[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नारायण गोपाल को सम्झना मा

[Please view other pages to see the rest of the postings. Total posts: 196]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 124335 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 08-28-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपाल को सम्झना मा
अनिगिन्ती कालजयि गीत गाउनु भएका नरायण गोपल का अति नै लोकप्रीय गीत्"आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगि देखि जिन्दगि, आत्तिन थलेछ" रेकर्दिङ्गमा अन्तिम् हरफ् छुटेको रहेछ। यस् गीत् का रचनाकार् भिम बिराग ( ७६ बर्ष)का अनुसार् नरायण दाइ ले लामो भयो भनेर त्यो भाग् हटाउनु भयो रे। तर त्यो अन्तिम् हरफ् झनै मर्म स्पर्शी रहेछ, त्यो ओरिगिनल् गाना म रख्नु भएको भए----- यहा हरुको लागि त्यो हरफ् मात्र यहा पस्केको छु, अस्तु!!!!!!!!!

आफू लाइ बिर्सन पिएँ,
तिमीलाइ सम्झिन पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
रक्सिको भ्रममा अफ्नै आंशु पिएँ
आज भोलि हरेक साँझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि
 
Posted on 09-15-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपालका केही गीतहरु 'मालती मंगले' बाट:
---
आमा हो आमा हो
रुन्छु पाऊ समाति
के दया भयो नि
दुःखिया मै माथि

कसरी छुटें नि
कमारो मै पनि
चौतारी छायांमा
देखें कि सपनि
धरती उधारी
आकास उघारी
चौतारी छायांमा
के निस्क्यो औतारी
के जादु गर्यौ नि
करिया मै माथि
आमा हो आमा हो
रुन्छु पाऊ समाति

--
म जहां जाऊं ठक्कर खान्छु
म कहां जान्छु र
जुम्ला हात जोरी विन्ति गर्छु
नबांध हजुर

दासको कुलमा के जन्म दियो
निर्दयी भावीले
जन्मदै देखि बांधिई आए
म आफ्नै नाबीले
पातालमा पसुं फाट्दैन धर्ती
म कहां जान्छु र
जुम्ला हात जोरी विन्ति गर्छु
नबांध हजुर

सिन्दुरको टीको शिरमा दली
वलीको पशुझै
जुन देश पसुं बांधिन्छु त्यही
कुन देश पसुं मै
आकासमा उडुं होइन पन्छी
म कहां जान्छु र
जुम्ला हात जोरी विन्ति गर्छु
नबांध हजुर

मै मर्न पाए मेरीको मुहार
हेरेर एकै बार
ढुकुर भई जन्मन्थे फेरी
धर्तीमा बारम्बार
शुन्यमा विलाउ कहाली लाग्छ
म कहां जान्छु र
जुम्ला हात जोरी विन्ति गर्छु
नबांध हजुर

---
ढोका खोल मालती ढोका खोल हो
ढोका खोल्नु पहिल्यै बोल बोल हो

आज ठेल चांदीको सुनको संघार
कमाराको खोक्रो यै दिव्य दरवार
मानिसमा गनियौ बल्ल मालती
आईरैछु कांधमा बोकी धरती

विरहमा गाइरहें के के गीत हो
दासबाट कसरी भएं मुक्त हो
यो भनुं कि त्यो भनुं आंशु रोकी हो
पैले हेरू प्यारीलाई आंशु पोखी हो
 
Posted on 09-15-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- Ugly kid Aashish,

Are you Narayan Gopal's step son ? why are you so mad at him ?

Just a guess....
 
Posted on 09-17-06 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरी सुनसान मशान जस्तो भो, यो नारायण दाई को धागो ।

स्वर्गकी रानी मायाकी खानी
हेरी देउ फर्केर ------------------- भन्ने पप गीत कसैलाई आउछ भने यो धागो म उन्ने काम गरिदिनु होला ।
 
Posted on 09-18-06 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

people, it's time to get a life!!!!!!!!!!!
 
Posted on 09-18-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलजी त््यो गीत पुरानो तर अत््ती नै क््लासीक छ । मलाई अत््ती नै मन पर्छ । त्यही गीत् प्रस्तुत गर्दै छु ।

" स्वर्ग की रानी , माया की खानी नजाउ तर्केर हो हो लाजै नमानी रीसाउनेे बानी , छाडी आउ फर्केर , हो होहो ___ २

रेशमी घुम्टो हाली हो हाली , ओंठमा हल्का लाली ___२
प्रीती को दीप बाली, हो बदामी आँखा काली
रात जुनेली , बेली चमेली, बसेका पर्खेर , हो हो,
लाजै नमानी रीसाउनेेे बानी , छाडी आउ फर्केर, हो होहो ,

स्वर्ग की रानी , माया की खानी नजाउ तर्केर हो हो
लाजै नमानी रीसाउने बानी , छाडी आउ फर्केर, हो होहो ___ २ ,

गोरा गुलाबी गाला हो गाला , इन्द्रेनी को माला ,
नागबेली चाला हो , जवानी ओइलीई जाला ,
पूर्ने को इन्दु , शीत का बीन्दु , दीलैले सम्झेर हो हो ,
लाजै नमानी रीसाउनेे बानी , छाडी आउ फर्केर, हो होहो ,

स्वर्ग की रानी , माया की खानी नजाउ तर्केर हो हो
लाजै नमानी रीसाउनेे बानी , छाडी आउ फर्केर, हो होहो ___ २ ,
 
Posted on 09-18-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khabardar jee
मैले भन्नु पर्दा चैँ:
१ । हरि भक्त कटुवाल प्रवासी
२ । गोपाल योन्जन
३ । इस्वर बल्लव
४ । क्षेत्र प्रताप अधिकारि
५। भिम् बिराग्
यो लिस्ट् is based on the consistency of their lyrics in terms of quality । अरु हरु को कुनै गीत् राम्रा कुनै नराम्रा छन्, तर यिनि हरु हरु को सप्पै नै गीत् हरु अति नै उत्कृस्ट छन्। गायक् नारान् दाइ बाहेक् अरु ले गायेको गीत् हरु पनि इनिहरु को गीत् धेरै नै राम्रो छ।

खवार्डार जी
र अरु साथीहरु हो, तपाईंहरुले भने जस्तै नारायण गोपाल को स्वर राम्रो छ । र उस्ले राम्रा रचनाहरु गाएर होला धेरै नै पपुलर भयो । तितो कुरा चै, मलाई गोपाल योन्जन को रचनाहरु चाँही पटक्कै मन पर्दैन, साह्रै घिन लाग्छ । हरिभक्त कटुवाल ,छेत्रप्रताप अधिकारी,,बिस्वम्भर प्याकुरेल,कालिप्रसाद् रिजाल मेरा बेस्ट रचनाकारहरु हुन भने तुलसी घिमिरे(नेपाली सिनेमा को director), गोपाल योन्जन worst lyricst हुन ।मलाई मन पर्ने narayanगोपाल ko geet ma तिमीलाई भुल्द म एक्लो परेछु, तिमीलाई सम्झे तिमी यद अयोउ । । । ।र मन naparne गीत्मा गोपाल योन्जन व तुल्सी घिमिरेक ल्यृक्स् भएक गीत हुन । मलाई त भक्त राजा आचार्य पनि नारायण गोपाल भन्दा कम हो जस्तो लाग्दैन ।
 
Posted on 09-18-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero jageer...
if I was related with narayan gopal i wouldnt be mad at him like you guys I would praise him.....By the way who looks like narayan gopal's son....ani If saying bad about narayan gopal makes one his step son ,so did you mean to say you were his afno choro.
.....???????
 
Posted on 09-19-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhanyabaad, Samir ji. Narayana dai ko arko euta sundar rachana lai yo dhaagoma uni dinu bhaako ma. Ajha testai durlabh gaanaa haru undai jaam.

Aaashish ji, Narayan dai ka chhora chhori ko kura garnu bhanda ni unka geet haru lai dhyaan diyera sunam, jeewan ko asali anubhaw paaune chhau.
 
Posted on 09-19-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chora chori ko kura maile man lagera garya hoina ni....mero jageer le suru gareko ho yaar.
 
Posted on 09-19-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालिकास्थान जी, समिर जी, खबरदार जी कृपया नारायण दाई र तारा देवी ले गाउनु भाको गीता,
"गुन्जमा गुन्जियो, स्वर कोइलीको " भन्ने गीत लाइ यहाँ उन्ने काम गरिदिनु होला ।
 
Posted on 09-20-06 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ta ajako mahafil?
 
Posted on 09-20-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जी , सो गीत यहाँ प्रस्तुत गर््दै छु ।

नारायण दाई -- हे ssss कुन्जमा गुन्जीयो
तारा दीदी -- स्वर कोइलीको ,
हे sssss बासना छरीयो
नारायण दाई -- बेली चमेली को

नारायण दाई -- हराभरा यो वाटीकामा हो sssss
तार मन वीणाको आफै लौ झन्कीयो
दूर् दूर् यो आवाज हो sssss
पवनको गतीssss मा आकाशीने भो
तारा दीदी -- हर्षको आँसु मेघ झर्ने भो
नारायण दाई -- हे ssss नींदरा हरायो
तारा दीदी -- हे ssss मेरो परेलीको

तारा दीदी -- क्षीतीजमा होssss जून डुबेको
गोधूलीमा होsss पन्छी लुकन गो
पूर्णचन्द्र कोssss मुस्कान भो
बसुधामा होssss ज्योती पोखीयो
नारायण दाई -- मायाको बन्धन नचुँडीने भो
तारा दीदी -- ताराले सीङ्गार्यो
नारायण दाई -- माथ उजेलीको

नारायण दाई + तारा दीदी -- हे ssss कुन्जमा गुन्जीयो स्वर कोइलीको
हे sssss बासना छरीयो ,बेली चमेली को
 
Posted on 09-20-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गीत किरण खरेल को हो कि रत्न सुम्शेर थापा को ?? संगीत संगीत?
 
Posted on 09-20-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतकार :-- रत्न शमशेर थापा
सङ्गीतकार :-- नारायण गोपाल
 
Posted on 09-21-06 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai aaja ko mahafil, Narayan dai ka durlabh geet haru ani Narayan dai sanga ka ramaaila prasnga haru ani uhaaka geetkaar haru baare rochak tatha ghochak kura haru rakhna huna sabai Narayan dai ka Fan haru lai anurodh gardachhu.
 
Posted on 09-21-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालु प्रसाद यादवजी,

जयरामजीके!!

आफ्‍नो आफ्‍नो स्‍वाद अनुसार कसैलाई के मन पर्नु र कसैलाई के मन नपर्नु स्‍वाभाविक हो।
कसैलाई चराको स्‍वर मीठो र कसैलाई तेही कर्कश पनि लाग्‍न सक्‍छ। एकातिर
गोपाल योन्‍जनलाई हरिभक्‍त कटुवालपछिको नम्‍वरमा राख्‍नुभएको रहेछ
तर अर्कातिर तपाईले "गोपालको गीत घिन लाग्‍छ र ऊ worst lyricist भन्‍नुभएको रहेछ, के आधारमा सो भनिएको होला बुझ्‍न पाए हुन्‍थ्‍यो।
 
Posted on 09-22-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रचनको स्तरियता हेर्ने हो भने गोपाल योन्जनका गीत हरु उत्कृष्ट नै मानिन्छन । उनी प्रथमत गीताकार हुन । रचनाकालको पूर्वबार्धमा उनले गीत मात्र लेखने गर्दथे । कर्म योन्जन ले संगीत भर्न गर्दथे । जेहोस्, उनका गीत हरु नि मर्मश्पर्शी नै छन । हरिभक्त कटुवाल जस्तो उनि शुद्ध कबी होइनन ।
 
Posted on 09-23-06 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज किन नारायण दाई का पंखाहरु सुतेका? अझै धेरै गीत हरु छन्, यस् धागोमा उन्नको लागि।

कहिले काँहि म हास्छु,
धेरै बेर् हास्छु
जो हांसिरहेछन्
उनिहरु सित म हास्छु


न त कसैले मलाइ सोधे
न त मैले कसैलाइ सुनाएं
अफ्ना जीवन् पीडाहरु सारा
कहिले कांहि रिसाउंछु
आगो भै रिसाउछु
जो अत्याचार् गरि रहे छन्,
उनीहरु सित रिसाउछु


यो गीत् क बाकि अंश हरु त गल्तीहरु सच्याइदिन हुन अनुरोध।
 
Posted on 09-23-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन कसै संग यो गितको लिरिक्स अथवा गित नै छ भने सहयोग गरौँ -

"संगाल केशहरु, सम्हाल घुम्टोहरु
म आएँ आँधि बोकेर......"

शब्द याद भएनन् तर भाव र गहिराई अझै याद छ गित को!
 
Posted on 09-24-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

samir ji. khabardar ji, yo dhago lai marna dinu bhayena.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters