[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VII

[Please view other pages to see the rest of the postings. Total posts: 98]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 52137 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 01-24-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...
नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा र गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

- http://sajha.com/sajha/html/chautari.cfm
चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५
 
Posted on 01-27-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>दादा र मैले खुसुक्क अरेको सालीको कुरो यी गोताएँ सम्म नि पुगेछ जस्तो मानिचु।


चोरको खुट्टा काट!

भन्दाखेरि चोरले खुट्टो उचाल्या जस्तो मात्रै भो, भउते।
तर गोतामेको कथाको पहिलो हरफ पढ्दा म नि झसगं प-या।
 
Posted on 01-27-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ! दादा पनि एतै हल्लीँदै रचन् ! खुरुक्क अब गुन्टा कस्न नग'र किन यता लँठीदै हिडिरा ?! :)
 
Posted on 01-27-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारो त झुण्डिन लाओ, परदेशी कता ग'चन ?
ऐ ऽऽऽऽ परदेशी ! लु म त रेडी भएँ, फाइट खेल्न आउ !
तो बउसिङ खेल्नि पञ्जा चैँ लाउनै बिर्सेचु.....हत्तेरी ऽऽ :)
 
Posted on 01-27-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रे,
"बउसिङ खेल्नि पञ्जा चैँ लाउनै बिर्सेचु" रे??
क्यार्चौ अब, हजुरबाको पुरानो पटुका सटुका केइ छैन? हाताँ बेरेर बउसिउँ खेल अब।
---------------------------------------
यो परदेशी त उताओ चौतारिआँ आम्दै नआम्ने किन हो?
 
Posted on 01-27-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे दादा, हाँस्दा हास्दा हैरान भो।

त्यै त भनेको बिर्खे। यी परदेशी किन बिच्किएका हुन कुन्नि। उता त्यस्तो चहलपहल छ।
यिनी चैँ यै ठुन्सिएर बस्याछन्। म लाटो भेँडो, तिमी बाठो भेँडो भुन्दा नि मानेनन्। के भनेर
फकाम्नी हो कुन्नि। यो चौतारी तुर्लुङ्ग झुन्डिएको देखेर मेरो पनि मन कुटुक्क भयो के।
अब सप्पैजना आएर मुन्ट्याएरै लैजान पर्ला जस्तो छ। :-)
 
presidentofnepal2035
Posted on 01-27-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke bhanne ....

 
Posted on 01-27-06 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि रमाइलो अर्दै मेलो सके पछि नया चौतारीमाआम के रे । हुन त सप्पैलाइ सन्सरबार आइतबार लागेको होला, को को तुच्च पार्न जानि हुन, को कता चिप्लेटि खेल्न जानि हुन, जे होस सप्पैको बिदा राम्रो होस । म नि लागे हइ तुच्च पार्न ।
 
Posted on 01-27-06 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म लागेँ।

मलाई "शुभ-यात्रा !" है!

‍ओम् मगंलम भगवान विष्णू
मगंलम गरुडध्वज ... ... ... ‌‌‍‍
 
Posted on 01-27-06 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Are you related to Tulsi_Giri?


Happy Journey To DADA!


:) Bagi
 
Posted on 01-27-06 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ यात्रा दादा।
 
Posted on 01-27-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ यात्रा दादा!
:)
 
Posted on 01-27-06 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐ मँगलम भगवान विष्णु, मँगलाम गरुडध्वज,
मँगलम पुण्डरिकाक्ष, मँगलाय तनोहरी !...

लौ दादा, यात्रा शुभ रहोस, आँटे ताकेको पुओस,
पुतलीबजाराँ ग'र धेरै चकचक नअरे, पखराँ पैसा नमासे :)
मूख्या कुरो,
फूल सारे,
हाम्लाइ माया नमारे !
बेला बेलाँ चौताराँ चियाउँदै अरे है ! :)
 
Posted on 01-29-06 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मीतज्यू आफैं बेपत्ता रछन्, अनि यत्रो रमाईलो हुन्थ्यो यो चौतारीया!? कता हरायौ ए बूढा?
 
Posted on 01-29-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त दादा शुभ यात्रा । राम्रो सं जानु । पिलेन ठाम ठाममा रोक्दा बाटा बेच्न राखेका चटपट नखानु, झ्याल ट टाउको बाहिर ननिकाल्नु । पैसा अड्कलेर मास्नु । थाइल्यानड तिर थकालिका पसल होलान, केइ न नखानु, बरु फालफुल खानु । सामान को ख्याल गर्नु ।
नेपाल बसाइ राम्रो होस । यसो फोटाहरु खिच्नु । खास्साका चौतारिका फोटा पाए ल्याउनु के रे । फेरि भेटम्ला ।
 
Posted on 01-29-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

******पिलेन ठाम ठाममा रोक्दा बाटा बेच्न राखेका चटपट नखानु, झ्याल ट टाउको बाहिर ननिकाल्नु ****

हे हे हे नमे ले हँसाओ :)

दादा त नेपाल पुइ सके होलान्।
अनि साँच्चै यो परदेशीलाई के भा हो? कता हराएच?
 
Posted on 01-30-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यो चौतारी को हबिगत ! के भन्ने यी "आज का अन्डा भोलि का omelet लाई" । झन् केटा हरुले हेर्लान् भनेर नेपाल् सहर मा गाको, के हेर्नु नि, पल्ला चौतरो मा तरुनि जिस्काएर पो बसेछन् । अब म एक जना ले मात्रै कसरी स्याहेर्ने होला ?! हरे !! यो गोतमे मीत, बिर्खे माईलो , नेपाली बोनापार्ट् ,समुन्द्र,हाम्रो हुनेबाला रास्ट्रपति सबै लाई पानि मा भिजाएको सिस्नु पनि ले पडुला माथि को भाग नाङो पारेर झ्याम् झ्याम् पार्न् नपुगेको । तिमरुको घरमा ज्ञानेको सेना पस्न नपुगेको । पख तिमिहरु लाई ।
 
Posted on 01-30-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या मुला परदेशि, यसरि गालि गारे पछि त मान्छेहरु झन भाग्दैनन ? तिमि यार सारै नै बिग्रियउ परदेशी । अब देश फर्के पछि काहा परदेश जस्तो हुन्छ र ?
 
Posted on 02-01-06 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dadaiko devi deurali
Maya ho paat bajaaundai jhare hai orali
Mai baschhu samjhi jhaljhali!
 
Posted on 02-01-06 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले हरायो! लाले हरायो!!

उखु पेल्नु छ भन्थ्यो,
मिल पायो कि?
झारैझारले गाँज्यो उखुलाई भन्थ्यो,
खौरिन गयो कि?

लाले हरायो! लाले हरायो!!
बेँशी झरेको लाले पुतलीको भट्टीमा
तुच्च तुच्च पार्या पार्यै भो कि?
कतै लाले पनि नेपाल त गएन,
मेर भयो कि?

चौतारिमा नआ'को धेरै भो
गाम्ले कसैले देख्यौ कि?

लाले हरायो! लाले हरायो!!
 
Posted on 02-01-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोदो बेच्न जान्छु भन्थ्यो
त्यतै लाग्यो कि
त्यै कोदोको रउसि पारि
बेच्न थाल्यो कि

शहर बजार घुम्दा घुम्दै
कतै थाक्यो कि
कतै आफैँ तुच्च तुच्च
पार्दै पो छ कि

सुन्तलीलाई जिस्क्याइ रन्थ्यो
डाँडै काट्यो कि
धर्मे स्यानबा भन्दै भन्दै
तराई झर्यो कि

गुमानेको रिन तिर्न
मुग्लान हिँड्यो कि
लौन गाम्ले खोज्नु पर्यो
हाम्रो लाल बहादुर घर्ती!!!
:):)
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters