[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 126884 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
Posted on 11-20-05 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी दिल्लीकै कुरा।

"नेताहरूलाई चेतावनी"

हेर दाउपेच्!
दिल्लीको गोलमेच
देश चैं नबेच्!

 
Posted on 11-20-05 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजलाई अन्तिम, निद्रा लाग्यो। तर फेरी पनि दिल्लीकै।

"साँठगाँठ"

राजा अफ्रिका
दिल्लीमा कुरा पक्का
जनता दिक्क
 
Posted on 11-20-05 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आशंका"

आशंका-१

के फेरि पनि-
हाच्छ्युँ गर्ने हामी?
दिल्लीमा रुघा!

आशंका-२

चूल्हो चिसै छ!
अघाएका बिराला-
दर्शन छाँट्ने!

आशंका-३

दाईँ चल्दैछ,
घरको भकारीमा
मूसाको जम्जम्!

(यसपालाको बालीपनि मूसाहरुको भागमा मात्रै पर्ने हो कि?!)



 
Posted on 11-20-05 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशंका-३

दाईँ चल्दैछ,
घरको भकारीमा
मूसाको जम्जम्!


उत्तम छ, अरु नि जाओस्। यी चैँ पक्का हाइकु भए - ५-७-५ पनि मिलेर।

"दिल्लीमा रुघा" : यसमा भने आसय बुझ्या बुझ्या नबुझ्या नबुझ्या जस्तो लाग्यो।

 
Posted on 11-21-05 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, दिल्लीमा पानी परे नेपाली नेताहरु छाता ओढ्छन् भन्छन् नी, त्यसैलाई नया रुप दिएको हो। दिल्लीमा रुघा फैल्यो भने हाम्रा नेताहरुले हाच्छ्युँ गर्न के बेर?!
 
Posted on 11-21-05 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी, राम्रा हाइकुहरू लेख्नुभो, अत्यन्त गहिरा र घुमाउरा। आफू त सीधा मात्र लेख्दैछु हाललाई। ल यौटा सुनम् फेरी।

"जनयुध्द"

वर्षौंको युध्द
जीवन अवरूध्द
कहाँ छन् बुध्द?

 
Posted on 11-21-05 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानचित्रजी, तपाईँका हाईकु पनि दामी छन्।

आज मेरो तर्फ बाट तलका दुई;

"राजा"

अब बाँकी छ-
धर्मको खोल मात्रै,
फाटे लुगा सब!

"प्रश्न"

कति हिऊँद-
खप्ने आश छ तिम्रो?
खोल पातलो !


(खोल-Cover)


 
Posted on 11-21-05 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा पनि फुर्यो, दिइहालम्।

"भ्रमण कि बरालिएको"

केन्या आ' बेलाँ-
यस्सो पसिहालौँ न
दक्षिण अफ्रिका!

 
Posted on 11-24-05 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघिल्लोलाई सच्याऊँदै एक दुइ हाइकु अरु थपिहालौँ।

"राजा"

च्यातिए लुगा,
बाँकी छ अब खाली
धर्मको खोल!
-----------------------------------------
"प्रश्न"

कति हिऊँद-
काट्ने आश छ तिम्रो?
चिथ्रो खोलले !
-------------------------------------------

"भ्रमण कि बरालिएको? "

केन्या आ' बेलाँ-
यस्सो पसिहालौँ न
दक्षिण अफ्रिका!
------------------------------------------------

"परराष्ट्र मन्त्रीको डकार"

यात्रा राम्रो भो!
बिना निम्तै गइयो
कति ठाऊँ त!





 
Posted on 11-24-05 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सुरुङभित्रबाट"

पल्लो छेउमा-
देखिएको पक्कै हो
लाली क्षितिज!

-----------------------------

"पिंजराभित्रबाट"

बन्धन तोड्दै
फड्फडाऊँदै उठ्दै छ,
देशको पंख!

-----------------------------

"स्वेच्छाका दासहरु"

सातो जाँदैछ,
जनता र जनता
मिलेको देख्दा!


 
Posted on 11-28-05 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'शािन्?त को आशा'

आशा जाग्?दैछ
जनता र जनता
मिलेको देख्?दा ।

 
Posted on 11-28-05 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केही दिनपछि फेरी।

'सम्मेलनको शिक्षा'

ट्युनिस्को पाठ
सूचना सम्मेलन
एफम ठप्प

 
Posted on 11-28-05 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा।

'भय'

प्रचण्ड बोले
सातोपुत्लो नै उड्यो
रेडियो पोले

 
Posted on 11-28-05 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यौटा अर्को दिइहालम्।

'गलत लक्ष'

वनमा गर्ज्यो
बाघ, पख् ए बिरालो!
म हान्छु डंडा!

 
Posted on 11-28-05 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी फुर्यो।

'ज्ञानको खोजीमा'

अफ्रिका घुमी
अलि ढिलो आउँछु
अझै सिक्नुछ

 
Posted on 11-28-05 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुनको टाटो
धुनलाई रोजेको
नाइल नदी॥१॥
अफ्रिकाबाट
लिएर आँउदैछु
शान्तिको भेल॥१॥


 
Posted on 11-28-05 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणतन्त्र र मानचित्रजी, हाइकु यात्रालाई जारी राख्नु होला। rhisi जी, तपाईँको त सशक्त जाँदो रहेछ हाइकुमा; स्वागत छ।

आजलाई मेरो तर्फबाट;


"के धुने?""

कुरा नगर-
पखाल्ने, बगाउने
ऐनै नहेरी ! ??
-१-

दागै दाग छ
ढोंगी अनुहारमा
युग-युगको ।
-२-

शूतुरमुर्ग!
यत्रो भेल देख्दैनौ?!
आफैँ बग्दैछौ



 
Posted on 11-28-05 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एक;

"सरकार"

गज्जब छ बा!
चुलो भत्काईदिन्छ-
'पका', 'खा' भन्छ!

(प्रसारण सामाग्री लुटेर लगेको प्रसंग।)
 
Posted on 11-28-05 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा पनि है! फुर्या बेलाँ लेखिहालौँ।

"तिम्रो भेल?"

संकेत होला,
बलात्कृत रेडियो-
तिम्रो भेलको!

 
Posted on 11-28-05 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम गुरु ! तपाईको हाइकू-talent वास्तबमै प्रशंसनिय छ । खैर म पनि गुरूको सीखो गर्दैछु है त॥

कति बगेको
हाईकूको प्रवाह
गौतमजीमा ॥१॥

गौतमजीको
हाइकू मोह देखी
कायल छु म॥२॥

मकरतन्त्र
वाक स्वतन्त्रता रे
मुख थुनेर॥३॥


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters