world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
~~चौतारी - ७५ (हीरक अंक!)~~
[Please view other pages to see the rest of the postings. Total posts: 650]
|
[VIEWED 322221
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-06-07 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी - ७५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७५ (हीरक अंक!) --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी हीरक अंक समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
|
| |
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-07-07 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
birkhe, durgi di, kumle dadu darsan gare hai taaaaaaaaaaaaaaaaa
|
| |
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 09-07-07 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नलिखुट्टा दुख्या सुर्मै भएपनी ,लौलौ, कुरो चैँ मनसिव गर्छन् है यि जिम्माल। होइन लौलौ धामी गर्या छैनन कि क्या हो यिन्ले। डाक्तर को जमानामा धामी पनि के लगौदा हुन । नेपाल तिरै गएर जचायता अली थिक हुन्थो कि। होइन लौलौ यिन्ले त्यती चैँ किन नगेरका हुन् दौरोको कुरो गर्छन् बा ...अब यिन्लाई के था फेरेशान क्या हो भनेर। लौलौ।।कती बुढा को कुरा गर्नु!!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-07-07 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। ***************************************** माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन। तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें। नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं। भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो। "राहुले! ओहे राहुले" पक्का कुन चाहिँ स्कूले लौका पर्यो भन्थाने र फर्केर हेरें। बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे। ओह आलु !कहाँबाट्? "आलु न भन न मुला, यस्तो ठाउंमा" हा हा हा! एक् छिन् हास्यौं, दुबै जना। एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो। २० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो। कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी। अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें। "छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी" नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी। "ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?" "कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?" अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु। मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्। छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ। "अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो। मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी। जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें। मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली । ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको? अनुराधा भाउजु किन भनेको? हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा। हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन। घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा। आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु। अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। क्रमश:
|
| |
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 09-07-07 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौन कता गए सबैजना ।।।अर्को गाउँ तिर हाटबजार लाग्य छ कि क्या हो!
|
| |
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 09-07-07 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-07-07 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म त ल्याबको कम्प्युटर चेन्ज गरी गरी प्रशान्तलाई भोट हाल्दै लोल ! हा हा हा एउटा बाट १० भन्दा हाल्न नमिल्ने रे'छ। ५वटा बाट ५० भोट हालियो।
|
| |
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 09-07-07 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ ले त गजब मोड म रोक्द्यो।।अर्को श्रिन्खला कहिले आउच??लौलौ कुरीराछु म त
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-07 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भोट् हाल्ने प्रशनतको आजको कोड के हो त भउते र दुर्गी सिस, छित्तो चाहियो
|
| |
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-07-07 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
lu maile chai kehi padhna bhya chaina hai. sabailai namaskar!!! bholi sanibarko din hamra jetha batha haru, poonte dai ra rahul dai milera sab gamle haruko kura katna samman katne re bhanne jasusi bata tha huna ayekole yo suchana sabailai sunaincha.
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-07-07 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिठ्ठे, यहाँ जानी। http://8r1.syminet.com/zipper/ त्यो इन्डियाको कोड +91 पछि 52525 थप्ने। अनि तल PRASHANT टाइप गर्ने। अनि तल भेरिफिकेसन कोड (त्याँ देखाको ४वटा नम्बर) टाइप गर्नी। अनि सेन्ड गर्नी। त्यै हैन त दुर्गी भाउजु? मैले त त्यै गरिरा'छु। मेरो भोट खर त गएन?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-07 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ अती राम्रो सत्य कथा, अर्को भाग को प्रतिक्ष्या
|
| |
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 09-07-07 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तेहि हो भाउते काजि । मैले पनि तेहि गरेको। रिट्ठे ल हाल है जति सक्छौ तेति
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-07 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
१० ओटा हाली, अब अझै हाल्छु छेउ छाउ का सहकर्मी को कम्प्युटर बाट नि हाल्छु
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-07-07 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् समस्त गाम्ले हरुमा। राहुलदाईको कथा दामि छ, अर्को भाग् को प्रतिक्ष्या। बिर्खे दाईको आत्मकथाले कति राम्रो सँग उतारेको, पुरानो जिवन् सैली। अनि भौते दाईको टिप्स्, धन्यबाद्। मैले नि २-४ दश् SMS खसाले केरे। अब कसो नहोला प्रसन्ते सुरक्षित्।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-07 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अरू client मा एउटै IP भएर होला, Limit exceeded भन्छ धुत !
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-07-07 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भोट् हाल्न ब्यस्त हो कि, सबै अर्कै कुरा मा मस्त। संबिधान सभाको चुनाव भब्य नब्य ( प्रतिशत्) सफल् हुने भो गाँठे।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-07 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खै सबै जना के मा ब्यस्त हो कुन्नी? भोट् हाल्न त २ मिनट को कूरा हो त्यो !
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-07-07 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन ए जिम्माल कत्ति हँसाम्चौ? हामी छम् नि ट्वाँ परेर सुन्नि। उहिले मात्तै हैन अझै नि उस्तै छौ के कुरा गर्नमा तिमी, धार गा छैन अझै, अझै भुत्ते भा छैनौ। खासमा भन्नु पर्दा म चौतारी आउन थाल्या नि कुन ताक तिम्ले लेख्या पढेरै हो। ठुल्दाई अब आर्को कहिले आउँछ? धेरै कुराउन पाईन्न। गोताएँ, मिस दिदी, नमेका रचनाहरु नि गजब लागे। अब भउते, सुन्तले, पुन्टे दाईका रचनाहरुको प्रतिक्षा छ। चना दाई, ग्वाँचे र चित्रे नि त कम्ता लेख्दैनन् उता बल्खुतिर, बरु यता नि यो पालि राखम न। आफु भने पढ्नेमा परियो जस्तो छ यो पालि। साहू बुढाले गर्नु गरे नि। लौ भरे आम्ला।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-07-07 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ke ke hudai cha chautari maa. oie sigaane bhaute dai ke cha?
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-07-07 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आफु pani पढ्नेमा परियो जस्तो छ यो पालि।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|