[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 182198 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 11-16-07 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाङ्गेले त्यस्तो के पुन्य काम गर्‍यो। दीप ज्यु चित्तो लेख्नुस् न। कस्तो पढ्न मन लाग्यो. bange u r so sweet muahhhhhhhhh


 
Posted on 11-16-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" भाते!" - यस्तरी हाम्पनि खुबै बोलाम्थेम हौ ।

 कथाको आर्को भाग आउँछ होला भनेर साहुकहाँ नगइ बसिरा', आयो स्वादले पढियो । पढ्यो पढ्यो पढ्यो सक्केको यादै हुन्न, सक्केसिन भाउन्न हुने, तेसपछि के भयो होला भनेर । हत्तेरी यो दीपले के गरेको ?

 

यो त अत्ति भो गुरु -- ल छिटो छिटो जाओस पर्भो ।


 
Posted on 11-16-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै छुपारुस्तम्  रेछन-  :)

 


 
Posted on 11-16-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kathaa chahin jalebi jasto raichha.. ulle ullai samaune ulle ullai samaune. .. arko guliyo jalebi jaaos chhitai
 
Posted on 11-16-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"के पुण्यको काम गरीस?" मैले सोधें। --

"हैन अब त्यो सोमलाई यत्तिकै नाकाँ एक सट हानिएछ कि जस्तो लाग्यो क्या -- सुपारीले भनेको पनि हो -- केटो कुरा राम्रै गर्दैथ्यो -- फेरी चेतना मेरी शोभा तातो छारो सँग मलाई जाई लाग्नु पर्ने केही थिएन -- अनि तैंले पनि भन्या हैन शोभाले त्यो केटा उस्को चै साथि भनी रे चेतनाको हैन अनि ट्वाकले सपना देख्ने फेरि शोभाकै रे भनेर? अनि यता आको तर खै के के हो के के --" बाङ्गेले निक्कै राम्रो कुरा गर्यो। सपना राम्रो देखेछ क्या रे राती।

"अनि यता के गर्ना ? -- त्यो अघि घर भित्र जाँदै गर्या शोभा हो --? " मैले सोधें।

"अँ अब हान्या सट फिर्ता नहुने -- उसैलाई सरी भन्न जानु भन्दा यता ठीटीलाई भन्न पाए एउटा ढुङ्गोले दुईटा चरा ढल्थे कि भनेर -"

"ढालिस चरा?" मैले उस्कै कुरामा प्रस्न राखें।

 

"ढुङ्गो हानें खै टुङ्गोमा चै लाग्यो लागेन था छैन -- शोभा त्याँ भिमसेनथान बाट आउँदै थिई बुझिनस? अनि अब मैले यस्सै तिम्रो साथिलाई गोलमाल भएर हिर्काएछु --त्यै भएर अब तिमीलाई सरी भन्नु पर्यो--साथि तिम्रै रे -- --उसलाई नी सुनाइदेउ मेरो सरी भन्दै कुरा सुरु गर्नु पर्यो अनि मौका मिलेछ भने ट्वाकको कुरा पनि सुनाईदिन्छु भनेर पछि लाग्या त्यो मोड तिर आएसी "किन पछी लाग्या?" भनेर सोधी--अनि मैले त्यै सरीको कुरा भनेँ है -- "मलाई किन सुनाई रा ?" भन्छे बा! तिम्रो साथि भन्या हैन ? भन्या "कस्ले भन्यो?" भन्छे उल्टो -- दिमाग घुम्यो नी ब्यान ब्यानै मेरो -- अनि जे होस भनेर ट्वाकले तिमीलाई सम्झिरहन्छ -- तिम्रो बयान गरेर ट्वाक थाक्दैन सुनेर  हामी थाकी सकेम लौ केई उपाय भए गर्देउ भनेर सुनाई दिएँ" बाङ्गेले सबिस्तार सुनायो।

 

"अनि?" मैले सोधें।

 

"त्यो ट्वाकको कुरा सुनाए पछि टक्क अडी अनि "खुब होला" भन्दै छिरी भित्र -- तँ त्यै बेलाँ आईपुग्या होला नी" बाङ्गेको कुरा सकियो।

 

"त्यो ट्वाकले उस्को कुरा कसैलाई नभन्नु भन्या थ्यो --मैले तँलाई झन खुसुक्क भन्दें -- जान्ने भएर त्यो केटीलाई किन सुनाईस?" ट्वाक भडकेला कि भन्ने पीर आफुलाई।

 

"जुन तरुनी मन पराको हो उसैलाई नभनी के गरेर लभ पर्छ ? उस्ले भन्न नसक्ने -- खाली चुरोट तान्दै तरुनी च्वाँक हो यार के गरी हात लाउने होला भन्दैमा के हुन्छ? खाली तन मनलाई मात्रै सास्ती -- तरुनीलाई थाह दिनु पर्यो नी -- हुन्छ भने ठिकै नभने अर्की हेर्नु पर्यो -- एउटी केटी हेर्यो हरे! हरे! भन्यो यता -- अर्कै सँग हिन्दिन्छे भरे अनि फेरी चुरोट तान्यो--सेन्टी गीत सुन्यो बस्यो -- त्यस्तो तालले नी हुन्छ?" बाङ्गे झण्डै जंगियो।

 

कुरा बाङ्गेले मनासिब गर्या हो खाली ट्वाक सँग "किन भनिस" भनेर रिसाउला पसपति नजाला भन्ने डर मात्रै हो मलाई-- पसपतीको काम सकिए पछि बाङ्गेले ट्वाकको खबर सुनाईदेको भए हुनी शोभालाई भन्ने लाग्यो।

 

"कुरो ठिक हो बाङ्गे -- तर तैंलाइ पुण्यको काम गर्न किन हतार भयो भन्या के" मैले भनें।

 

"मैले नगरे कल्ले गर्ने? तँलाई आफ्नैले फुर्सद छैन -- सुपारी सुपारी भै हाल्यो -- अँ सुपारीको बयान सुनीस?" उस्ले सोध्यो।

 

"सुनेँ -- त्यस्तो केही छैन --misunderstading भाको रे -- ठिक " भनें।

 

" तेरो कुरो तैं जान -- अनि त्यै हो --हामी साथिहरुले एक अर्कोलाई नगरे कल्ले गर्छ?" उस्ले भन्यो।

 

के हुन लाग्या यो भन्या जस्तो लाग्यो मलाई चैं -- ट्वाक उस्को बैनी पर्ने मलाई खुला छोडदिने -- अझ उकासी उकासी-- पनि ट्वाकको काम गर्दिन खोज्ने --सुपारी मेरै गुनगान गर्दीनी उसैले तरुनी पुर्याउँदा पनि-- बाङ्गे ठीटीसँग ट्वाकको सिफारीस गर्ने --  यो सदभाव यसरी उर्लेर केई अनिस्ट गर्ने हैन? मनमा लाग्या कुरो त्यस्तो के मेरो।

 

मैले गर्छु भन्या काम बाङ्गेले गर्देछ राम्रै भो। भोली पसपतीको कुरा बाङ्गेलाई भन्छु भन्दा भन्दै पनि सकिन। घर तिर फर्किदै गर्दा मैले बाङ्गेलाई शोभालाई उस्ले के भन्यो त्यो कुरा ट्वाकलाई मैले भन नभने सम्म नभन भनें। "म कुरा मिलाउँछु अनि सुनाउनु तेरो पुण्यको काम ट्वाकलाई" भनेँ। उस्ले मान्यो।

 

घराँ भात सात खाएर ट्वाक कहाँ पुगेँ। आफुलाई धुन चढ्या थ्यो -- घर पछाडी बारीमा भोजको लागी ठाम बनाउने पाल टाङ्ने कुरा रे त्यै बारी फाँडने काम पाएँ मैले। आफ्नो घराँ काम लाउलान भनेर भागी भागी हिन्थें यता अर्का घराँ काम लाउँदा दङ्ग। तरुनीको पेच त्यस्तो हुने रे छ।

 

ट्वाक भएर काम गर्दै थिम। चैँ आउने जाने गर्दै थ्यो। एक छिन पछी ट्वाकको भाई चेतना पनि त्यै आए। चेतनाको अघि झन जोस्सी जोस्सी काम गर्दै थिएँ म। ट्वाकलाई घराँ बोलायो गयो। भाई चै बारीमा यता उता दौडिदै खेल्दै थ्यो।

 

"कबिताको के नी हालखबर?" चेतनाले सोधी।

"मलाई के था? तिम्रो नातेदार तिमी भनन" मैले भनें। चेतनाकी दिदी हो की बैनी हो कबिता मलाई था थेन।

"आफ्नो नातेदार बनाउन ला होला अनि" उस्ले सुनाई।

उस्को कुरा मैले सुनेको पनि थिएँ, सायद बुझेको पनि तर बुझ्न पुगेको थिएन।

"के भन्या त्यस्तो?" मैले सोधें।
"ल
मलाई था छ त्यस्तो innocent केही हुनु पर्दैन।" उस्ले भनी।

"साँचि, के कबिताको हालखबर?" मैले जिस्काउँदै उस्लाई सोधें।

"थाह छैन मलाई" झर्की।

"कस्लाई सोधम उसो भए -- बाङ्गेलाई सोध्नु पर्ला" मैले उस्ले सुन्ने गरेर भनें।

उस्ले मलाई एक छिन घुरेर हेरी -- पछाडी कोई कि भन्दै हेरेर भनी "त्यो बाङ्गे नर्कमा जान्छ।"

"किन?" मैले सोधें।

"किन कुटेको प्रकासलाई त्यस्ले?" चेतनाले सोधी।

"को प्रकास?" मैले बुझें क्यार तै पनि सोधें।

"आफ्नो साथिलाई अलि control गर्नु नी -- उस्को आँखा उदास भए" -- उस्को भाई सँगै आयो घर जाने कुरा गर्यो। दुईटै हिने। मेरा आँखाले चेतनालाई पछ्याई रहे- उस्ले एक चोटी फेरी फर्केर हेरी -- मैले आफैले आफैलाई भनें "ब्यान बांग्गेले जसलाई सरी भन्नु पर्ने हो उस्लाई भनेनछ क्यारे"

 

ट्वाक फर्केर आउँदा मैले त्यो बाटा छेउका सबै बुटाहरु उखेल्ने काटने गरी सक्या थेँ। --

 

(साथिहरु --अब म यो बाटो शनिबार आईतबार आउन भ्याउन्न होला त्यसैले अर्को भाग पनि आजै हतार हतार पाठकार्पण गर्देको -- -- सप्ताहन्त सुखद होस -- सोमबार सायद भेट हुन्छ कि?--)


 
Posted on 11-16-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो दीप ज्यु नि के ताल हो के। लु भन्नुस् हजुरलाई चेतना मन पर्छ कि कबिता। फेरी दुबइ चै नभन्नुस् नि।


 
Posted on 11-16-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो घराँ काम लाउलान भनेर भागी भागी हिन्थें यता अर्का घराँ काम लाउँदा दङ्ग। तरुनीको पेच त्यस्तो हुने रे छ। ha ha.. gazab chitta bujhyo..

Sanibar - Aitbar bhet hunna re.. Sombaar chahin pakkai bhetum hai deepji ..


 
Posted on 11-18-07 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pelam pelam prabhu....... Monday chai chara daro halam hai guruji......

 
Posted on 11-18-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नै गारो भो प्रभो। तीन तीन जना केटा-केटी। कस्ले को खोज्या हो, कस्ले कस्लाई मन पा-र्या हो ठम्याउनै गार्हो।
कता गएर टुङिने हो कुन्नी?
ल ल दिप ब्रो जावस
यस्तै हो भने कथा सङ्रह नै अौने भो छिट्टै।
फटा फट कथा फुरेपछि।

पहिले लेखेर राख्या खजाना पाठकको भोको पेट हेरेर पस्कने हो कि, भोक लाग्या बेलामा पकाउने?


 
Posted on 11-19-07 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep_ji

ek dum ramro ,ek dam ramailo lagyo .. lekhdai janus ..


 
Posted on 11-19-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्वाक फर्केर आउँदा मैले त्यो बाटा छेउका सबै बुटाहरु उखेल्ने काटने गरी सक्या थेँ। --

 

त्यो दिन त्यस पछी चेतनाको कुरालाई यता र उता बाट बुझ्दै बित्यो। प्रकासको बारेमा उस्लाई किन पिर -- लाग्ने नै भए शोभालाई लाग्नु पर्ने दुख। मैले बाङ्गेलाई किन "कन्टोल" गर्नी? मेरो चै भुमीका के हो? सबै गोलमाल भो - जति सोच्यो त्यति यो पनि हो जस्तो त्यो पनि हैन जस्तो। राती त भुसुक्कै भएछु -- बारीको कामले थाकीएछ क्यार। सपना पनि देखें देखिन था भएन।

 

पशपति जानु पर्ने आज -- आफु जानेको उत्साह त थियो नै ट्वाकको मिल्ने नमिल्ने को पिर पनि थ्यो। हिंजो पाल टाङ्ग्ने उस्को बारीमा काम गरेर मैले म उस्को काममा मदत गरम्ला भन्ने मेरो बचनको एउटा झल्को देकै थिएँ। तै पनि फेरी बे को रुमलोमा उस्को र मेरो प्राथमिकता नबाझ्ला भन्न सकिन्न थ्यो।

 

बाङ्गेलाई अत्तो पत्तो थिएन मेरो प्रस्ताबित पशपती भर्मण बारे। झन पक्का साथि भनेको त्यसरी छल गर्नु पर्दा मनमा कता कता खल्लो चै लागेकै थ्यो। हुन त मैले त्यसो गर्नु पर्या त्यै भातेको भन्नै नसकिने बेहोराले गरेर हो। कुन बेलामा उस्ले के भन्ने हो गर्ने हो त्यस्को कुनै भरोसै थिएन।

 

बाङ्गेकहाँ जादै गर्दा हाडीगाउँको प्रख्यात दृस्य जता ततै ब्याप्त थियो -- भारा भुरीहरुले "आयो" भने हुन अनि बा-आमाले पनि "जान त सटकाँ" भन्या होलान् -- त्यसैले सधैं झै सडक छेउमा यता तिरका "रेस्ट रुम" मा झैं केटाकेटीहरु सडकको रमरमाईलो हेर्दै आफ्ना साथिहरु सँग कुरा गर्दै आ-आफ्नो कर्म गर्दै थिए। छेउमै एक दुईटा भुस्या कुकुरहरु वेटिङ्ग लिस्टमा देखिन्थे। त्यो देख्ना साथ पिच्च थुकिहालियो सधैं झै -- थुक्नु के थियो बाङ्गेको संबाद सम्झें --त्यस्तो दृस्यमा कसैले थुके बाङ्गेले भन्ने गर्थ्यो "तँलाई कस्ले चाख भन्या थ्यो र?" --

 

 बाङ्गे काँ पुग्या कुबेरले "दाई त सुतिरहनु भा छ" भन्यो। यस्तो मध्य दिउँसो त सुत्दैन थ्यो कैलेई। उस्को कोठाँ पुग्या सिरक ओडेर डल्लिरा रे छ --

 

"के आँटिस ए अघोरी यो दिउँसो सिरक मुनी?" कोठा भित्र पस्दा पस्दै सोधें मैले।

 

"मान्छेलाई यहाँ कस्तो भै रा छ अझ -- अघोरी र सघोरी भन्दा त लात्तले ऐले ढोका बाहीर पुर्याईदिन्छु अनि --" उस्ले सिरक भित्रै बाट बोल्यो।

 

"केले भेट्यो तँलाई?" मैले सोधें।

 

"यो मारोगी जोरोले हिंजो राती देखि नै ज्यान हल्लाई रा छ -- क्या जाडो हुन्छ  यार बेला बेलाँ लग लग पार्छ अनि त जोरो बढ्ने -- राती पनि सुत्नै पा छैन त्यै तुर्कीस्तान सम्म जान पनि रिंगटा लागेर बबाल" उस्ले सिरक बाट टाउको निकाल्दै भन्यो।

 

"उठन त स्याँ स्याँ रे छ तँलाई अझ अघि लात हानेर -- काँ सम्म रे? मलाई ढोका बाहीर पुर्याउने कुरा गर्थिस त -- तँ आफै त ढोका बाहीर सम्म जान ज्याङ्गो स्टाईलमा जानु पर्ने होला -- " मैले सुनाएँ। त्यस्काँ ज्याङ्गो नाम गर्या कुकुर थ्यो पाल्या।

 

"ठिकै छ बाबु यस्तै रे छ जिन्दगी -- जोरो आएसी साथिले नी हेप्ने रेछन -- सम्झिम्ला म -- मेरो पनि आउला नी पालो कुनै दिन " उस्ले सुनायो।

  

"सिटामोल खाईनस त?" मैले सोधें।

 

"खा हो -- खायो अलि घटछ फेरी उस्तै --" बाङ्गे बोल्दै थ्यो उस्की आमा गिलासमा टन्न बुस्ट बोकेर आईन।

 

"ए बाबु, हेरन यस्लाई त जोरो आएछ -- यस्तो चिसो छ -- राम्रो लुगा पनि लाउँदैन -- राती राती नहिन भन्यो पनि मान्दैन -- अब चिसोले समत्या जस्तो छ --" उनले मलाई हेर्दै भनिन र गिलास टेबलमा राखिन।

 

"खान्न म त्यो बुस्ट सुस्ट -- " बाङ्गेले झर्केर भन्यो।

 

आमा चै खा भन्नी बाङ्गे सोम नाई भन्नी एक छिन किचलो भयो। अनि "ल बाबु तँ यस्लाई यति ख्वा जसरी भए नी" भन्दै आमा चैं निस्किन बाहिर।

 

" तैले खतम गरीस नी यार" मैले भनें।

 

"के? तर जे भए यो बुस्ट खान्न म" उस्ले अझै कडा स्वरमै भन्यो।

 

"बुस्ट त खा कि नखा मलाई के मतलब --" मैले भने पछि उस्ले सोध्यो "अनि के कुरा गर्या त?"

 

"आज झन तँलाई ऐले पछि पसपती लिएर जाम्ला भनेर आको त बोरै गरीस नी" मैले सुनाएँ। अब उ नजाने छाँट भएसी मैले हिन कि हिन भनेर कर गर्नु पर्यो परेन?

 

"आज पशपति जाने दिन हो र?  त्यो पनि दिउँसै-- के बाँदर हेर्न जानी? " उस्ले अलि अचम्म मानेर सोध्यो।

 

"हेर्न त हेर जस्लाई जे जुर्या छ तेई हेर्नी हो -- तँलाई जुर्या तेई बाँदर रे छन भने त्यही हेर्लास मलाई त तरुनीको आमन्त्रण छ र जान ला -- तँ पनि गति पर्लास भन्या भाग्गेमा नभएसी डोकाँ दुध दोएर नअडने रे छ त" मैले "तरुनी" र "आमन्त्रण" अलि जोड दिएर भनें।

 

उस्ले छक्क परेर हेर्यो मात्रै।

 

मैले थपें "त्यो अस्ति कि चाबेल तरुनी -- कबिता के त पशपतिमा चन्दन माग्या -- सुपारी पुर्याउन गा थेन कत्ति न जान्ने भेर? -- के के न गरम्ला भनेर गा होला -- उस्लाई केई न केई उल्टो मलाई आज पसपति पठाईदिनु भनी छ केटीले बुझिनस सुपारीलाई? -- त्यो केटीको मामाहरुले बत्ती बाल्ने रे क्या त्याँ पसपतिमा आज-- तँलाई पनि लिएर जाम्ला भनेर आ यसरी शिबदाई ट्वाँट लार सडकाँ लड्या जसरी ओछ्यानाँ त ढ्लया रे छस -- बोरै भो नी।"

 

उस्को अनुहारमा चमक र पिडा दुइटै चम्किए।

 

"कति खेर जाने?" उस्ले सोध्यो।

 

बज्या आउला भन्ने पिर पो भो -- मैले भने "एक छिनमा जाने हो"।

 

"को सँग जान ला नी?" उस्ले फेरी सोध्यो।

 

"खै अब को सँग सँग -- जानी भन्या तँ -- लम्पसार -- ट्वाकको घराँ बे छ भन्छ अब  उसैलाई भनी हेर्छु -- कोई नभए एक्लै भए नी जान्छु नी अब -- के गर्नु?" मैले उस्लाई जोरो आएर मलाई नोक्सान भो कि झै भनें।

 

"जान्छ्स एक्लै -- त्यै पसपतिको सिढींबाट गुड्क्याएर एकै चोटी ब्रम्हनालाँ पुर्याईदिन्छन अनि -- बत्ति बाल्न आ मान्छेहरुलाई आँखा झिम्क्याउन थालेसी" उस्ले साबधान गराए झैं गरी भन्यो।

 

"के गर्नी त अब-- तँलाई नी फेरी यै बेला जोरो आउनु पर्यो" मैले भनें।

 

सुतीरा बाङ्गे उठेर बुस्ट त घ्वाट घ्वाट।

 

गिलास टेबलमा राखेर " ल हिन-- म अब तङ्ग्रेँ" भन्छ बा। मारेन के?

 

"हैन म ठिटी हेर्न जान ला मान्छे बिरामी बोकेर नी जान्छन कोई -- म चैं तरुनी हेर्नी के तेरो पसारो? -- " आजै लास्ट ट्याम त हैन नी -- अर्को चोटी जाम्ला तँ र म -- ऐले मैले तँलाई लिएर गएँ भने यहाँ आमाले मार्दीनन? चाहिने कुरा पो गर्नु पर्छ" मलाई डरै डर भन्या बाङ्गे साँच्चिकै आउला भनेर।

 

"फेरी रिंगटा लाग्ला जस्तो भो यार --" उठिसक्या बाङ्गे ओछ्यानमा बस्यो। मलाई अलि त ढुक्क त भो तर मलाई साथि रे भनेर उ जोरो आको बेलामा पनि जान तयार भएको देखेर एक किसिमको राम्रो पनि लाग्यो अनि आफ्नो छल देखेर आत्मग्लानी पनि।

 

"खै म जान सक्तिन जस्तो छ -- एक्लै जाने काम चै नगर है -- सकेसम्म ट्वाकलाई लिएर जा नभए त्यो सिखण्डी सुपारीलाई लिएर भए पनि जा" बाङ्गेले सुझाब दियो।

 

"ल ल म हेरेर गरी हाल्छु नी -- म सुनाउँला नी तँलाई के के भो भनेर -- ल तँ अब रेस्ट गर" भन्दै म उठें।

 

"अहिलै गै हाल्ने हो र?" उस्ले सोध्यो।

 

"अहिलै त हैन -- पैले ट्वाक काँ जान्छु -- एक छिन पछि जाने हो --" मैले ढोका तिर बढ्दै गर्दा भनें।

 

"सके भनें म नी आम्ला --" म निस्किदै गर्दा उस्ले भनेको सुनें।

 

"पर्दैन पर्दैन तँ आरम गर" भन्दैं ओर्लिएँ म उस्को त्यो घुमाउरो भर्याङ्ग।---

Last edited: 19-Nov-07 12:59 PM

 
Posted on 11-19-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस प्रभु! यस्तो खुराक, यस्तो धारा प्रवाह बगेको देखेर अवाक भइयो!

मिले त यो लामो बिदामा पढ्न मजा हुन्थ्यो तर केहि छैन,  छोड्न चाहिँ नछोडौँ!

शुभकामना छ!


 
Posted on 11-19-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मजाको छ । खर्लप्पै पढीभ्याएम के रे ।

"त्यो सिखण्डी सुपारीलाई लिएर भए पनि जा" बांङ्गेले सुझाब दियो।"

:) सिखण्डी अरे !!!

  

 

Last edited: 19-Nov-07 01:21 PM

 
Posted on 11-19-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाखन्डी भन्ने सुनेको थिए, यो सिखन्डी भनेको चै के हो नि?  सन्खमूल को सिमल्-तरूल चोरेर खाने जन्तु पो हो कि।


अनी पस्पती मा के भयो?


 
Posted on 11-19-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुतीरा बाङ्गे उठेर बुस्ट त घ्वाट घ्वाट।

 

गिलास टेबलमा राखेर " ल हिन-- म अब तङ्ग्रेँ" भन्छ बा। मारेन के?

 ha ha ha ha....... Bange maharaj ki jaye.............


 
Posted on 11-19-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! दीपज्यो! यहाँ त बबाल गैरारैछ नि! 
मैले त बल्ल बढीसिध्द्याएँ.
अर्को भाग नि चाँडै आओस्!
 
Posted on 11-20-07 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को पुराण शुरुगरिसकेको  दिप ।जाओस जाओस  रफ्तार संग।सबै पढि भ्याए


 
Posted on 11-20-07 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


देख्नु भो त दीप ज्यु साथी भनेको बाङ्गे जस्तो हुनु पेर्छ। ज्वरो आको बेला नि तपाईंलाई साथी जान तयार के।हजुर चै हाम्लाई एउटा कबिता लेख्न सिकाइ दिनुस् भन्दा नि न सिकाइ देने के:( यु र् सो स्वीत बाङ्गे मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह

Last edited: 20-Nov-07 07:23 AM

 
Posted on 11-20-07 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुतीरा बाङ्गे उठेर बुस्ट त घ्वाट घ्वाट।गिलास टेबलमा राखेर " ल हिन-- म अब तङ्ग्रेँ" भन्छ बा।

Sponsored by Boost ho katha? Enjoying it!!!


 
Posted on 11-20-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>सुतीरा बाङ्गे उठेर बुस्ट त घ्वाट घ्वाट।गिलास टेबलमा राखेर " ल हिन-- म अब तङ्ग्रेँ" भन्छ बा।<<<

बुस्ट- its the secret of बाङ्गे's energy!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters