[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 216634 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-15-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालुपाते फूल्य बनैमा,
तिम्रो माया बस्यो मनैमा ॥

लालुपाते, स्वास्थको ख्याल गरम के रे अ' क्यार्नी त नी, अन्नपानीओ जिउ कैले कैले बिसन्चो त भैयाल्च ! बेसार पानी (whisky) मजाले तता'र खाइदिम न ! एउछिनमै च्वाट्टै हुन्च ! :D
 
Posted on 01-15-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त लालुपाते,
मुन्द्रेले भन्याँ अस्तै अर, ठिक हुन्छ, बरु छ भने अलिकति नुन र ज्वानु मेथि नि हालेस।

दादाकी खेताल्नीलै:

पारी खेतमा गहुँ खायो बोकाले
तिम्रो पोइलाई छोप्दिउँला डोकाले
पोखरीको छेऊ
छेऊ छेउमा बसेर माया लाउन देऊ।
 
Posted on 01-15-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाल्पाते बाबु, क्यार्न पिर मान्छौ गाँठे चाइन्जो हाम्रि माईलिले बनाम्ने जस्तो ओखति बनार खाऊ च्वाट्टै हुन्च। सिलावरको ड्याऊचिमा चाइन्जो पानी तताऊ, बेसार जिम्बु हाल २-४ गिलाँस स्वाट्ट पार रुगो सुहो सब चट। तेतिले भएन भने हाम्रो लालेओ शर्बत 'तुच्च तुच्च' पारेर घुप्लुक्क सुते ब्यान उठ्दा चङ्गा हुन्च।

पख्नुस पख्नुस दादा मुलाई नि बेशि जानु छ। गफ चुट्दै जाम संगै। बरु मून्द्रे तिमि नि जान्चौ कि बेशि? आम्ने भए आउ छातिको झार टक्टक्याम्दै। अनि साइँलो भरे स्वसथानि लाई धुर्सिल परसाद बटुल्न जाने हैन तिमि नि? लु आऊ संगै जाम।

लौन माष्टरनि नानि हाम्रा भुराभूरि लाई नि तह लाम्नु पर्ने भो। टाउकाँ टेकिसके गाँठे।
 
Posted on 01-15-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रमाइलो अर्दै अरम । दादा गित गाम्दै अरम, हामि नाच्दै अरम्ला ।
 
Posted on 01-15-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो यसो चौतारि तिर हेड्दै थिए, बिचरा मुन्द्रेलाइ घरको याद आच कि कुन्नि यस्तो गित पो गाउदै हेडेथ्यो । चिन्ता नअर मुन्द्रे, तिम्रा घर खुदो साचेर राखेका छन अरे, माघे सक्रातिमा जान नपाएनि जइले जादा नि तिमिले खुदो चिउरा खान पाउछौ ।

यही हो नेपाल
नेपालिको घर
नेपालिको गर
-----------

 
Posted on 01-15-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर नमे ले त मेरो नाम पारेर मेरी सुनाखरीओ माइतदेश पो देखाइदिन लाए गाँठे । फुटा र सुटा देखा'र उडम् कि बुडम् बनाम्नी भए इन्ले नि मलै त ! क्याको खुदो हुन्तो र तेता त महै पाइन्च र नी !

ए च्यानकुटु च्यानकुटु झ्याइँ अर्नी बाजा
ए च्यानकुटु च्यानकुटु झ्याइँ अर्नी बाजा
मन परेको मयाँलै पाएँ आऽऽज

म त हजुर डढेलाको ठुटो जस्तो
मेरो मया पुर्णेको जुन जस्तो

साली मेरी फुलमाला गाँसेकी
मेरो मयाँ मुसुमुसु हाँसेकी

ए च्यानकुटु च्यानकुटु झ्याइँ अर्नी बाजा
मन परेको मयाँलै पाएँ आऽऽज !

कामका माचामाच भ'बेलाँ चौताराँ नआम् कि भनो, मनै नमान्नी ! लु म त गएँ ।
 
Posted on 01-15-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा घरा चै दुइत गाई छंअन्। र थिखेय्। ज्हलि। अहलि ले बाचा पाईन्न रे। म त दग्ग्।
 
Posted on 01-15-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे -

तिमि गाउँमा म युरोप शहर
अधुरै भो निरमाया मनको रहर
बिग्र्यो चाल पनि
यस्तै त रैछ नि माया जाल पनि

मैना -

त्यसै जोबन जाने भो खेर
एक फेर नि निरमाया फर्केनौ सम्झेर
बिग्र्यो चाल पनि
यस्तै त रैछ नि माया जाल पनि

चित्रे -

सम्झि ल्याउँदा ह्रिदए जल्छ झन
फेरियो कि निरमाया उस्तै छ तिम्रो मन
बिग्र्यो चाल पनि
यस्तै त रैछ नि माया जाल पनि

मैना -

पिरतीलाई नसम्झ सानो खेल
मन फेरिन्न निरमाया यो परान रहुन्जेल
बिग्र्यो चाल पनि
यस्तै त रैछ नि माया जाल पनि

त्यसपछि चित्रे भावबिव्हल भएर नक्शा कोर्न थाल्यो.........
 
Posted on 01-15-06 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यतै छु केरे, २८ तारिख नेपाल जानी हो. कोइ जानी भे आम् केरे टोकियोको बाटो.
यो लालुपातेले कुन भाषा लेखेको हो, बुझिएन.

मैना:

हिन्दै, जाल बुन्दै
काँ बसी रोको छ?
मेरो चाल सुन्दै ... ... ...

 
Posted on 01-15-06 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाउँ बाटो वालिङ्गको स्याङ्जा बजार
सम्झना आइरहन्छ हो, दुबै नजर।

घर मेरो चापाकोट ज्याग्दि खोला तिर्
बिदेशमा बसे नि हो, तिम्रै लाग्छ पीर।

हितैका साथि हो चिठ्ठी लेखन
बिरानो नसम्झ हो आउँछु भेटन।

दिदी र बैनी ने मनमा गुने है
अहिलेको तिहारमा हो माला उने है।

:-)
-भउते
 
Posted on 01-15-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाहा न थिति बुढाको थिति!

मुन्छेले कुरो नबुझेसी हुन्न के, माघका २ गते तिहारका कुरा गर्छन् कसैले. अर्का धागाँ विर्खेले क्वाँटी खाएँ, भन्दै थिए. जनै पुर्नियाँमा भुत्रो हेरेर बसेचन्.
 
Posted on 01-15-06 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नु न सुझ्नु ! ओछ्यानमा मुत्नु !

एउफेर आ'सि सकियो ? तिहार बर्खै पिच्छे आम्छ भन्नी नि थाह छैन कि के हो !
अब आम्ने तिहारको कुरो अर्या नि। :p
 
Posted on 01-15-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आगमको तिहार भनेको? लु लु. हिम्दकै कुरा गरुम् न.

चित्रे:

जाऊँ बाटो डोरको
तिमी २० को मै १५, १६ को
अहिलेको हिउँदैमा
रातो सिँदुर लाइदिउँ कि नलाइदिऊँ
त्यो चोखो सिउँदैमा
... ... ...


(चित्रे मैना भन्दा ४ बर्ख कान्छो छ के.)
 
Posted on 01-15-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे दादा।
अब क्यार्नु, कुन माघे संक्रान्ति कुन जनै पुर्ने, मिठो लाग्ने कुरो सम्झाए साथिहरुले मैले त बनाएर खाइदिएँ।

चित्रे -

माया कस्ले दियो मैनालाई लाइटर .......
 
Posted on 01-15-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अर्चु आग्राको कुरा
ससुराबा अर्चन गाग्राको कुरा


तेस्तै तेस्तै भच दादा र भउतेको कुरो , धन्न धन्न लास्टा कुरो मिल्यो नत्र माघा भउतेले तिआरको टžिको लाउथ्यो अनि बिर्खेल चाइ ताओ बाध्थ्यो , माघैआ गाइजात्रा, होइन त ?
 
Posted on 01-15-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुप्ताभुरिमा मुलाई सुबभुन्दा मुन नुपर्नी यु Monday Morning मा Get up Early गुर्नी कुम हु लु.
 
Posted on 01-15-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुउउउउउउउउउउउउउउल ! :-)
 
Posted on 01-15-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे नमेले हँसायो। माघाँ मात्तै काँ हो र याँ बारै मइना गाइजात्रा छ!

दादा जदौ अरेँ। :)
मुनासिब कुरो अर्नुभो दादाले। मुलाई त झन Sunday evening देखुन नै पेटमा कस्तो कस्तो हुन थाल्च भन्या।
दादा नेपाल जान लाऊनु भारे? कति दिनको अलमल छ?
 
Posted on 01-15-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल!
"पेटमा औडाहा हुन्छ!" भन न.यो औडाहा भन्नी शब्द त नयाँ रे छ नि म यता छिरेसीको मैले नबुझेर पैलो ढालमा.
मेरो यसपालिको नेपाल भ्रमण, पाक्षिक भ्रमण हो.
 
Posted on 01-15-06 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झट्ट कपाल कोर न सान्नानी
तिमिलाइ नलिइ म कतै जान्ननि
सिन्कि अचार
भन फुलमाया के छ बिचार
...................................
...................................


कति नाम हो मैनाको, सान्नानि रे , फुलमाया रे, कति नाम राखेकि रैचे कुन्नि । चित्रेले सप्पै नाम लेरे फकाउदै थियो के रे तोरिबारि तिर, मोरो कता लागेच कुन्नि ?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters