[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 158201 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 02-25-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि जिम्माल र काका बुढाहरु कहाँ गए गए भनेर अलमल्ल पर्या त झन के जाती तो कम्फुटराँ निस्किनी गोरखापत्रमै फोटो निक्लिनी अरी गाँजा तानेर पो बसिरा' रेछन्।

 
Posted on 02-25-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौजा, त्यो हाम्रा केटाहरुको अघोरी बाबासँग मालताल माग्न लाको फुटुपनि निस्क्या छ है, होस गर्लाउ क्या रे।
 
Posted on 02-25-06 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन साइँला के भन्च? आज नि नताने कइले तान्नु नि?
मुइँले त जम्मा दुइ सर्को तान्या हो, बरु काका बुडाले एउटा चिलिम ठ्याम्मै सकाए। चिलिम सकेर १२टा माल्पुवा, ६टा सेल रोटि अनि ५ पिलेट केराउको तरकारी खा'र त्याँ पर नालीआँ लडेआ चन् ! लु गाम्लेओ बोकेर लान पर्ला अस्तो च काकालाई नत्र काकीआमाले चिन्ता अर्चिन।
 
Posted on 02-26-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाइ नि रहर लाओ गाँठे ! ए सिरेकाजी, लौ न आलिकिती बुटीको ब्यबस्ता अरम तो ! लड्डु खान चैँ बिर्खे जिम्मालका घर तिर जानपर्ला ! होइन भउतेकाजीको त अत्तो पत्तो छैन गामतिर ! कि फेरी हराए र हो भन्चु ! :)
 
Posted on 02-26-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau sabai lai mero namastey ..
sire , dada, kaka , kalanki ...sabai lai sivaratri ko subhakamana .
sire dada le dherai piyera birami hunu bhayechha .. lau gamle haru aspatal liyera jane bebasta garnu paryo

..............:)

 
Posted on 02-26-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का सबै जनाहरु गाजा खान थालेछन ल है पुलिसले नदेख्ने गरी खानु नभए भरे मामाघर मा सुत्नु पर्ला ।
 
Posted on 02-27-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना शिवरात्री मनाउँदै मस्त रहिछन्। आफ्नो भने हनहनी ज्वरो आईराछ। अखबार खोलेको चिप्लेढुङ्गामा बम पड्क्यो भन्छ, त्यही भएर ज्वरो आ हुन् कि।
लौ त गाम्ले हो, अहिलेलाई बिदा माग्नु परो, भोलीतिर एसो चिहाउन आउँला ।
 
Posted on 02-28-06 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए चिरन्जिवी, चिरन्जिवी!
चुँई चुईँ चुईँकने जुता लाउँदाखेरि फुत्त बरिलै.


स्यालले कुखुरा ढुक्याअस्तो अरेर कतिखेर गुरुले सक्लान् र चिरन्जिवीसित सँगै फर्किन पाइन्छ भुनेर च्याँकेले झ्यालबाट हेर्या थियो. गुरुले छोड्नी हैनन् केरे.

अनि चिरन्जिविलाई फुत्त निस्केर झ्यालबाट भाग, भन्ने कोड भाषामा च्याँकेले उल्लेखित गित गाको रेछ. अनि चिरन्जिवि निस्केर भाग्न त भाग्यो.
गुरुले भने, "कुन हो यो भाग्नी? च्याँके हैन. पर्खेस् तँलाई."

झोलम्! झोले!! झोलानी!!! भन्दै केटाहरु भागे.
गाँठी कुरा के र छ भने नि चिरन्जिवले झोला टेबलमै बिर्स्यारेछ भाग्दाखेरि.
अनि हगुवा पनि भाग्यो - २टै झोला टिपेर .


गुरुले अजार हुँदै शिलक हाले.

भालुळाई पुराण सुनाई बुझला हामीहरु के बुझौँ
... ... ...
 
Posted on 03-01-06 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सूनसान पो छ गाँठे। अघि दादाले के कथा हालेर गा' हुन्, छेउ टुप्पो बुझ्या'भे मार्दिनु!
******
नमे कता हराएछ आजकाल? चौतारी अर्कैले शुरु ग-यो भनेर चित्त दुखा' त हैन? एघार लम्बर आफैँले बनाए भैहालो नि तेसो हो भने।
अनि भउतेकाजी पनि धेरै भयो यता नअन्मरिएका! कता लागेछन्?
 
Posted on 03-01-06 4:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हुदैछ चौतारिमा? ल सबैलाइ हेल्लो छ मेरो तर्फ देखि।।

अ्मेजिङ्
फ्रम्
सेन्ट् पिटर्स्बर्ग्
रसिया
 
Posted on 03-01-06 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न हगुवाले झोला टिपिदिएच र बाँचो चिरञ्जिवी! नत्र झोला फिर्ता माग्न जाँदा गुरुले कान बटार्नि थे तेस्का.

**
हाsssss पानी खायो पेटारे खसीले
पेटारे खसीले
मनको कुरो बुझ्दैन कसैले.....

....स्कूल पढदातिर हामी तीन बाबुछोरा बाग्लुङका उकाली ओराली गर्दा मेरा बुबाले गाउने गीत अथवा एउटो टुक्रो भनौं न.
...बाटो कटाउने निहूँमा हामीहरु कहिलेकाँही पालैपालो गीत गाउँदै हिन्दै गर्थ्यौं.

बुडाका गीत गाउने पालामा उनले जहिले पनि यही टुक्रो गाउने, त्यसैले झारा टारे जस्तो मात्र लाग्ने, दिक्क लाग्थ्यो हामीलाई. हुन नि हामी दुई भाइले जति कचकच गरेर बिरोध जनाए पनि यो टुक्रो भन्दा बढी बुडाले कहिले पनि गाएनन, न त अरु कुनै गीत निक्ले उनका कण्ठबाट.

म र मेरो दाई चाँहि फेरी जहिले पनि यो गीत गाउने किनभने बुडालाई यो गीत सारै नै मन पर्ने....जति पल्ट गाए पनि फेरी फेरी गाउनु पर्ने...

कुसुमे रुमाल कुसुमे रुमाल
मायाको बारीमा पिरतीको फुल
(पिरती हैन प्रिति!)
मायाको बारीमा प्रितिको फुल
सम्हाली राखेको कुसुमे रुमाल
कुसुमे रुमाल कुसुमे रुमाल

.....बाटो काटेको थाहै हुँदैनथ्यो.
 
Posted on 03-01-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गएओ दुई-चार दिन त एउडा परलए नै भो नि केटाओ मुलाइ! सास फेर्न चाइँ फुर्सत मिलो र मात्तै नत्र खत्तम नै थियो! अरुको नि उस्तै रेछ, कोइ देख्दिन म

मैना चित्रे संग रिसाउँदै (जिस्कँदै)-

कर्कलो गाबा कठै मेरो बाबा
नक्कले दाईको दुई जिब्रे भाका
ए आमा सानिमा
नक्कचरो दाईलाई चड्काईदेऊ चड्काईदेऊ गालामा

 
Posted on 03-02-06 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल सुन्न तलतल लागो.


सुक्न, खाँदिन र कुहिन अस्विकार गर्दै
हरियै साग रहन खोज्छन् गुन्द्रुक अब!
उठ्यो उठ्यो उठ्यो ... ...


ए नेपे दाजी नयेँ शिलक(गजल) पकाम्नु भाछैन? केटहुरलाई ब्युँताम्न परो, निदाए.
 
Posted on 03-02-06 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा!
के छ नेपालको हालखबर? कि फर्किसक्नुभएको हो?
 
Posted on 03-02-06 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उदघाटन भाषण लेखेरै टासुम्ला भन्दाभन्दै भ्याईएन । भोलीतिर सम्म भ्याउछु कि, तर मलाई यो उद्घोषण चौतारीमा गरिहाल्न मन लाग्यो ।

- http://www.dkhadka.com/chithi/en/index.shtml

(धन्यवादको लामो लिस्टो छ । तर धने र सिरेलाई चाहि अहिले नै दिन्छु)
 
Posted on 03-02-06 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजू,
म त 'खेलौना खेलौना 'भन्दै झगडा गरिहरेको बच्चाले अचानक आफ्नो कोठाभरि खेलौना भेटेको जस्तो हर्षित भएँ!
ल पढ्न शुरु गरेँ मैले
 
Posted on 03-02-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वप्रथम् नेपेजीलाइ बधाइ छ पुस्तक छपाउनुभयकोमा, पढ्न पाये हुन्थ्यो, कता किन्न पाइन्छ कुन्नि? कि साझाका दओउतरिहरुलाइ हस्ताख्शर् सहित दिने हो?

अनि दादा ब्रोलाइए पुत्रीलाभको ढिला भयेपनि शुभकामना, खै आफ्नो त कहिले हो बाउ बन्ने दिन् आउनेपनि।।।।।।।।।।।।।।

मलाइ पनि बाउ बन्न एक्दम् रहर् लाग्यो।।।।।।।।

आइते/जङेगे

 
Posted on 03-02-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani aajkal ta BHAUTE kata harayachhan kunni?????????
 
Posted on 03-02-06 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीलाई बधाई छ। अब किताब नपढी अरु धेरै कुरा त के गर्नु र!
(हस्ताक्षर सहित किताब मिल्ने हो र रे क्या!)
 
Posted on 03-02-06 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाग्रोको मोल घैँटोले खायो.
हुलाक खर्च तेत्रो धेरै लाग्ने रेछ.
जे होस् अडर गरेँ.

मुल्य पनि जापनमा 600 येन भन्या भे सजिलो हुन्थ्यो नि. ५६७ येन १७.१७७७७ सेन्ट पर्ने रेछ.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters