[Show all top banners]

harigautam1
Replies to this thread:

More by harigautam1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कोब्रा कमान्डर नागराज काठमाडौंमा
[VIEWED 3755 TIMES]
SAVE! for ease of future access.
Posted on 07-05-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर्राईमा सशस्त्र संर्घष् गर्दै आएको हतियारधारी समूह तर्राई कोब्राका कमान्डर नागराज अहिले काठमाडौंमा छन् । तर्राईबाट पहाडियालाई खेद्ने सशस्त्र व्रि्रोह गरिरहेका नागराजले आफैंले
बोकेको बम विस्फोट हुँदा दुवै हात गुमाएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।
रौतहटको पिपरा-भलैया गाउँमा बम बनाउँदै गर्दा भएको विस्फोटमा गम्भीर घाइते भएका नागराज उपचारका लागि काठमाडौं आएका हुन् ।
१७ असारको बेलुकी बागमती किनारमा रहेको पिपरा-भलैया गाउँमा बम विस्फोट भएको थियो । घटनामा सोही गाउँमा ससुराली भएका नागराजसहित दुइ घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी सदरमुकाम गौरस्थित जिल्ला अस्पताल लगेको थियो र त्यहा उपचार हुन नसकेपछि पहिले वीरगन्ज र पछि काठमाडौं पुर्‍याइएको हो ।
प्रहरीले सुरुमा घाइतेलाई उद्धार मात्र गर्न खोजेको थियो, तर प्रहरीको गाडीमा उपचारका लागि हिँडिरहेका व्यक्ति 'मोस्ट वान्टेड नागराज' हुन् भन्ने प्रशासनले दुइ दिनपछि मात्र थाहा भएको हो ।
'हामीलाई दोस्रो दिन मात्र विशेष स्रोतले उनी नागराज भएको सूचना दिएको थियो,' रौतहटका प्रमुख जिल्ला अधिकारी दुगाप्रसाद भण्डारीले बिहीबार नया पत्रिकासित भने ।
वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउँदा नै रौतहट प्रहरीले उनलाई गिरफ्तार गर्न पर्सा प्रहरीलाई अनुरोध गरेको थियो । 'तर, प्रहरी पुग्नुअगावै उनी अस्पतालबाट डिस्चार्ज भइसकेछन्,' प्रजिअ भण्डारीले भने, 'हामी आफैंले उद्धार गरेर बचाएको मान्छे खोज्न धेरै गाह्रो भयो ।'
सूचना पाएलगत्तै प्रहरीले राजमार्गका सबै क्षेत्र र नेपाल-भारत सीमा सुरक्षा जाचमा निकै कडाइ गरेको थियो । तर, उनी फेला परेनन् ।
'उपचारका लागि काठमाडौं लगिएको छ भन्ने थाहा पाएपछि काठमाडौं प्रहरीलाई खबर गरेका हौं,' प्रजिअ भण्डारीले भने । त्यसलगत्तै काठमाडौंका सबै स्वास्थ्य संस्थामा प्रहरीले छापा मारेको थियो । अस्पताल, नर्सिङहोम र निजी क्लिनिकहरूमा समेत प्रहरीले खोजतलास गरेको भए पनि मंगलबार रातिमात्र नेपाल मेडिकल कलेज शिक्षण अस्पताल अन्तरखेलमा उनलाई फेला पारिएको हो ।
'काठमाडौंमा फेला पर्‍यो भन्ने सुनेपछि मात्र ढुक्क भइयो,' प्रजिअ भण्डारीले बिहीबार बेलुकी नयाँ पत्रिकासित टेलिफोनमा भने, 'उनको संगठन तर्राई कोब्रा पहाडियालाई खेदेरै छाड्ने अभियानमा
सक्रिय छ । हामीले उनलाई मोस्ट वान्टेड सूचीमा राखेका थियौं ।'
एनएमसी शिक्षण अस्पतालको बेड नम्बर ४५६ मा उपचार गराइरहेका कोब्रा कमान्डर नागराजको हेरचाहमा उनका छोरा योगेश र उमेश तथा श्रीमती कनककुमारी व्यस्त छन् । बम विस्फोटबाट क्षतविक्षत भएका उनका दुवै हात नाडीभन्दा तल काटिएका छन् । उनको छाती र पेटमा पनि बमका र्छराले भेटेको छ । बुधबार राति उनको शल्यक्रियाबाट दुवै हात काटिएको छ ।
अस्पतालका चिकित्सक डा. रमेश सिंहको निगरानीमा उपचार गराइरहेको नागराजको सुरक्षामा दुइजना नायव निरीक्षकसहित १५ जनाको प्रहरी टोली खटिएको छ । अस्पतालको दोस्रो तल्लामा रहेको अर्थोपेडिक विभागको गेटमा नै सइको कमान्डमा टोली राखिएको छ भने बिरामी रहेको क्याबिनको ढोकामा पनि चारजना सिभिल पोसाकमा छन् ।
नागराजलाई दुइ मन्त्री र सांसदले 'गोप्य' रूपमा भेटेका छन् । तर्राईबाट पहाडेलाई खेद्ने आन्दोलन घोषणा गरेको 'तर्राई कोब्रा' नामक संगठनका प्रमुख कमान्डर 'नागराज' अर्थात् राजेश्वरप्रसाद सिंहलाई विज्ञान तथा प्रविधि मन्त्री महन्थ ठाकुर र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले काठमाडौंमै भेटेका हुन् ।
नागराजलाई मन्त्री ठाकुर र कांग्रेस सांसद अमरेशकुमार सिंहले बुधबार र मन्त्री महतोले बिहीबार भेटेका हुन् । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का नेता रामेश्वर राय यादव त नागराजको रेखदेखमा अस्पताल वरपर नै छन् ।
मन्त्रीद्वय र सांसद सिंहले नागराजलाई भेटेको अस्वीकार गरेका छन् । नेपाली कांग्रेसका तर्फाट अन्तरिम संसद्मा मनोनीत सांसद सिंहले नागराजलाई भेट्न गएको ठाडै अस्वीकार गर्दै भने, 'यो कसैले फैलाएको र्‍युमर हो ।'
तर, अस्पतालको शय्यामा रहेका नागराज र उनका परिवारले भने मन्त्री र सांसद भेट्न आएको स्पष्ट पारे । एनएमसी शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा ३ नम्बर क्याबिनमा रहेका नागराजका छोरा योगेशकुमार
सिंहले सांसद सिंह बुधबार बेलुकी बाबु (नागराज) लाई भेट्न आएको बताए । नागराजकी श्रीमती कनककुमारीले पनि यो स्वीकार गरिन् । 'उहाँहरु आउनुभएको थियो, केही हुँदैन, चिन्ता नमान्नुस् भनेर जानुभएको छ,' उनले भनिन् ।
त्यस्तै पूर्वमन्त्री तथा सद्भावनाका नेता रामेश्वर राय यादवले भने नागराज आफ्नो पार्टीको कार्यकर्ता भएकाले उपचारमा सहयोग गर्न आएको दाबी गरे । तर, सद्भावनाका नेता हृदयेश त्रिपाठी भने उनी आफ्नो पार्टीको भए-नभएको स्पष्ट नभइसकेको बताउछन् । उनले भने, 'उनी हाम्रो पार्टीको भएकोबारे थाहा छैन तर, नेताहरू गएका छन् भने मैले बोल्न मिल्दैन ।' बिहीबार बेलुकी नया पत्रिकाले मोबाइलमा फोन गर्दा नेता यादव अस्पतालमै थिए ।
from nayapatrika
 
Posted on 07-06-07 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bastards Politicians are ruining the country and still people are running after them in the name of Loktantra!!


People died just to place these corrupts once again back in the seats!!Good Job - New Nepal.
 
Posted on 07-06-07 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्य दैब, सालेको हातले कहिल्यै बम बनाउन सक्ने छैन गूड् गूड्

 
Posted on 07-06-07 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sale nagraj,
naag le takiyera marnu ni.
pahade khedauna aayeko.....balla khais...khuchhing...
 
Posted on 07-06-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sounds like hero of comics i used to read in my earlychilhood....nagraaj rey.....hahahaha.....whateve' muji lay haat matra gumayecha...mare nee hunthyo ....sala desh ma khailabaila machaaune haru.... .....
 
Posted on 07-06-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WHAT IS ALL THIS ABOUT.. PLEASE EDIT BEFORE PUBLISH
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters