clubmanhattan
More by clubmanhattan
What people are reading
Subscribers
Please log in to subscribe to clubmanhattan's postings.
:: Subscribe
|
Interview with Dr. RAM SHARAN MAHAT
|
[VIEWED 5137
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
clubmanhattan
Please log in to subscribe to clubmanhattan's postings.
Posted on 01-22-16 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तपाईंले यो पुरस्कार किन पाउनुभयो?मेरो विचारमा नेपालमा गत वैशाखको विनाशकारी भूकम्पपछि विकास साझेदारबाट सहयोग जुटाउन प्रभावकारी भूमिका खेलेकाले मलाई यो पुरस्कार प्रदान गरिएको हो। अवार्ड प्रदान गरिएको पत्रिकाले बताएको छ।द बैंकर पत्रिकाले मलाई दिएको पत्रमा वैशाखको विनाशकारी भूकम्पपछि विकास साझेदारबाट सहयोग जुटाउन प्रभावकारी भूमिका खेलेको र कठिन परिस्थितिमा पनि स्रोत र साधन जुटाएको उल्लेख गरिएको छ। अजरबैजानको बाकुमा भएको एसियाली विकास बैंकको बैठकमा भाग लिन गएर त्यहाँ मैले विभिन्न बैठकमा सम्बोधन गरेर नेपालको लागि विकास साझेदारहरुलाई नेपालको महाभूकम्प तथा यसको असरबारे जानकारी गराएपछि विश्वको ध्यान नेपाललाई तत्काल सहयोग गर्नमा तानियो। यो भूकम्पपछिको उद्धार, सहायता र पुनर्निर्माणको लागि पहिलो अन्तर्राष्ट्रिय प्रयास थियो। त्यसपछि हामीले भूकम्पपछिको क्षति र आवश्यकता पहिचान गर्न अध्ययन गरेर पिडिएनए तयार गर्यौं्। यो प्रतिवेदनले भूकम्पपछिको क्षति, घाटा तथा पुनर्निर्माणको लागि चाहिने लगानीको प्रक्षेपण गर्योि। त्यसैको आधारमा हामीले नेपालको पुनर्निर्माण्को लागि काठमाडौंमा सफलतापूर्वक अन्तर्राष्ट्रिय सम्मेलन गर्यौंर। भारत, जापान, विश्व बैंकजस्ता नेपालका विकास साझेदारले समेत दाता सम्मेलन नेपालबाहिर गर्न दबाब दिँंदा पनि नेपालमै एउटा अत्यन्त सफल सम्मेलन गरेर नेपालले भूकम्पपछि आत्मविश्वास गुमाएको अवस्थामा पनि दाता सम्मेलन गर्नु र रकम जुटाउनु सकिन्छ भनेर सिद्ध गर्नु एउटा ठूलै उपलब्धि हो। यसबाट विकास साझेदारले आफ्नै आँखाले नेपालको अवस्था देख्न पाए। अर्को, भूकम्पले क्षतविक्षत भएको पर्यटन उद्योगले पनि केही मनोवैज्ञानिक ढाडस पायो। यसरी भूकम्पको २ महिनाभित्रै हामीले अन्तर्राष्ट्रिय सम्मेलन गरेर ४०१ अर्ब अमेरिकी डलरको सहयोगको प्रतिबद्धता प्राप्त गर्न सफल भयौं। यसका साथै हामीले गरेका आर्थिक सुधारको प्रयास पनि यो पुरस्कार पाउने कारण बन्यो।पुरस्कार प्राप्तिपछि सामाजिक सञ्जालहरुमा देशको अर्थतन्त्र खराब भएकोमा तपाईंको धेरै आलोचना पनि गरियो नि?अर्थमन्त्रीको काम स्रोत जुटाउने हो, त्यसमा म सफल भएको हुँ। अर्थतन्त्र धराशयी बनाउन एउटामात्र मन्त्रीले सक्ने कुरा होइन। भूकम्प, नाकाबन्दी र जनयुद्ध एउटा अर्थमन्त्रीले कसरी रोक्न सक्छ? देशको आर्थिक अवस्था खराब हुनुका पछाडि राजनीतिक अस्थिरता जस्ता गैरआर्थिक कारण जिम्मेवार छन्। पछिल्लो ८ वर्षमा हामीले ९ वटा सरकार देखिसकेका छौं। यस्तो राजनीति अस्थिरता र राजनीतिकरुपमा प्रशिक्षित कर्मचारीतन्त्रले कसरी अर्थतन्त्र सुधार गर्न दिन्छ? तर, यसका बाबजुद २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि हामीले सुरु गरेको उदार आर्थिक नीतिकै कारण अर्थतन्त्रको जग बसेको हो। हामीले उदार अर्थनीति लिएर बजारलाई खुला गरेको कारण नै वैदेशिक लगानी भित्रियो। धेरै बैंक तथा वित्तीय संस्था आए। सञ्चारका नयाँं कम्पनी आए। मोबाइल प्रविधि भित्रियो। स्वस्थ्य, शिक्षा, हवाइ यातायातजस्ता क्षेत्रमा देशले फड्को मार्यो्। जसका कारण अर्थतन्त्र विस्तारित भयो। धेरै अवसर सिर्जना भयो। यस्तै, सरकारको ढुकुटी पनि बलियो भयो। हामीले त्यतिबेला बजेट बनाउँंदा १३ अर्ब रुपैयाँको राजस्व लक्ष्य थियो, अहिले ५ खर्ब हाराहारी छ। राजस्व बढेपछि सरकारले सामाजिक सुरक्षा र विकासका काममा खर्च बढाउन सक्यो। जस्तो नेपालले सामाजिक सुरक्षामा कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत खर्च गर्दछ, जुन दक्षिण एसियामा नै सबैभन्दा धेरै हो। यो सबै सम्भव नेपाली कांग्रेसले २०४७ सालमा ल्याएको उदार अर्थनीतिको कारण सम्भव भएको हो। लामो राजनीतिक अस्थिरता, द्वन्द्व र कमजोर सरकारका बाबजुद प्राप्त यी उपलब्धिलाई नकार्न मिल्दैन। आर्थिक क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि नेपालले पछिल्लो साढे २ दशकमा धेरै उपलब्धि हासिल गरेको छ। नेपालीको औसत आयु दोब्बर भएको छ, खानेपानी, स्वास्थ्य र सडकजस्ता पूर्वाधार बढेका छन्। यी देखिने उपलब्धि हुन्। हो, यदि राजनीतिक स्थायित्व र नीतिको परिवर्तन नभइरहेको भए योभन्दा धेरै गर्न सकिन्थ्यो।तपाईंले सुरु गर्नुभएको दोस्रो चरणको आर्थिक सुधार पनि राजनीतिको सिकार भएको हो?हामीले बाफिया, राष्ट्र बैक ऐन जस्ता आधा दर्जन आर्थिक सुधार सम्बन्धी ऐन तथा नियम संशोधन गर्न संसदमा दर्ता गरिसकेका थियौं। अझ, सार्वजनिक खरिद ऐन त विधेयकबाट नै ल्याएका थियौं। तर, अब त्यो अलपत्र परेको छ। नेपालको सबैभन्दा ठूलो समस्या भनेको अति राजनीतिकरण हो। जस्तै, मैले अर्थ मन्त्रालयमा कुनै अनावश्यक सरुवा गरिन तर हालको सरकारले आफू आउने बित्तिकै सहसचिवहरुको व्यापक सरुवा गरेको छ। अति राजनीतिले संस्थाहरु पनि बलियो हुन सकेनन्। जसको असर निजी क्ष्ेात्रका लगानीकर्ता र अर्थतन्त्र सबैमा पर्योर।पुनर्निर्माण प्राधिकरणमा पनि राजनीति भएर पुनर्निर्माण ढिला भएको हो? हामीले २ महिनाभित्रै अन्तर्राष्ट्रिय सम्मेलन गरेर सहयोग जुटायौं। तर, प्राधिकरणमा पनि धेरै राजनीति भयो। हामीले ल्याएको विधेयकलाई छोडेर अर्को विधेयक ल्याइयो। पीडितहरु आफनो घर बनाउन सरकारको मुख ताकेर बसेका छन्। सरकारले छिटो डिजाइन स्वीकृत गरेर पहिलो किस्ता सहायता निकासा गरिहाले उनीहरु आफनो घर बनाउन थाल्थे। सरकार व्यक्तिगत स्वार्थमा अल्भि्कएको छ। समस्यालाई हल्का रुपमा लिइरहेको छ। जनताका पीडामाथि मजाक गरिरहेको छ। यो सरकार समस्याप्रति गम्भीर छैन, किनकि उनीहरुले समस्याको गम्भीरता बुझेकै छैनन्।यसैको कारण देश आर्थिक मुद्दामा प्रवेश गर्न चुकेको हो?हो, कर्मचारीतन्त्रमा धेरै राजनीति, राजनीति दलको सत्ता कब्जा गर्ने दाउ जस्ता काराणले आर्थिक मुद्दा हराएका हुन्।यसको अर्थ आर्थिक उदारीकरणको पक्षपाति नेपाली कांग्रेसले मात्र देशलाई आर्थिक उन्नति प्रगति र समृद्धिको बाटोमा डोर्यारउन सक्छ भन्ने हो?हो। नेपाली कांग्रेसको राजनीतिक सिद्धान्त अर्थात बहुलबाद नै सबै राजनीतिक दलकले आज र्स्वकारेका छन्। त्यस्तै, कांग्रेसको उदार अर्थनीतबाट मात्र देश समृद्ध हुन्छ भन्ने कुरामा दुईमत छैन। आज देशका सबै दल नेपाली कांग्रेसको सिद्धान्त, मूल्य मान्यता र दर्शनमा चलेका छन्। त्यसैले नेपाली कांग्रेसले मात्र देशलाई आर्थिक उन्नति प्रगति र समृद्धिको बाटोमा देशलाई डोर्यायउन सक्छ।तर, त्यसको लागि पनि त नेपाली कांग्रेसमा बलियो नेतृत्व चाहियो नि होइन?अवश्य, यो देशलाई विकासमुखी नेतृत्व चाहिएको छ। र नेपाली कांग्रेसको १३औं अधिवेशनले एउटा यस्तै बलियो नेतृत्व चुन्नेछ। जसले देशलाई आर्थिक उन्नति प्रगति र समृद्धिको बाटोमा डोर्या उन सक्छ।नेपाली कांग्रेसको १३औं अधिवेशनमा तपाईंको पनि उम्मेदवारीको चर्चा छ नि?हो, म पनि एउटा उम्मेदवार हुँं। केही साथीहरु मलाई सभापतिमा उठ्नुपर्छ पर्छ भन्दैछन्। म पनि गम्भीरतापूर्वक विचार–विमर्श गदर्ैैछु। कुन पदमा उम्मेदवारी दिने भनेर म केही दिनमा नै निर्णय गर्नेछु। -
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|