[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 इलाहाबाद एक्स्प्रेस

[Please view other pages to see the rest of the postings. Total posts: 84]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 77497 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-16-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

इलाहाबाद एक्स्प्रेस


भाग १ -राष्ट्रिय अडान

(दुई दशक भन्दा अघी को केही स्मरणहरुलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । आग्रह- पूर्बाग्रह् नराखी शुद्ध संस्मरण को रुपमा ग्रहण गरी दिन हुन आग्रह गर्दछु ।)


सन १९८७ को जुलाई महिनाको पहिलो हफ्तामा   कोलम्बो प्लान अन्तरगत अध्ययनमा जानेहरुको कन्फर्मेशन आउने सुरु भएको थियो । ५ तारिख होला कहिलेइ हुलाकी न आउने घर मा "तार" बोकेर हुलाकी आयो । किन आएको के को आ वा बुझ्न गाह्रो भएन । दङ्ग पर्दै हुलाकीलाई २ रुपैया टिप्स दिएं । डर थियो, राजनैतिक कारण ले वा भित्र भित्रै अर्को मान्छे पठाउन कसै कसै को अकन्फर्मेशन न आएको रेकर्डमा आफ्नो पनि पर्ने हो कि , त्यो भएन ।  हर साल १-२ जना अभागीको को लिस्ट मा आफ्नी नाम न चढियोस् भन्ने कामना हुन्थ्यो , खुशीले खुट्टा भुइमा थिएन। अनेक करणले डाक्टरी पढ्न नदिए - न सकिए पनि तत्कालिन श्री ५ को सरकारबाटै छानिएर अध्ययनमा बिदेश जान पाउदा निक्कै खुशी थिएन।


छिटो संचार को माध्यम भनेको तार अथवा आकाश बाणी ( आ वा ) नै थियो । आ वा इलाहाबादको इन्जिनियरिङ्ग कालेजमा ३ अगस्ट भित्र पुग्नु पर्ने र त्यो भन्दा अगाडि आबश्यक प्रकृयाको लागि भारतीय दूतबासमा संपर्क राख्ने भन्ने आशय छोटकरिमा लेखिएको थियो । आ वा कै आधारमा सँग संगै इलाहाबाद जाने को को हुन भन्ने थाहा पाएं । शर्माजी पोखरा घर भाकोले संपर्क राख्न सकिने कुरा भएन । श्रीराम नजिकै टोलमा बस्ने तर चिनजान् न भाको। सुरेश सँग भने राम्रो चिनजान् भाको र फोन नम्बर समेत भाको पर्‍यो। झन खुशी भएं ।
 
इलाहाबाद कहाँ ? कुन प्रदेशमा केही थाहा थिएन । घरबाहिर नै स्टेशनरी पसल थियो । इण्डिया को नक्सा किनेर ल्याएं । नजिक नै रहेछ घर र इलाहाबाद को दूरी ।


त्यसको भोली पल्ट नै सुरेशजीलाई फोन लगाएं । त्यती बेला घरै पिच्छे कहाँ फोन हुन्थ्यो र । एउटा टोलमा १-२ घरमा फोन हुन्थ्यो । टोल भरिकै वासिन्दा को पब्लिक फोन जस्तो। संयोगले मेरो पुरानो घर ( हजुरबा र काकाहरु बस्ने घर ) मा दूरसंचार को पहिलो लट कै फोन थियो । त्यसरी नै  सुरेशको घर मा । शर्माले पोखराबाट फोन गरी सक्या रैछ । २ दिन पछी नै काठमाडौ आउँदै छ रे । अब रह्यो श्रीराम को खोजी गर्न बाँकी । टोल कै भए पनि त्रि-चन्द्र को भाकोले चिनजान् न भाको ब्यक्ती । खोज्दै जादा भेटियो । आ वा आएको हेक्का पनि रहेन छ । आ वा लाई कल्ले हो हावा मा उडाइ सकेको रैछ ।



शर्मा काठमाडौ आए, के गर्ने कसो गर्ने भनी छलफल गर्न भेटघाट को चाँजो मिलाइयो । अस्कलको अमृतमान सर को सालीक निर साँझ ५ बजे भेट्ने तय गर्‍यौं । निर्धारित समयमा हामी ३ जना भेला भयौं । श्रीराम को अत्तोपत्तो थिएन ।



एम्बेसी जानु अघी के कस्तो तयारी गर्नु पर्ने हो त्यसबारे छलफल गर्‍यौं । सुरेशको काकाहरु पनि कोलम्बो प्लान मै अध्ययन गर्न जानु भएकोले धेरै कुरा उनले घरबाट बुझेर आएको रहेछ । कोलम्बो प्लान को नियम अनुसार नजिक को एअर्पोर्टमा सम्मको हावाइ टिकेटको ब्यबस्था गरी दिनु पर्ने र कालेज सम्मको लोकल ट्रनस्पोर्ट खर्च को सोधभर्ना दिनु पर्ने ब्यबस्था रहेछ ।



एम्बेसी को तयारी बैठक मै बिहीवार एम्बेसी जाने मिती र समय निर्धारण गरियो र सो को खबर श्रीरामलाई खबर गर्ने जिम्मा मै मा आइपर्‍यो।


एम्बेसी जाने बेला नआइ हुँदैन नत्र पढ्न जान पाउदैन भने पछी बल्ल आउने भयो श्रीराम। निर्धारित समयमा हामी भारतीय दूतबास पुग्यौं । केही समयको प्रतिक्षा पछी नै एम्बेसिको कल्चर एन्ड एडुकेशनल एटैची प्रमोद मजुमदारजी ले बोलाउनु भयो । औपचारिक बधाई सधाइ को कुरा पछी सिधै कोलम्बो प्लान र भारतीय शैक्षिक संस्था बारे जानकारी दिनु भयो ।
कहिले जान्छौ टिकेट को लागि अहिलेऐ इण्डियन एअर्लाइन्स मा फोन गरी दिन्छु भन्नु भयो । हामी पूर्व तयारीका साथ गएकोले भनी हाल्यौ - "२ अगस्ट मा पुग्ने गरी टिकेट दिनुस् ।'"



एक छिन फोन मा हिन्दिमा कुरा गरी डेस्कमा फर्किनु भयो ।


 "लौ बधाई छ , २ अगस्ट कै दिनमा बनारस को फ्लाइट रहेछ , १ बजे काठमाडौ बाट  फ्लाइट छ  ३५ मिनेट को फ्लाइट ।"
 
शर्माले बीच  मै प्वाक्क दिइहाले - "बनारसबाट इलाहाबाद कसरी जाने त ?"  अंग्रेजीमा फरर दिहाले ?
मजुमदार - यु क्यान टेक आइडर ट्रेन अर बस । ड्याट   विल कस्ट ओन्ली २० रुपिज व्हिच वि विल  रिइम्बर्स ।



हामी चारै जना ले एकै स्वर मा भन्यौ ।


" नो , वि विल नट गो बारनसी "



"यु हाभ टु म्यानेज टिकेट्स टु  इलाहाबाद  "



मजुमदारजी ले सम्झाउन कोशीश गर्दै इलाहबादमा काठमाडौ बाट प्लेन जादैन । सबै भन्दा नजिक को एअर्पोर्ट भनेको बनारसको हो आदी भन्दै त्यही टिकेट बाहेक संभव न भाको कुरा गर्दै थिए।



 " बेटा इस से अच्छा दुसरा नही हो सकता , बारनसिका टिकेट ले लो " हिन्दी मा सम्झाउने कोशीश गर्नु भयो मजुमदारजी ले ।



"सरि सर, वि डु नट अन्डरस्ट्याण्ड हिन्दी ।"


 शर्माले तु जवाफ फर्काए ।



अक्कबक्क पर्दै मजुमदारले अंग्रेजीमै सम्झाउन थाल्नु भयो । हामी मान्दै मानेनौ । इलाहाबाद सम्मै प्लेनमा पुर्‍याइ दिनु पर्छ भन्ने अडान कायम थियो ।



"व्हाइ आर यु इन्सिटिङ नट तो गो भाय बारानसी ? डु यु हाभ एनी भ्यालिड लजिक ?" भन्न थाले बुढा त ।



सुरेश पनि काम थिएन " वि हेअर्ड ड्याट , ट्राभलिङ बाइ ट्रेन इन यु पी एन्ड बिहार इज नट सेफ , डु यु टेक रेस्पोन्सिबिलिटी इफ वि आर रबड ओर सोमथिङ् मिसहाबड ? "


अब भन्ने मजुमदार को माथिङल घुम्यो । कस्ता केटाहरु को फेला परेछ भन्ने सोच्यो होला त्यसले । रीस पनि उठ्यो होला ।



"वि क्यान नट प्रोभाइड एअर टिकेट नोन ओडर ड्यान बारनसी । दिस इज द फाइनल । आइडर टेक टिकेट टु   बारानसी अर म्यानेज योर्सेल्भस "


अझै हामीले कोलम्बो प्लान को नियम अनुसार नै हुनु पर्ने अबिचलित अडान लिरह्यौ । रीसको पारो निकै चढ्यो  मजुमदारलाई ।


"इफ यु टक इन दिस वे, आइहाभ टु रिपोर्ट टु हाइएर अथोरिटी  । इट मे क्यान्सिल योर कन्फर्मेशन ।"



थर्काउने भाषा मा भन्न थालए मजुमदारले।


युबा जोश थियो। कुनै प्रभुको कृपाले पढ्न जान लागेका थिएनौ । राष्ट्रले छनौट गरेर पठाएका हामी   । न त कोलम्बो प्लान भारत सरकार को थियो । मात्र भारत सरकारले पढ्ने ब्यबस्था गरिदिएको र सो बापत कोलम्बो प्लान कमिटीबाट निस्चित रकम पाउथ्यो ।
उसले थर्काए पनि हामी डराएनौ , झन राष्ट्रियता जाग्यो हामीमा । 



शर्माले पनि थर्काउने भाषा मै भने " इफ यु दू सो, वि नो व्हाट टु दू एन्ड व्हेर टु कम्प्लेन अगेण्स्ट यु "


अब भने मजुमदार लाइन आयो । जागिरको सवाल आयो । त्यसको बिरुद्ध उजुरी गरी दिन्छु भने पछी पट्लुन भिज्यो होला, याद गरेनौ ।


"ओके , यु सर्च फोर टिकेट, हाउ टु गेट इलाहबाद , आइ विल मेक पेयमेन्ट ।"



थ्यान्क यु भन्दै टिकेट खोज्न हामी दूताबास बाट निस्क्यौ । चारै जना को अनुहारमा बिजयी भाव देखिन्थ्यो । नियम कानून अनुसार को अडान लिन किन डराउनु ?


 मखुला ??


क्रमश:    
 
 

Last edited: 16-Aug-10 10:55 AM

 
Posted on 08-31-10 1:26 PM     [Snapshot: 4123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाई यो पढधा त घोर आस्चर्ये लाग्यो | रक्षक नै भक्षक  भए पछि के गर्नु ?? 
 
Posted on 08-31-10 2:47 PM     [Snapshot: 4169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yasta senior bhanauda bhatuwaharu lai Ktm ma thik parnu parne ho...
Last edited: 31-Aug-10 02:47 PM

 
Posted on 09-01-10 9:31 AM     [Snapshot: 4361]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माभरिक
सुनेको कथालाई पनि बुनेको कथा पढि दिनु भएकोमा धन्यवाद ।


पिरे,


त्यै त कुमार सुब्बाको गीत जस्तो " नेपाली ले नेपालीलाई न चिने झैं गर्छ राजइ , नचिने झै गर्छ । सारङ्गि को ताले ले मेरो मन को गीत गाउछ ।"


तिमी मेरो साथी ,


भारतीयहरु खराब हुन्छन भन्ने म पनि मान्दिन, साउथ ब्लक अनी "र" ले भारतीय नागरिक को बोली बोल्दैनन । यहाँ नेपाली मानसिकता को कुरा हो। इन्जिनियर भैसकेको मान्छेले अरुलाई कुटन आदेश दिनु र त्यो आदेश पालना गर्ने अर्को हुन लागेको इन्जिनियर को बिबेक को कुरा गर्दै थिए। अहिले ती दुबै जना अमेरिका मै छन र ज्ञानगुण का कुरा गर्दै छन ।


रिट्ठे ,


पिटाइ मात्र खाएको कहाँ हौं र रात भरी नेपाली ले र्‍याग गरे नि धोती बनेर । असल इण्डियन को बदनामी गर्ने यिनै नेपाली हुन.  


लहरे,
भेटे त उहिलेइ ब्याज समेत दिहाल्थे नि । उपाध्याय तुरन्तै अमेरिका भास्सिए , रिमाल लाई इलाहाबाद मै राम धुलाई गर्ने कुरा आएन । सिनियरलाई  हात हाल्ने कुरा कालेज नि नियमा बिपरित भाको ले संभव भएन । इन्जिनियर भएर आउने बेला सम्म मा त्यो पनि अमेरिका गैहाले । अहिले आफु नि यहाँ छु , कुन दिन भेटिन्छ, हाकु छ लगाएर क्राइस्ट धुलाई गराउछु ।
 
भक्ते दाई ,


तिनै भक्षक हरुले रक्षक को कवच लार बसी राख्या छन ।


मिलियनडलर्स,


काठमाडौ मा चान्स मिलेन नि , अहिले यतै छन, चान्स मिल्ला कि ? 
 


 
Posted on 09-01-10 5:44 PM     [Snapshot: 4460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई दिन देखिको अस्तव्यस्तताले गर्दा इलाहाबाद एक्स्प्रेस अन्तिम भाग पढ्न पाएको थिइन। बल्ल पढी भ्याएँ, मननै एक तमासको भयो। हामी यहाँ नेपाली नेपाली भनेर मर्न खोज्छौ, तर नेपालीहरुको पारा भने...  के भन्नु र? कथा पढ्ने बेला चिया खाँदै थिए, 'नचाए , डोला रे डोला भन्ने गीत बनेको थिएन त्यती बेला पो बचियो' यो वाक्य पढे पछी मुखमा हालेको चिया झन्डै बाहिर निस्केको थियो, हाँसो थाम्न नसकेर! बल्ल बल्ल रोके।


कथाको विषयवस्तु एउटा नमिठो अनुभव भए पनि ठुल्दाइको सटिक प्रस्तुति तारिफ गर्न योग्य छ, म त ठुल्दाइलाई यस्तो नमिठो अनुभवलाई पनि यस्तो मिठो शब्दमा पोख्नुभएकोमा धेरै धेरै धन्यवाद दिन्छु, आखिर सबैले थाहा पनि त पाउनु पर्‍यो, फुलै फुलमात्र पनि होइन रहेछ जीवन, काँडाबिच फुल्ने फुल रहेछ जीवन!


अब अर्को कथा पनि चाँडै आओस है ठुल्दाइ.....


 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters