Surendra Shakya
Replies to this thread:

More by Surendra Shakya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Surendra Shakya
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 २ महीना पछी किन झन् फैलिँदैछ त महामारी?
Keywords associated with this thread

Nepal corona corona spread
[VIEWED 2988 TIMES]
SAVE! for ease of future access.
Posted on 05-20-20 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The original article is in the blog with all images: Please follow the blog to help generate more good opinions from various writers.
https://strong-nepal.blogspot.com/2020/05/blog-post_20.html

लकडाउनको समय पनि २ दिन पछि पुरा २ महीना पुग्दैछ। यस माझ संक्रमणको खतरा त मत्थर हुनु पर्ने भन्ने सरकारले अपेक्षा गरेको हुनु पर्छ। युरोप तिर ईटाली र स्पेनमा पनि दुई महीना जति पछि केही राहतको अबस्था आएको थियो। नेपालमा भने २ महीना पुग्न लाग्दा संक्रमणको समस्या बिकराल भन्ने परिस्थिति खडा भएको छ। वास्तबिकतामा सरकारको जिम्मेवारीमा लकडाउन नै मुख्य योजना रहेको बुझ्न सकिन्छ। सामाजिक दूरिको पनि राम्रोसंग पालना नभएको नै अबस्था सामाजिक संजालहरुमा देखिन्थ्यो। त्यसैले देखावटी कामले काम बन्दैन भनेर पुष्टि हुँदैछ। आज आईपुग्दा ४२७ मा कोरोना संक्रमण भएर ३८ जिल्लामा फैलिसकेको छ। दुई जनाको मुत्यु समेत भयो।

जिम्मेवारीमा बसेका निर्णयकर्ताहरुले ठोस काम गर्नु भन्दा पनि काम हुँदैछ भन्ने भान पार्ने मनस्थिति बनाएको हुन्छ यो देशमा। सैद्धान्तिक रुपमा सबै कुरा गरेकै हो जस्तो भान हुन्छ। त्यसको बाबजुद समस्या झन् जटिल बन्दै जानुमा तिन वटै तहमा सरकारको कमजोरी देखिन्छ । यसको प्रमुख कारण भने यस समस्यालाई गहन रुपमा लिएर यथओचित कदम चाल्ने बौद्धिक र भावनात्मक क्षमता नेपालका कुनै पनि तहको नेताहरुमा छैन। यस प्रकारको खतरालाई अमेरिका र विकसित भनाउँदा युरोपका मुलुकहरुले त राम्ररी बुझ्न सकेन भने हाम्रो जस्तो नक्कलमा रम्ने सक्कली चरित्रहरुले कसरी गर्न सक्थे?

क्वारेन्टाईमा राखेको समाचार निकै सुनिएको थियो। तर समाचारकोलागी मात्र जस्तो देखियो। क्वारेन्टाईनमा राख्नुको मुख्य उद्देश्य गाउँ शहरमा बाहिरबाट आएकाहरुले संक्रमण नफैलाओस् भनिने थियो र कसैमा संक्रमण रहेको भेटिएमा क्वारेन्टाईनमा राखेर भाईरस फैलन नदिन गरिने हो। तर बाहिरबाट आएका सबैमा संक्रमण नभएको हुन सक्छ तर तिनीहरु सबैलाई बाख्राहरुलाई खोरमा थुनेको जस्तो राख्नाले नतिजा त उल्टो निस्किन्छ। आजकै समाचारलाई प्रतिनिधि घटनाको रुपमा लिने हो भने पनि कुरा बुझ्न सजिलो हुन्छ। बाँकेको नरैनापुरको क्वारेन्टाईनमा २६ जना अट्ने स्थान रहे पनि ५९ जना कोचिएर राखेको रहेछ। यस्तै कथा सबैतिरको क्वारेन्टाईनको छ। कतिपय नाम मात्रको क्वारेन्टाईन थियो। पाठशालाहरुलाई नै क्वारेन्टाईन घोषणा गरेर के हुन्छ, खान बस्न र सुत्नको भने केही सुबिधा नै नरहेकि पनि समाचार पढियो। त्यसपछि परिक्षण नगरेरै सबैलाई छोडि पनि दियो।

कान्तिपुर समाचारले सरकारको पूर्व तयारीको कुरा गर्दै तराईमा पर्न सक्ने क्षतिको बारे लेखेको छः “हरेक दिन क्वारेन्टाइन अव्यस्थित भएको सामाचार आइरहेका छन् । नाम मात्रका क्वारेन्टाइनमा बस्नका लागि ठाउँ अभाव तथा पिउने पानीसमेत छैनन् । यस्तो अवस्थामा संक्रमित र संक्रमण नदेखिएकालाई पनि ठूलो खतरा हुन्छ । विस्थापितलाई उद्धार गर्न पनि कठिनाइ हुन सक्छ । त्यसै पनि अव्यवस्थित क्वारेन्टाइनहरु वर्षा लागेसँगै जलमग्न हुने सम्भावना रहेको छ ।“ कोरोना संगै अब तराई क्षेत्रमा डेंगी, बाढि र हावाहुरी चक्रवातको जोखिम उच्च हुँदै जाने समय आईरहेको छ। लकडाउन त लम्बिने सिवाय अरु उपाय देखिन्न। अब भैचालो र बाढीको प्रकोप थपिने हो भने कोरोनालाई त मेला नै लागेको जस्तो भैहाल्छ।

कोरोनाको परिक्षणमा समेत निकै धाँधली देखिन्छ। भरपर्दो मेशिन नभएकोले त्यसले दिने नतिजा नै त्रुटिपुर्ण हुने अनुमान गर्न सकिन्छ। जनकपुरमा परिक्षण बन्द गरियो र त्यसको कारण थियो गुणस्तरहिन मेशिन। “जनकपुर र काठमाडौंमा फरक नतिजा आउनुमा पिसिआर मेसिन प्रमुख कारक हो, कम गुणस्तरको मेसिन जडान हुँदा भरपर्दो नतिजा आउन सकेन, अब हामीले परीक्षण गरेको सबै नतिजामाथि दोश्रो पटक प्रश्न चिन्ह खडा भएको छ, नयाँ मेसिन नआउन्जेलसम्म परीक्षण बन्द हुन्छ” भनेर त्यहाँका प्रयोगशालाका प्रमूखले बताउनु भएको थियो। यसरी अत्यावश्यक कदम मानिने सही परिक्षण नै नभए पछि त्यसले पनि संक्रमण फैलाउनमा सहज स्थिति बनेको छ।

नेपाल सरकारको “पर्ख र हेर” नीतिले समस्या जाला भनेर नचिताए हुन्छ। गरिटोपलेको जस्तो गेरेर संकट मोचन हुँदैन। यस्तो समस्यामा पनि सरकारले चाईनाबाट खरिद गर्ने प्रकृयामा भ्रष्टाचार गर्नमा नै खराब नियत देखाएको थियो। त्यसमा पनि सबभन्दा महत्वपूर्ण काममा पनि चुकेकै हो। सरकारी र निजी अस्पतालहरुले यस्तो स्वास्थ समस्यामा पहल गरेर अग्रसर हुनु पर्ने त झन विपरित कदम चालेका थिए। बिरामीलाई फर्काउने र अस्पताल नै बन्द गर्ने काम गरे पछि कसरी यो समस्या सुल्झन्छ भन्ने मान्न सकिन्छ?

यस्तो परिस्थिति रहनुमा आश्चर्य भने मान्नु पर्ने कुनै कारण छैन। जो ब्यक्तिहरु सत्तामा पुगेका छन् तिनको पृष्ठभूमी हेर्ने हो भने तिनीहरु कुनै ठुलो समाज सेवाको र देश प्रेमले लुटपुट भएर राजनीतिमा आएका हैनन्। जसको ईतिहास हेरे पनि हत्या र हिंसाको चरित्र र कारागारमा कति वर्ष बिताएको हो भन्ने तथ्य समाज सामु पेस हुने गरेको छ। अब कारागारमा बसेको भन्नेले राज गर्नु पर्छ भन्ने उपयुक्तता कता छ? जसको पृष्ठपोषण नै हिंसाको छ र जसले निर्माण हैन ध्वंशको पथ लिएर सत्ता कब्जा गर्न सफल एको छ तिनले कहिले चैं जनहितको नीति अपनाउँछ? यो विज्ञानको सामान्य तथ्यबाट पनि असम्भव नै हुने निस्कर्ष निस्कन्छ् किनकी जसले आफ्नो चरित्र नै एक प्रकारको बनाई सक्यो, त्यसको विपरित कार्य त हुँदैन। समान्य मानिसको रुपमा उदाहरण दिने हो भने कुनै एउटा मानिस यसी मदिरा सेवनको लतमा लागेको छ भने उसको सोचमा भट्टी पसल जाने नै रहेको हुन्छ। यो उसको चरित्र मुताबिक स्वभाविक परिणाम हो। त्यसरी नै सत्तामा जानेहरुले भाषणमा जति नै ठूला सपना देखाए पनि तिनले गर्ने काम चरित्र अनुरुप नहुने भएकोले सफल हुँदैनन्। जाँड खाएर भजन गाईंदैन। भ्रष्टाचार भने तिनको चरित्रसंग मेल खाने काम हो।

यो सब कोरोनाको नीति र कार्यक्रम पनि यस्तै मानसिकताको परिणाम हो। त्यसैले सबै देखावटी नौटंकीले काम हुन सकेन। नेपालमा भारतबाट आउने मानिसहरु नै संक्रमित धेरै देखिएको छ र त्यसको उचित व्यबस्थापन र नीति कार्यान्वयन गर्न सकेन र नेपाल भित्र गरिएको अपरिपक्व कार्यक्रमहरुले गर्दा नेपालमा धेरै ठुलो विध्वंश आउने अनुमान लगाउन सकिन्छ।

 
Posted on 05-20-20 9:26 AM     [Snapshot: 10]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mahamari 2 maina pachi faileko hoina pasa 2 maina pachi hamley tha pako
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters