[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सीमा व्यवस्थापनमा प्रश्नचिह्न
[VIEWED 4706 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीमा व्यवस्थापनमा प्रश्नचिह्न



बुद्धिनारायण श्रेष्ठ


कपिलवस्तुको चन्द्रौटा र कृष्णनगरमा भदौ ३० गते भएको अप्रत्याशित घटना, दंगा, वीभत्स हत्या, लुटपाट र आगजनीले नेपाल-भारतबीच मौजुदा सीमा व्यवस्थापनमा एकपटक फेरि ठूलो प्रश्नचिह्न खडा गरेको छ । यद्यपि यसअघि गत चैत ७ गते रौतहटको गौर घटनाले त्यतिबेलै विद्यमान खुला -पोरस) सीमामाथि औंला ठड्याएको हो । घटनाको छानबिन गर्ने आयोगले तत्कालीन प्रजिअ र सुरक्षा प्रमुख डीएसपीभन्दा खुला सीमा पद्धतिलाई बढी दोषी ठहर्‍याएको थियो । देशमा शान्तिसुरक्षा, अमनचैन कायम गर्ने-गराउने गृह मन्त्रालय सजग नभएकोले कपिलवस्तु घटना घट्न पुगेको प्रमाणित भएको छ । अब यस्तो घटनाको लहरो कहा“सम्म पुग्ने हो, स्वयम् गृहमन्त्रीलाई थाहा छैन ।
यसै साता पनि गौरस्थित नेपाल बैंक लिमिटेड परिसरमा बम विस्फोट हु“दा भवनको झयालमा क्षति पुग्नुका साथै कम्पाउन्ड पर्खाल भत्कियो । संयुक्त जनतान्त्रिक तर्राई मुक्तिमोर्चाले यसको जिम्मेवारी लियो । त्यसैदिन वीरगन्जका राजेन्द्रबहादुर अमात्यको घरमा एउटा सकेट बम विस्फोट भयो । यसको जिम्मेवारी पनि सोही मुक्तिमोर्चाले लियो । यस्ता विध्वंसात्मक घटना तर्राई क्षेत्रमा सीमित रहेको पाइ“दैन । भदौ १६ मा राजधानीको तीन स्थानमा बम विस्फोट हु“दा निर्दोष विद्यार्थीसहित तीन व्यक्तिको अनाहकमा ज्यान गयो । २६ जना घाइते भए । यस घटनाको जिम्मेवारी तत्कालै तर्राई आर्मी र तर्राई उत्थान संगतले लिएको थियो । तर अचम्मको कुरो, यस घटना सर्न्दर्भमा कति जनामाथि कारबाही गरियो भन्ने जानकारी मृतकका परिवार तथा नागरिकलाई सरकारले दिनसकेको छैन ।

कपिलवस्तुको शृङखलाबद्ध दंगामा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । सयौं बेपत्ता छन् । १ सय ५० भन्दा बढी सवारी साधन तोडफोड भएका छन् । ३ हजारभन्दा बढी वासिन्दा विस्थापित भएका छन् । १ अर्बभन्दा बढी सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । चन्द्रौटा र कृष्णनगरबाट सुरु भएको दंगा अब विसनपुर, शिवगढ, खुरहुरिया, देवीपुर र गणेशपुरमा पनि सरेको छ । यसको प्रभाव नेपालगन्ज तथा बुटवलतर्फबढ्दैछ । यसै प्रसङ्गमा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तका नेपाल कार्यालय प्रमुख रिचार्ड बेनेटले सरकारको अकर्मण्यताका कारण कपिलवस्तु क्षेत्रको कानुन तथा व्यवस्था पुनःस्थापनाको प्रयास नगरिएको महसुस भएको बताएका छन् । यस्तै राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय संयोजक वेदप्रसाद भट्टर्राईले कपिलवस्तु घटनामा सीमापारिबाट घुसपैठ भएकोले त्यस्तो अवस्था दोहोरिन नदिन सीमा र बजारका नाकामा निगरानी राख्नुपर्ने आवश्यकता भएको बताएका छन् -कान्तिपुर, असोज ५) ।

आजभन्दा अगाडिका घटनामा तर्राईमा रहेका पहाडे मूलका वासिन्दा तथा कर्मचारीलाई मधेसी समुदायले विस्थापित गर्ने तथा हमला गर्ने गर्थे । तर कपिलवस्तु घटनाको सुरुमै वीरपुर गाविसका मोहम्मद अब्दुल मोहित खा“को हत्या गरी साम्प्रदायिक तथा धार्मिक सद्भाव बिथोल्ने काम पनि भएको छ । हिन्दू र मुस्लिम समुदायबीच आपसी विश्वासको कमी हुने वातावरण सिर्जना भइरहेको छ । यसको आगो फैलियो भने देश नराम्रो दर्ुघटनामा पर्न सक्छ ।

कपिलवस्तुका विस्थापितमध्ये एक रामकृष्णको भनाइअनुसार सुरुमा ढाकाटोपी लगाएर 'पहाडिया मारे रे' भन्ने हल्ला चल्यो । यस्तैमा तस्करहरूले सीमानाकाबाट तीस-पैंतीसजना दाह्री पालेका मान्छे 'मारो-मारो' भन्दै चिच्याउ“दै आए । उनीहरूका हातमा भाला, खु“डा, बम, पेस्तोल, लाठी थियो । उनीहरू एकाएक हाम्रा घर र पसलमा खनिए । हामी खेतैखेत भाग्यौं । टाढाबाट घरमा बलेको आगोको कालो मुस्लोले बजार छोपेको देखियो ।

यसैबीच माओवादीले सरकार छाड्ने चेतावनी दिएलगत्तै भारतले नेपालस“गको सीमारेखामा सुरक्षा निगरानी बढाएको छ । सीमामा उच्च र्सतर्कता अपनाइएको छ । नेपालस“ग सिमाना जोडिएका उत्तराञ्चल, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल र सिक्किम राज्यमा आपराधिक गतिविधि, हातहतियार ओसार-पसारजस्ता समवेदनशील मुद्दामा उच्च र्सतर्कता अपनाउन भारतीय गृह मन्त्रालयले मातहतलाई निर्देशन दिएको छ । स्मरणीय छ, भारतले नेपालस“ग जोडिएको आफ्नो १ हजार ८ सय ८ किलोमिटर सीमारेखाको डडेलधुरा- नवलपरासी क्षेत्रलाई 'सुरक्षा समवेदनशील', चितवन-इलाम, 'निगरानीपर्ूण्ा' र पा“चथर- ताप्लेजुङ तथा बैतडी-दार्चुला क्षेत्रलाई 'सामान्य' तहमा वर्गीकरण गरेको छ ।

यस्तै नेपाल प्रहरीले संविधानसभा निर्वाचनको सर्न्दर्भमा सुरक्षा व्यवस्थाका निम्ति पर्सर्ााखि सप्तरीसम्मका जिल्लालाई 'अति समवेदनशील', कञ्चनपुर- नवलपरासी तथा सुनसरी-झापा खण्डलाई 'समवेदनशील' र डडेलधुरा- दार्चुला तथा इलाम-ताप्लेजुङलाई सामान्य खण्डका रूपमा भदौ ३१ गते वर्गीकरण गरेको छ ।

सामान्यतया तर्राईमा घटेका दर्ुघटनापछि त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सुरक्षा निकाय प्रमुखलाई स्थानान्तर गरिन्छ । जा“चबुझ गरी प्रतिवेदन तयार गर्न आयोग गठन गरिन्छ । ढिलो-चा“डो आयोगले प्रतिवेदन बुझाउ“छ । तर प्रतिवेदनको मूल सिफारिसका बु“दा के कस्ता छन् भन्ने व्यहोरा विरलै र्सार्वजनिक गरिन्छन् । त्यस्ता सिफारिस लागू गरिएको त सुनिएकै छैन भन्दा पनि हुन्छ ।

यहा“ प्रश्न उठ्छ, एक जिल्लामा घटना घटी जीउधनको क्षतिपछि प्रजिअ र सुरक्षा प्रमुखको सरुवा तथा आयोग गठन र प्रतिवेदन बुझान्ले समस्या समाधान भएको छ या छैन । यसको जवाफ- समस्या समाधान पटक्कै हुनसकेको छैन । गत माघ ५ गते नेपालगन्जबाट सुरु भएका यस्ता घटना गौर, र्सलाही, विराटनगर, जलेश्वर, जनकपुर हु“दै अहिले कपिलवस्तु आइपुगेको छ । यसको फिलिङ्गो दाङतर्फर्सर्दैछ ।

यस्तो अवस्थामा स्थानीय प्रशासन र सुरक्षा प्रमुखको अदला-बदलीमात्रै समाधानका उपाय होइनन् । समाधानको मूल कडी नेपाल र भारतबीच रहेको अन्तर्रर्ााट्रय सीमामा रहेको विद्यमान सीमा व्यवस्थापन हो । जबसम्म अन्तर्रर्ााट्रय सीमालाई छाडा छाडिन्छ, यस्ता दंगा, दर्ुघटनालाई नियन्त्रणमा लिन सकि“दैन । दर्ुइ देशबीच सीमा खुलमखुला रहेकोले अवाञ्छित तत्त्वलाई नियन्त्रण गर्न सकिएको छैन । हातहतियार तथा विस्फोटक पदार्थको खुलेआम ओसारपसार रोकिएको छैन । नेपाली सीमावर्ती क्षेत्रमा हत्या, लुटपाट, आगजनी, बलात्कार गरी भारततर्फछिर्ने गरेका छन् । यस्तै भारततर्फखुनखतरा, चोरी, व्यक्ति अपहरण गरी नेपालतिर लुक्ने गरेको पाइएको छ । अन्तर्रर्ााट्रय सीमालाई नियमन, व्यवस्थित र नियोजित नगर्नाले नै यस्ता कुकार्य भएको पाइएको छ ।

चैत ७ मा भएको गौर काण्डमा अवाञ्छित व्यक्तिको समूह विदेशी नम्बर प्लेटका सवारी साधनसहित खुलेआम सीमापार गरी आएकोले घटना भएको विवरण जा“चबुझ आयोगले उल्लेख गरेको छ । स्मरणीय छ, गौर घटनामा २९ जनाको मृत्यु र ४२ घाइते भएका थिए । यस्तै कपिलवस्तुको दंगामा खुला सीमापारिबाट अवाञ्छित तत्त्व घुसपैठ भएको कुरा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय संयोजक तथा स्थानीय पीडितद्वारा व्यक्त भएको पाइयो ।

संयोगवश सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र भारतका गृह सचिवस्तरीय बैठक असोज ९ देखि काठमाडौंमा बस्दैछ । अर्ढाई वर्षो अन्तरालपछि हुनलागेको यो बैठक महत्त्वपर्ूण्ा ठानिएको छ । यस बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण, लागूपदार्थ ओसारपसार रोकथाम आदिका बारेमा छलफल हुने एजेन्डा रहेको बुझिन्छ । महत्त्वपर्ूण्ा कुरा के छ भने सचिवस्तरीय बैठकमा सीमा सुरक्षाबलका पदाधिकारी पनि सम्मिलित रहने भएका छन् ।

यहा“ के सुझाव गर्न सकिन्छ भने नेपालमा हुने संविधानसभाको निर्वाचन मिति सन्निकट भएकोले शान्तिसुरक्षा कायम गर्न र तर्राईमा हु“दै आएका घटनालाई अब सधैंका लागि रोक्न दुवै देशबीचको खुला सीमालाई व्यवस्थित गर्ने सहमतिमा दुवै गृहसचिव पुग्नेछन् । अन्तर्रर्ााट्रय सीमा वारपार गर्दा कमसेकम कुन व्यक्ति के कामका लागि कति दिन कहा“ जानलागेका रहेछन् भन्ने सोधखोज गर्ने प्रचलन गर्नुपर्‍यो । नेपाल र भारतका नागरिकलाई मात्र खुला गरिएको अन्तर्रर्ााट्रय सीमारेखाबाट पश्चिम बंगालको वासिन्दा हु“ भनेर मुखका भरमा बंगलादेशी नागरिक, उत्तर प्रदेशीको रूपमा इराकी नागरिक छिर्न नपाउन् । यस्तै सल्यान जिल्लाको वासिन्दाको भेषमा भुटान र म्यानमारका नागरिक घुस्न नसकुन् ।
 
Posted on 10-26-19 6:10 AM     [Snapshot: 1292]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गौर काण्ड चाहिँ के हो???
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters