[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 306392 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-25-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यि भुराभुरिलाई सुक्रबार ब्यान-ब्यानै लाउछ कि के हो हँ?
सपै बुडा-खाडा मात्तै देख्छु त गाँठे चौतारिआँ!

ठुल्दाई बुडा, पुन्टे दाई बुडा, चतुरे बुडा र चिप्ले बुडालाई बुडेसकालिन जदौ! राउँरो कुरा खानु, के जाति बलड पेसर सेसर बेल्बेलाँ च्याख अर्नु, गुलियो धेर नखानु, नुनिलो नि धेर नखानु, चिल्लो त झन छुँदै नछुनु, पिरो को चाइन्जो कुरै नअर्नु, चस्माको पाओर बेल्बेलाँ च्याख अर्नु, नाति नातिना ठुला भए होलान अन्माउने सुरसार अर्नु!

हरिशरणम!
 
Posted on 05-25-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ गाउँले मित्र बन्धुहरु!

कसैसङ्ग त्यो पुरानो नेपाली फिल्म "मायालु" का गानाहरु छन्? यदि छन् भने क्रिपया मलाई बिजुली पत्र मार्फत पठाइदिम न। कस्तो सुन्न मन लाग्यो भने!!

पून्टे दाईको गाना हिजो सेभ गर्न खोजेको खोइ के मिलेन मिलेन गानापनि बिच मा अड्केर हैरान। आज बेलुका फेरि ट्राई मार्नु छ।

ठुली र हरितालिके त रमाइलो गरि रा'होलान आ-आफ्नो ठाउँमा।

जिम्माल बा को कबिता (गीत) गज्जबको लाग्यो!

मदनवा, निश पाट, तितौरी, मुन्नि, समिधा, राहुलदाई, चिप्लु, नेप्चे, दुर्गेसोरी, चना ब्रो, मिस्टे, सान्नानी, मिस, चित्रे, ग्वाँचे, गालब, दादा, गोताएँ दाई, यामे, नमे अनि सबैजनालाई फेरि शुक्रबारे जदौ!!

:-)
 
Posted on 05-25-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गोतामे गुरु, अनि सोझो कुम्ले।
गोतामे को खबर् छापेको रैछ, नेपालीपोष्ट् भन्ने अखबार् मा। बधाई छ। उपाध्यक्ष भै लिए छ, बधाइ स्वीकर्नुस्। अनि हाम्रो बिरादरिको अर्को डा-ई छ नि, उस्लाई मैले बहित् सम्झेको छ भनी लिनुस्।
 
Posted on 05-25-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवाको संगतले बिर्खे बुडा नि निकै जान्नी भई सकेछ के रे। बिमार सिमारको बारे सहरैं ग'र मिडसिन पढे झैं बक्न थालेचन्। सार्टिफिकिट नि भिडाईदेलान् जस्तो छ के रे मदनवाले!

दादाको राँगोलै पहिले करेन्टी लाओ, अब फिरि ओखती ख्वा'को त, कुन बेईमानी बोउसी चढो जस्तो छ! मदनवाले देको ओखती हो के रे, कतै उनै बोउसो त परेनन्? :p के नाम, दुर्गीलै देवी चढा'र गाँठी कुरो के र'च पत्ता ला'र, धामी लाउन पर्नि भो दादाको राँगोलै! हाँसो त हाँसो, तो राँगाको हाँसो हेर्दा त मेरै काल बोकेर आ'को यमराजको दुष्ट साँढे जस्तो पो देखिन्च!

भागम् के रे य्हाँऽट। हिजो नभ्या'र आधा खेत बाँझै डोछेर आ'को के रे, आज भ्याम्न छ!

बरु, भउते काजी कता हो? फुन मारेको हिजो, अस्ति, प्याट्टै उठ्दैन। पुरानै ठेगाना हो कि, पुरानो झन्डै भ'की दुलहीले खोज्दै आउलिन् भुनेर सुटुक्क डेरा नि स-या हो? फिरि आकासाऽट फुत्त मेरै छानाँ खस्लान् भुनेर पिर परि सको!
 
Posted on 05-25-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मिस, जिम्माल, चने, चित्रे, कुम्ले, चिप्ले, पुण्टे बूडा, राहू बूडा, दुर्गे माता---!

**************
धन्यबाद राहू बूडा, स्विकारें बधाई (लाज मानी-मानी तर क्या!)। ती सुरेन्द्र बूडा संगैका हुन् र तपाईँका?
 
Posted on 05-25-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

त सिट्मोल उट्मोलके पैकेट लिएर पुनटे दाजु टकला सिरमा खुजलि कर्दै जानुभयो। हमि पहलवान छाप खेनि हाथमा मल्दै सोचिलिन थालेँ। सला चोतारि गावँमे फस्ट टेम जो छ गावँलेको सेवा कर्नेको मोका मिलेछ। लोगके सेवा नभए नि सला भैँस तो चोतारि गावँकै हो। हँ? सला दु-चार पेनकिलरले सला भैँस जागिहाल्छ भने त नाम जो छ गावँमा यहि मदनवाकै भइहाल्छ। त हामि उहाँ से हिँडेर सिधे धोबिनि बाईके यहा गयो।

उहाँ गएर मेले देख्यो कि सला भैँस त खडे खडे डकार मारिलिएछ, भैँस बिमार उमार केहि
छैन, उ जो छ करन्टलागेर कुछ देरको लागि बेहोश भैलिएको रहेछ। हमि पनि जब् सोलह बरस को थियो त हम्र देहातके गावँमे सकुलमे पढ्ने बनवारिलालके छुट्कि छोरिको पहलि बार देखेथ्यो त सला करन्ट लागिहालेको थियो। सला सब के करन्टवा उस्ते हो कुछ देरमा गैहाल्छ।:)

त हामि गयो। भितर गना वना बजेको लोगहरु ले सोर गरेको सुनिरहेको थिएँ। भितर जानेको मन करिरहेको थियो। सोचेँ सला अभि अभि गावँमे आएको मदनवा मुजरामे आयो भनेर सबले बहुत गाल कर्छ भनेर वापस जानलाई मुड्यो। वापस गेराखेको थिएँ त घरके पिछवाडे से कुछ आवाज सुने। धिरे से झाडिके पिछाडि बसेर देखेको त उहाँ पुनटे दाजुको सालि,
भउते भैया और निसान्त जि थियो। भउते भैया र निसान्त जि गन्जा चरस तानिरहुनुभएको थियो और पुनटे दाईको सालि पनि पुरे के पुरे गन्जाको नसामा थियो। दुइ जने मिलेर खुवाइहाल्नु भएछ गन्जा जुरलिवालाई! त बोलेको सुने हमिले।
भउते भैया भन्दैहुनहुनथ्यो कि " क्यार्ने निस ब्रो अब पुन्टे दाईले थाहा पाउनुभयो भने त मलाई त यहि जुरेलिको आमाले ढुङ्गामा धोति पछारेको जस्तो पछार्छिन, पुन्टे बुडाले त झन मेरो लङ्गौटि नि छाड्दैनन, क्यार्नि होला?"
त मातेको गबरु जवानहरुको छेवमा बस्न खतरनाक हुन्छ भनेर हामि हलेथपोस्ट वापस गयो। वापस जाँने टाइमामा हमिले सुनेको निसान्त जि भन्दै हुनुहुन्थ्यो " सोम मेरो गिदिमा हरामि आइदियाले इन्ट्र्यान्स हानेको छ सोम, ब्रो चिन्ता नगर" :)
 
Posted on 05-25-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-25-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले केटाहुर पढे लेखेर ठुला बडा हुँदै र'चन। मेरो नि बधाई! आफू त बेलाँ मट्याङ्ग्रा गनेर अल्लारियो के रे, बुढेसकालाँ धोबिनी कै भट्टिको पाले जस्तो भ'र काल कुरि रा' छु। देकासिखि अर्नु के रे, हामी जस्तो नहुनु! :D
 
Posted on 05-25-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केको साँचो डल्ली रेसम फलामको साँचो
झुठो हैन डल्ली रेसम यो कुरा साँचो हो ---

जदौ सप्पैलाई!

-- ग)ळउ
 
Posted on 05-25-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाछ्युउुउुउुउुउ!!!
ओ मदन्वा, सर्दीले बहुत् समातिदियो, कोही इलाज छ तपाईंसँग? सुनेको थिएँ कि करन्ट् लगा हुवा भैसको भि इलाज् गरी हास्ने बनाइदियो।

तिडुवा (Tyra) बहुत् मुस्काइबसेछ। जुम्रा खत्तम् हुनु भयो तिम्रो?
 
Posted on 05-25-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्लेस् यु!
 
Posted on 05-25-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलकटे काइयुँ, केसमेरो बांगो
टेबुलमा एेना छ
पिरति मैले नलाको होइन
तकदिरम रैन छ ।

शुक्रबारे जदौ यो बिर्खेमाइलाको !
 
Posted on 05-25-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो हिमाल माथि, थ्याङ्बोचे गुम्बा
तेईं माथि ल्हासा छ
अर्काको सन्तान, अर्काको आईमाई
तेई पनि आशा छ।

धान कै बाला झुल्याउँला, मायालाई फुल्याउँला!

अब त काम तिर हिंड्नैऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ पर'छ! :(
 
Posted on 05-25-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बार्हबिसेमाथि खुर्सानी बारी बार् बार्नु पर्दैन
तँ कन्ने केटी म ??? केटा डर मान्नु पर्दैन
धानकै बाल झुलाउल मायालाई बोलाउला
 
Posted on 05-25-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु चिप्लु अनि गालु लाई तारेमाम्। पूण्टे दा डलर् प्रिटिङ् मा लाग्नु भएको जस्तो छ।
गोतामे गुरु, तो डा-इ र म सङै अस्कलमा । थर् पनि उही, बिच को नाम् पनि उहि, पहिलो नाम को पहिलो दुइ अक्षर नि उही, तर एकै देशका हैनौं। उ भक्तपुर् को ओरिजिनल् म कन्तिपुर् को। गोर्खापत्र मा नाम् निस्कदा पनि सङै। कस्तो संजोग हो गाँठे>
 
Posted on 05-25-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आजु त सुड्डाहरुको भेला रैछन्तनि हौ! सबका सब सुड्डे खोक्समा बिजि जस्तो छन्तनि! जवानि सम्झिराको होला कि सुड्डाहरुले..खित् खित् खित्!

उर्फ्रे(urfrenrites) हो कि के हो कस्तो गाह्रो नाम हौ, के भनेको हो मोइले बुझेन???

बिचमा चित्रे सोम र तित्स सालि साह्रो बोर भयो जस्तो छन्तनि, एक इन्ट्रेन्स हानेर माइनस भइदियो!:)
 
Posted on 05-25-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया.. आक्काकाउ... सान्नानि...

असारैमा झरि छ दिनका दिन
माया सम्झी रोइर'छु छिनका छिन
ऐयाया.. आक्काकाउ... सान्नानि...

के को माया लाउनु र खुनिलाई
यता माया अन्तै मन हुनिलाई
ऐयाया.. आक्काकाउ... सान्नानि...

माया लाम्दा देखिन खुनि मन
मन भन्दा नि ठुलो पो रैछ धन
ऐयाया.. आक्काकाउ... सान्नानि...

ऐयाया.. आक्काकाउ... सान्नानि...

शुक्रबारे लड्खडाउँदो जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 05-25-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sable ...sannani sannani bhaneko bhanei garyo ki...abo Sans aaucha...
tumne pukara aaur hum chale aaye....bhandai aucha...
:)
 
Posted on 05-25-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश् पाट्ले उकास्या बेला लौ जा त म पनि...

झट्टै कपाल कोर न सान्नानी
तिमीलाई नलि म घरै जान्न नि
सिन्की अचार
भन फुलमाया के छ बिचार
 
Posted on 05-25-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple broko khoks sunera...Sannani ta thaha chiana ki...Fulmaya chahi race hanera dugurdai aucha jasto cha...la la som moj cha...:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters