[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159655 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-28-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् है सबै लाइ ,
सान्नानि ले तिहार् को लागि तालु ओखर् फोर्ने प्राक्टिस् गर्या जस्तो छ है :D है न ए सान्नानि तिम्ले तेसो गर्नु नहुने ऐलेनै पछि एकै चोटि फोर्दा हुन्थिओ नि तिहार् मा। बिचारा पुन्टे दाइ ।
 
Posted on 07-28-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्नि? बिना सित्तैमा अर्कालाई! हेर, तालु भरि टुटुल्का उठेछ!

क्वाँ क्वाँ!
 
Posted on 07-28-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन !!!!मैले त्यसै भन्या हो त चोर को बिगबिगि छ भनेर पुन्टेदा पो रहेछ त्यो चोर (माफी पाम् है पुन्टेदा) कुम्ले ra पुन्टे दा नै हो मैले त देख्या अस्ति
:D
 
Posted on 07-28-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा ग्वाचे जि को कबिता कस्तो राम्रो !
 
Posted on 07-28-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जे नहुनु थियो त्यै भैगो
कुरै कुरामा निस्कियो बयान तिम्रो

रोकुँ धडकन, नरोकुँ आँधि भैगो
फिलुंगो बनेर पस्यो त्यै आँधिमा स्मृती तिम्रो

तोके घाइतेहरुले भाउ, जमातमा कोलाहल भैगो
चार खोट दर थियो हरेक चोट्को तिम्रो

फिलुंगो आँधिमा डढेलो भैगो
रिक्त छ आकास देख्दिन कतै मेघ तिम्रो

घायलहरुको बजार छिनमै अदालत भैगो
आज उनीहरुको भो कुनैदिनको फैसला तिम्रो

कुरै कुरामा निस्कियो बयान तिम्रो
जे नहुनु थियो आज फेरि त्यै भैगो
 
Posted on 07-28-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे दैको टाउकोमा पिरती जीले ओखर फोडिन जस्तो छ , हो? :D

ठुल्नानी, ल त्यसो भए फिलिम नै हेर्न जाने है , ल कसैलाई नि भन्दिन म ;)
 
Posted on 07-28-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jaane bela bho mero ta :( :( :(
 
Posted on 07-28-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो असारको उखुको टुसा पनि के चोर्न आँट्या होला भनेको? एकदम खल्लो न खल्लो! अँझ भनुँ भने रसै हुँदैन यो बेला' उखुमा।

चोरेपनि हिउँद लागेपछि, चट्ट रस पसेको उखु चोर्नु नि! अहिलेको ट्याममा चोर्नी भनेको त खर्बुजा र काँक्रो पो त!
मलाई त मुखियाको बारीको मादले काँक्रो सम्झेर मुख रसाउन थाल्यो। कोही छ आँट गर्नी? सँगै जाम!
 
Posted on 07-28-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै पुन्टेदा ,हेर तालु :D :D :D

मिस् नमस्ते ,
रोल्न् २२
 
Posted on 07-28-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोर भने चोर सहि, तर हामी त्यस्तो बारीको उखु, खोरको कुखुरा चोर्दैनम्, हाम्ले चोर्ने चिज अर्कै छ। चोर्ने नि खुसि चोरिने नि खुसि :पि
 
Posted on 07-28-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा दीप जि को अर्को कबिता आएछ ,हैन कत्ति फुर्न सक्या होला यस्तो राम्रो राम्रो कबिता हुर्।
 
Posted on 07-28-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई कुम्ले! होस गर है! अजकलको जमानाँ चोरिले फेरि बोकै पर्ला नि! :p
 
Posted on 07-28-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)

दिप-जी,

कुटनिती कसरी बुझोस, बच्चै छ यो बबुरो ज्यान
जब मिसिन फन्किन्छ, तब न यहाँ हालिन्छ घान। :-)

जावस प्रभो !

लु केटा'टी हो, पुन्टेदाइलाई बाँधेर उता लडाओ त, म जुरेलीलाई ले'र सुइँकुच्चा ठोक्छु। :-)
 
Posted on 07-28-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***चोरिने
 
Posted on 07-28-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D हरे शिव कसै लाइ के धन्दा, कसै लाइ के धन्दा भौतेदाइ लाइ जुरेलि पट्याउने फन्दा । :P :P
 
Posted on 07-28-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता खप्पर टुटुल्किनु, अनि फेरि केटकेटिहुराट थिचिनु…उता भउते मेरी साली लेर भाग्नु!

बरु, हात खुट्टा बाँधेर हुर्‌राईदेओ यो बुढो ज्यानलाई काली तिर! कुन जुनिको के पाप हो गाँठे, यस्तो?

दिपे! मेरो लागि नि एउटा कविता फुराईदेऊ, लौ! कालीको पानीले फोक्सो भरेनि मगजाँ तिम्रै कविता सम्झेर मरुम्ला!
 
Posted on 07-28-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चट्टानसँग खेल्दा घाइते भइन्छ,
बरु मलम लगाऊ चर्ममा
हरदिन पिडामा बसेर क्या'र्चौ ए दीप,
लेखिया' हुनुपर्छै कर्ममा!
 
Posted on 07-28-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर मलाइ दोष, म किन हान्थे र आफ्नो दाइलाई, त्यो त घुर्कि पो लगाको त धत्।
 
Posted on 07-28-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ब्यारे! मेरो जस्तै ठुलो खप्पर हुनु पर्छ! अनि सब कुरा लेखिन भ्याउँछ! :D
 
Posted on 07-28-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी ले अस्ती भन्दै हुनुहुन्थ्यो चोरहरु को बिग्बिग्ती लाग्य छ भनेर । कोही उखु चोर, कोही कुखुरा चोर हो हि दिल चोर । खै के हुन लाको होला यो गाम मा ।
लौ हेर को हि चै जुरेली चोर । :P :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters