[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -९९

[Please view other pages to see the rest of the postings. Total posts: 572]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 299234 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 02-10-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

        
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९९ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 99 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


       

 
Posted on 02-11-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए यो झिल्के कहाँ कहाँ पुगिसकेच, पारी गाउ गर आउछु भन्थ्यो, गाई खाने देश पुगी सकेछ

बज्या त, ल् लु रमाइलो गर केरे त्यता तिर सप्पै लाई सोध्या छ् भन्दिनु

Last edited: 11-Feb-08 01:43 PM

 
Posted on 02-11-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह झिल्के वाह! दामीऽऽऽऽ फोटू टाँसेछौ। इस्टोनिया, लाट्भिया र लिथुवानिया मध्ये कहाँ को हो त्यो? 
खतरा आर्किटेक्चर रहेछ। अलि अलि जर्मनीको आर्किटेक्चर सँग नि मिल्दो रहेछ है? गोथिक आर्किटेक्चर हो कि 
रेनेसेन्स हो त्यो वास्तुकला?
अरू पनि फोटु टाँस ब्रो! अनि भिलिनस, तल्लीन कहाँ कहाँ घुम्यौ, बेलिबिस्तार लगाउ है फर्केपछि?

हो रिट्ठे, अब चिलीम बहिष्कार पार्टी खोल्ने हो, तिमीहरूको पार्टीको प्रमुख प्रतिपक्ष!


 
Posted on 02-11-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि कुरो के भन्देखुन हर्के, तो बोसो बोसो भए नि केइ थेन, ह्याकुलो छुटेछ तेसइले भन्या! लु लु एक भाग मइँले लिने भएँ। बरु भाग कतिको हो धार्नीको कि बिशौलीको? बिसौलीको भ' दुइ भाग मलाई! बरु तो ह्याकुलो ह्याकुलो राख न मिल्ने भ' चमाप्न त दाँतले दिँदैन तैपनि एसि गिजाले खेला'र भ' नि खान्छु म त सारै तिर्सना लाइरा' छ।
 
Posted on 02-11-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठे, असली काम को असली सुरुवाट गर्ने यो भन्दा राम्रो साइत के हुन्छ? उता मुन्नभाई ले तेश्रो शादी बनाएछ आजै।
लौ भन त चित्रे महाराज, देब देवी लाई खुशी पार्न मान्छे किन धूप बाल्छन? धूप बाले खूब धुंवा आउछ। देव देवी धुंवा पिउछन, अल्छि भएर आँफै न सल्काइ भक्तजनलाई सल्काउन लागि दुंवापान गर्ने गर्छन्। हामी त स्वाबलम्बी , आँफै सल्काउछौ, आँफै धुवा पान गर्छौ।
कुरो सुन्दा, महादेब बिरोधी जस्तो पो देखियो, चित्रे भैया त। शंकरले पिएर लट्ठिएर लम्पसार पर्दा नि देब हुने, हामी ले पिउदैमा अदेब हुने? न्याय संगत भएन, कसो रिट्ठे?
 
 
Posted on 02-11-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ हाम्रो झिल्के त सात गाउ डुल्न निस्किसकेछ, फोटो नि टासेछ, ल रमाइलो गर
मिन्स्क नि पुग्छौ कि कसो? लु हाम्लाई बिर्स्या रहेनछौ, खुशी लाग्यो


 
Posted on 02-11-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu tyo hyakuloma chai aankha nalaguta buda.. aaba timi budo bhayi sakeu,, pahilako jawana chhaina kya,,

pahila pahila gaauma bhanthe tyo birkhele "ekkai chotima euta singai boko khanchha bhanera" aaba hamro jawana chha kya buda..

timi chai rakti bhutera khau,, ani mashu mashu matrai khau ,, aaba hyakulo chai haami

lakka jawan haarule khane ho kya..

 
Posted on 02-11-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ, बात सोर्है डलर सहि
कृष्णले १६००० गोपिनी सँग डेट गर्दा चाँही लीला ?
हाम्ले १-२ जना सँग गर्दा चाँही क्यारेक्टर ढिला?
यो चाँही मान्दैन रिट्ठे


Last edited: 11-Feb-08 01:24 PM

 
Posted on 02-11-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब म धारा साराको कुरालाइ झ्यालबाट फुत्त फालेर हाँस्यव्यंग्यको बारेमा लेख्न चाहन्छु, मूड चेन्ज भो मेरो। 


तपाइहरूलाइ भैरव अर्यालका हाँस्यव्यंग्यात्मक निबन्धहरू मध्ये कुन सबैभन्दा बढी मन पर्छ? पक्कै पनि अधिकांशले 
भन्नुहोला 'जय भुँडी' या 'महापुरूषको संगत'। मेरो चैं कक्षा ९ मा पढ्दासम्म 'चन्द्रलोक कस्को?' निबन्ध सबभन्दा प्रिय
थियो, जस्मा अर्यालले भविष्यको वर्णन गरेका छन्, अत्याधुनिक वैज्ञानिक कुराहरू लेखेका छन्, सबै मानिसहरू 
चन्द्रमामा जानको लागि एकले अर्कोको खुट्टा समातेर रकेटमा झुन्डिएर गैरहेका हुन्छन् माथि। झुन्डिने मध्ये एकले
चन्द्रलोक कस्को? भनी जोडले चिच्याउँछन्, अनि झुन्डिरहेका सबैले दुबै हात उठाएर 'मेरोऽऽ' भन्दा त सबै जना खस्छन् तल।

तर ९ कक्षामा पढ्दा लाइब्रेरीबाट यौटा हाँस्यव्यंङ्ग्य निबन्ध संग्रह ल्याएर पढें, जस्मा देवकोटाको खै के खच्चर भन्ने
निबन्ध नि थियो क्यारे! त्यसमा नामको बारेमा नि एकदम हसाउने निबन्ध थियो, मलाइ सबभन्दा मन परेको चैं
भैरव अर्यालको 'ए! ज्या भुसुक्कै!' भन्ने निबन्ध हो, जुन निबन्ध त्यो बेलादेखि मेरो लागि उत्कृष्ट हाँस्य निबन्ध बन्यो।
उक्त निबन्धमा अर्यालले मानिसको दिमागलाइ बिग्रन लागेको, प्वाल प्वाल परेको, मक्किएको पुरानो भित्तासँग दाँजेका
छन्। पुरानो घरमा कौसीतिर जाने भित्तालाइ राम्ररी स्याहार गरिंदैन नि, कुना काप्चामा, प्वालतिर कतै भाँचिएको 
टुट बुरूस कोचिएको हुन्छ, कतै बिग्रिएको खेलौना। किराले खाएर धुजा धुजा परेको कागज कतै कोचिएको हुन्छ। हाम्रो
मस्तिष्क नि त्यस्तै हो, कुन बेला कुन चीज या सूचना भेटिन्छ र दिमागको मक्किएको भित्तामा यादै नगरी कोचिदिन्छौं हामी।
पछि त्यो सूचना निकाल्न चैं उत्तिकै धौ धौ! कहाँ राखियो थाहा छैन, भन्ने बित्तिकै के चीज कहाँ छ सम्झनै नसकिने।
के कुरा कहिले गर्नु पर्ने हो त्यो नि थाहा छैन, अनि हामी भन्न बाध्य हुन्छौं, 'ए! ज्या भुसुक्कै!"

यो निबन्ध 'जय भुँडि' संग्रहमा छैन, त्यसैले धेरै गाम्लेले पढ्नुभाको छैन होला। मैले नि निक्कै भुलिसकेछु, 'ए! ज्या 
भुसुक्कै!"


 
Posted on 02-11-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै खै ? भन्ने केशब राज पिंडालीको बारेमा के धारणा छ, चित्रे महाराज?


 
Posted on 02-11-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


haamile chai kachhyaa 10 ma tauko bhanne nibandha padeka thiyem.. aahile ta maile tyo

paani birshi sake.. SLC ma 15 number ko question sodhthiyo jahile ghokiyeko thiyiyo

teti bela aahile ta birshiyo.. aa. jaa bhusukkai..

 
Posted on 02-11-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे राहुलदाइ, अब देवी देवताहरूले गरे जस्तो गर्ने हो भने त मान्छे पनि हजारौं वर्ष बाँच्नु पर्यो, हिमालमा, 
स्वर्गमा बस्नुपर्यो। देवी देवताहरूले त बच्चा नि जन्माउँदैनन्, कता कताबाट जादू गरेर सृष्टी गर्छन्। देवताहरूसँग
कम्फुटिसन् गरेर पनि साध्य हुन्छ भन्या मान्छेले?


 
Posted on 02-11-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>"SLC ma 15 number ko question sodhthiyo jahile ghokiyeko thiyiyo

teti bela aahile ta birshiyo"<<<

lol! हन हर्के दाई, कती पटक घोक्नु पर्‍यो भन्या हौ?


 
Posted on 02-11-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


haina byakaran milara padhna hau.. testo milara lekhna janne bhayeta SLC ekkai chotima pass gari

halinthyoni.. tara teti bela chai guide baata ghokiyeko thiyyiyo..

 
Posted on 02-11-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ जिम्मी सुड्डो! अस्ति आइरिश आतंकवादको बारेमा लेख् भनेकोले लेख्या, बुडाले पढ्या हुन् कि हैनन् चूँक्क बोलेनन्। 
लु फेरी याँ टाँसिदिया छु, फर योर ईन्फर्मेशन!

आयरल्यान्ड भन्ने टापूमा ३२ वटा काउन्टि मध्ये २६ वटा रिपब्लिक अफ आयरल्यान्ड र ६ वटा बृटेनको अधीनमा छ।
तर यौटै टापूमा भएर पनि  उत्तरी आयरल्यान्ड अर्को देशको अधीनमा भएकोमा आइरिशहरूलाइ
ठूलो रीस छ। त्यसो हुन सक्नुको कारण चैं क्याथोलिक र प्रोटेस्टेन्ट क्रिस्चियनहरू हुन्। रिपब्लिक अफ आयरल्यान्डमा
९७% क्याथोलिक छन्, तर उत्तर आयरल्यान्डमा ५०% भन्दा बढी प्रोटेस्टेन्ट छन्, जस्को कारण त्यहाँका प्रोटेस्टेन्टहरू
बृटेनको अधीनमा बस्न रूचाउँछन् किनकि बृटेनमा अधिकांश प्रोटेस्टन्ट छन्। तिनीहरूलाइ लोयलिस्ट भन्छन् क्यारे जस्का
 नेता इयान पसले (प्यासले) हुन्। तर उत्तरी आयरल्यान्डका क्याथोलिकहरू, अझ दक्षिणतिरकाहरू समेत उत्तरी 
आयरल्यान्डलाइ रिपब्लिक अब आयरल्यान्डमा गाभ्नुपर्छ भन्छन्। तिनीहरूका नेता चैं मार्टिन म्याकगिनिस हुन्। 


आयरल्यान्डमा 'सिन फेन' नामको पार्टी छ जसको मिलिटरी विङ्ग आइ आर ए(आइरिश रिपब्लिकन आर्मी) हो। 'सिन फेन' ग्यालिक शब्द हो जसको अर्थ 'हामी आफैं' भन्ने हुन्छ। यस पार्टीका नेता जेरी आडम्स् लाइ मैले डब्लिनको यौटा किताब पसलमा
देखेको थिएँ, जो उनको बारेको यौटा पुस्तकमा हस्ताक्षर गर्दै सयौं लाइनमा बसिरहेका उनका प्रसंशकहरूलाइ दिंदै थिए।
सिन फेनको आर्मी आइ आर ए र उत्तरी आयरल्यान्डको लोयोलिस्ट आर्मीबीच लामो समय गृहयुद्द चल्यो। ७०, ८०, ९० 
दशकमा सयौं मानिस मारिए। कैयौं बम पड्काइए, ७० को दशकमा उत्तरी आयरल्यान्डमा बृटिशहरूले आइ आर एको
आशंकामा कैयौं आइरिशलाइ मारे, जुन 'ब्लडि सन्डे'को रूपमा चर्चित छ। चर्चित आइरिश ब्यान्ड यु २ ले नि त्यो 
ब्लडि सन्डे नामको गाना गा'छन् क्यारे!


लेट ९० तिर, बृटेनका टोनी ब्लेयर, अम्रिकाका बिल क्लिन्टन र आयरल्यान्डका प्रधानमन्त्री (टीशक भन्छन् आइरिश
भाषामा) बर्टी अहर्नको प्रयासले आइ आर ए ले युद्ध विराम गर्यो। अहिले बिस्तारै हतियार त्याग्दैछन् क्यारे तिनीहरू।
यसरी यौटा रक्तपातपूर्ण गृहयुद्धको अन्त हुँदैछ, तर युध्दले छोडेर गएका घाउहरू अझै केही बाँकि छन्। ई यूको सहायताले
आयरल्यान्डले द्रुत गतिमा विकास गर्दैछ, विश्वको तेस्रो चाँडो आर्थिक वृध्दिदर छ। प्रति व्यक्ति आयमा अमेरिकालाइ
जित्नलागिसक्यो। मानव विकास सूचकमा टप टेनमा पर्छ। 


 
Posted on 02-11-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिलिम ब्रेक को ट्याम भयो। भक्तजनहरु! आफ्नो मार्काको चिलिम सल्काइ केही क्षण यो भौतिक दुनियाँबाट अद्यात्मिक दुनियाँको सयर गरौं।
 
 
Posted on 02-11-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, आयरल्यान्डको बारे मा थप जानकारी को लागि धन्यवाद,इन्ट्रेस्टिङ रछ
लु त ठुल्दाइ म पनि झरे चिलिम ब्रेकाँ
 
Posted on 02-11-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu gaamle ho ma ghar tira lage. saarai busy bho kaam maa. see ya guys

 
Posted on 02-11-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले ज्ञानगुनका कुरा ल्याएर सबैलाई गुन लगाएको छ । चौतारीमा बेलाबखत "ज्ञानगुन ब्रेक" भए यसको वैविध्य र आकर्षणमा बढोत्तरी नै हुनेछ भन्ने मानिचु ।


 
Posted on 02-11-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिलिम ब्रेक को दर्मियान नेपे दाईको प्रबेश!

तारेमाम दाई।
हो , चित्रे भाई ले सबैलाई गुण लगाएकै छ। अब देखी ज्ञान ब्रेक पनि राख्ने गरौं, यसमा सबैले ध्यान दिऔं।


 
Posted on 02-11-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो हाम्रो नेपे दाजुको सवारि चलेछ चौतारीमा आज
नमस्ते दाजु
चित्रेको ज्ञान गुनका कुरा रमाइलो छ, नथाकौ है चित्रे बेलाबखतमा लेख्दै जाउ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters