[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 घर

[Please view other pages to see the rest of the postings. Total posts: 137]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 104047 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 02-27-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर

अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो।  मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। "घर जान ला?" संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। "अँ" भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी "कस्को घर?"

बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।

"आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ --" भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा  गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए।

त्यो भागबण्डाले प्रकासलाई मात्रै हैन घर परिवारमा कसैलाइ केही असर परेको थिएन। अंशबण्डा कागजी रुपमा भएको थियो। त्यत्ति हो।

केही महिना पछि उस्को दाजु, किरण, राजशाही कलेज पुगेको थियो। प्रकास अझै त्रि-चन्द्रमै हल्लिदै थ्यो। प्रकासले जिन्दगीलाई सायद बेग्लै हिसाबले बुझेको थ्यो। उ महत्वाकांक्षी पटक्कै थिएन। उ एउटा आदर्श मान्छे बन्न चाहन्थ्यो -- कसैले औला उठाउन नसक्ने चरीत्रलाई उस्ले जिवन्त गर्न चाह्न्थ्यो। त्यत्ति हो। त्यो बाहेक जिन्दगीमा यस्तो गर्छु भन्ने सोचाई थिएन उस्को। भोलीको लक्ष्य भनेर पनि केही थिएन। भाडामा आएको पैसा ब्यान्ङ्कमा जम्मा हुन्थ्यो। त्यो पैसा चलाउने उस्लाई आबश्यकता पनि थिएन। बाउ-आमाले दिएको पैसा नै उस्लाई पर्याप्त थ्यो।

बिग्रीएका बाटाहरुमा उ जान चाहेको भए सबै बाटाहरुमा उस्ले स्वागत द्वार देखेको थियो तर उस्ले ति बाटाहरुमा आफुलाई कहिल्यै लगेन। उस्का साथिहरु पनि खासै कोही थिएनन।

बाउले आर्की आईमाईलाई बालाजुमा भब्य घर बनाएर राख्नु अघि देखि नै आमाको आँखामा लागेको बादल र बेला बेला पर्ने ती झरीहरुले उस्को मनमा गहिरो छाप छोडेका थिए। उस्ले आफै सँग बाचा गरेको थियो "म मेरी श्रीमतीलाई कहिल्यै दु:खी बनाउँदिन -- मेरा छोरा छोरीले उनीहरुको आमाको आँखामा उर्लिने बाढीहरु मैले जस्तो कहिल्यै देख्नु पर्ने छैन।"

प्रकासलाई बिदेस जाने रहर कहिल्यै भएन। उ घरमै बस्न चाहन्थ्यो। बाउ बाहिर भनेर बेला बेला बालाजु तिर हराउँथे। त्यस्ता बेलाहरुमा उस्ले आमालाई दु:खी हुन नदिन सधैं कोशिश गर्थ्यो।

किरण पढाइसकेर आयो। उस्को भब्य बिहे भयो। बालाजुकि आईमाई पनि आईन। बिहे पछि किरण चाबेलको घर सर्यो। प्रकास बाउ आमा संगै थ्यो। अचेल उ जागिरे थियो बिदेशी ब्याङ्कमा।

"प्रकास सोझो छ। सोझो पनि अत्ति नै। अचेलको जमानामा त्यस्तो मान्छ्या काम छैन। बाउले घर देकै छन, गाँठ टन्नै छ, तोर्पे लक्कि त लक्कि हो। पर्कासे ठीस त सन्किनलाएछ नी था पाईस? हामी दुईटैले यत्ति तरुनी देख्छम न दिनमा मन ठेगानमा न रातमा, त्यो ट्याबेको चार चार वटा आँखा छन अनि कुस्त गाँठ उस्तै झन कसरी मन थामेको होला--- " यस्तै यस्तै कुराहरु हुन्थे उस्को बारेमा।

उस्को आँखा सानै देखी कमजोर। चस्मा तिन कक्षा पढ्दै देखि लाउँथ्यो। चार-आँखे दर्जा पाएको पनि त्यै बेला देखि उ उस्ले। अचेल त झन पावर बढेर बिना चस्मा सबै धमिलो देख्थ्यो। एक दिन लन्चमा यसो बैंकका सहकर्मीहरु सँग दरबारमार्गमा लन्च खाएर फर्किदै थ्यो कताबाट हो एक्कासी आएको आक्रोसित जुलुसाँ परेर चस्मा खस्यो। खस्नु के थ्यो टुक्रा टुक्रा भैगो। धन्न सहकर्मीहरु साथै थिए। मौकाको कुरा त्यै बेला टोलको एउटा सोमले  हात हल्लाउँदै अभिबादन गरेछ पर्कासेलाई। उस्ले देख्या हैन। सोमले अनि प्रकासे बौलाउन लागेछ क्यारे भन्ने निष्कर्ष निकालेछ र उस्को निष्कर्ष अरु साथिभाईहरु सँग बाँडेछ। साथिभाईहरुले पनि त्यस्मा आ-आफ्नै बिश्लेषण थपेर समाचारलाई अलि मनोरन्जनात्मक बनाए। यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।

घरमा प्रकासको बिहे छिट्टै गर्दिने कुराले अचेल निक्कै गति लिएको थियो। किरण सात समुद्र पार जाने करिब करिब पक्का भएको थ्यो। प्रकासलाई घराँ "तेरो कोई छ भने भन" भनेको सुनेर उ छक्क पर्या थ्यो। को हुनु उस्को? उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।

आखिर प्रकासेकी फुपुकी जेठीसासुले भनेकै सँग बिहेको कुरा अगाडी बढ्यो। उनीहरुकै जस्तो राम्रो आर्थिक स्थिती भएको परिबार, केटी स्वदेस र बिदेसमा पढेकी तर असाध्यै घरेलु रे भन्थे -- सबै राम्रो रे भन्ने कुरा भो। नामै सुकिर्ती बानी पनि किर्ति नै राख्ली जस्तो छ भन्थिन फुपुकि  जेठी सासु।

प्रकासलाई "अब एक चोटी भेट केटीलाई" भन्दा अलि असजिलो मानेर "पर्दैन" भन्यो उस्ले। त्यै पनि भेटाउने भए फुपुको घरमा। सुकिर्ति भेटने अघिल्लो रात देखिनै उस्लाई उकुस मुकुस भयो।

सुकिर्तिको सुन्दरतामा प्रकास पहिलो हेराईमै पराजित भयो। कौसीमा उस्लाई र सुकिर्तीलाई छोडेर अरु तल ओर्लिए। प्रकासले धेरै बोलेन। सुकिर्तीले धेरै कुरा गरी। सबै राम्रा कुरा। प्रकासले जे जति भन्यो, सुकिर्तीले ति सबै कुराहरु, उस्का सबै आदर्सबाणीहरुको मुक्तकण्ठले प्रसंसा गरी। उस्ले सोचे जस्तै, कल्पना गरे जस्तै पाई रे उस्ले प्रकासलाई भनी। उ मन्त्रमुग्ध झैं भयो।

बिहे हुने भो।

 

 

अब एक हात बिसाम क्यारे ---


 
Posted on 03-05-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे सोचेको तेही भएछ,केटी हरु ले आफ्नो लोग्ने बाट माया पाएनन भने एस्तै हो, अर्को भाग को प्रतिक्ष्या मा ब्याकुल।
 
Posted on 03-05-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"जे सोचेको तेही भएछ,केटी हरु ले आफ्नो लोग्ने बाट माया पाएनन भने एस्तै हो" बिस्ते केतिहरु मात्र होइन केताहरु नि तेस्तै गर्चन्।


 
Posted on 03-05-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकिर्तीलाई अहिले नै पराइ सँग लागि भन्न अलिक नमिल्ला। अर्को भागमा हेरम कुन घर जान्छन अनी टिप्पणी गर्नेनैछु। दीप ब्रो, घमाशान जाँदै छ, छिटो भनुम के हुन्छ त्यस पछी।
 
Posted on 03-05-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thanks norton. यदि कोहि केताले सुक्रितिलाइ कसैले मन पराउदैमा तेस्मा सुक्रितिको कुनै दोस चैन.

 
Posted on 03-05-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुलि .. केटा हरु नि तेस्ता हुन्छन, मान्छे को मन न हो, माया खोजिरहेको हुन्छ आफ्ना बाट,सही समय मा सही मात्रा मा माया पाएनन र तेही समयमा अरु ले अलिकती माया दियो भने नि त्यो अरु जाती लाग्छ नि तेस्ताइ भाको हो, मैले सुकिर्ती अरु सँग लागी सकी भनेर भन्या हैन नरे।
 
Posted on 03-05-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो केताहरु नि तेस्तै हुन्चन भनेर थाहा पाउदा पाउदै किन केतिहरुले आफ्नो लोग्नेबात माया पाएनन् भने आर्को केता खोज्चन् भनेको त


 
Posted on 03-05-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईको "घर" राम्रो लाग्यो मलाई पनि बरु अरु पनि ईटा थप्दै जानु होला छिटो छिटो तपाईको घरमा
 
Posted on 03-05-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर राम्रो रहेछ। अझै तल्ला थप्दै जानुस् दीपजी ।
 
Posted on 03-05-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे ठुलि केटा हरु नि तेस्तै  = केटी हरु नि तेस्तै
भई हाल्यो नि बराबर हैन, चित्त बुझ्यो अब।

लौ दिप ब्रो सुकिर्ती ले के गर्छे छिट्टै भन्दिन पर्‍यो


 
Posted on 03-06-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...

सुकिर्तीले आफुले समातेको स्वर्णीमको हातलाई अलि जोड सँग थिची एक चोटी अनि छोडीदिई। स्वर्णीम खम्बा जस्तै चुपचाप उभिएकै थ्यो सुकिर्ती ओर्ली। एकै छिन पछि उ पनि ओर्लियो।

उस्ले तल सुकिर्तीलाई देखेन। कसैलाई सोध्न पनि उस्लाई खै किन हो ठिक लागेन। उ बाहीर निस्कियो। सुकिर्ती त्यही रहीछ। उस्ले मोटरसाईकल ठिक पार्यो। सुकिर्ती बसी। मोटरसाईकल बाटो लाग्यो। प्रितीको आँखामा फैलिएको घृणाले कसैले देखेन।

प्रकास घरमा आईपुग्दा उस्को हालत जुवामा ऋण लिएको पैसा हारेको खेलाडीको जस्तो थ्यो। उस्को मनमा अनेक भावहरु एकसाथ उठीरहेका थिए। उ क्रुद्ध त थियो नै, अपमानित पनि उ निक्कै भएको अनुभव गरीरहेको थ्यो।

घरमा आमाले उस्लाई र सुकिर्तीलाई पर्खेर बस्ने निश्चित थ्यो। "आमालाई के भन्ने?" यो प्रस्न पनि अहिले उस्को रिसको आगोमा घ्यू थप्दै थ्यो।

 नभन्दै आमा सँग भेट भो। बैठक कोठामा पर्खीरहेकी रहीछन। "नसुतेर किन नी तपाईँ यति बेला सम्म?" प्रकासले आफ्नो स्वरलाई सकेसम्म नरम पार्दा पार्दै पनि कटुता छचल्किहाल्यो। कुरा बिगार्नुमा आमाको पनि हात भएको जस्तो लाग्यो उस्लाई। खुरुक्क बेलैमा सुतेको भए अहिले उस्ले आमाका प्रस्नहरुको जबाफ दिईरहनु पर्ने थिएन नी। उस्ले सोच्यो।

 "खै त सुकिर्ती?" नभन्दै आमाको प्रस्न आयो।

 "जङ्गीएर जबाफ दिन मन थियो प्रकासलाई तर उस्ले आफुलाई नियन्त्रण गर्दै भन्यो "मामाघर गै --"

आमा अलमल्ल परीन । मामाघर जाने त कुरै थिएन। कुरा होस पनि कसरी?

 "अघि त केहि भनिन मलाई मामाघर जाने बारेमा --मलाई भनेको भए पनि के हुन्थ्यो र? म नजाउ त भन्दिन थिएँ नी --" आमाले गुनासो गरीन।

 प्रकासलाई लामो कुरा गर्नु थिएन। उ फटाफट आफ्नो कोठा तिर लाग्यो।

 "यस्तो राति भै सक्यो---अनि आज आउँछे कि आउन्न त?" आमाले सोधीन।

 "खै? " भन्यो। प्रकासलाई पनि के था बिचरा!

 "तँ गएर लिएर आईज न त बाबु" आमाले भनीन।

काँ गएर ल्याओस प्रकासले?

 "उनीहरु सँग मोटर छदै छ नी -- कि अहिले ल्याईदिन्छन नभए भोली आउँछे नी- - तपाईँलाई के को पिर? ल जानुस सुत्नुस?" प्रकास आफ्नो कोठा भित्र छिर्यो। बत्ति बाल्यो।

 कोठामा ठुलो पारेर राखेको उस्को बिहेको फोटोमा उस्का आँखा ठोक्किए। उस्ले सुकिर्तीलाई निकै बेर हेरीरह्यो। फोटो नजिक गयो। फेरी सुकिर्तीलाई एक टक हेर्यो। अनायसै उस्का आँखा भिजे। 

ढोकामा आमा उभिएकी उस्ले देखेन।

बाउ लर्खराउँदै आएको सुनियो। आमा गर्हो मनले गईन। बाउ लर्खराउँदै आएकोमा प्रकासको अघि अल्झेको रिस अरु बल्झियो। ढोका लगायो प्रकासले। बत्ति निभायो अनि ओछ्यानमा उ लड्यो तर आँखामा निन्द्रा हैन आँसुको आधिपत्य थ्यो। निकै बेर उस्ले आफ्नो मनलाई बग्न दिईरह्यो। कोठामा अध्यारो भए पनि उस्ले धेरै कुराहरु देख्यो।

उस्को मनमा त रिस थ्यो आँखा किन भिजे उस्ले बुझेन। "कुनै ठुलो कुरा हैन" उ आफ्नो मनलाई पनि सम्झाउँदै थ्यो। जस्लाई उस्ले आफ्नो बिश्वासको संरक्षक सम्झेको थ्यो उसैले उस्को बिश्वास लत्याएझैं लाग्यो उस्लाई। दु:ख आफ्नो बिस्वास लत्यीएकोमा थियो वा संरक्षकको ब्यबहारमा अथबा आफ्नो समर्पणमा उस्ले किटेर भन्न सकेन। सायद ति बगेका आँशुहरुमा सबै मिसिएका थिए।

स्वर्णीमले मोटरसाईकल सुकिर्तीको घर तिर लगेन। सुकिर्तीले त्यो बुझे पनि केही भनीन। सोची "हेरम न कहाँ लिएर जाँदो रहेछ"।

आफ्नो घर अघि केही छिन पछि स्वर्णीमले मोटरसाईकल रोक्यो।

"किन यहाँ आ?" सुकिर्तीले सोधी।

"यो पनि त घरै हो -- कि मेरो घरमा खुट्टा नहाल्ने तिम्रो बाचा छ?" उस्ले सोध्यो।
"किन र? म तिम्रो घरमा आएको छैन र पहिला?" सुकिर्तीले सोधी।
"पहिलाको कुरा गरेको हैन मैले।" उस्ले मोटरसाईकल बन्द गर्यो।

"मलाई अहिले कसै सँग कुरा गर्न मन छैन, स्वर्णीम। मलाई घर पुर्याईदेउ--मलाई निन्द्रा लागि सक्यो।" सुकिर्तीले भनी।

स्वर्णीम मोटरसाईकलबाट ओर्लियो--सुकिर्ती त ओर्लीसकेकी थिई।

"घरमा को छ र तिमीलाई कुरा गर्न? बुवाहरु आउंदा आधारात हुन्छ। म तिमीलाई त्यो भन्दा अघि नै पुर्याईदिई हाल्छु नी।" उस्ले भन्यो।

सुकिर्तीका नयन स्वर्णीमकामा प्रतिबिम्बित हुँदा त्यहाँ उस्ले आफैलाई पहिला देखी।

"तिमीलाई असजिलो लागेको छ भने म चैं अहिले नै पुर्याइदिन्छु " सुकुर्ती अघि नबढेको देखेर स्वर्णीमले भन्यो अनि फेरी मोटरसाईकल तर्फ बढ्यो।

"भैगो--हिन भित्र" सुकिर्तीले भनी। "घरमा गएर पनि के नै गर्नु छ र? प्रकास आईसकेको भए सायद बाझ्नु पर्ने होला नआएको भए अरु रिसाउनु पर्ने अनि त्यसमाथि आमा चै सँग सार मिलाउनु पर्ने --त्यो भन्दा त एक छिन पछि गएकै ठिक छ --यसै कुरा बिग्रियो आज उसै।" उस्ले सोची र घरको ढोका तिर बढी।

घर र प्रकासलाई सम्झिने बित्तिकै उस्लाई फेरी रिस उठ्यो। "अहिले सम्म एक चोटी पनि फोन गरेको छैन त्यो प्रकास भन्नेले। उस्लाई मेरो मतलब छैन भने मलाई पनि उस्को छैन।" सुकिर्तीको मन भडकियो। ...


 
Posted on 03-06-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

दिप,

घर बनाउन ला'हो कि भत्काउन ला हो ? 


 
Posted on 03-06-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन, सुकिर्तिको सेल नम्बर थिएन भन्या प्रकाशसङ? कि मलाइ दिनु म फोन गरिदिन्छु सुकिर्तिलाइ। अब सारै ढिला भयो सुकिर्ति घर जाउ भनेर।
 
Posted on 03-06-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मस्ती भो प्रकाशलाई फेरी बिहे गर्न पाउने भो।। लु प्रकाश मोझ गर।। एक्कै जुनीमा दुइटा बिहे। लक्की रहेछ प्रकाश।


 
Posted on 03-06-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यसपछि के भयो त दीप ज्यो?
 
Posted on 03-06-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो अल्झायो कथाले। दिप ज्यु अनी के भयो भन्या?
 
Posted on 03-06-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न। यहाँ त हुनु सम्म भै सकेछ। प्रभो, यसरी एता न उता पारेर छोड्नु चाही भएन है। त्यस पछी के भयो, चाडै सुनम। 
 
Posted on 03-06-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो दीप दाजु यस्तो ठाउँ न कु ठाउँ झ्याप्प झ्याप्प ब्रेक लगाएको ........... सार्है  बोर नगरुम न भन्या........... यसो कथा अगाडि बढाउनु पर्‍यो सुक्रिती को कुक्रिती छिटो छिटो सुनाउनु पर्‍यो...

 
Posted on 03-07-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथिहरु,

बिशेष कारणबस यो लेखाईलाई मैले निरन्तरता दिन सकिन। सम्भवत: "घर" भत्किनेछ।

यत्तिकै बिना जानकारी मेटाउनु साथिहरु प्रति अन्याय गर्नु हो भन्ने मैले बुझेको छु। त्यसैले यो जानकारी गर्हौ मनले सबै समक्ष क्षमा याचना साथ राख्दैछु।

-दीप


 
Posted on 03-08-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,

It's unfair for a reader like me. You could have just posted a last part and conclude this story.

Plz come back when you have time to complete it.


 
Posted on 03-08-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters