[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 140476 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-30-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गोतामे सर (पाले भे 'नि म त सर नै भन्छु), सप्पै पोल खोलिदिनुभो, झन सर भने भुन्यो पोल खोल्दैन होला भुन्ने सोचेर सर सर भुनि'रा । मिसले चाँइ था' नपाउन नि, क्वेसन आउट भे'को कुरा ।

यसपाली बोर्ड पक्का, बरु सरुलाइ पनि पास मार्क आउने जती क्वेसन चाँइ म बताइदिउला ।
 
Posted on 08-30-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस् मिस, ज्यान जाला तर आफूचैं माष्टर भईन्न के रे! तो चक डष्टर समात्नु पर्छ भनेसी आफ्ना त खुट्टा पनि लगलग काम्छन्!
 
Posted on 08-30-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाsssssssssssssssssssssssssssइ ..................................

त्यो सुकुटी राखेर खा'को कागत नफाल्नुस् है, मलाई चाइन्छ ।
 
Posted on 08-30-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D :D
ठिक्क पर्यो!!!!
स्याबास!!!ग्वांचे
विद्धार्थि हो त्व ऐसा
......बोर्ड हान्यो नि ..:) (ग्वांचे मेरो मनको कुरा गर्दियो तिमीले )
 
Posted on 08-30-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ए पाले दाई जाभ लत्ती चिहिछ मिस्लाई माग्नु हुनेछ तपाइ सँग आए तपाईं भनुस् न पिलिज् नाइ नाइ हामी सबै तपाईंका बुएनी र भाई" यो गीत मेरो तर्फ बाट हाम्रो नयाँ पाले दाई लाई ।
 
Posted on 08-30-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेलाई तो कागत चाट्न परो कि के हो? भन बरु सुकुटी नै बना’र ख्वाम्ला नि! :p
 
Posted on 08-30-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानीले आजपनि मुखमा चुईंगम राखिछन्। गीत गाको के हो बुझ्या मे मार्दिनु ल!

तो स्यान्कान्छो भन्नी कता मोरेच अचेल? चौतारी मउसब (महोत्सब)मा गीत बजाम्छु चौतारीनै झ्याम झ्याम हुने गरी भन्थ्यो, नाक मुख देख्या छैन अचेल!
 
Posted on 08-30-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु पनि चुईगम चपा'र बोल्ने जस्तो मानिचु मैले त
 
Posted on 08-30-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर यी सरु नानी बोल्नचैं अलि लाज मान्छिन् कि के हो? अघिदेखि मुसुमुसु हाँसेर मात्तै बसिरा'की छिन्।
लाज नमानी सरापे हुन्छ सप्पैलाई सरु।
 
Posted on 08-30-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्नेबाद है गोताएँलाई तो मैना सुनुवारको हत्या बारे खबर ल्याईदेकोमा!

मेरो हालको एउटा पाट्ट्याम् जागिर अन्तर्गत एउटी अमरिकानेलाई “The Sari Soldiers” भन्ने डक्यूमेन्टरी बनाम्नमा मद्दत गरि रा’छु। नेपालको संकटमा महिलाको भुमिका भनेर ६ जना महिलाहरुको प्रोफाईल बनाउँदै छे तो अमरिकाने। सबै महिला, १ माओवादी कमान्डर, १ आर्मीकी मेजर, १ बिद्यार्थी नेता, १ मानव अधिकारवादी, १ माओवादी विरुद्द लड्न गठित गाउँ समितिकी अदेछ्छे सहित, मैनाकी आमा देवी सुनवार, जो अहिले आफ्नी छोरीको मुद्दालाई नमुना बना’र एक सक्रिय अधिकारवादीको रुपमा मैदानमा उत्रेकी छिन्, पनि सामेल हुनुहुन्छ। शब्दमा भन्दा चित्रमा हेर्दा सुनवार परिवारको पीडा अझ बढी महसुस गर्न सकिन्छ। अरु पाँच जनाको भन्दा, तो डक्यूमेन्टरीमा देवी सुनवारको भूमिकाले दर्शकहरुको मन ज्यादै छुनेछ होला।

तयार हुन त अझै केहि महिना लाग्छ होला, तर बजारमा आएसि हेर्न पक्का नभुल्नु होला।
 
Posted on 08-30-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paale dai gum chapaara geet gaako hoina. hamro poonte dai le banaaunu bhako macha chapaaudai geet gaako. :P
 
Posted on 08-30-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नबिच्काउ पुराना घाउहरु
दुश्मन बनेका साथिहरु

नखोज मक्किएका खुसिहरु
अबशेष बनेका प्यारहरु

बिचलित हुने नै मन छ भने बरु
भत्काइदेउ उन्ले तोकेका सीमाहरु

****
अभिबादन ताबेदार दीपको--
 
Posted on 08-30-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक्स् पून्ते दा,
"द सारी सोल्दर्स्" को जानकारी को लागि! बजार मा आएपछि अव्स्य हेर्नेछौ के तेस्मा पून्ते दा को पनि भुमिका छ कि?

अनि तितौरि, मैले के कन्फुज् कुरा गरे? डी: त्यो तिमिलाइ पनि र मलाइ पनि थाहा छ।

दीपको कबिता पनि राम्रो लाग्यो।
 
Posted on 08-30-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यो तपाईंको काम खाली कबिता मात्र फुराउने काम गेर्ने ह कि क्या हो । म त तपाईं सँग कबिता लेख्न सिक्न आउनु पर्ला जस्तो छ ।
 
Posted on 08-30-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचलन भन्दा पारि पनि भए कुनै दुखहरु
उभिन देउ अझै पनि उन्ले तोकेका सिमाहरु
देखाइदेउ पराकाष्ठा समर्पन अनि त्याग हरु
जल्नदेऊ अझै पनि दुष्मन बनेका साथि हरु
:)
 
Posted on 08-30-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपदाइ
कस्तो राम्रो कबिता सुनाउनु भयो धेरै दिन् पछि चौतारी मा आएर। ल अब ठुल्नानिलाइ पनि सिकाइदिनुस् न त अनि हामि सान्नानि को ब्रान्ड् न्यु कबिता सुन्न पाउछौ नि। :D

अहम् अहम् फुलौरे फेरि उस्तै कुरा हरेssssssssss शिव :D

आहा मिस् को पनि उस्तै राम्रो :D
 
Posted on 08-30-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि को ********** mistake mistake :p
 
Posted on 08-30-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी नकाली मैले के मिस्तके गरीएएएएएएएएएएएएएएएएए ।
 
Posted on 08-30-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सराप्न थल रे ? लौ म त बोर लगेर गीत सुन्दै बसिरको ' यता त हेर्नै वीरसिरको :-) को कस्को के गफ हो मैले त केही बुझेन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters