[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म मतदान अधिकृत हुंदा.....
[VIEWED 5466 TIMES]
SAVE! for ease of future access.
Posted on 03-31-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिल्डको काममा एकोहोरिएको रहेंछु । सेल फोनको रिङ्ग टोनमा celine dion “.. im alive…” गाउन थालिन् । म झसंङ्ग भए ।


फोन हेरेको हाकिमको रहेछ । कुराहरु जे सुकै भन्नलाई होस, काम लगाउन वा ‘बाबु, तेरो प्रमोशन भयो भन्न’ मलाई हाकिमको फोन उठाउन साह्रै गाह्रो लाग्दछ । उसो त म अफिसको काम नगर्ने मान्छे पनि होईन । तर पनि भनिन्छ नि ‘घोडाको पछाडि र हाकिम को अगाडि धेरै बेर नबस्नु ।’ खै कारण चाहिं के हो तर मलाई हरेक पटक हाकिम को फोन आउँदा ‘ब्याट्री सकिएर फोन किन dead भएन’ भन्ने जस्ता भावना आइहाल्छन् । शायद मेरो कमजोरी ।

फोन काट्न मिलेन । ‘ हजुर सर’ भनेर उठाँए ।

‘somewhereondearth जी, कता हुनुहुन्छ ?’

फिल्डमा आफैले पठाएर गरिने यो प्रश्न ले धेरै कुरा बोकेको हुन्छ, नेपालि ब्युरोक्रेसिमा ।

‘हजुर सर, म ललितपुरको लेले मा छु अहिले । alpha sector मा pilot pollution clear गर्दै छौं । तर layer 3 मा पनि analysis गर्नु पर्ने जस्तो देखिन्छ, त्यसैले यहां सकेर फेरि एकचोटि OMC जानु पर्छ । भोलि सम्म मा यहांको सकिन्छ ।“


आफ्नो ठाउँको जानकारि दिएपछि, हाकिमलाई too much technical details ले रिन्ङग्याउनु मा मलाई स्वाद लाग्दछ । त्यसपछि हाकिमको बोलिमा जुन intensity change आउँछ, त्यसले मलाई एक किसिमको सन्तुष्टि दिन्छ । या त यो मेरो नितान्त ब्यक्तिगत बैचारिक संकिर्णता हो जसले हाकिमसंग नभएको युद्धमा मेरो ego को विजय बोध गराउँछ । या भने बच्चाबेला देखि समाजले मेरो मन मस्तिष्कमा गाडिदिएका दिनचर्याका दाउपेच, जुन आवश्यक छन, अनिवार्य छन् भनेर बेला बेला मलाई बोध गराईन्छ प्रतक्क्ष वा अप्रतक्क्षरुपमा ।

तर मलाई खुशि लाग्छ, हाकिम अल्मल्याउँदा ।


‘ठिक छ, ठिक छ” मधुरो स्वरमा यति सुन्दा, म मुसु मुसु हाँसे ।

‘तर काठमाण्डौको काम अहिलेलाई बाकि टिमलाई छोडिदिनुस् । निर्वाचनले अनिवार्य उपस्थिति भनेर बोलाएको छ, पर्सि देखि training छ । भोलि बेलुका सम्म बिराटनगर आई पुग्नु होला । “


चित्तै दुख्यो । कहां फिल्डको काम, कहां चुनावको non-technical प्रशासनिक लेठो । त्यहिं माथि, तराईको security problem. मेरो मनले यहि सोच्यो । यो बोलावट संगै केहि बेर अगाडिका तमाम भावना मेरो मनबाट पर- धेरै पर उडिसकेका थिए । मेरो अनुहार खिस्रिक्क पर्यो ।

चेब्रिएको स्वरमा भने “सर, फिल्डमा थिएं, technical भनेर मिलाउन मिल्दैन?”

“मलाई त खटाएका छन् ।सबैलाई हो । सार्न मिलाउन मिल्दैन, बरु चाडों आउनु”


पुर्वेलि शैलिमा हाकिमले फकाए । बुढा आफै पिडित रहेछन् । फोनमा अब बार्गेनिगं को महत्त्व थिएन ।

‘आऽऽ चुनाव त नहोला’ भन्ने जस्ता भावना पनि आए । एक छिन रिस उठ्यो । अफिस देखि, निर्वाचन आयोग देखि अनि तमाम राजनैतिक पार्टीहरु देखि । एक छिन, सहकर्मि हरु संग भडास पनि पोखें । ‘एक त नयां मान्छे, त्यो पनि technical, सजीलो ठाउँमा पार्ला’ मन यस्तै यस्तै कुरा ले होलो खुकुलो भयो ।

बिकल्प केहि थिएन । ब्याग पोको पारे । भोलि पल्ट यति एयरमा हिमाल देखिने साइड छानेर बसे । हिमाल संगै मन पनि उग्लियो । ‘ऐतिहासिक संविधान सभाको निर्वाचनमा मतदान अधिकृत भएर खट्न पाउनु त ठुलो गर्वको कुरा हो’

एयर होस्टेसले पिनट संगै दिएको टिसि पेपर खेलाउदै थिए । TU को English कितावका 5 stages of grief सम्झेर त्यसैमा लेख्न पुगेछुं

-denial

-anger

-bargaining

-depression

-acceptance

अरु कुरा घटना हरु संगै ,।।।।।

meaninglessthinkings@somewhereondearth

Last edited: 31-Mar-08 08:56 PM

 
Posted on 03-31-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ है सुमे जि। राम्रो संग चुनाव गराएर आउनु होला। सुरक्षा मा बिशेष जोड दिनु होला।

 


 
Posted on 04-21-08 2:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइ मलाइ त गजब लाग्यो !किन छोड्नुभएको यत्तिमैँ चाँडो लेख्नुस अर्को भाग!!!!!!तँपाईको सिध्धिए पछि म शुरु गर्छु ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters