[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 237905 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-26-06 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाचघर नि खतरा ब न्ने भे'छ ।

 
Posted on 09-26-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को तर्फ बाट फेरी नाचघर

 
Posted on 09-26-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाइँ बिश्वज्योती हल

 
Posted on 09-26-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु एउडा चौतारी नि रे'छ, को को हुन चौतारीआँ बसिरा', चिन्नै सकिएन । । ।

 
Posted on 09-26-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाइँ मेरो घर नजिकैको चौतारी ।

 
Posted on 09-26-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज लाइ यत्ती नै फेरी भेटुम्ला, दसैंको फेरी पनि धेरै धेरै शुभ-कामना । । ।

 
Posted on 09-26-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!

धन्यवाद् ग्वाँचे! पुराना दिनहरुको सम्झना दिलायौ। अरु पनि टाँस्दै अरुम है?
 
Posted on 09-27-06 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो फोटो तासेको यो ग्बचेँ ले ।धन्यवाद
 
Posted on 09-27-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको वाल्यकालको सम्झना पढेँ। मैले त यो चौतारीमा तिमी चाँहि म जस्तै सोझो थियौ होला केटाकेटीमा भनेको त तिमीपनि छट्टु रहेछौ। अब यसो हेर्दा यो चौतारीको सबैभन्दा सोझो, सिधा मान्छे म मात्रै रहेछु। हे हे हे! राम्रो लाग्यो चित्रे, लेख्दै गर! तितौरीले भने जस्तै पढ्ने मान्छेको वास्तवमै कमि छैन चौतारीमा, तर लेख्न चै पर्छ।

सान्नानी पनि नेपाल जाने भइछौ, धेरै राम्रो। फर्केर आउँदा मलाई दुइ पाथी चिउरा, हरिनको सेकुवा, तिन माना गुन्द्रुक, सिन्की, १५-२० वटा जत्ति जनाइ, गुतपाक, तितौरा मात्रै ल्याउनु, धेरै ल्याउनु पर्दैन त्यत्ति मात्रै, अरु चाँहि फेरि पछि पछि ल्याउनु नि।

हे हे हे! नमेको कुरो!! मैले केहि सुनेको छैन है!! :पि

पून्टे दाईलेपनि कस्तो कस्तो आशिर्बाद दिने भन्या! अहिले तितौरी रिसाएर, "तपाईँको आशिर्बाद तपाई सङ्गै राख्नुस्, मलाई चाहिएको छैन पाइलट साइलट" भन्लिन्।

दीप जीको कविता रमाइलो रहेछ।

ग्वाँचे के अर्दै छौ काठ्मान्डुमा? फोटो टाँसेर यहाँ कस्तो कस्तो भयो आँफुलाई। दीप जीले भने जस्तै मन हुन पाए अहिले नेपालाँ हुन्थेँ।

ठुली आइ मिस यु टू!

मिसलाई दर्शन!

जिम्माल बा चाँहि बाँसको कुरो मिले देखि दिउसो पनि आउन थाल्नु भएछ चौतारीमा।

ल सबैलाई दशैँको धेरै धेरै शुभकामना!!

(कत्रो लामो लेखिएछ बाबै!! भागेँ म!!)
 
Posted on 09-27-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""दुइ पाथी चिउरा, हरिनको सेकुवा, तिन माना गुन्द्रुक, सिन्की, १५-२० वटा जत्ति जनाइ, गुतपाक, तितौरा मात्रै ल्याउनु, धेरै ल्याउनु पर्दैन त्यत्ति मात्रै, "' ......मलै चै जनै नल्याइदिनु प्रिति बरु ५ दर्जन चुरा अरू चै कुम्ले ले भनेकै कुरा सबै .... त्यति अहिले लै अरु चै पछि संझिए फोन गरुम्ला नि है त ....:D:D

ठूली मैले नि तिमीलै कत्ति संझेको .....
आहा!!नेपाल को फोटो ......भीडभाड मा हिडन रहर लाग्यो ....

नमस्कार गरे है मैले नि ।
 
Posted on 09-27-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्! नमस्कारम्!! दर्शन गरें मिस।

कुम्ले बज्जे साँच्चैको सोझो मान्छे हो ल, हँसियाजस्तै सोझो!

ग्वाँचेले पुन्ने कमाउने काम ग-यो। ग्वाँचेको चाँडै घरबार होस्, अऊँरिकामा घच्चीको दरबार होस्। अरु अरु फुटा पनि हाल्दै गर्नु है, अरु अरु पनि आशिक दिम्ला।
 
Posted on 09-27-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी म friday जानी हो, ए मोरि तिमि नि जनि भनेर किन cancel गरेकि नि? ल ल तिरुलाई लिएर् आउ त झट्ट मलाई सघाउन।
त्यै त गौतम दाई दशैको पुछारै मा पुगिनि भो, भाई टिका पनि भ्याउनलाई तेसो गरेको के। smart छु नि म। ;-)
दीपको कैता साच्चै it's so beautiful ! भन्ने लायकका छन्, हैन त तिरु?
ग्वाचेलाई धन्यबाद् फोटो हरुका लागि। they are very nice :D
जिम्माल् बा लाइ नि जदौ।
कुम्ले त्यै त तिमि कति सोझो, खाली त्यो मकै चोर्ने बुद्धिले बिगार्या हो के। कठै तिम्ले त्यति सनातिना कुरा भन्या नि मैले ल्याउन्न थिँ होला त, ल्याइदिहाल्छु नि, बरु अस्ति भन्या फोटो देखाएउ भने त्यो फोटोमा भाकी लाइ नि खोजेर ल्याइदिन्थे नि त, कि कसो? :P:P
किन र मिस्, सिर लाई त जनै चाहिएला नि? कि सिर् ले जनै सनै फ्याँकिसक्या हो? अनि भुराभुरिलाई के चाहिन्छ ल लिस्ट् बनाउनुस् फेरि उनेरुलाई चाहि बिर्सि छ प्रीतिले भनेर गाली गर्न लाई। :D:D
 
Posted on 09-27-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे! सान्नानी!

एउटा कुरो त भन्नै बिर्सेको लौ!! आउँदा खेरी मलाई ४ प्याकेट जत्ति "मख्खन चामल" पनि ल्याइदिनु है। आफ्नो यहाँ मख्खन चामल खान थाले देखि स्ट्यान्डरै बढ्या छ, खानापनि मिठो पकाउन पनि छिटो।

ल तिमीलाई धेरै धेरै शुभकामना अनि शुभयात्रा! राम्ररी जानु, पिलेनमा झ्यालबाट बाहिर हात ननिकाल्नु चिलहरु उढिरहेका हुन्छन्।
 
Posted on 09-27-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:P लौ न नि यो प्रिति !!!खै देख्या छैन रे क्या :P
.... दर्जन जो छन के रे नि सबै लै एकएक ओटा पाल्पालि ढाका को चोलि कटनको गुन्यू , २० हाते पटुका, रातो मखमली घलेक नाक मा फुली कानमा ढुंग्रि अनि गलामा ठुलो मुगाको माला भए पुग्छ
 
Posted on 09-27-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् कुम्ले शुभकामनाको लागि।

लौन के हो त्यो "मख्खन चामल" भन्या?

:D:D झ्यालबाट बाहिर हात ननिकाल्नु रे हाहा

हाहाहाहा मिस् हसाउनुभो। दर्जन् रे? लौन घाटा लाग्नि कुरो पो सोधेछु त। दर्जन् लाइ त २० हाते हैन आधा हाते पटुकि ले हुन्न भन्या?
 
Posted on 09-27-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

afule lekhya padham bhanya ta gwachya tasbirle danak dera muntyaisakya re chhan galli tira --- tasbir here pachhi ta jhan samjhe ---

उ भावना रे भन्थी म भाव रे
लट्टे दिनी त उस्को स्वभावै रे

आउ तिमी बत्ति, म तेल भन्थी
त्यस्ता गफ त गाँठे! कत्ति कत्ति

भन्थी उ धुप रे, म सलाई
निस्ठुरी सल्की निभाई मलाइ

उ उषा रे भन्थी, म घाम
साँझ परेसी त ए! घाम न साम

भन्थी म उस्को रे, उ मेरी
बिर्सिम भन्छु सम्झेँ फेरी

तिमि दुल्हा, म दुलही भन्थी
उस्कै ब्यामा नी हरे! गैयो जन्ति

भन्थी म टीका, उ जमरा रे
जमरामा उस्का भमरा तर अत्ति के!

बिर्सि रे उस्ले चैं, खै सकिन मैले त एक रति
सम्झिन्छु निर्दइ लाइ जब सुन्छु "हेर हेर यस्को गति"
 
Posted on 09-27-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानो माइ राखेर् हिन्न नपाई भन्लान भनेर दुइ पंक्ति थपेँ पुरानैमा -- फेरी पुग्ला नपुग्ला भनेर यो पनि पस्कया छु है।

भजनमा उ भक्ति, श्रद्धा मन्दिरमा
मेघ बर्षामा, रहरमा उ आसक्ति
तिम्रो लागि त म कोइ न कोइ भन्छे फेरी

हावा बनेर आउँछे उ जिस्काएर जान्छे
अङ्गाल्न खोज्छु तर बिबस पारेर जान्छे

जाडोमा आगो बन्छे, मायालु सम्झाउँछे
ताप्ने मात्रै हो तर छोए डाम्छे

भजनमा उ भक्ति, श्रद्धा मन्दिरमा
मेघ बर्षामा, रहरमा उ आसक्ति
तिम्रो लागि त म कोइ न कोइ भन्छे फेरी
 
Posted on 09-27-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा दीप् दाइ को कबिता के भन्ने , गोताएजि ले भन्या जस्तो दिमाग् मा कसरि त्यसतो राम्रो कबिता हरु छडकिने होला । :D

ओहो सान्नानि , सबै ले बिचरि लाइ कोसेलि को भारि ल्याउन लाएछन् , मलाइ चै केहि नल्याइदेउ है बरु म तिम्रो प्याकिङ् गर्न सघाउन आउला केहि ल्याउन पर्दैन ।
तेइ हो राम्ररि जाउ ,तिमिले बर्सौ सम्म miss गरेका कुरा हरु आखा भरि हेरेर आउ अनि सम्झना चै हामि लाइ सुनाउ है त ,
अँ अनि कुम्ले के भन्या जस्तो झ्याल् बाट हात् ननिकाल्नु अनि झ्याल् बाट चट्पटे-सट्पटे पनि किनेर नखानु है । :p:p

ग्वाचे ले कत्ति राम्रो फोटो टासेको हो , एउटा फोटो माथि महाराज गन्ज् तिर को पनि टास्दिए कस्तो मज्जा आउथ्यो होला मलाइ ।

सबै लाइ नमस्कार्:D
 
Posted on 09-27-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहाँ हेर न तितौरीको कुरो! "केहि ल्याउन पर्दैन रे" उसको लागी!

भोली फेरि मलाई "ओइ कुम्ले! त्यो हरिनको सुकुटी चाँहि आधा जत्ति यता पठाउ अनि एकपाथी चिउरा, अनि त्यो तितौरा गुतपाक तिमीले किन खानु पर्यो?" भन्ने होइन नि!
 
Posted on 09-27-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मन् को कुरो थाहा पायौ कसरि नि कुम्ले? :D
त्यो त तेइ हो, तिमिले मगाएको देखेर नै म चुप् ला' हो नि । तेति धेरै मगाएको छ भने'छि आधा मलाइ होला नि त , कि होइन :-( ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters