हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
तेस्ता ताल्मा त उहिले धेरै खेलियो नेपाल हुँदै ! नेपाल भारत सिमानामा पर्ने सन्दक्फु (इलाम) (जो ३६०० मिटर अल्गो ठाउमा पर्छ) मा यस्तै हिउ पर्छ ! २०५२ सालमा त्याहा पुग्दा यस्तै हिउको तालमा व्हिस्की को चुस्की सङै बेताल सँग रमिएको थियो लोह्सार को ट्याम मा ! खुब मजा आ' थ्यो !
ल है फेरी चौतारीमा आराम गर्न आए। साझ पख प्राय फिलीम लाग्ने गर्छ चौतारीमा। आदी अनादी कालमा चौतारीमा निकै कथा चल्ने गर्थ्यो। एउटा कथा कता कता पढे जस्तो लाग्थ्यो, मैले खुब सर्छ गरें गुगलमा। कतै भेटीन। आखिरमा हाम्रै गोतामेको ब्लगमा रैछ त्यो कथा। कथा लेख्ने मान्छे त पाखा लागे तर पनि एक पटक दौंतरीको कपि पेस्ट गेरेर चौतारीलाइ कथामय बनाउछु।
कुरो राजनितीको,बिषय समाजीक परिस्थीतीको। बुझी नबुझी प्रजातन्त्र भनेर लागियो। त्यही भूमरीमा कम्युनिष्ट प्रजातन्त्रको अर्को ध्रुबमा छ भनेर चिनाइए। तर खोइ पुरानो कम्युनिष्टको त के कुरो जंगलको खाटी कम्नियुष्ट पनि बहुदल तिर तेर्सियो। अब क्यारेमबोर्डका गोटीको निसाना दुइ ध्रुब रहेनन, सहस्र गोटी छरपस्ट जुन प्वाल नजीक उतै तेसारीने भए।
केही पहिले एउटा कमरेडको कथा पढेको थिए। सारै घतपरेको थियो। लेखकका साथीका जस्तै मेरा साथीका बुवा पनि नेपालकै नं १ बामपन्थी लेखक हुन। भनौं न कुनै पार्टी तिर नलागेका असली कमरेड । देशै हल्लाएर लेख्ने। तिनैको गाला तासिएको अनुहार सम्झेर कथा सकाएको थिए। केही समय पछि अर्का परिचित मित्रलाइ कमरेडको बखान दिन मन लाग्यो। हुन पनि नेपालमा यस्तै यस्तै कमरेड छन बजारभरी। मरिगए भेटीएन त्यो कथा। कथा यसरी भिजेको थियो मनमा, आफै पुन लेखौं कि जस्तो लागेको थियो। लेख्ने लेखक साझाको चौतारीमा आउने गालब हुन कि जस्तो लागेको थियो, तर सोध्दा हैन रहेछन। कस्तो रसिलो लेख जहिले सम्झदा पनि मानसपटलमा ताजै रहने। न त मैले पुनर लेखन नै गर्न सकें नत गुगलमाताले नै साथ दिइन। ति लेख र त्यो कथा धमिलो बनि हरायो आकाशमा। आज “दौतरी Followers” क्लिक गरेको त, "लौ कथाको रसवरी त त्यही पो रहेछ"। अब मेरो खस्रा शब्दको गाठो पारेर त्यही रसिलो रसबरीको पोको खोल्दै छु। उनै पुरान मित्र गोतामेको बाम नेता...
"पुराना वाम नेताको एक दिन"
'पुराना वाम नेता' बिहान साढे आठ बजे उठ्छन् र चूरोट च्यापेर शौचालयतिरको यात्रामा निस्कन्छन्। एकछिनपछि प्रतिकृयावादीहरुलाई बगाएर (फ्लश गरेर) आऊँछन्, दाँत मल्छन्, मुख धुन्छन् र अचानक चाल पाऊँछन् धङ्धङे छ र टाउको दुखिरहेछ । बगैँचाको कुर्सीमा बसेर कालो कफीको चुस्की लिँदै अखवारहरु पढ्छन। सबैको पहिलो पाना ध्यान दिएर हेर्छन्, केहि नपाएर रिसाएजस्तो देखिन्छन् र मुर्मुरिन्छन् । अनि फेरि भित्री पानाहरु हेर्न थाल्छन्। एउटा पत्रिकाको एउटा कुनामा देख्छन् "--------'पुराना वाम नेता' श्री रुसभक्त-चीनमित्र दिल्लीमा उपचार गराई फर्कनुभएको छ।----" भन्ने चार लाइनको समाचार छ। फर्केको एक हप्ता भइसक्यो, बल्ल पत्रिकाले लेख्यो, फेरि त्यो पनि भित्री पानामा यति थोरै छुस्स! कालो निलो हुन्छन् 'पुराना वाम नेता', आफूलाई आजभोलिका "गुलेली बोकेर चरा मार्न हिँड्ने जस्ता" (उहाँलेनै आविष्कार गर्नु भएको विशेषण) पत्रकारले भुत्ला समान पनि नगनेको देखेर ।
पुराना वाम नेता पत्रिकाहरु एकातिर हुर्र्याऊँछन् र एकछिन त्यत्तिकै टोलाऊँछन्। 'श्रीमती पुराना वाम नेता' मन्दिरबाट आईपुग्छिन्, श्रीमानलाई टिका लगाईदिन्छिन्,टाउकोमा फूल राखिदिन्छन्।
एघारबजे 'पुराना वाम नेता' "भूजा" ज्यूनार गर्छन्; कान्छाले किनेर ल्याएको, बाहुनी बज्यैले पकाएको र बुहारीले पस्केको भूजा। उनी अघाऊँछन्, डकार्छन्, चूठ्छन् र सुत्न जान्छन्। 'श्रीमती पुराना वाम नेता' उनको पुरासंग खान थाल्छिन्। सुत्नै आँटेका थिए 'पुराना वाम नेता', फोन आऊँछ एक जना साथीको। उनकी कान्छी छोरी माग्दैछ साथीले आफ्नो भाञ्जाको लागि। "छोरी नआइ के कुरा गर्नु र खै! आजभोलिका पढेलेखेका छोरीहरु-----" आदि अण्टसण्ट बोलेर अल्मल्याऊँछन् साथीलाई र फोन राखिदिन्छन्।
जबकि केहि दिन अघिमात्रै छोरीले चीनबाट फोन गरेकी थिई उतै संगै पढ्ने एउटा नेपाली केटासंग बिहे गरें र दुबै जागिर खाँदैछौँ कुनै बिदेशी कम्पनीमा भनेर। जर्मनीमा पढ्दै गरेकी जेठी छोरी कुइरेसंग बिहे गरेर अमेरिका पसेकी उताको उतै छे। तै यल्ले त नेपालीसंगै गरिछे, ठिकै भो। बरु बेलाबेलामा आफ्नी बूढीलाई सम्झाउन भने उनलाई साह्रै गाह्रो हुन्छ। जोरिपारीको अगाडि टन्न दाइजो दिएर छोरीहरुको बिहे गर्दिन नपाएको पीरले सुकेकी छिन् "श्रीमती पुराना वाम नेता" ।
कल्चर सीटमा पढाए उनले छोरीहरुलाई र कान्छो छोरोलाई भने आफ्नै खर्च भरेर अमेरिका पढ्न पठाएका हुन तर छोराले पढ्छ कि काम गर्छ उनलाई थाहा छैन। जेठो छोरो एउटा ठूलै एनजीओ चलाऊँछ र पजेरो चढेर हिँड्छ। बच्चैदेखिको एक नम्बरको स्वाँठले यति गर्नसक्यो, दंग छन् उनि।
नेपालमा क्रान्ति भएको र आफूलाई गद्दार भनेर चौबाटोमा झुण्डाएको सपना देखेपछि आत्तिएर ब्युँझन्छन् "पुराना वाम नेता" । जीऊ पसिना-पसिना भएको रहेछ। आधा घण्टा लगाएर नुहाऊँछन् गीतविनाको धून सुसेल्दै र सपना बिर्सन्छन्।
साढे तीन बज्छ। पेण्ट, शर्ट, स्पोर्टस् जुत्ता र कालो चश्माले सजिएर उनी निस्कन्छन्। घुम्दै-घुम्दै नया सडक पुग्छन्,एक ठाऊँमा पान खान्छन् र विस्तारै रत्नपार्कतिर लाग्छन् 'पुराना वाम नेता'। सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता भेट हुन्छ, पहिले उनको विरोधी खेमाको, अहिले उनकै खेमाको (याने 'पुराना' खेमाको!) दुई जनाको गफ शुरु हुन्छ । दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ इल सम्मको। कहिले चश्मा मिलाऊँदै र कहिले एक हात पेण्टको खल्तीमा राखेर, दाहिने हातको चोर औँलो ठड्याई, उभिई उभिइ पालै पालो ठूलो ठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो हो, घोर घमासान वाक्युध्द भइरहेछ। एकछिन पछि दुबै थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेष्टूरां पुग्छन्। 'पुराना वाम नेता' र 'साथी पुराना वाम नेता' आजभोलि बियर मात्र पिऊँछन्। बियर र छोइला-सेकुवा आदिका साथ गाली रामायण शुरु हुन्छ।
"फलानो, फलानो, फलानो जाँठाहरु सब दरबारका हुन्!" जबकि दुबैलाई भित्री मनमा विश्वाश छ, आऊँदो राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने। "फलानोले फलानो किताब चोरेर लेखेको हो, त्यल्ले लेख्नै जान्दैन।" जबकि किताब प्रकाशन गर्न त उनीहरुलाई पनि मन छ (काश लेख्न सकेको भए!) यसैगरी रातको एघार बज्छ, 'पुराना वाम नेता'को छोरो आइपुग्छ गाडी लिएर। 'साथी पुराना वाम नेता'लाई डिल्लीबजार छोडेर गाडी टंगालतिर लाग्छ।
घर पुगेर सुत्दा 'पुराना वाम नेता'को मन खुशीले फूलिरहेको हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र छोराछोरीलाई मान्छे बनाइएछ; जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण, विद्यार्थी जीवनको जोश र आकांक्षा आदि पनि उनको दिमागमा अष्पष्ट रुपले आउन थाल्छन्। तर त्यतिखेरसम्म 'पुराना वाम नेता' निदाइसक्छन्।
सपै गाम्ले साथीहरु भाउते दाको बिहेको जन्ती जान रेदी हो। केटाहरुको द्रेस्स कोद दाउरा सुरुवाल र धाका तोपी अनी केटीहरुको चै सारी। सपै तयार भएर भरे ठीक ८ बजे एही चौतारीमा भेट्न।
तिरु, सानानी अनी म चै भाउते दा र भाउजुलाई बाटो छेक्ने। एही बेला हो दाहरुको खल्ती बाट पैसा निकाल्न पाउने। खित खित खित
गूड् मर्निङ चौतारी। तारेमाम चिप्ले,मातिएको बेला होस् हराएर के गल्ती गर्छन् कुन्नी नारन दाई ले? ठुल्दाइ कता गएछन आज एत्ती बेला सम्मा त आईपुग्नु पर्ने हो अलार्म घन्टी बजेन कि के हो? लु लु ठुलि हामी तयार भर आम्छम जन्ती जान,बरु चिया खान पाए हुन्थ्यो एसो।
रिट्ठे तथा ठुल्दाइ हिजो बेलुका सिनेमामा ब्यस्त भएको कारण फुन को घन्टी सुनिएन,बिहान मात्रा खबर सुने। तेस्को लागि क्ष्यमा चाहन्छु, आज साझा वा भोली मिलाएर कल फिर्ता गर्ने कोशीस गर्ने छु।
म नि छु लहरे,दुइ भाई जौला पख पख एक कप चिया खुवा न पैला।
हेर्दाइ खाउ खाउ लाग्ने दुधिलो चिया ल्याओ नि त लहरे ले,धन्यबाद। बिहा गर्ने भौते तिमी चै किन ट्या ट्या प्या प्या नि रिट्ठे ठुल्दाइ यमरी खान आईन्छ उसो भए आज ठुल्दाइ का।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.