[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 162889 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-16-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गर्न अलि ढिला भयो आज । जदौ गाम्ले दाजु भाई , दिदि बहिनि हरुमा यो आस्थाको।
 
Posted on 11-16-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु,

हन कति धेरै गाम्ले हरु आइ पुगिसकेका आज त एका बिहानै ओहो। लु नया मुन्छे लाइ मेरो पनि स्वगतम फूल को माला लाइदेर चाइनि जो।

हन हाम्रो मिस पुनि कस्तो अल्छि भको आज्काल। नया बिध्यार्थीहरु लै रोल नम्बर नि देको हैन अहिले सम्म। लु मिस को सट्टा मा म नि दिन्छु रोल नम्बर हरु।
हरि (Hetterika) : २३
आस्था (Aastha) : २४
गुरु (Guru Dev): २५

अब देखि हाजिर गर्दा आफ्नो आफ्नो रोल नम्बर सम्झेर हजिर गर्नु है त। अनि चित्रे नय बिध्यार्थी हरु को नाम हजिर कपीमा चढाइ देउ है त, तिमि नै हो क्यारे यह को हजिर कपी update गर्ने मुन्छे।

रोल नम्बर २१ नेप्चे
एस मिस
 
Posted on 11-16-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाइ नमस्कार् !
ठुल्नानि, डोन्ट् गेट् अप्सेट्,आइ विल् सपोर्ट् यु टेल् मि इफ यु नीड् एनि हेल्प् है।भनि हाल के गर्नु पर्यो चित्रे लाइ ।

गुरुदेव्, जिम्माल् बा ले दिनु हुन्छ चौतारी नाम् तपाइ को नाम् चै गोर्खे ,गोरे वा त्यस्तै केहि हुने चान्स् छ है बढि :p , पर्खिनुस् तर जिम्माल् बा लाइ ।
 
Posted on 11-16-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D puntedaa !!
 
Posted on 11-16-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा पुन्टेदाई
पेट मिचि मिचि हास्दै छु म् त्। गजब राम्रो लाग्यो।।।जानि जानि चोरेर ल्याका होलान् तिनिहरुले।पुन्टे दाईलाइ कसो नाङलोमा समतेर भाडा माज्न लगाएनछ्।फस्ट डेट मै क्या बेजत हुन्थ्यो पुन्टेदाईको।
 
Posted on 11-16-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा ।

फूल्को मालाको लागी धेरै धेरै भन्यबाद दाई । गुरु भन्दा बढी त म गोरु छु, तर नाम्को इजत राख्ने प्रयास गर्छु साथी भाई हो ।
 
Posted on 11-16-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरूदेव, ल तितौरीले भने झैं तपाईको नाम जिम्माल बूढाले राखिदिनुहुन्छ, कृपया बिरामी(patient) भएर बसिदिनुहोला। नेप्चेले रोल लम्मर दिईहाल्यो, म पछि अपडेट गरम्ला, पून्टे दाईको कथा पनि पछि पढम्ला, अहिले यस्सो बाहिर जाने काम परो।
 
Posted on 11-16-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतिकैमा, कुनाबाट निसले बोल्यो फेरि, अलि अलि जाँड नि ला’को, लडबडेको जिब्रोले, “क क क्या याद आयो यार! एक चोटि मैले मेलो बुरीलाई बिहे भन्दा अगाडि…फस्ट डेटमा…त त त्यो नाङ्लोमा लगेर पैसै पुरा नतिरेर टाप देको छु, यार! यि बैनिहरुले त अन्जान् मै क्याको त्यो, आफूले त जानी जानी!”
______________________________________________________
हाहाहाहाहाहा पुन्टेदाई
पेट मिचि मिचि हास्दै छु म् त्। गजब राम्रो लाग्यो।।।जानि जानि चोरेर ल्याका होलान् तिनिहरुले।पुन्टे दाईलाइ कसो नाङलोमा समतेर भाडा माज्न लगाएनछ्।फस्ट डेट मै क्या बेजत हुन्थ्यो पुन्टेदाईको।
____________________________________________
Aastha gadbad bhayo ki ??
 
Posted on 11-16-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस (नितेश) ले धुट्क्या'को रम एन्ड कोकले हाँरी आस्थालाई पनि छोयो कि के हो? :p

ओ हो! गुरुदेवलाई स्वागत नगरि त ग्रह शान्ती नै नहोला भन्ने पिर परो, गाँठे! म त चिगमको माला लाईदिन च्याम्पेन छु के रे, तर नौलो पाहुनालाई त तेस्तो नगरुम् के रे!

बस्नुस बस्नुस! राँरो राँरो सिट जति त केटाहुरले झ्याप्पे पारि सके के रे, अब सर्को सिट नपाउन्जेल यई नमेको काखाँ बस्नुस्! :D
 
Posted on 11-16-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई अब त्यो निस् र उस्को कजन साली एउटी र दुईटा जिघ्रि दोस्तहरुलाइ समातेर ग्वाचेको पैसा दिलाउनुपर्छ है। ग्वाचे मलाइ ५०% है। :P:P
 
Posted on 11-16-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा पुन्टेदाई
पून्टे दाईले आर्को धमाकादार काउन्टर् पो हानेछन्, हा हा हा, निस् भन्या त बिचरो निशान्त पो रै'च

रोल नं २३
हाजिर
 
Posted on 11-16-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी थ्यांक्उ सो मुच । आइ आय्म काउन्तिग अन यु ।
 
Posted on 11-16-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे HAHAHAAHAH... बल्ल पो बुझे पुन्टे दा को कथा ग्वाचे को कथा हेरिसके'छि

१ लम्बर् मा कुम्ले २ लम्बर् मा ग्वाचे ३ लम्बर् मा पुन्टेदा ४ लम्बर् मा को आउने होला मेरो कथा मा पुच्चर् जोड्दै जाने, हुदा हुदा बिचरा निशान्त लाइ कस्तो बनाइ द्या :s केहि होइन यो ग्वाचे पनि टिप्स् थोर् पायो भनेर दोस् ला हो निशान्त् लाइ ।

AHAAHAAAA FUNNY THOUGH !!!
 
Posted on 11-16-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा पुन्टेदाई
पेट मिचि मिचि हास्दै छु म् त्। गजब राम्रो लाग्यो।।।जानि जानि चोरेर ल्याका होलान् तिनिहरुले।पुन्टे दाईलाइ कसो नाङलोमा समतेर भाडा माज्न लगाएनछ्।फस्ट डेट मै क्या बेजत हुन्थ्यो पुन्टेदाईको।
 
Posted on 11-16-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुईक्क! मलाई पनि लागेछ के रे निसको रम एन्ड कोकले! निशान्तलाई नितेश भनेछु!
 
Posted on 11-16-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाssssss अझ भुल् सुधार् गरि गरि पो बिचरा निशान्त् लाइ हा हा हा कति हास्नु :D
 
Posted on 11-16-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकै बिचरा बिचरा ला'को लाई छे यि तितौरी बुईनी त्यो फटाहा निसलाई! कतै निसको तो कजन साली यिनै त परिनन्? :p
 
Posted on 11-16-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-16-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको "फ्रेन्डसिप ब्याण्ड" मा कमेन्ट हानेको, गएन। बल्खुमा नि के के हुन्छ के के। लौ, यतैबाट मेरो पनि अप्रिशिएसन, है!

अन्खेरुन्, मेरो लोटोलाई धेरै नउडाउ है, केटा हो! परि हाल्यो भुने, तिमेरुलाई नि आउला छिट्टा सिट्टा् ह्ताको ५ छलर ले अँध्यारो मा ढुँगा हान्नि न हो! लागि हाल्यो बुने त झ्याम्मै लागि हाल्यो नि! जक्षले भ्याए सम्म किन्न चईं पर्छ भन्छु म त! किन्दै किनेन भने त जिरो चानस, किन्दा त कमसेकम करोडौंमा एक भए नि चानस त हुन्छ! धेरै चईं खन्याउन हुन्न तेस्मस पैसो, तेईफ हप्ताको २-४ डलर।

चित्रेले नि काँ काँऽट खोजेर ल्याम्छ फोटाहरु! मेरो प्यारो सेतो टोपी त्यो! :D
 
Posted on 11-16-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! पून्टे दाईको counter कथा नि दामी गयो ल! लास्टमा आएर पो बल्ल बुझिरा'को, अगाथा कृष्टीको उपन्यास भन्दा नि सस्पेन्स रैछ। :D :D
बिचरा निशान्तलाई चैं खूब उडाए गाम्लेहरूले।
गाम्लेहरूको कल्पना शक्तिलाई चैं मैले माने बा!

ए पून्टेदाई चौतारी जमघटको फोटू चौतारीमा टाँस्न नभुल्नुहोला है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters