crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ........ जिन्दगी !

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 23253 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-08-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

चुक खाएर अमिलो भए जस्तै मुख पारेर "घोप्टे" कोठामा छिर्‍यो। नाम त उसको "बिनय" हो नि तर  मुख चाहि बजारमा किन्दा नि नपाउने जस्तो छुच्चो। अनुहार जहिले पनि हाँडी घोप्टाको जस्तै कालो, रङ पनि कालै हो। तर उसको बानी नैं त्यस्तो। खाली निहुँ खोज्ने कुरा मात्र गर्ने। उ काम सकिएर डेंरामा पुग्दा रातको १ बजिसकेको थ्यो।

"थुक्क जिन्दगी ! त्यत्रो १४ घन्टा यो बाङो खुट्टालाइ सोज्याएर आए। भोकले रन्थनिएको बेलामा फेरि अरु १ घन्टा उठेर पकाउनु पर्ने भयो।"

 यु-ट्युबमा बिछोडको गीत सुनेर बसेको "देबदास", खास नाम चाहि "कमल" र सोफामा बसेर sms लेखिरहेको "बिन्दास" यानि "मधुर" लाइ छड्के हेर्‍यो। दुबैले घोप्टेलाइ हेरेनन्, आफ्नै धुनमा मस्त भै झैं गरे।


"ए, खानका कालहरु, अघि नै मुन्टेको भए जाबो भात बसाएको भए के बिग्रन्थ्यो ? सास नै खुस्किन लाग्या भए तिमीहरुलाइ पशुपति पठाउनु पर्यो 911 बोलाएर।" आँखी भौं खुम्च्याउन सम्म खुम्चायो घोप्टेले।
"धेरै नकराss। आज तेरो पालो हो पकाउने, त्या भितामा बनाएको "पकाउने रुटीन हेर त।" बिन्दासले मोबाइलमा आएको sms पढ्दै भन्यो, देबदास चुप नैं थियो।


आफ्नै पालो भएपछि पकाउनै कर लाग्यो घोप्टेलाइ। चामल धुँदै गनगन गर्न लाग्यो।

"थुक्क मेरो भाग्य ! थुक्क यो अमेरिका ! मेरो त नेपाल छोड्ने दिनको राशिफलमा "बुद्धिमा बिर्को लाग्ने" भनेर लेख्याथ्यो। त्यो बेला के था?  याँ आएर यत्रो सकस हुन्छ भनेर। भएभरको जग्गा बेचेर अझ लाखौं पैसाको रिन बोकेर आँए। याँ आएपछि पो था भयो यो "फोहोर" जस्तो जिन्दगी। सधैं जोतिया छ, एकछाक खाको छ, थोत्रो कार हाँकेको छ। कहिले सकिन्छ ए यो एकोहोरो जिन्दगी? खटारा बाइक त नेपालमा पनि चलाथें मैले। त्या पुगेकै थ्यो त। कहिले पुग्छ ए अब यो जिन्दगीमा? मेरो त बुद्धि भ्रस्ट भाथ्यो, तिमेरु चाहि के खान अमेरिका आका?"


देबदासले एकचोटी पुलुक्क हेर्‍यो घोप्टेलाइ। घोप्टे आलु ताछ्दै थ्यो। "दिल् अइसा किसि ने मेरा तोडा......." भन्ने गीत ठुलो स्वरमा बजाउन थाल्यो देबेले घोप्टेको आवाज नसुन्नको लागि।
घोप्टे फेरि फत्फताउन थाल्यो।
"हेर, त्यही बेलामा डल्लिले "मलाइ उडा न.." भन्दा हिम्मत गर्न सकिन। नत्र भये आज आफु जत्रै छोरो हुन्थ्यो, कम से कम घर आँउदा भात त पकाएर दिने डल्लि हुन्थी। छोरोले कमाएर ल्याँउथ्यो, जिन्दगी कति सुखी हुन्थ्यो।" एकैछिन घोरियो घोप्टे, डल्लीले उसलाइ कहिले कहिं सम्झिन्छे कि सम्झिन्न होला भनेर। ज्यापुले उडाएपछि त उसले डल्लीको नाकमुख नैं देखेन।


"ह्या बिहे गरेर नि के काम, उ त्यो बिन्दास जस्तो खाली मोबाइलमा SMS लेखेर चित्त बुझाए मात्रै हो। पैसा पैसा बर्बाद। यो जवानीमा स्वास्नी नेपालमा लोग्ने यहाँ। के रमाइलो भयो त? उमेरमा माया पिरती लाउन नपाए, बुढेश्कालमा सङै बसेर के काम? आफ्नै कागज बन्ने कहिले, स्वास्नीको कागज बनाउन्जेल सम्म त अर्को देबदास भइन्छ।"
देबदासले नेपालमा झ्याँइ झ्याँइ बाजा बजाएर बिहे गरेकोथ्यो। एक्लै अमेरिका फर्किदाँ कति दिन झोक्राएर बसेकोथ्यो। बिहे गरेको १ बर्स पछि बिचरो देबदास नेपाल जानु भन्दा २ महिना अघि  बुढि अर्कै सङ गएकी खबर पाएकोथ्यो। त्यसपछि उ नेपाल गएन, केटीको कुरा पनि गर्दैन, "बिहे" को त शब्द सुन्न पनि मन लाग्दैन उसलाइ। अरुले बिहे गर्दा उ तर्सिन्थ्यो। देबदास त्यही पिडाले "बिछोड" को गीत मात्र सुनेर बस्थ्यो, कसैसङ त्यति कुरा गर्दैनथ्यो।


"देबदास" ले आफ्नो नाम घोप्टेले लिएको सुनेर झस्क्यो।
"ओइ, बढी नकरा त...। अहिले म साथी साथी भन्दिन, तेरो गोल्टिन जस्तो मुख कुच्याइ दिउँ? हिजो अस्ति हामीले पनि भात पकायौं त, खोइ कसैलाइ केहि भनेनौं। आज तेरो जिउ चिलाको जस्तो छ" देबदासले जिम गरेको "बाइसेप्स्" छाम्दै  भन्यो।


देबदास बोलेको देखेर घोप्टे अलि डरायो। आज चाँही दरो सम्झना आको जस्तो छ भुतपुर्ब स्वास्नीको त्यसलाइ भन्दै तरकारी चलाउन थाल्यो। बिन्दासलाइ के भै रहेको छ केहि था थिएन मुसुक्क मुसुक्क मुस्काँउदै मेसेज पढ्दै थ्यो। बिहे गरेको ४ महिना मात्रै भाको थ्यो बिन्दासको। बिचरा ३ महिना पछि स्वास्नी छोडेर फेरि अमेरिका फर्केको थ्यो। उसलाइ चाँही स्वास्नीलाइ कुन उपाएले यहाँ ल्याउने भन्ने पिर थियो।


देबदास र बिन्दास दुबैको माया लाग्यो घोप्टेलाइ। बिहे गरे पनि टेन्सन, बिहे नगरे पनि टेन्सन। डलरले मात्र सबै आबस्यक्ता पुरा हुने भए देबदासकी स्वास्नी अर्को सङ किन पोइला जान्थी मनमनै सोच्यो उसले। तरकारी पाकिसकेको थ्यो, देबदासलाइ फकाउने उद्देश्यले पहिला उसैलाइ बोलायो।


"देबेलाइ भोक बेस्सरी लाग्या जस्तो, ल आइजो यहाँ खाना तयार छ। तिमिहरुले जे सोचे पनि आखिरमा म बाहेक तिमिहरुको भलो चिताउने यहाँ अरु को छ र ?" बोले कि पोल्ने थुतुनो त्यस्तो नरम भाको देखेर बिन्दास पनि आयो खाना खान।


"तरकारीमा यो कालो कालो के हँ?" देबदासले कालो कालो गेडा जस्तो नरम चिज भेट्टायो।


"ए, ज्याssss। मैले तिमिहरुलाइ तरकारीको मसला राख्ने ठाँउमा च्यापत्तिको भाँडा नराख भन्या होइन? मेरो कुरा कहिले सुन्ने होइन..। थरि थरि मसला हाल्यो भने तरकारी मिठो हुन्छ होला भनेर भेटे जत्ति बोतलको मसला हाल्या तरकारीमा।" आफ्नो गल्तीलाइ उल्टो  अर्काको थाप्लोमा राखिदियो घोप्टेले।


"बजियाले चिनी पनि हालेर मरेछ। तरकारी त चिया भन्दा पनि बढी गुलियो छ त।" बिन्दासले चम्चाले मुखमा राखेको तरकारी निल्ने कि ओकल्ने गर्दै भन्यो।

"निस्तै भात भएपनि तातो खाएर त सुत्नु पर्‍यो नि अब।" दिक्क मान्दै देबदासले भन्यो।


"मै पस्कीदिन्छु भात तिमीहरुलाइ। खोइ ले त देबेको प्लेट मलाइ।" घोप्टेले राइस कुकरको ढकनी झिक्यो र हेर्‍यो। त्यसपछि देबेको भोकाएको अनुहार र बिन्दासको छक्क परेको अनुहारलाइ पालै पालो हेर्‍यो। घरि राइस कुकरको स्विचलाइ हेर्‍यो, जुन 'अफ' नै थियो,  जिन्दगीलाइ सराप्दा सराप्दै 'अन' गर्नै बिर्स्या रैछ घोप्टेले....


"थुक्क जिन्दगी! पाक्या भात पनि काँचो हुने रैछ मेरो फुट्या कर्ममा।" खुइयssssssss लामो सास तानेर घोप्टेले फेरि  कर्मलाइ दोष दियो।
देबदास र बिन्दास एक अर्कालाइ हेरि रहे.... धेरै बेरसम्म....।

The End.

Last edited: 08-Jun-08 04:10 PM
Last edited: 08-Jun-08 05:41 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
दशैँ तिहार
Posted on 06-08-08 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि देवकोटाले नै हो क्यारे कहिँकतै भनेको संझना आयो-

"फुल्दो गुलाफबिच ग्यान अनेक फुल्छन्

उध्धानमा बस गइ सब तत्व खुल्छन्॥"

Keep goin' buddy.


 
Posted on 06-09-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जिन्दगीको के भरोसा आज हो कि भोली"
यो गीत सम्झे मैले चाँही :D राम्रो छ क्रेजी साथी।
 
Posted on 06-10-08 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै पस्कीदिन्छु भात तिमीहरुलाइ। खोइ ले त देबेको प्लेट मलाइ।" घोप्टेले राइस कुकरको ढकनी झिक्यो र हेर्‍यो। त्यसपछि देबेको भोकाएको अनुहार र बिन्दासको छक्क परेको अनुहारलाइ पालै पालो हेर्‍यो। घरि राइस कुकरको स्विचलाइ हेर्‍यो, जुन 'अफ' नै थियो,  जिन्दगीलाइ सराप्दा सराप्दै 'अन' गर्नै बिर्स्या रैछ घोप्टेले....

really nicely potrayed............keep rockin....!


 
Posted on 06-10-08 3:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saili,,
 kta haru ko dera ko kura lekhne?? chakkar cha jasto cha ni??
घोप्टे, देवदास, बिन्दास कुन पर्यो??

नाईसलि रिटन, किप गोईन्ग ।

 
Posted on 06-10-08 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow!!! bitter truth.
 
Posted on 06-10-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी हसायो साथी घोप्टेले चै। आफ्नै पालोमा पनि तेती गनगन तै पनि खान नपाकेको,  ढंग मरु कसो गरु मेरो रूमी को याद आयो अहिले चै, पख कुनि दिन सुनाउला

 
Posted on 06-10-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा क्रेजी, मेरो कलेजका दिनहरुको सम्झना आयो। राइस कुकर अन गर्न बिर्सिया दिनहरु धेरै नै थिए।
 
Posted on 06-10-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ,

त्यो  वन्डरफुल पनि तारेर खान मिल्छ? कि उसिनेर?

Amazing,
तिमी पक्कै देबदास हैनौ जस्तो लाग्छ मलाइ। कि हो?

दशैंतिहार,
देबकोटाको कबिताको लागि धन्यबाद!

Pretty,
भरोसा नभाको जिन्दगी कस्तो लामो है? म पनि गाँउछु है त? स्वर कस्तो छ मेरो भन है?

हे ...हे , ला... ला ......ला...... ला .....

फुच्चे,
त्यो उता उज्यालो हामिलाइ पनि अलि अलि देउ है।

ओइ सोमे,
घनचक्करमा परिसकेको मान्छेको के को चक्कर भन्या नि?  मलाइ त नि घोप्टे मन पर्छ के पात्र चाहि। गुलियो तरकारी पकाउचा नि त उसले। हे... हे.. हे

माइलो भाइ,
सत्य कथा हो त? hoina hola..

दिपु,
अब त अत्ति भयो यार। खोइ भन्या तिम्रो कथा कहिले पढ्न पाउने। लेख न पिलिज। प्रेरु लाइ मैले सोधेको छ भन्देउ है।

Norton,

म त अझै बिर्सिन्छु स्विच "अन" गर्न। कहिलेकहि त जिन्दगी पनि "अन" गर्न बिर्स्या जस्तो लाग्छ मलाइ त।

 

 

 


 
Posted on 06-10-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो धेरै case हरु मैले साचिकै देख्यछु esp. NYC जस्तो ठाउँ मा
समहरु को कथा भन्दा यो धेरै रमाइलो लाग्यो..
 
Posted on 06-10-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीईइ क्या कथा लेक्छ्योउ है तिमि ---त्यो घोप्टे मोरो गनगने ले चिनि चिया पत्ति हाल्रे कस्तो चियार्करि पकाछ त --- हत्तेरिका हास्नु हासियो यार   अनि फेरि  कुकर को स्विच अन गर्न बिर्स्या भनेको चै मैचा ले आफ्नै अनुभब लेख्या जस्तो छ ह्हाहा ---सारै चित्त बुझ्यो---- मेरो पनि कहिले काहि त्यस्तै हुन्छ ल

 
Posted on 06-10-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोप्टेले राइस कुकरको ढकनी झिक्यो र हेर्‍यो। त्यसपछि देबेको भोकाएको अनुहार र बिन्दासको छक्क परेको अनुहारलाइ पालै पालो हेर्‍यो। घरि राइस कुकरको स्विचलाइ हेर्‍यो, जुन 'अफ' नै थियो,  जिन्दगीलाइ सराप्दा सराप्दै 'अन' गर्नै बिर्स्या रैछ घोप्टेले....

यस्तै रहेछ जिन्दगी

 


 
Posted on 06-10-08 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank u Mohan Jyu for your comment!

Prerana, Where have u been all these days? k ho chakkar sakkara ho?  ani k cha ta sathi halkhabar? katha nabhaye je pani lekha na. kabita or anything.

SurNaTal,

khoi ta naya yatra sasmaran?


 
दशैँ तिहार
Posted on 06-10-08 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी तिमी केटी भन्ने था' भा' भे मैले माथीको comment मा buddy लेख्दीनथेँ होला। anyway लेखिहालीयो, बालै भो।
 
Posted on 06-10-08 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho chakkar ma pareyaa ho --- aba kabita lekhna matra baki cha pakha lekhe pachi taschu hai.
 
Posted on 06-10-08 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‍salute to your capability to magnify things as if lookin under microscope.

Keep going !!! There is no alternative to hard work !!


 
Posted on 06-10-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैं तिहारले लास्ट हँसायो। buddy पनि केटा र केटीको लागि भिन्दा भिन्दै हुन्छ त?  Don't worry hai..

प्रेरणाको चक्कर चल्या रैछ र पो मलाइ अर्कै चक्कर चल्दो रैछ । उहि के त भनभनी घुमाउने, आकश, घर, बादल, रुख, रोटेपिङ पनि पो घुमाउने त।

ल मैले त भन्द्या छु प्रेरणा, तिम्रो कबिता नपढी मेरो यो चक्कर् निको हुदैन है? कि साथीलाइ यतिकै फनफनी घुम्न दि रहने?

Shirish Jyu,

Your comment always inspires me. Thanks a lot!


 
Posted on 06-10-08 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   timilai ringata lagyo are    crazy mori
 
Posted on 06-11-08 1:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!! यि केटा मान्छे हरुपनि उस्तै   भुलक्कड र बेवास्ती हुदा रेछन!

 क्रेजी सिस,

 गजब छ , ---हजुरको पहिलेको कथा लेखन शैलीलाई  पनि निरन्तरता दिन नभुल्नुस  (कुरो अन्यथा नजाओस है फेरी)

:)


 
Posted on 06-11-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला पढ्न बसेको बेला याद आयो! :)

हल्का, मिठो, रमाइलो र वास्तविक कथाको लागि धन्यवाद्!

अरु पनि जावस है!


 
Posted on 06-24-14 12:50 PM     [Snapshot: 3830]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी हराए पनि फेरी पनि यो खन्तरे साझाको ढुकुटी खोतल्दै पढ्दै छ ..... सारै रमाइलो कथा ....

क्रेजी नयाँ कथा कहिले लेख्ने ???

- थाहा छैन
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters