो साहु परेकाले चौतारीमा आउने फूर्सद पनि भएन गाँठे। दम्तरीहुरको खुब याद आम्च, तर क्या-----र्नु, याम्कीलाई पाल्नै परो, नकमाई सुख छैन।
भउतेलाई केटी खोज्नु परो भनेर सिरे र काका मकहाँ आएर फर्केको पनि एक महिना भइसक्यो। एउटी केटीको कुरो पनि भा' थ्यो। काका र सिरेले भउतेलाई भनेनन् जस्तो छ। जेठा जिम्मालको केसेटजस्तै "री" गरेर पुरानै कुरो (अघिल्लो चौतारीयाट) "प्ले" गर्दिन्छु म त आज।

[
ए राता मकै! हैन यी केटाहुरलाई के भ' को हो? जतापाच्छे कुरा काट्दै हिनेका छन् गाँठे! आफ्नो याँ हानीमुन चल्दैछ अझै रे क्या!
कुरो के भो भने केटा हो, दाईँ सकेर ससुराली आइयो। "अब किन गाम् बस्ने ज्वाईँ, यतै पखरातिर केहि गरे कसो होला? अनि हजुर र याऊँकला पढ्नु पनि परो।" भनेर भन्छन् सासु ससुरा त! छोरीलाई दु:ख होला भन्ने लागेको रच ती बूढा बूढीलाई। हुनत अब हाम्रो गाम्मा पनि विकासे कलधारो, हेल पोष्ट (Health post), भटभटे हिन्ने बाटो बनिसकेको छ, गाम्मै बसेपनि याम्कीलाई खास दु:ख त हुने थेन, तैपनि मलाई पनि पखरै बसुम् जस्तो लाग्यो।
अब शहर बजाराँ बसे कुरै अर्कै हुन्छ, धेरै कुरा जानिन्छ। अब अलि अलि कमाएर मात्तै गाम् आम्छु म केटा हो अब!
आजभोलि महेन्द्रपुलमा आइमाइका लिपपोत गर्ने सामान (cosmetics) को पसल चलार बस्याछु म त! च्वाँक च्वाँक केटी पनि हे्र्न पाइने (हुनत क्याम्पस छुट्ने बेलाँ याम्कीले एकछिन छोड्ने होइन पसल, 'केटी देखेसी तिम्ले त जे पनि सस्तोमा दिन्छौ' भन्छे।)।
हिजो सिरे र काका आ'का थे। काका पहिला अलि अलि खुट्टा खोच्याम्थे, अहिले त ठम ठम हिन्दा रचन्। काँ के ओखती गर्यौ बूढा भनेको, "नेपाने डाउडर (Doctor) ले दे'को अम्रिकाको बिजुलीको तेल दुई दिन दलेको च्वाट्टै भ'। अब त म पनि तन्नेरी भ'छु; तेरी काकी अर्की एउटी पनि ल्याम्छु अब।" भनेर हाँसे।
"एउटा जडुरी (जरुरी) कुरो छ गोताएँ। एकछिन बाहिर जाम् ।" भनेर काका र सिरेले भनेपछि याम्कीलाई पसलमा छोडेर म पछि लागें। माडेको पसलमा चिया खान थालियो। "भउते साह्रै छटपटायो ब्या गर्न नपा'र। केटी खोज्नु पर्यो गोताएँ। बुहारीका साथी भए कुरो चलाईहाल्नु पर्यो। नत्र भउतेले रात बिरात कल्लाई समात्ने हो!" काकाले भने। सिरे पनि हामीसँगै थ्यो एकछिन त, बाहिर फेटा बाँधेको जोगी देखेपछि उतै लागेर धूवाँ उडाम्दै थ्यो।
"हुन्छ काका, म याम्कीलाई सोधम्ला। बरु भरे भातचैं मैकाँ खाम्। सुत्नचैँ लजै खोज्नुपर्ला, एउटो कोठो लेर बस्या छम् ऐले।"
तेसपछि काका र सिरे लेउसाइट (lakeside) तिर लागेका थे।
याम्कीलाई सोधेको, "साथी त छन् केरे तर भउते त अलि कस्तो कस्तो लाउच मलाई त, ...." भन्छे। "भउते मान्छे खराब छैन बरा, तेत्रो प्याज (डी) खेती गरेको छ, तिनटा लैना भैँसी, चारौटा लैना गाई छन्। गाम्लेलाई डाह लागेर नचाइनी हल्ला चलाका हुन्।" भनेर मैले सम्झासी "भउतेलाई स्वाम्ने (सुहाउने) केटी छे मालेपाटनाँ। मेरो ईसकुलकी साथी हो। नस (नर्स) हो ।" भनेर भनी। "बरु अग्ली र अलि अलि मोटी भा भेर केटाहुर्ले टडक भनेर जिस्काम्छन्।"
"भउते पनि खाइलाग्दो छ नि, मुरीको धोक्रो एक्लै बोक्छ। टडक त के पिलेनै (प्लेन) पनि भउतेले धान्छ।" मैले भने।
हुन पनि हो।

*******************************
बेल्का त काका मात्रै पो आम्छन् ए!
"खोइ सिरे?"
"त्याँ लेउसाइटाँ एउटा देब्रे कानाँ मुन्द्रो ला'को छक्का जस्तोले 'आई लप यु' भन्या थ्यो, सिरे त पछि लागो। मैले नजा भनेको मानेन, गाँजा' सूरमा थ्यो। छक्काले धक्का देसी गाँजाको सूर सिध्धेर आउला नि भरे।"
तै याम्की भान्छाको धुनमा थिई र यो कुरो सुनिन, नत्र अहिलेको अहिल्यै जमुनी भाउज्यूलाई फुन गरिहाल्थी! अनि हुन्थ्यो सिरेको न्वारान!
केटीको कुरो सुनेसी काकाले पनि "काईदा हुन्छ तो केटी र भउतेको जोडी!" भने । भउतेको कुरो मालेपाटनकी नससंग चल्ने पक्का भो। भउतेले इञ्जेउसन (इन्जेक्सन) दिने भो नसलाई यसपाली! अब कता कता के के हुनी हो!
सिरेचैँ राती नौ बज्नी बेलाँ आईपुगो। अनुहार अलि न्याउरो थ्यो। याम्कीका अगाडि सोध्ने कुरो भएन। लजमा काकाले सोध्लान नि रातभरि। ]

मैले लजमा सुत्न पठाएँ भनेर रिसाका हुन कि काका र सिरे। अब आफू एउटो कोठो लेर भाडामा बसिराख्या मान्छे, क्यार्नु त! मान्छ्या पीर मर्का बुझ्नु पर्छ नी दम्तरीहुर्ले!
 
Posted on 12-30-05 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा खाँटी नेपाली अन्मार (अनुहार, I.D.) भा'को दम्तरी पनि आएछन्। ञि पनि गोताएँनै हुन् जस्तो छ। कताका गोताएँ हौ यार तिमी?
 
Posted on 12-30-05 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै दम्तरीहुरलाई कुइरे नया वर्षको शुभकामना छ है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters