[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 356979 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-10-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरे है त हउरहुरसप्पैलाइ
राहुल्दा 'समावेसी चौतारी' मनको कुरो गर्नु भओ भन्चु ।

कुम्लवा गजब लेखिदिनुभएछ हुजुरले अन्तर्वार्ता। मेरो मन बहुत खुश भएछ

अन्तरवार्तामा आउने कुरो हरु सृजनाकार कै खुबी हो । जस्ले लेखेको हुन्छ उस्को प्रतिभा हो । म यस प्रतिभाको सम्मान गर्छु ।

फेरि देवरजिलै सृजना ,प्रतिभा कस्को नाम रे'छ लाग्ला:)

तितौराको लागि धन्यवाद है याहु । नेपाल बसाइ कस्तो बित्यो?

प्रिती ।चित्रेभाइ हरि, ग्वाचेभाइ दुर्गि सिस,ठुली सप्पै लै जो सोधेकिम है
***************************************************
मेरो सानो गनथन है लामो समय पछि :)
' हाम्रो चौतारी'

जिवन एक चक्र यो
तर बिन्दु जोड्न सकिदैन
दिनरात को क्रमभित्र
चाहे जति साथ पाउन सकिदैन
जो मिल्यो त्यो सौभाग्य
सबै सबैले कहा पाउनु
ठक्कर अनि प्रहारमा
आत्मियता ब्यर्थ घटाउनु
त्यसैले ,
आऊ समाहित होउ भावनामा
अनि अखण्ड मित्रतामा
थप्दैजाऊ शक्तिहरु हरेकले
बन्दैरहोस माला शक्तिपुन्जको
थुंगाथुंगा गासिरहोस
कालान्तरसम्म अकाट्य डोरी बनेर


पराई आफ्नो कहिले थियो
टुक्रदाको क्षणहरुमा
जोड्ने त भाइ-भाइनै हो
जर्जर फाटेको परखालहरुमा
जो छ सो अदम्य छ
सन्तुलन भित्र पराक्रम
मारेर को सक्छ र ?
रक्तकणहरुमा रक्तबिज
त्यसैले ,
आऊ समाहित होउ निर्माणमा
अनि सिन्चित गरौ प्रेमले
मिलाऊ आऊ हातहरु
अतिक्रमणकहिले हुनै नपाओस
जिवनपर्यन्त मौलाइ रहोस अमोघ प्रेम बनेर
 
Posted on 07-10-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(छि: छि: छि: छि) :O आच्छु आच्छु bhane ko fori kura ho
 
Posted on 07-10-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा नउस्ते अरर्न बिर्सिचु बाबै :)
 
Posted on 07-10-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा, मास्टरनी नानीको दामी कबिता र कबियत्री दुबैलाई राहुलेको सलाम। तारेमाम्।
 
Posted on 07-10-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss di darsan gare hai.
 
Posted on 07-10-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी, दामी गयो कविता!

ठूली, आच्छु आच्छु भनेको फोहोरी कुरा होइन।

जिम्माल बाको नली खुट्टो कस्तो छ अइले?
 
Posted on 07-10-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोरी कुरा होइन भने भाउते दा ले किन छि: छि: छि: छि भनेको
 
Posted on 07-10-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा दामी कबिता गयो मिसबाट!!!
 
Posted on 07-10-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेले सिंगान भएको लन्च सम्झेर छि: छि: छि: छि: भन्या होला।

दुर्गे भाउजू, नमस्ते!
 
Posted on 07-10-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न अस्ते अरे है सप्पैलाई । मिस् को कबिता त 'हरिप्' छ नि । बुझ्नै गाह्रो
गाली न अरम है । आज देखि'ब्रेक्' भको भर कबिता सुन्न पाइयो
 
Posted on 07-10-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे के छ हालखबर? जासुसिको काम त राम्रै गैरहेको होला!
अहिले चै कसको जासुस गरिराको हो कुन्नि
भाउते काजि आज त केहि पाकेको छैन हो ! बरु केहि मिठो पाकेको भए येतातिर पनि पस गरम केरे, सारै भोक लागिरा छ के
 
Posted on 07-10-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्वाँक्वाँ क्वाँक्वाँ, मेरो चुक्तकलाई कसैले राम्रो भनेन।


शराब खराब होता है,
शराब खराब होता है,
क्यूं के,
शराब मे दारु होता है
दारु खराब् होता है
इस् लिए,
शराब खराब होता है।
 
Posted on 07-10-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाइ त बाध्यो ढुंग्रोमा मोइ छैन मोइ छैन
गरीबको चमेलि बोल्दिने कोइ छैन
गरीबको बोल्दिने कोइ छैन कोइ छैन
गरीबको चमेलि बोल्दिने कोइ छैन

रातो भाले धुरिमा करायो करायो
गरिबको चमेलि निद सबै हरायो
गरिबको निद सबै हरायो हरायो
गरिबको चमेलि निद सबै हरायो
फेरि पनि जदौ यो बिर्खे माइलाको
 
Posted on 07-10-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कबिता महोत्सव छ कि क्या हो? आफुलाई त कबिता फुर्न पनि आलिकिती न खाइ हुन्न तर बेलै भको छैन ( हेर त बाहुन को छोरा ले चौतारी मा के के भनेको, लाज छैन?)
 
Posted on 07-10-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पर्बते बाजे, के कुरो गरेको हो के खान लाई बेला चाहियो? भात खान पो ट्याम मिलाउने, दारुलाई के छ र?

हाम्ले त अगिनै यामेले ल्याको थ्यो, ड्यूटी फ्रि रे, बोतल रित्याको। हिजोको एउटा श्री पाउच बाँकी छ तेल्ले काम चल्छ भने!
 
Posted on 07-10-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद है हउरहुरसप्पैलै जो :)

ठूली, मिस दि भनेको सुनेर खुशी लाग्यो, दर्शन तिमीलाइ पनि
तिम्रो लागि एउटा नेपाली शब्दकोष (अनलाइन) खोजेर पठाइदिम्ला है । उसो त नेपाली भाषा अउरेजी भाषा भन्दा निकै जटिल छ के ।बोलाइमा र लेखाइमा शब्द हरु जुन तरिकाले गर्न बुझ्न चाह्यो त्यहि प्रकार(type) को भैदिन्छ ॥:)

अनिखेरि पर्वत जी , हो भन्या मै लेखेको मै बुझ्दिन :)

राहुल्दा हिन्दि बुझ्दिन म । तर कुरो फाइदा जनक र सन्देशमूलक जस्तो लाग्यो है

दुर्गी सिस यो गित नै राखुम न मज्जा सुनिन्छ होला :)
 
Posted on 07-10-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाइ त बाध्यो ढुंग्रोमा मोइ छैन मोइ छैन

उत्तर: थारो गाइ बाँधे पछि नि ढुङ्रोमा मोइ आउँछ त?

गरीबको चमेलि बोल्दिने कोइ छैन
गरीबको बोल्दिने कोइ छैन कोइ छैन
गरीबको चमेलि बोल्दिने कोइ छैन

उत्तर: गरीबको मुख हुन्न र ? बरु निमुखाको बोल्दिने कोइ छैन भन्नुपर्ने। नभए गरिबलाई डलर दिने कोइ छैन भने नि भो।

रातो भाले धुरिमा करायो करायो
गरिबको चमेलि निद सबै हरायो
गरिबको निद सबै हरायो हरायो
गरिबको चमेलि निद सबै हरायो
फेरि पनि जदौ यो बिर्खे माइलाको

उत्तर: कुखुराको भाले धुरीमा कहिले चढ्दैन। कौवा करायो भनेको भे' हुन्थ्यो। यो भाले करा'को गरिबले मात्र सुन्छ कि के हो? नत्र त भाले कराको सुनेर धनी को नि निद हराउन पर्ने। बोरु भउतेको निद हरायो भने सुहाउँछ। भाले कराको सुन्यो कि कुखुरो र रउसी सम्झेर निद हराम।

नेपाली गीत हरु धेरै फन्टुस छन्।

के अरुम अरुम भो के। काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी भन्या यै हो।


 
Posted on 07-10-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न उत्तर राउरो लाग्यो देवरजीको :)

लु यो लिंक लै चौतारीको टुप्पआँ राख्दिनु पर्ने भओ (ठूलीको लागी मेरो तर्फा'ट)

-
target=_blank>http://www.dictionary.com.np/index.php

अनिखेरि कोसैलै नि पनि शब्द को अर्थ प्रति भ्रम नपरोस भन्चु :):)
 
Posted on 07-10-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भउते, गुरुले कुरो चै मनासिब गरेको हो।

भाले कराको सुन्यो कि कुखुरो र रउसी सम्झेर निद हराम।

मेरो नि यस्तै हुन्छ!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters