[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 411768 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-03-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सानानी मोरी के छ तिम्रो हाल? ज्वरो निको भो।


 
Posted on 01-03-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर? कस्लाई? को सान्नानी? हाम्रो पैला कै सान्नानी हो त? हैन होला, हैन भने को त? हो भने त खै पैला को जस्तो कुराकानी गरेको?
डबल रोल होला सान्नानी को
प्रीती बाट नाम फेरेर सान्नानी बनेर आउन पाईन्छ?
हाम्रै सान्नानी हो भने २-४ वोटा टेस्ट लिन्छु अनी पास भयो भने मात्र हो हैन हैन होइन



 
Posted on 01-03-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्ड को जदौ होल्सेल मा एकजना बाहेक सबैलाई


 
सान्नानी
Posted on 01-03-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

niko hudai chha khit khit khit... timro story le ta babbal dhamaka machairachha ni thulu. khit khit khi.. 

oi riththe mardim bado test line bhako

Last edited: 03-Jan-08 12:14 PM

 
Posted on 01-03-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ सानानी मोरी के को धमाल माछाउनुनी। तेतिकै जे पि ति लेख्देको मोरी।


 
Posted on 01-03-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Page 3

सुश्री ठुल्नानी आफ्नो पहिलो debut कथा साझामा टाँसेर रातारात सुपर स्टार बनेकि छिन्। आफ्नै home production टिनएजर लाईफको घटनालाई लिइर लेखिएको उक्त कथित काल्पनिक कथाले गत ३ घन्टामा नै ७६% बिजिनेस गरेको छ। अस्ति मात्र रिलिज भएको सुपरस्टार दीपको बाङ्गे महात्म्यलाई समेत आफ्नो कलेक्सन उठाउन धौ धौ पार्ने गरि हिट भएको ठुल्नानी ठकुरानीको कथा पढेपछि कतिपय नवोदीत् कथाकारहरुले ठुल्नानीको मुख्य पात्र 'ह्यान्सी' तथा 'लोला' लाई आफ्नो कथाको लागि साइन गराइसकेको समाचार प्राप्त हुन आएको छ!


 
Posted on 01-03-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साचै हो त सान्नानी नै? लौ हो भने हो त


 
Posted on 01-03-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Birkhe daa कती हसाउन सक्नु भाको भने। हाँस्दा हाँस्दा मेरो गालानै चाउरी पर्न लागि सक्यो।

 
Posted on 01-03-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yasari kehi ghanta mai star banna pugeki thulnani lai OSO ko heroine deepika padukone sanga tulana garna thalieko chha. publishers ko bhid thulnani ko gharma lagisakyo unko next prastuti ko publish garne itchya liera. down to earth nature ki thulnani sirf khit khit khit matra gardai chhin.


 
Posted on 01-03-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau riththele patyaena kyarni hola.
 
Posted on 01-03-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


OSO ko heroine deepika padukone sanga tulana garna thalieko chha

 
Posted on 01-03-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्खित्खित् मा ट्याक्स लाग्ने-

भर्खरै प्राप्त समाचार अनुसार, सुपरहिट कथा "हु न ब्वा त हु ला ह" कि ठुल्नानी ठकुरानीले प्रयोग गर्ने खित् खित् खित् अत्यन्तै हिट भएर जो सुकैले पनि प्रयोग गरेको देखिन गएकोले, चौतारी सरकारले उक्त हँसाईमा १५% ट्याक्स लगाउने निर्णय गरेको छ। उक्त ट्याक्समा उठेको रकमको आधा रकम सुश्री ठुल्नानी ठकुरानीलाई रोयल्टी स्वरुप जाने कुरा पनि समाचारमा उल्लेख छ।

 

पुन्टे बुढा प्रेम चोपडाको रोलमा इन्ट्रेस्टेड-

हालै आश्चर्यजन रुपमा सुपर हिट बन्न पुगेको "हु न ब्वा त हु ला ह" कथाले गर्दा चौतारीकै सदस्य पनि सुपर स्टार हुन सक्ने कुरा बुझेर, चौतारीकै एकजना बुढा पुन्टे बुढा पनि प्रेम चोपडाको रोलमा इन्टरेस्टेड रहेको कुरा हाम्रा सम्वाददाता बताउँछन्। चिल्ला तालुका धनि यि पुन्टेबुढाको ट्यालेन्ट भन्नु नै आफ्नो चिल्लोपना रहेकोले प्रेम चोपडा वा अनुपमखेरको रोल नै आफूलाई सुहाउने बताउँदछन्। कयौँ हिरोइनहरु संग नजिकिन मन पराउने पुन्टे बुढालाई हिरोले भन्दा पनि बढि हिरोइन सङ्गत गर्न पाउने प्रेम चोपडाको रोललाई अहिलेसम्म कुनै निर्देशकले भने साइन गरेका छैनन्। यसैबिच भगुतभाई भँडारि पनि गुलशन ग्रोवरको रोल ताक्नमा लागिपरेको कुरा सुलसुलेले पत्ता लगाएको छ।

Last edited: 03-Jan-08 12:50 PM

 
Posted on 01-03-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि रिट्ठ्या स्टाइलमा होल्सेलमा दोस्रो राउन्डको तारेमाका सथै जदौ फ्री मा।


कथाले धमाल गरेको मा कुनै शंका छैन। डेबु कथा नै शोले जस्तो सुपर डुपर हिट भए सि ठुलनानी को नाक त घिरौला जत्रो भएको पक्का हुनु पर्दछ, त्यसमाथि साथमा ज्वाईं साहेब। खुट्टो आकाशमा पनि छैन होला ( अरुले भुइंमा भन्छन्, भुइंमा कहिले थियो र भन्लाउ फेरि)।


 
Posted on 01-03-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ सान्नानी नमस्ते
धेरै दिन पछी आएउ तिमी
अनी सञ्चै छौ? हेर तिमी गएपछी यहाँ कस कस्ले तिम्रो नामको आइडि चोरेरचौतारीमा छिर्ने दुस्साहस गर्‍यो, जे होस् अब तिमी आएउ अब ठीक भयो नि



 
Posted on 01-03-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरै कुरामा सान्नानीलाई दर्शन गर्न बिर्सेको। तारेमाम् है! ज्वरोलाई कस्तो छ? सान्नानीको नानीलाई कस्तो छ?

 
Posted on 01-03-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


घिरौला bhaneko ke ho rahul da. aba bahini kasko :P

 
Posted on 01-03-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हुँदा हुँदा खित खित खित मा पनि ट्याक्स रे
पुन्टे बुढा प्रेम चोपडा अनी भउते काजी चाँही गुल्लु को रोल खेल्ने रे
म चाँही नाना पाटेकर को रोल गर्नु पर्ला ठुल्नानी को अब आउने फिलिम मा



 
Posted on 01-03-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ बिर्खे दा कती हसार मर्न सकेको होला। अब मेरो गाला चाउरी पर्‍यो भने फेसिएल गर्न जानको लागि हजुरलेनै पैसा दिनु पेर्ने छ।


 
Posted on 01-03-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ पनि यौटा रोल गर्ने ईच्छा थियो। बरू कुन रोल पाइने हो कुन्नि? 
 
Posted on 01-03-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो फ्लिमको हिरोको रोल चै हाम्राइ बिर्खे दाको भान्जो हरिले गर्छ।
चित्रे तिमी छ जोन्नी लिभरको रोल गर।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters