बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 चौतारी दशैं म्यारिज सम्हारो !!
[VIEWED 7880 TIMES]
SAVE! for ease of future access.
Posted on 10-06-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी दशैं म्यारिज सम्हारो !!


ओहो मुला बैरे , कत्ती सुत्न सक्छ होला भन्दै पुरे घोक्रो सुकाउदै पस्यो कोठा भित्र ।


के छ पुरे पाट किन एका बिहान देखि कराइ राख्या , आँखा मिच्दै म उठे


पुरे :- आज दशमी को दिन नी यति ढिला सम्म सुत्छ कोही , ल तयार बन , ठुल्दाइ उहाँ कुरी रहनु भाको छ , गएर टिका नी लाउनु पर्‍यो आज त म्यारिज नी जमाउनु पर्छ । खान पिन को नी बन्दो बस्त गर्नु पर्‍यो नी ।


म :- कहाँ खान पिन हाम्रो जिम्मा हो र , ठुल्दाइ ले त केली, खुशी , चेली, क्रेजी र अरु तरुनी को जिम्मा खान पिन को भन्दै हुनुथ्यो मलाइ । त्यहि नी साहित १०:५५ मा हो यो ७:०० baje नी उठाउने हो ??


पुरे :- ह्या मुला, फेरी त्यो बौचा लाई नी उठाउन जानु पर्छ क्या, त्यो नी सुत्न काल नै हो । कुम्भ कर्ण को भाई त पर्‍यो । रिट्ठे लाई उता तिर पठाको छु , त्यहि भेट्नु पर्छ अनी जानु छ ठुल्दाइ को मा ।


लौ त लौ


(हामी बौचा को घर तिर लाग्यौ )


कोठा बाहिर रिट्ठे कुह्री रहेको थियो ।


म :- के भयो रिट्ठे सान किन यहाँ बाहिर , बौचा को दशैं मा दशैं आयो की क्या हो ?


रिट्ठे :- आउछ त्यस्को दशैं , आधी घण्टा भयो मोरा ले ढोकै खोल्या छैन ।


(हामी ढोका ढक ढकाउन लाग्यौ, बौचा ले बल्ल तल्ल ढोका खोल्यो )


अब दशैं मा भिड्ने भयो रिट्ठे र बौचा । बौचा को तयारी दुल्हा नै निस्क्या जस्तो , कती छर्नु पर्ने इत्तर , कस्तुरी नै डाउन पर्ने बौचा को महक ले । बाटो मा जादै गर्दा :-


बौचा :- ओहो केटा हो ATM जानु छ , आज त निकाल्नु पर्‍यो नी म्यारिज मनी , लुट्नु पर्छ सब लाई ।


रिट्ठे :- हो हो , अली धेरै निकाल मलाइ नी चाहिएला ।


बैंक तिर जादा ठुल्दाइ भेटियो बाटा मा ,


पुरे :- ओहो ठुल्दाइ , सोमबारे  शिवमय जदौ । कता हो ठिटा हरु आउछ भन्दै टाप दिन आट्नु भको की क्या हो ?


ठुल्दाइ :- ठुल्दाइ कहिले टाप हुदैन , ठुल्दाइ ले टाप लाई राप दिएर झाप गर्छ , मखुला रिट्ठे ?


ठुल्दाइ :- बिर्खे बा ले , जमरा लिन मन्दिरा पुजारी लाई भन्नु भएको रहेछ त्यहि लिन जना आट्या नी  ।


(बौचा पैसा गनेको देखेर ठुल्दाइ ले )


ओ बौचा त्यहा रामे को पसलाँ गएर साट्नु , दक्षिणा दिन काम लाग्छ, मेरो लागि नी निकाल्या हो ?


बौचा :- होइन आज सब लाई लुट्छु भन्या त उल्टै आँफै लुटिने हो की क्या हो ?


ठुल्दाइ :- लौ लौ , तीमी हरु जादै गर , त्यहाँ घराँ ठिटी हरु खान पिन को बन्दो बस्त गर्दै छ , बौचा लाई मुइचा ले मार्छे बिहान देखि कुर्दै थियो ।


पुरे:- ठुल्दाइ बरु पत्ती को बन्दो बस्त छ की छैन ?


बौचा :-त्यो त ई मैले बोकेरै आको छु ।


ठुल्दाइ :- त्यो सकुनी ले पुजा गर्या पत्ती ले नी खेलिन्छ , दशैं मा घर बार नै लाने बिचार छ नी क्या हो ? हिजो नै ब्रोड्वे किनेर ल्याको छु । लौ लौ पछि घरै मा भेटुला , जति कुरा गरे नी उही त हो baru साहित छुट्ला ।


(लड्दै पद्ददै ठुल्दाइ को घरा पुगियो )


बौचा :- ओहो हर्के दाई , आज त निकै झकास देखिनु भयो नी ।


हर्के :- के गर्नु देखिनु नै पर्‍यो नी , ६ महिना भयो दौडिन थाल्या बल्ल बल्ल सिक्स प्याक आउन थालेको थियो दशैं आएर बर्बाद भयो । अनी के छ त ठिटा हो ? आज त जम्नु पर्छ नी ।


ओहो लहरे बौचा ......... भित्र बाट मुइचा कराइ


म :- ल जाऔ बौचा हाजिर दिएर आउ । मार्ने भई आज ।


बौचा :- कसरी मार्छे लौ म नी हेर्छु , भन्दै बौचा बाघ हिंडे झै गयो भित्र ।


एकै छिन मा फेरी कोहिली बोले  झै कराइ मुइचा, रिट्ठे काsssssssssssssकु  , भतिजी le बोलाए सी किन नजाला रिट्ठे , हजुsssssssssssssर  भन्दै लाग्यो ।


पुरे:- बैरे पाट , हर्के आफ्नो नम्बर आउनु अगाडी कुलेलम ठोकु ।


हामी त्यहाँ बाट बाहिर निस्की चुरोट  तान्दै थियौ ।


ओहो पट्टे हो क्या अर्दै हो , टिको त खाली पेटा लाउनु भन्थे एका बिहानै के प्रदुषन गर्या होला, भन्दै बिर्खे बा भट्टाउदै आए ।


पुरे:- ओह बिर्खे बा , लौ प्रणाम गरे अनी बजै खै त ?


बिर्खे बा:- खै यतै जान्छु राहुल भाइ नाति मन्दिर् जानु अगाडि भेट्नु छ भन्दै एक बिहान् चिया नि नख्वाइ निस्के कि थि घर बाट, आको छैन यहाँ , त्यस्को पाटो झार्छु म ।


पुरे :- खै बा थाहा भएन , ठुल्दाइ को आगन मा बस्दा बौचा, रिट्ठे दुबै को नम्बर मुइचा ले लगायो आफ्नो नि लाग्ला कि भन्ने डर ए हामि यहा आइ बस्या ।


बिर्खे बा :- लौ हिड ठिटा हो , म हुदा कल्ले बोलाउ तिमि हरु लै हेरुम् त ?


( हामि ठुल्दाइ को घर् तिर फेरि लाग्यौ )


आगनमा बौचा र रिट्ठे गुफ मार्दै थियो । बिर्खे बा लाइ देखेर दुबै ले प्रणाम गरे ।


बिर्खे बा :- चिरिन्जिबि भएस् । तेरिमा लाछि हरु ठिटि ले बोलाउदै पुछर् लुकाइ जाने ।


(भित्र बाट् फेरि आवाज आयो । तेरिमा बुढा के गर्दै छौ त्यहाँ बाहिर , बुढा पाको ले सम्झाउनु कहा हो कहा अझै नाइके भएर हिड्ने , लौ यहाँ भित्र आउ खुरुक्क ।


(बिर्खे बा को बिरता नि देखियो , बौचा र रिट्ठे ले डाइलग हान्नु बुढा भित्र भागे , अझै हाम्ले मत्रै सुन्ने गरि )


बिर्खे बा :- तेरिमा बुढी आजु त तेरो पातो झार्छु झार्छु ।


(केहि बेर मै दशै को टिको सुरु भयो )


टिका सुरुवात बिर्खे बा ले बजै लाइ लाइदिनु भयो ।


बिर्खे बा :- लु बुढि , राम्रो सित बुढा को सेवा गरेस् , धेरै उत्तौलि नबनेश् । मेरो चिलिम् को आगो सधै बाल्न तात्पर्य भएश् , लौ भागेमानि ।


(अब दशै को टिका थाप्या बेला के उत्तर दिनु भनि बजै चूप् नै बसे )


अब बिर्खे बा र बजै को आशिष सबै लाइ :-


ठुल्दाइ :- लु राहुल भाइ नाति, तिम्रो उन्नती होस् , पढाई मा ब्रिहस्पती को सम्पत्ति नै पावोश , लेखाइ मा सरस्वती को कलम होस् , भोगाइमा कुबेर को सम्पत्ती होस् ।  पेलाइ मा बालक राम को बोलाइ होस्  । चिरिन्जिबी ।


रिट्ठे :- प्रगती को सिमा ले गगन चुमोस , अर्को चोटि दुई हुनु , चौतारी को रक्षा गरेस , तिम्रै जय जय होस् , लौ भागेमानी भएस ।


हर्के :- रिक्सा को लाइन लागोस , चाडै यातायात मन्त्री भएस ,ज्यान जस्तै भाग्य पनि पुर्तिलो होस् । चिरिन्जिबी भएस ।


पुरे :- बुधा पाको मान गरे झै तिम्रो सान होस् । जिन्दगी मा सफलता ले खुट्टो चुमोस , नबदुर्गे भवानी दाइने हुन ।


बैरे:- खान पिन मा ३३ गुण ले भरियोस , मिठो मिठो खाना जस्तै जिन्दगी मिठास ले बितोश , अर्को पाली तेरो बिहे नगरी भाको छैन , धेरै ठिटी को पछि नभागेस , लौ भागेमानी भएस ।


केली :- सधैं सबै को सेवा गरेस , सेवा को मेवा दैब ले भर्पुर दिएस । अली खेदो खन्न काम भएस , मन ले चिताको कुरा पुगेस  


खुशी :- नाम र मिजास जस्तै जिन्दगी बितोश । ठुलो ठुलो काम गर्नु आफ्नो कुल घराण को नाउ राख्नु,  देवी ले सधैं रक्षा गरेस ।


क्रेजी :- कथा को भाको बगे झै , जीवन सफल होस् । थुतोनो चलाउन यो बुढी बाट धेरै नसिके । धन , सम्पत्ती , मान , लक्ष सब मन ले चिताको पाएस


चेली :- लौ सबै को माया यसरी नी पाएस , सब को आँखाको तारा बनी राखेस , मन ले चिताको पुगोस , नदेबी दुर्गे भवानी सधैं दाइने होस् ।


(टिका लाउने कार्यक्रम नी सकियो अब अरु आउँदै गरेका लाई चाँही बिर्खे बा र बजै ले टिका लाइदिने भयो , हामी चाँही बस्यौ खाल जमाउन )


ठुल्दाइ :- कती हो द्यामेज ?


बौचा :- आज त १ २ खेल्नु पर्छ ।


ठुल्दाइ :- १ २ चाँही हिन मोर एक सम्म दिया लौ जा तु भी क्या याद रखेगा ।


क्रेजी :- होइन के भाको यो ठिटा हरु लाई , खान पिन नगरी नै बस्यो भाई खाल जमाउन ।


बौचा  टनेल्ला , टनेल्ला भन्दै तास तान्दै थियो रोकिएर - अघी भर्खर दिएको आशिश बिर्स्यो त्यो ठुतुनो कत्ती चल्ने होला भन्या , ओहो बैरे त्यो बोरा सिउने डोरी खै ?


अब बोलु भने आफु माथि नै आइपर्ली भन्ने डर, त्यहि पनि साँस बनाइ बोले - " कत्ती ट्याउ ट्याउ गरी राख्या भन्या , बरु खाना यहो ल्याउ खाँदै खेलुला , यहाँ जोकर पल्टाउने बेला अलक्षिण लाग्ला ।


बौचा:- टुनेल्ला नी मलेल्ला भयो । सिक्वेन्स नै आएन । काग कराए  सी के आउथ्यो ।


ठुल्दाइ :- (बौचा ले फाल्या पान को दुक्की टिप्दै ) ई बौचा , यस्तो हुन्चा टनेल्ला । मखुला रिट्ठे ?


रिट्ठे :- केही परेन , त्यो तानेला हो ठुल्दाइ टनेल्ल होइन ,


पुरे  :- काट्यौ बैरे पाट जोकर त म काट्छु, भन्दै जोकर काट्यो ............... थुईइय माल को नाम मा जोकर नी छैन ।


म :- इले काट्या भए पर्थ्यो होला , खै हेरुम । माल हेरेसी , ओहो ५ को माल त रहेछ म्यारिज होला भन्या अब स्रोत ले नै हेरी सी आफ्नै बल ले तान्नु पर्ला । लु बौचा पान को दुक्की फेकेसी त एक्का त नलाग्ला नी ?


बौचा :- तही एक्का फकौन त फाल्या नी दुक्की ।


ठुल्दाइ :- कस्तो  पेल्ने पेल्या, आफ्नो तास भन्दा नी अरु को तास छ भन्ने थाहा छ यो बौचा लाई ?


रिट्ठे :- तपाईं को के खाइ द्या छु मैले , यस्तो पेल्न , दुब्ली खेलु की सिक्वेनस , ५ दुब्ली छ २ सिक्वेन्स छ, यो ताने ६ डुब्ली हुन्छ । ओहो पुरे बैरे गेम मा हो ? होइन भने डुब्ली खेल्छु ।


पुरे  :- म त होइन सुक्क छैन म बाट गेम हुन्न १० बाट ३ मा झरियो त्यहि ठुलो कुरा हो ।


म :- चोट्टे त भन्न मिल्दैन तर यही आयो भने चाँही झ्याप हुन्छ ।


रिट्ठे :- लौ लौ तानी राख्छु , घुमी हाल्छ की ?


पुरे :- अब यो मिल्छ तर तानेर के गर्नु , बरु माल नै आउछ की , (तास बुक बाट तान्दै ) आउ त पातली , के आउथ्यो ल जे आको त्यहि ।


म :- तिम्रो पातली त मेरो पो मयालु रहेछ , डुब्ली थियो ठ्यक्क यही आए गेम हुने , ल पाच को माल ।


बौचा :- २ रहेछ यो म्यान उडी हाल्यो नी ७ को हुन्थ्यो ,


ठुल्दाइ:-  म सँग नी ५ को छ ,


रिट्ठे :- म सँग ३ को


पुरे :- णो माल ।


म :- ल पाच पाच दस , दस दुई बाह्र , बाह्र तीन पन्ध्र , पन्ध्र र दस पचिस , पचिस मा खायो दस , ल पन्द्र दिने , पहिलो गेम त बेट्टर होइन ,


बौचा :- हुन्छ बेट्टर , ल यो ७ डलर , १ पोइन्ट बाकी ।


म :- ठुल्दाइ ले दिने पचिस खाने पचिस , बराबर , रिट्ठे ले दिने पचिस खाने पन्ध्र , ल दस देउ , पुरे पाट पन्ध्र तीन अठार । ल बौचा को बाड !!


(बाकी भाग थपुला , अरु ले थपे नी हुन्छ । )


 


 
Posted on 10-06-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 बैर्‍या मेरिज महात्म्य पढियो ।


बज्या ले साह्रो हसायो।


लेख्न नि कत्ति जान्या भने।


चिलिम तानेर फिलिम हेर्‍या जस्तै ।


 
Posted on 10-06-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मूला बैरे आँफै जितेको बनाएछ -


आज बैरेको ग्रह दशा मा नाक मुख कुच्चिने लेखेको छ कि के हो


मलाई टिका लगाउन बिर्सेंको -


हात त चिलायो बाइ मेरो


हात चिलायो भने के त पैसा आउछ कि त मुखा बर्सिन्छ भन्या सुन्या थे - पैसा गाको ले अब मुक्का बर्सिन्छ होला

Last edited: 06-Oct-09 01:01 PM

 
Posted on 10-06-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा !


कस्तो बबाल लेखेको बैरे ! एकदम यथार्त ! सार्है रमाइलो लाग्यो पढेर !


>>पुरे :- ओहो ठुल्दाइ , सोमबारे  शिवमय जदौ । कता हो ठिटा हरु आउछ भन्दै टाप दिन आट्नु भको की क्या हो ?<<<


बाटोमा भेटदा नि शिवमय जदौ ?  हाहाहा 


 


 
Posted on 10-06-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा को त टिका टालो नै बिर्सें छ :-


ल यो चाँही बौचा को आशिश :-


मुकुण्डो फेर्या झै ग्रह दशा नि फेरियोस , काम धेरै चोर्न पाओस, दिन दुनो रात चौगुणो होस् , लहरी ले क्रेडिट कार्ड को मान्यता बुझोस् । धन सम्पत्ति यथार्त बढोस् , मुकुण्डो फैल्या झै नाम चारी दिशा मा फैलियोस , लौ चिरिन्जिवी भएस


 
Posted on 10-06-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय हो! बबा'ल, हा हा हा हा, फिलिम हेर्दा नि यस्तो क्लियर विजुअलाइज हुन्न ल, हरेक लाइनमा हाँसियो, मुर्दार बैरे, आफुलाई चाँही आशिर्वाद हेर न त्याँ, खाना कै छ, खाना-काल! लोल लोल, हांसियो प्रभो! थप्दै गरुम, यस्मा त मिले अरुले नि थप्दा हुन्छ, म पनि त्राइ मारुम कि भन्ने सोच्दै छु, सानै भे पनि, तर भरे गर्छु! ल बस्दै गरुम, थप्दै जाउम! जय हो!!
 
Posted on 10-06-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<मुकुण्डो फेर्या झै ग्रह दशा नि फेरियोस , काम धेरै
चोर्न पाओस, दिन दुनो रात चौगुणो होस् , लहरी ले क्रेडिट कार्ड को मान्यता
बुझोस् । धन सम्पत्ति यथार्त बढोस् , मुकुण्डो फैल्या झै नाम चारी दिशा मा
फैलियोस , लौ चिरिन्जिवी भएस >>>


 
Posted on 10-06-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha dakshina khai ta malai?
 
Posted on 10-06-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बौचा को बाड !!



(बाड सक्के पछी )


ठुल्दाइ :- ए यो बौचा ले बाडेको गन है गन फेरी कम बाडेर गेम नै नहोला ।


बौचा :- अब केही नपाएर काम तास नै बाडुला नि ठुल्दाइ ले नि पायो भन्दै मा पेल्ने ।


ठुल्दाइ :- ओहो यो चोइस कार्ड 5th सिकुएन्स मिल्छ नलिउ भने नहोला झ्याइ , के भो ए हर्के तिमीलाई किन बस्छौ मुख खुम्चाइ ?


हर्के :- के गर्ने ठुल्दाइ , खेल्ने ठाउँ छैन , यहाँ बसी पुरे को तास हेर्या छु बजिया सँग सिकुएन्स त के घर नि छैन !!


म :- लौ हर्के ब्रो मेरो तास खेल, वेरिन्ची गरुला , म मस्त को खान लिएर आउछु ।


हर्के :- कती सिकुएन्स छ ,


म :- दुई छ , पुरे ले सियुर दिन्छ ।


म हर्के लाई तास दी लागे भान्छा तिर । भान्छा मा तरुनी हरु को गुण गुण । म आको देखेर चाट्ने भए ।


खुशी र केली खुस खुस गर्दै थी , होइन त बैरे भन्छ बा ??


आफु जिल्ल, अब के हो के होइन । - के होइन भन्या ।


खुशी :- यो बैरे त साच्चै कै बिरो रहेछ , त्यात्रो पुराण सुनाको के सुन्यौ ।


कुन पुरान के पुरान ? केही बोलिन ?


क्रेजी :- बैरे मात्रै होइन लाटो नि हो कि क्या हो , के ट्वल्ला पारी हेर्या ।


मन मनै सोछे चाटे तरुनी हरु ले । ई दुई सँग बोल्नु भन्या आफ्नै खेदो खन्नु जस्तो लाग्यो । बरु केली चेली सँगै सोध्नु पर्‍यो ।


- ओहो केली चेली , यहाँ नपकाको हाँस को मासु छ रे खै कहाँ छ ?


केली - मैले ठेक्का राख्या छु कि क्या हो ?


म - एका बिहानै आको के काम लाग्यो त , त्यती नि थाहा नभए ।


चेली - खै ठुल्दाइ ले त्यहा भकारी मा राखी त्यो खाल्डो मा पुर्नु भको छ ।


(अब खाल्डो मा पुर्या चाँही हाम्रा गाम मा फ्रिद्ज छैन चिसो पार्न खाल्डै मा धोस्नु पर्‍यो नि )


भकारी खोली हेर्या , मर्न लाग्या हाँस लाई मर्या झै लाग्यो , मासु को नाम मा छालो मात्रै ।


हिंडे खाल तिर , ओहो ठुल्दाइ यो हास को मासु खै त्यहाँ  भकारी मा त मुर्खुट्टा लाई छलो , पखेटा लगाएको जस्तो छ ।


ठुल्दाइ :- त्यो बोइलर हाँस होइन मुला बैरे , लोकल हो लोकल । लोकल हाँस मा नि मासु हुन्छ ??


म :- हर्के ब्रो माल हेरी सक्या खै माल हेरुम त , बुक उठाइ माल हिरे , बौचा को तास नि हिरे , मोरा सँग म्यारिज र अर्को थप माल । बाह्र को माल । लौ तिर्नु तिर्ने भयो । बौचा ले थर्ड सिक्वेन्स तान्यो ...... भान्सा मा जानु अघी - ह्या मुला बौचा किन काम नलाग्ने तास राखी राख्या एउटा माल छ त्यो नि फ्याक्ने भयो ।


बौचा को मुखा सर्स्वती बस्या रहेछ , लौ म्यारिज छ गए दुई जान्छ त्यही पनि १० त बाँकी हुन्छ, मर्ने बेला हरियो काँक्रो भनी दुई को माल फाल्यो । आफ्नो काम तमाम । माल हेरिसी लेखेट्न खोज्दै थियो लखेटे माल सब ले थाहा पाउथ्यो, बस्यो त्यही भुत्भुताउदै ।


भान्सा मा गाई स्तोभ दम दिन थाले , बिर्खे बा पसे भान्सा तिर , होइन ए बजिए बैरे क्या अर्दै हो ? किन यस्तो दम दि रहा ।


म - यो हास लाई पोलु भनेर नि बा ,


हास देखे सि -


यो पोल्दा पोल्दै उछीट्या हाँस लाई के पोल्छस ? हाँस को मासु त निकै चाम्रो हुन्छ बरु पकाए पो हुन्थ्यो ।


म - ह्या बा आफ्नो दाँत छैन भन्दै हाम्रो नि हुन्न कि क्या हो , यो त कचेला बनाउछु ।


बजै - बल्ल बैरे ले कुरा गर्‍यो , पातकी बुढो आफ्नो जमाना बित्यो भन्दै मा यि नाती हरु को नि जमाना बित्छ कि क्या हो , लौ जाउ उता नाती हरु को बिच म आहिले तिमी लाई हलुवा बनाइ दिन्छु ।


बिर्खे बा :- तेरी मा बुढी , कस्लाई बुढा भन्या , जिउ मा अझै हुती छ , यस्तो हाँस त के , खसी को हड्डी नि चपाउन सक्छु , कुरो गर्छे ।


बजै :- भो देखीयो, जवानी मा केही गर्न नसक्या ले गर्छ बुढेस्काला ।


बिर्खे बा :- साच्चै हो, देखाउ बुढेस्काल मा जवानी , ल्याइ दिन्छु तेरो सौतेनी अनी थाहा पाउलिस ।


बिर्खे बा नि डाइलग हानी लागे खाल जमा भएको तिर ।


हाँस लाई पोली छालामा अली कालो डाम हुने गरी , मासु लाई र हड्डी लाई अली कमलो पारे । अचानो खोज्या पाए त मर्या खसी को कसम ।


आफु यता उता खोज्न थाले  सि बजै ले सोधिन - के खोज्या ए बैरे , सधैं खोज्या खोज्यै हुने भयो यो मेरो नाती , कहिले तरुनी , कहिले खाना , अहिले चाँही के खोज्या नि ?


म - अचानो खोज्या बजै , यो ठुल्दाइ नि समान ठीक ठाउँ मा राख्ने हो र ?


भान्सा बाटै कराए , ए ठुल्दाइ अचानो र खुकुरी कहाँ छ !!!


कहाँ बोल्ने हो र ? लागे खाल तिर । ठुल्दाइ को मुख हेर्न लायक थियो , बौचा को म्यारिज , रिट्ठे को ५ को माल पुरे को टनेला , हर्के को हात मा म्यान र दुई थप, जम्मा गरी २७ को माल बुढा ले नहेर्या ३७ तिर्ने भयो , धन्न सिङ्ल गेम थियो । रातो पिरो भएर बस्या रहेछन बुढा ।


बालक राम को स्मरण गरेर -  के भयो ठुल्दाइ झन्डै म्यारिज हो ? 


म तिर हेरेर बित्यास नै पारे बजिया हरु ले । बैरे किन कराइ रहा नि तास नपर्या बेला ।


- " अचानो र खुकुरी खै ?"


ठुल्दाइ - "त्यही कौसी मा सुकाको छु । "


म लागे कौसी तिर हाँस बोकी ।


हाँस लाई अचानो मा खुकुरी ले कचेला बनाउन हान्दै थिए , बिर्खे बा चिचाए , तेरिमा अघोरी घरऐ भात्काउन लागिस कि क्या हो ?


के भयो बा खुकुरी को हनाइ सँगै मुटु नि थर्कियो कि क्या हो ?


तलाई डाँका , तेरो सेखी झारिदिउ , मजाक उडाउछस ।


सकियो बा अब एकै छिन मात्रै हो ।


म - चेली ए चेली , एउटा बटुको मा गुन्द्रुक भिजाएर , नून, हरियो खुर्सानी अनी त्यो लसुन अदुवा यहाँ ल्याउ त । अनी त्यहाँ त्यो काँचो तेल नि छ त्यो नि ल्याउ है ।


एक मात्र भन्या मान्ने चेली थियो । अरु लाई बोलाउनु भन्दा आँफै काम गरे हुने ।


मासु गुन्द्रुक लि गए खाल तिर ।


हाँस को कचेला , गुन्द्रुक साँधेको । भान्सा बाट तरुनी हरु पनि आए । चिउरा , अचार र कवाफ र भुटन लिएर ।


हर्के को आँखा महादेब को तेस्रो नेत्र खोल्या झै खुल्यो । - जे गर्छ यो बैरे ले नै गर्छ


पुरे नि तास हेर्न छोडि आफ्नो भाग मा कती पर्छ भन्दै हेर्दै थियो ।


बिर्खे बा मैले सुकुटी बनाए भन्दै कुपुक्क गुन्द्रुक साँढेको मुखा भित्र ठोसे । गुन्द्रुक को स्वाद पायो बुढा ले , बाघ ले झुकेर घास खाको मुख बनाए बिर्खे बा को चर्ती कला ठुल्दाइ ले हेर्दाइ थिए ।


के भयो बाजे, काग ले राग गाउँ आटे झै मुख बनाउनु भयो नि ?


बिर्खे बा - " यो बजिया ले सुकुटी बनाए छ भनेको गुन्द्रुक साँढेर पो ल्याए छ , दसैं को दिन सुरुवात नै घास पात बाट भयो , जातै गयो "


बौचा - " त्यसो भए बाजे नुहाएर आउनु बाजे को भाग म खाँदै गर्छु "


बिर्खे बा - " बाघ झापु हानेर मुकुण्डो फेरिदिउ तेरो बजिया "


बौचा - " आयो आयो आयो ......... "


ठुल्दाइ ले झ्याल बाट को आएछ भनी हेर्नु भयो ।


बौचा - " कहाँ गाको दाई यहाँ बेटर गेम मा टनेल्ला आयो पो भन्या त "


क्रमश : (अरु ले थपे नी हुन्छ । )


 


 
Posted on 10-06-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल


बेटर गेम मा टनेल्ला आयो रे लोल


ठुल्दाइ को हरी बिजोग हुन लागेको छ


लोल बैरे लोल


 
Posted on 10-06-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले पुरा पढ्या त छैन, तर बज्ये यो हर्के मेरो तास हेर्दै थियो अब काँ बैरेको तास मिलाउन गा?? मलाई म्यारिज त आउन्न तर पनि यौतोको तास हेरेर अर्कोको खेल्न गयो भने त झेल्ली भै गो नि।

भएन यो, अघी को अठार नि फछ्या भो है, ल म अब अगाडि पढ्छु!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters