[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 227587 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-27-06 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुइज खेलुम् न है. यो कुइजमा जित्नी मुन्छे यो वर्षको "चौपारी पुरुष/पुरुषनी" हुन्छ है.

Q
३ अक्षरको एउटा यस्तो शब्द भन्नुहोस्, जसको पहिलो अक्षर हटायो भने भगवानको
नाम बन्छ, दोस्रो अक्षर हटायो भुने फलको नाम बन्छ र तेस्रो अक्षर हटायो भुने काठ काट्ने हतियार बन्छ.
 
Posted on 12-27-06 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै! आराम चैं हैन होला केरे!

आँपलाई आम पनि भन्चन् कि जस्तै चैं लाउँच!
 
Posted on 12-27-06 2:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज चैं अलि चाँडो आएँ. ल गाले र दादा, कुइच खेलम्, दादाको प्रश्नको उत्तर त था' भएन, गालेले मिलायो कि. म यौटा प्रश्न सोध्छु.

Q. यौटा देशको नाम भन्नुस् जसलाइ उल्टोबाट भन्दा भाँडोको नाम बन्छ.

पहिले सही उत्तर दिने 'चौतारीको भूगोल व्यक्ति' हुनेछ. :)
 
Posted on 12-27-06 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे चित्रे, त्यो त मलाई आउँछ।

अब सुन्नुहोस् / पढ्नुहोस् सही उत्तर:
ईराक

ल, मेरो टाइटलको आधिकारिक-औपचारिक घोषणा गरिपाऊँ त!

:-)
 
Posted on 12-27-06 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को,

चौतारीको एक सदस्यको नाम भन्नुस् जसको अन्तिम अक्षर झिक्दा अर्को सदस्यको नाम बन्छ।
 
Posted on 12-27-06 2:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले,

सही उत्तर दियौ.
आजदेखि गाले भयो 'चौतारीको भूगोल व्यक्ति'. :)
 
Posted on 12-27-06 3:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेलिभिजनमा ब्रेकिङ् न्युज भनेर लाइभ आइरा'छ। एउटा रिपोर्टर हतासिंदै र उत्तेजित हुँदै माइकमा हात लिंदै केही बोल्न खोज्दैछ। तर वरिपरिको भीडभाडले गर्दा उसको स्वर प्रष्ट सुनिनु त के, अनुहार समेत छेलिने देखिने, छेलिने देखिने भइरहेको छ। उसले क्यामेरै क्यामेराको भीड छिचोल्दै भीडको माझमा अलिकति ठाउँ बनाइदिन्छ र क्यामेराम्यानलाई अगाडि आउन इशारा गर्दछ। रिपोर्टरको आवाज छरपुष्टसँग सुनिन्छ -
"भर्खरै आयरल्यान्डको डुब्लिनबाट प्राप्त समाचार अनुसार लामो समयदेखि हामी सबैले कौतुहलपूर्वक कुरिराखेको यो वर्षको 'साझा चौतारीको भूगोल व्यक्ति' को घोषणा भएको छ। र, त्यो उपाधि पाउने गालउ अहिले यहाँ! मेरो पछाडि! यो भीडको माझमा! हुनुहुन्छ। आउनुहोस् म पनि तपाईंहरुलाई उहाँसँग भेटाउने प्रयत्न गर्दछु।"

एकछिनको घचेटा-घढेटपछि गालउको अनुहार स्क्रिनमा देखा पर्छ। र, पत्रकारले प्रश्न गर्छ - "तपाईंलाई यो उपाधि पाउँदा कस्तो महसुस भइरहेको छ?"
"आज मेरो ठुलो सपना साकार भएको छ। म अहिले सपनामा छु वा विपनामा, आफैंलाई विश्वास गर्न सक्ने अवस्थामा छैन। एकदम हर्षित छु। सगरमाथाको चुचुरोमा टेकिरहेको अनुभव भइरहेको छ।"
"यो सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ?"
"यसको श्रेय मेरो परिवार, शिक्षक - विशेषगरी भूगोल शिक्षक रबिसर, तथा मलाई प्रेरणा दिने सम्पूर्ण गाम्लेहरुलाई दिन्छु।"
"अब भविष्यमा तपाईं के गर्न चाहनुहुन्छ?"
"नेपालको दूर्गम भन्दा दूर्गम ठाउँहरुमा गएर भूगोल विषयको महत्व बारे गाउँलेहरुलाई सचेत गराउन चाहन्छु।"
"अनि, चौतारी पुरुषको पनि टाइटल आउला जस्तो छ नि?"
"खै, त्यो अहिले रिभ्यू प्रोशेसमा छ। दादगिरीजीकोमा उत्तर गा'छ। अहिले रउसी र मम खाँदै झ्याप हुनुहुन्छ होला। होस खुल्ने बित्तिकै निर्णय आउला।"
"टेलिभिजन हेरिरहने दर्शकलाई केही भन्न चाहनुहुन्छ कि?"
"लगनशीलता भयो भने संसारमा गर्न नसकिने कुरा केही छैन। चौतारीको भूगोल व्यक्ति तपाईं पनि कुनै दिन पाउन सक्नुहुन्छ। त्यसको लागि लगनशीलता र धैर्यको आवस्यक छ।"

भीडलाई छिचोलेर गालउ नजीकैको लिमोजिनतिर लाग्छन्। ड्राइभरले ढोका खोलिदिन्छ। एकैछिनमा लिमोजिन त्यहाँबाट हिंडिहाल्छ।

टेलिभिजनमा विज्ञापन आउन थाल्छ - "तर एउटा कुरा त भन्नै बिर्सिएछ नि! हैन हैन नहडबडाउनुहोस्। केटी हामीलाई मन परेको छ। हामी यति चाहन्छौं कि तपाईं जन्तीको स्वागत पान परागले गर्नुहोस्।'
'ओहो पान पराग! हामीलाई के थाहा तपाईं पनि पानपरागको सौखी हुनुहुन्छ भनेर।'
पान पराग, पान मसला, पान पराग!! ----"

अस्तु:॥
 
Posted on 12-27-06 3:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, अर्को प्रश्न.

Q2. नेपालको यौटा जिल्लाको नाम भन्नुस् जसको पहिलो दुइ अक्षर झिक्दा लाउने कुरा बन्छ, पछिल्लो दुइ अक्षर झिक्दा एक देवीको नाम बन्छ, बीचको दुई अक्षर झिक्दा 'मार्नु' अर्थ लाग्छ. :)
 
Posted on 12-27-06 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले रमाइलो कथा भन्यौ.

वास्तवमा गालेको टाइटल 'चौतारी भूगाले व्यक्ति' हो. :P

ल मेरो दोस्रो प्रश्न पनि भूगोलसँगै सम्बन्धित छ. टराइ मारूम्. :)
 
Posted on 12-27-06 3:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मैले थाहा पाइसकें। त्यो जिल्लामा मेरो एउटा दाइ पर्नी मान्छे धेरै पहिले ओभरसियर भएर जानुभा'थ्यो। अफिस जाँदा हेलिकोप्टरमा जान पर्नी। माउवादीले तलबबाट पैसा काटेर पिरोल्नी रे बेस्सरी रे!

अरु कसैलाई चानस् दिम के रे! सबै फ्वाँ-फ्वाँ गर्दै होलान्। उठेसि यसो दिमाग खियाउने निहुँ बन्छ नि!

:-)
 
Posted on 12-27-06 3:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले त साँच्चिकै भूगाले व्यक्ति नै रहेछ.

ल अर्को प्रश्न.

Q3. नेपालको जिल्ला मध्ये सबभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो?
 
Posted on 12-27-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्खेत।
 
Posted on 12-27-06 3:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीऽऽऽक! :D
 
Posted on 12-27-06 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Q2
कालीकोट
 
Posted on 12-27-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा, चिलिम को सूरमा मैले नि १ वटा प्रश्न गरें ।
पास् भन्यो कि फेल हुने बिषय के हो? सहि जवाफ् दिने लाई, १ चिलिम् बिदेशि र गौशालाको म:म: २ प्लेट इनाम दिइने छ।
 
Posted on 12-27-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुइज हो ठुल्दाई?
 
Posted on 12-27-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजीर-जवाफ
 
Posted on 12-27-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahah lolz
right preety and gaalab
 
Posted on 12-27-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म: २ प्लेट इनाम रे गालव् र म बाँडेर खाम्ला, मिस्टेलाइ नि अलिअलि दिम्ला, ठुल्दाई खै? हाम्रो इनाम चाहियो ठुल्दाई। :)
 
Posted on 12-27-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai "G" le Jhyaap bhayera kata lampasar parira hola.
Tyo momo aba sapana ma khau Preety :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters