[Show all top banners]
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XVII
[VIEWED 6888 TIMES]
SAVE! for ease of future access.
Posted on 06-30-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम् /font>


मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा/font>

आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***
Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p
*** *** ***
uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)
*** *** ***
gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?
*** *** ***
Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(
*** *** ***
Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु .......... /font>
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा /font>
*** *** ***
CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?
*** *** ***
Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।

 
Posted on 06-30-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुइ मिस् कत्ती झेल्लि,:O यो त पुरानो चौतारी जस्तै नि ,कि होइन गाम्ले हो?
(but thank a lot for the new beginning + continuation ).
 
Posted on 06-30-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

opsss...correction ..."Thanks a lot miss."
 
Posted on 06-30-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Extremely sorry !!!!!:( :(
हतार हतार मा कता कता परेछ के । यै तितौरीले गर्दा :P
कृपया यहाँहरुको झोला अर्को चौतारीमा बिसाइदिनुहुन बिनम्र अनुरोध गर्दछु
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters