[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 140472 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-30-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप अहिले त मलाई रुघा लागि राछ । तेसै ले आहिले माछा खान हुन्न । म्:म बनाउने भए आउँला केरे । म सानानी र तितौर लाई नि लेर आम्ला ।
 
Posted on 08-30-06 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोहरी हैन के पुन्टेदा र तिरु( कहाँ सक्नु? दिपजी संग कविता दोहरी लेख्न) यसो दिपले लेख्ने जस्तो बियोगात्मक टुक्रा ट्राइ गरेको :D

अझै छ नि झझल्को मा टुक्रा टुक्रा साथहरु
काटीदिउ कि जस्तोलाग्छ कल्पनामै रात हरु
विगतको सारा खुसी लिइ गयौ टाढा तिमी
उर्लिआउछ पल्पलमा बाँधिइको चोखो प्रिती
 
Posted on 08-30-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस ले भन्या झै बियोगात्मक टुक्रा ट्राइ गरेको :P :P

"साटिएका दुइ पल् तिता मिठा खुसि हरु
दोबाटो मै बल्झाउन आइपुग्ने मन्,
झझल्को मा अल्झिएका दुखाउने चोट् हरु
समेटेर राख्छु भन्दै हिक्का छोड्छ झन् ।"
 
Posted on 08-30-06 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अझै पनि आएको छैन, झन चाँडो आउनु भनेको त किन ढिलो गरेको होला" मुना कुचो हातमा लिएर बाहिर कौसीसम्म आएर बाटोतिर हेर्दै थिइन्।

बिहानै देखि मुनालाई अनौठो किसिमको अनुभव भैरहेको थियो। उनले बिहानै पुरै घर कुचोले सफा गरिसकेकी थिइन्। एकछिन कौसीबाट बाहिर हेरेर उनि फेरि घरभित्र पसिन् अनि फेरि कोठा सजाउन थालिन्।

पाँच बर्ष पहिले बिहे हुनु अघि मुनाको रूपको बयान नगर्ने त्यो गाँउमा कोहि पनि थिएनन्। उनि सार्‍है राम्री। त्यहि भएर होला उनि १७ बर्ष नपुग्दै उनको हात माग्न गाँउका मुखियाका छोरा आफैँ आएका थिए। मुखियाको छोराको कुरालाई गाँउमा "हुन्न" भन्ने को होला? गाँउका सबै भन्दा धनी हुन् मुखिया बा।

मुनाका बा आमा सार्‍है खुसी थिए मुखियाको घरमा नाता गाँस्न पाएकोमा। मुनापनि सार्‍है खुसि थिइन् धनी घरकी बुहारी हुन पाएकोमा।

"१५ बर्ष जेठो भएर के हुन्छ त? केटा मान्छे सधैँ तन्नेरी हुन्छन्" आमाले भनेको कुरा उनलाई एकदम चित्त बुझेको थियो।

धनी घरकी बुहारी हुनुको मज्जा लिँदा लिँदै पाँच बर्ष बितेको पत्तै भएन।

बिहान बेलुका श्रीमानलाई खाना पकाउनु अनि आफ्नो कोठा सफा गर्नु बाहेक उनको खासै केहि काम थिएन। त्यहि भएर उनि दिनभरी आफ्नो कोठाको झ्यालबाट बाहिर हेर्थिन्। उनको झ्याल बाहिर उनीहरुकै बारी थियो।

असार महिनामा सबैतिर खेती लाउन धमाधम काम भैरहेको थियो। त्यो दिन उनको झ्याल बाहिर एक हल गोरु ल्याएर हर्केले हलो जोत्न शुरु गर्यो। उनलाई हर्केले काम गरेको देखेर रमाइलो लागिरह्यो। उनले हर्केको काम चाख दिएर हेरिरहिन्। हर्केले गोरुलाई बेतको लठ्ठीले हिर्काउदा उनलाई पिडा महसुस् भयो। "कस्ता निस्ठुरी हुन्छन् केटा मान्छेहरु" उनलाई हर्के मनपरेन। त्यहि पनि उनले आफ्नो आँखा त्यो दृश्यबाट झिकिनन्। आज अनौठो किसिमको रमाइलो भैरहेको महसुस् गरिरहिन्।

हर्केले हलो जोतिसकेर नालबाट गोरुहरु फुकायो। अनि छेउमा रहेको कोदालो लिएर आली लाउन सुरु गर्यो। आली लाउदा निस्केको हिलोको छप्ल्यांग छप्ल्यांग आवाज भित्र उनि त्यसै हराइरहिन्। हिलोको छिटाहरु आफु सम्म आइपुगेको महसुस् गरिरहिन् अनि रमाइरहिन्।

भोलीपल्ट बिहानै मुनाले आफ्नो श्रीमानलाई खाजा बनाउदा अलि धेरै बनाउन मनलाग्यो, त्यहि भएर पिठो अलि बढि मुछिन्। त्यो दिन रोटि पनि सार्‍है राम्रो बन्यो अनि तरकारीपनि अत्यन्त मिठो। उनले कान्छीलाई बोलाएर बढि भएको रोटी तरकारी त्यो हर्केलाई दिनु भनेर पठाइन्। हर्केले खेतबाट उनको झ्यालतिर हेर्यो अनि खिसिक्क हाँस्यो। मुनालाई उसको हँसाई सार्‍है राम्रो लाग्यो।

हिजो बेलुका उनको श्रीमानले हर्केलाई साथमा लिएर आए अनि उनलाई भने, "मुना, म भोली बिहानै सहर जानुपर्ने छ, खेतमा बिउ छर्नको लागी भनेर राखेको धान छ माथि बुइकलमा, उसलाई भोली बिहान तीन पाथी नापेर दिनु है!"

मुनाको मन प्रसन्न भएर आयो। पहिले उनलाई श्रीमान सहर जाने भन्दा नरमाइलो लाग्थ्यो तर हिजो उनलाई पहिले जस्तो दु:ख लागेन। पहिले "किन जानुपर्ने होला?" भन्ने प्रश्न उठ्थ्यो तर हिजो उठेन। उनको मनको कुनै कुनामा पनि यो प्रश्न उव्जेन।

"भैहाल्छ नि, बरु हर्के तिमी अलि छिट्टै आउनु है!" उनले हर्केलाई अर्‍हाइन्।

आज बिहानै ५ बजे उनको श्रीमान सहर तिर लागे। त्यसपछि उनलाई निन्द्रा लागेन। उनि उठिन् अनि कोठा सफा गर्न थालिन्। उनलाई ओछ्यानमा राखेको तन्ना मनपरेन, सिरानीको खोलको बुट्टा नराम्रो लाग्यो। दराजबाट नयाँ तन्ना अनि नयाँ खोल निकालिन् अनि कोठा सिँगारिन्।

"अब त आइपुग्नु पर्ने हो, झन चाँडो आउनु भनेको त, कस्तो ढिलो गरेको होला" उनि एक्लै फतफताउदै बाहिर कौसीतिर गइन्।

त्यत्तिकैमा उनले पर बाट आउँदै गरेको हर्केलाई देखिन्।

उनको मुहारमा अनौठो चमक देखियो। हत्तपत्त भित्र कोठामा गएर ऐना हेरिन्।

"यो टिकाले सुहाएन, अस्ति मेलामा किनेको टिकाले पो राम्रो देखिन्छु होला" उनि दराजतिर लागिन्।

समाप्त :पि
 
Posted on 08-30-06 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, मिस, फूलौरे र तिरुका कविताहरुका लागि धन्यबाद।

बरु यो कुम्लेको कथाको छेऊ टुप्पो समात्न गाह्रै होला जस्तो छ मलाई।
 
Posted on 08-30-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooops!!!!हरेsssssss शिव !!!!:D
मनोविश्लेषण!!!!
कत्रो उमेर फरक हो त्यहि भेर होला नि त कुम्ले,
सकिया छैन है कथा ...
*********
यो चाँहि कविता ट्राइ हो है -----मज्जापो हुनेरे'छ वियोगान्तक कुरो लेख्न तर अलिक गाह्रो पनि ..ट्राइ गर्दै जानु पर्यो :)

"दोबाटोमा बल्झाउन आइपुग्ने तिता क्षण
बिर्सिएर जानू थियो ढुंगो जस्तो त्यो मन
अल्झाउदिन भन्दापनि दुखिदिन्छ जिउदो घाउ
खिइएकोजस्तो लाग्छ जिन्दगिको सिंगै नाँउ।".....

कसो तिरु ...?.:D
 
Posted on 08-30-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gamle haru Jadhau
Haina, yo Gotame ko 'Bas ko paisa' kata harayo?
Roll No. 11, hajir MISS
 
Posted on 08-30-06 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्मा छ नि

-http://sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=35216
 
Posted on 08-30-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनोविश्लेषण दामी छ। कता कता 'कर्नेलको घोडा'को याद आयो।
 
Posted on 08-30-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MISS
Arigato (Dhanyabad)
 
Posted on 08-30-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gotame ko lekh ne saili mannai parcha, dami chha,, kuruchhetra dami chha.
 
Posted on 08-30-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी भट-ट-ट मैले चिनेकै भ-ट-ट हुन् भन्नी मानीचु!

कुम्लेको कथा अलि साइको रैछ, बल्ल बुझ्दैछु।
 
Posted on 08-30-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vata-ta-ta देख्ने बित्तिकै मलाइ त्यो राणाभाटको याद आउछ(किंग बिरेन्द्र को हत्याकाण्डको) ।:)
भट्टेजी ( यस्तो(?) नि नाम हुन्छ नि है गाँउ घर तिर) Arigato= धन्यवाद भने झै
welcome= ?
 
Posted on 08-30-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पक्का भ' ल, यो 'कुरुक्षेत्र' भन्ने शब्द सुनेपछि! क्या हो भट्टजी यस्तो लुकी लुकी साझामा आईदिने भन्या? यस्तो कुरुक्षेत्र छुपारुस्तम त भईदिनु त भइन नि!
 
Posted on 08-30-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ् मिस् म त सक्दिन हजुर् सँ, कति छिटो छिटो फुर्ने अझ मजा आयो रे ,

अनि कुम्ले को कथा फेरि अर्को धमाका - राम्रो छ ।
 
Posted on 08-30-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam jee,
Yo forum dherai ramailo rahechha, kahile sel roti ka kura ta, kahile momo ka kura.

Kabita ra katha haru ta kuruchhetrai padna painchha.

Kahile kahi hajir matra garchhu, kahile class ma pani baschhu
 
Posted on 08-30-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ जी, हा हा हा!! गार्‍हो पर्‍यो है कथा बुझ्न? मलाई त सजिलै भा'थ्यो लेख्नलाई त। तर पछि बुझ्नु भएछ खुसी लाग्यो। खासमा भन्ने हो भने मैले नि बुझेको छैन कथा चाँहि। :पि

मिस: हे हे हे!! राम्रो लागेन कि कसो?? हजुरको कविता राम्रो लाग्यो। मार्मिक छ।

गालउ जी: धन्यवाद! मैले "कर्नेलको घोडा" पढेकै छैन। अब पढ्नु पर्ने भो।

तितौरी: तिमीलाई धेरै धेरै धन्यवाद है! धमाका रे! हे हे हे!! के को धमाका हुनु नि? बरु तिम्रो कविता चाँहि धमाकेदार छ है। सार्‍है राम्रो लाग्यो, मन छुने खाले।
 
Posted on 08-31-06 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइनन उनि, म घन्टौं कुरेर बसेको थिए उनिलाइ । समय एकनाससँग बगिराखेको थियो, शायद आफ्नै नियमित गतिमा तर मेरो लागि समय रोकीएको जस्तै थियो । एक सेकेन्ड पनि एक जुनि जस्तै थियो, मेरो लागि ।

सधैं बिहान उनि मलाई 'त्यहाँ' कुरिरहन्थिन या शायद हामी मध्यै जो पहिला त्यहाँ पुग्यो उ एक अर्का लाइ पर्खेर बसिरहन्थ्यौ भन्दा ठीक होला । थाहा छैन कसरी यो प्रकृया शुरु भयो तर मेरो लागि अब यो एउटा नियमित रुटीन बनिसकेको थियो । हामी एउटै कलेजमा पढ्थ्यौं एउटै क्लासमा । 'त्यहाँ' हरेक बिहान भेटेपछि हामीहरु सँगइ कलेज जान्थ्यौं । कहिले उनि आइनन भने असाध्यै नरमाइलो लाग्थ्यो मलाई । एक चोटि सरले एक घण्टा चाँडो लिन्छु भन्नु'भा थियो फर्स्ट पिरियड । हामीले त्यहाँ नियमित समय भन्दा एक घण्टा चाँडो भेट्ने सल्लाह गरेका थियौ, अघिल्लो दिन । तर उनि आयिनन्, १५ मिनट, आधा घण्टा गर्दै एक घण्टा पनि बित्यो तर अँह उनि आयिनन । असाध्यै असमंजसको स्थिती थियो मेरो लागि । म उनि आउने बाटो तिर फिर्ता गए, उनको घरसम्म्, मन भरि अप्रिय भावनाहरु खेलाउँदै । कतै भेट्न सकिन मैले उनिलाइ, उनको घरको फोन पनि उठेन । म निरास हुँदै कलेज पुगें, अचम्म उनि त म भन्दा पहिला कलेज पुगिसकेकी रहिछिन । उनले बताइन्, बिहान उठ्न ढिलो भएको हुनाले उनि घरबाटै ट्याक्सी लिएर कलेज गएकी रहिछिन्, छोटो बाटोबाट । उनले सोचेकि रहिछन्, म दस पन्ध्र मिनट उनलाइ पर्खेर कलेज जाने छु, उनिबिना । गलत्, म उनिलाइ जती पनि पर्खिन सक्थे, घण्टौं घण्टा । त्यो दिन मेरो पहिलो लेक्चर छुटे पनि उनले मेरोलागि पनि नोट बनाइदिइन र अब देखि कहील्यै त्यसरि खबर नै नगरि एक्लइ कलेज नजाने प्रण गरेकि थिइन । दिन्, महिना हुँदै दुई बर्ष बिते, कलेज पनि सिद्धियो ।

समयले यस्तो खेल खेल्यो, एक अर्का बिना कतइ एकलइ नजाने हामीहरु धेरै टाढा भयौं एक अर्काबाट, कहिल्यै नभेट्ने गरी । मैले उनिलाइ भनेजस्तै म उनिलाइ पर्खिन सक्छु, अनन्त अनन्त सम्म , हो पर्खाइ असाध्यै पिडादाइ हुन्छ, तर उनको लागि म जस्तो सुकै पिडा पनि बहन गर्न सक्छु ।

आउँदिनन उनि, म बर्षउँ देखि कुरेर बसेको छु उनिलाइ । समय एकनाससँग बगिराखेको छ , शायद आफ्नै नियमित गतिमा तर मेरो लागि समय रोकीएको जस्तै छ । एक सेकेन्ड पनि एक जुनि जस्तै छ , मेरो लागि ।
 
Posted on 08-31-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ६ ठुलि
हजुर मिस्
 
Posted on 08-31-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीतमा गर्जिने बिजयीहरु
बर्सिन्छन हारमा खै किन

बिपनामा छोडेर जानेहरु
आउछन सपनामा खै किन

सहजमा त्यागेर जानेहरु
स्विकार्छन मुस्किलमा खै किन

आफन्त माझ बिर्सेर जानेहरु
सम्झिन्छन एकान्तमा खै किन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters