Surendra Shakya

More by Surendra Shakya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Surendra Shakya
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सृष्टिको धार सँधै ओरालोतिर नै हुन्छ।
[VIEWED 3224 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-20 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हामी दक्षिण एशियामा बस्ने मानव धेरै नै भाग्यशाली हौं। यो भूमी पवित्र वेदको भूमी हो र यहाँको संस्कृतिले मानब जाति र सृष्टिको ईतिहासको सम्बन्ध पुरातनकाल देखि नै सिकाउँदै आएको छ। त्यही अनुसार हाम्रो सृष्टिको बिभाजन सत्य, त्रेता, द्वापर र कलियुगमा गरेको छ। यसरी युगहरु परिवर्तन हुनमा यसको मूल कारक तत्व नै हरेक युगमा धर्मको च्युत हुँदै जानु हो र अन्तको कलियुगमा पुगेपछि त धर्म भनेको लोप नै हुन्छ किनकि नेतृत्व वर्गमा नै सबै अधर्मीको बोलवाला भएर जान्छ। कलियुगमा आध्यात्मिकताको मूल्य हराएर भौतिक संसारमा डुबेका अज्ञानी मानिसहरुले कुनै पनि प्रकारले धर्मको निर्वाह गर्ने काम गर्देनन् किनकी तिनको जन्म, पालन पोषण सँधै अधर्ममा हुने भएकोले अधर्म नै तिनले धर्म स्वरुप अपनाउँछन् अनि फैलाउँछन्।

(image)

धर्म भनेको के हो? सबैले यस शब्दको प्रयोग त गरेकै हुन्छन् तर सरल अर्थमा धर्मको मतलब सत्यमा रहनु हो। सत्य भनेको के हो त? सत्य त्यो हो जुन परिवर्तन हुँदैन। भौतिक संसारको हरेक वस्तु परिवर्तनशिल हुनाले यो सत्य हैन। केवल एक मात्र सत्य छ त्यो हो आत्मा वा चेतनशील वस्तू जुन सृस्टिको हरेक कण कणमा व्याप्त छ। तर कलियुगमा आईपुगे पछि त्यसको अस्तित्वलाई नकारिन्छ। यसको अर्थ मानव जातिले असत्यलाई नै सत्य सम्झेर अधर्ममा बाँच्न थालेको हुन्छ जुन धाराशायि हुने अबश्यम्भावि छ भनेर शास्त्रहरुमा वर्णित छ। यी शास्त्रहरुको आज कुनै मुल्य मान्यता छैनन् किनकी हरेक कुनाका मानिसहरु अमेरिका र युरोपेली देशले अपनाएको भौतिकवादलाई नै जीवनको लक्ष बनाएर जिएका छन्।

नेपाल होस वा विश्वको अगुवा अमेरिका, दुबैको हालत अहिले एकै प्रकारको छ। नेपालमा मार्क्सका अनुयायी कहलाउँदाहरुले नेतृत्व लिएका छन् तर पुजा भने तिनका दुश्मन र बिरोधि पुंजीबादी अमेरिकाको गर्दछन्। छिमेकी अगाडि लम्पसारबाद र जनतासंग हैकमबादको परम्परा थालनी भएको छ। उता शक्तिशाली राष्ट्र अमेरिकामा राजनीतिको र पनि ज्ञान नरहेको, आफ्नो देशको ईतिहास समेत अधकल्चो पाकेको भात जस्तो रहेको पूर्ब टिभि कार्यक्रमका सितारा रहेका नालायक व्यक्तिलाई देश चलाउने जिम्मेवारी दिएको हुँदा संसारकै हाँसोको पात्र बन्नु परेको छ र देशमा न्याय र शिस्टताको विधिमा नै हमला भएको छ। कोरोनाको एक झापडले सुपर पावर अब रहेन।

मानिसको अधोगती उदाहरणको रुपमा प्रस्तुत गर्न सकिने कुरा धेरै छन्। यहाँ एउटा साधारण कुराको विश्लेषण मात्र गर्नेछु। मानिसको खाना। सास फेर्ने पछीको सबभन्दा महत्वपूर्ण कार्य हो खानपिन। यो सानो काममा पनि मानब चुकेको छ। स्वास प्रश्वासको ज्ञान छैन, खान आउँदैन र पिउन आउँदैन। त के आउँछ?

मानिसको खाना मासु हैन। कुनै जन्तुको आहार के हो भन्ने जानकारी त्यसको दाँतको बनावटबाट थाहा पाईन्छ। मांसाहार र शाकाहारको दाँतको प्रकार फरक हुन्छ। मानिसको दन्त र पाचन प्रणाली मांसाहार जस्तो नभै शाकाहारी संग मिल्छ। मानिसले किन मासु खान्छ त भन्दा एक त अज्ञानतताले हो जसको कारण मानिसहरु संसारका बासनामा लिप्त हुन्छन्। आफु बलियो भए पछि दुर्बलको रक्षा गर्नु पर्ने दायित्व हो र सबै प्राणीमा रहेको समान चेतनशिल शक्तिको उपादेयता महशुस गरेर हरेक बस्तुले सृष्टिको संचालनमा महत्वपूर्ण योगदान दिएको हुन्छ भनेर सबैको कदर गर्नु पर्ने हो। माहुरिको बारेमा समाचार नै आएको थियो कसरी किटनाशकले गर्दा लाखौंको संख्यामा माउरी मर्दैछन् र तिनीहरु लोप भयो भने पृथ्विमा कृषिको उत्पादन नै समाप्त प्राय हुन्छ।

(image)

तर मानिस भक्षक बनेको छ। निर्धोलाई उकास्ने हैन, दबाउने, मिच्ने र फाईदा उठाउने संस्कृति रहेको छ नयाँ युगको शक्तिहरुमा। अमेरिकामा विशेष गरेर करोडौं प्राणीको संहार हुन्छ मासु खानलाई। मानिसले जे खायो त्यसको चरित्र त्यसै जनावरको जस्तो भएर जान्छ। मरेको प्राणिको दर्द र नकारात्मक उर्जा मानिसले ग्रहण गर्छ र मानिसको शक्ति पतन हुन्छ।

यसैको प्रमाण अमेरिकामा यो महामारीमा देखिंदैछ। ट्रम्पको सरकारले मासु कारखानाहरु बन्द हुन नदिन राष्ट्रपतिय शक्ति प्रयोग गरेको समाचार आएको छ। एउटा मासु प्रशोधन उद्योगहरुमा १४० मा १२५ मा कोरोना भेटिएको छ भने टाईसनको एउटा प्लान्टमा ७०० कामदार मध्ये ५८ प्रतिशतमा कोरोना भेटियो। तैपनि दानब जस्ता अमेरिकीहरुलाई मासु खान नपाउला भनेर अत्यावश्यक सेवाको नियम लगाएर काममा जानू भनिंदैछ। त्यहाँको कामदारहरु कामै छाड्दैछन्।

अब विचार गरौं कि कोभिडको संक्रमण भएको मानिसले मासुको काम गर्दा त्यो भाइरस मासुमा जाने खतरा हुँदैन? संक्रमण भएकोले काम गर्दा बाँकी सबैलाई पनि त सर्न सजिलो हुन्छ र जति नयाँ कामदार भर्ना गरिन्छ ति सबै पनि त खतरामा पर्छन्। अमेरिकाको मासू आफैमा ताजा हुँदैन। मलाई याद छ मेरा दुईजना कलेजका साथीहरु गृष्मकालिन ३ महीने बिदामा कोलोराडो गएका थिए र त्यहाँको मासु प्लान्टमा काम गरेको भनेर सुनाएका थिए। उनीहरुले बनाएको कुखुराको मासुको “एक्स्पायरी डेट” अर्को वर्षको हुन्थ्यो रे।

यति मात्र कहाँ हो र? मासुमा यति लिप्त छ यो समाज की मासुको विकल्पमा प्रयोग गरिने शाकाहारी खानाहरु पनि देख्नमा मासु जस्तै गरेर बनाएका हुन्छन्। र नामै भेजिटेरियन मिट” भनेर मासु नै बनाएर बेच्छन् भला नाममा नै किन नहोस्। यसको मतलब यिनीहरुमा मासु प्रति यति आसक्ति रहेको छ कि यो लिप्साको कारण यिनीहरुको उदयमा करोडौं निरिह जनावरहरुले दैनिक भोग्नु पर्ने यातनासंग केही सरोकार राख्दैनन्। यो सामाजिक पतनको राम्रो नमूना हो।

(image)

यहाँ मानिसले के कुराको सूक्ष्म विश्लेषण गर्न चुकेका छन् भने मानिसले मासु सम्झेर साग सब्जी नै खाए पनि शरिरमा विकार नै गर्दछ। शाकाहारी मानिसले मांसाहारीसंग भोजन गर्दा पनि त्यो मानिसको र्यालमा मासु देखेको कारणले परिवर्तन हुने कुरा वैज्ञानिक अनुसन्धानले देखाएको छ। त्यसैले मासुको विकल्प खोज्नु भन्दा त्याग गर्नु नै बुद्धिमता हुन्छ। यस परिवर्तनले मानिसमा सकारात्मक उर्जा बढ्न थाल्छ।

यसरी मासुमा लिप्त समाजले कुनै न कुनै दिन त त्यसको हिसाब बुझाउनु पर्छ। यो समय त्यही हो। अहिले मानिसहरु सचेत हुँदैछन चिडियाघर, पिंजडा र खोरमा थुनिएर राखिएका पशुपंक्षीहरुलाई कस्तो हुँदो हो भनेर। यो राम्रो मौका हो मानिसले आफुले कायम गरेका सामाजिक रहनसहनको बारेमा प्रश्न उठाउने र आवश्यक सुधार गर्ने।

यसरी मानव सृष्टिको धार निरन्तर उँधो लागिरहेको हुन्छ। तर व्यक्तिगत रुपमा भने मानिस उँभो नै बस्न सक्छ। गुण त सदाकाल यि दुई नै हुन्। फरक केवल यति हो कि पहिलाको युगमा सद्गुणीहरु बहुमतमा थिए तर कलियुगमा दुर्गुणीहरुको अत्याधिक बहुमत रहँदै आएको छ। र दुर्गुणस्वरुप नै मानिसको ओरालो लाग्ने पथ कायम रहन्छ।

पानी हिमालबाट पहाड हुँदै तराईमा स्वाभाविक रुपमा झरे जस्तै मानब सभ्यतामा धर्मको स्थान परिचालित रुपमा नै निरन्तर उर्धगामी रहन्छ। जबसम्म समुद्रमा मिसिंदैन। यस्ता विश्वव्यापी संकट यिनै पथभ्रष्ट मानावलाई चेतावनी दिने माध्यम हुन्। कतिले यो चेतावनी सुनिरहेको छ त?


If you want to read such thought-provoking articles, click and follow the link!
https://strong-nepal.blogspot.com/


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters