[Show all top banners]

MR_TRUTH

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 यसरी दिने राजिनामा गिरजाबाबु
कांग्रेसमा स
[VIEWED 5216 TIMES]
SAVE! for ease of future access.
Posted on 06-24-08 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(बेकग्रउण्ड)

 ९-असार-२०६५,सोमवार

लोभले लाभ, लाभले विलाप हुन्छ भनेजस्तै भा'छ– ८४ वर्षे गिरिजाबाबुको हालत।  
सुरुमा अन्तरिम राष्ट्रपति तपाईं नै हो भनेर प्रचण्डले भनेपछि प्रचण्डपथमा लागेका गिरिजाबाबु अहिले आएर राजीनामा दिने ठाउँ पनि थाहा नहुने स्थानमा पुग्नु भा' देखेर गोपालमान ट्वाँ परेका छन्। -दृष्टि

त्तँलिप्साको चरम नमूना

-चन्द्रप्रकाश बानियाँ-

तीनदिन अगाडिको कुरो हो यौटा सांस्कृतिक भेलामा संयोगबस काँस झैं फुलेका र केन्द्रीय नेतृत्वको मह;वपूर्ण भूमिकामा रहेका एकजना कांग्रेसी युवानेताको पनि गरिमामय उपस्थिति थियो । जति-जति भोजभतेर तन्नेरी हुँदै थियो उनी पनि उत्तिकै रौंसिन थालेका देखिन्थे । हिजोसम्म नेपाली कांग्रेसको नामबाट जायज-नाजाय लाभ लिने बानी लागेको र यतिबेला पार्टीको सम्भावित सत्ताबहिर्गमनबाट तसर्िएको जमात उनको वरिपरि कुँडुलो लागेको थियो । सबैजसो निम्तालुहरु खानपिन र गफगाफमा मस्त थिए । कसैले अरु कसैप्रति ध्यान दिने वा आँखा लगाउने सम्भावनानै थिएन । कान ताउने बानी नभएको म आफूले भने आफैलाई हाँसको बथानमा मिसिएको वकुल्लाको जस्तो एकलकाँटेपनको अनुभूति गर्दै थिएँ । हुनता तमासा देखाउनुभन्दा हेर्नुको मजा विशिष्ट हुन्छ । लगभग लर्बरिन थालेको जिब्रोले यतिबेला सतहमा देखापरेको कुर्चीको लागि चलेको ुटक अफ वारुको विषयमा कुण्डले मुन्द्रे भिजिलान्ते भनिहाल्न नमिले पनि गैर सामाजिक प्रवृत्तिका उरेन्ठेउलाभन्दा फरक नपर्नेहरुको जमातको ुरानोु बनेका नेताजीबाट कुनै रहस्य उत्घाटित हुन्छ कि भन्ने लागेर अलिकता नजिकिन मनलाग्यो । नजिक पुग्दा नपुग्दै एकजना खाईलाग्दो युवाले गुनासो गर्दै गरेको सुनियो । उसले भन्दै थियो-ुनेताज्यू ; अब बर्बाद हुने भईयो; चुनाव आतंककारीहरुले जिते । ढिलो चाँडो सत्ताको तालाचावी उनीहरुलाई नसुम्पने हो भने दुनियाँले के भन्ला भनेर लाज मान्नै पर्ने होला । झिना मसिना र असंगत तर्कहरु अघिसारेर कतिाज्याल गिरिजाबाबुले कुर्ची च्यापेर बस्न सक्नु होला र  सत्तामा हाम्रै हालीमुहाली रहँदा त वाईसीएल आतंकले हाम्रो आधा गाँस खोसिसकेको छ । सत्ता नै उनीहरुको हातमा परेपछि त हाम्रो कन्तविजोग नै हुने भो नि  होइन र;

साँच्चिकै युवा उमेरको उक्त बालकांग्रेसी कार्यकर्ताको गुनासोको प्रतिउत्तरमा नेता महोदयले जुँगा मुसार्दै जवाफ फर्काए-ुधन्दा मान्नु पर्दैन । पार्टीहरुबीच यतिबेला चलेको सहमति खोज्ने प्रयत्न त दुनियाँको आँखामा छारोहाल्ने तमासा मात्रै हो । माओवादीलाई थर्काउने तिकडम मात्रै हो । साहिलो भाइ एमाले  सँग कुरा मिलिसकेको छ । मधेसीहरुको ुचावीु कहाँ छ भन्ने कुरा हामीलाई राम्रोसँग जानकारी छ । समस्या त अन्तरिम संविधानमा सामान्य बहुमतबाट सरकार बनाउने भत्काउने प्रावधान कसरी छिराउने भन्ने मात्रै हो । त्यसमा पनि माओवादीलाई सहमत गराउन सफल भैसकेका छौं । हेर्दै जानुस हाम्रा ुट्रमकार्डहरु एकपछि अर्को खुल्दै जानेछन् र शकुनी पासामा सर्वस्व गुमाएका पाण्डवको हालतमा माओवादीहरु पुग्ने छन् । माओवादीलाई सत्ता सुम्पने नाममा एकपछि अर्को सर्तहरु अघि सारिनेछ । यसपटक अघि सारिएको ुसातबुँदे सर्तु जस्ता अरु थप सातवटा सूचिहरु पार्टीसँग तयारी अवस्थामा छन् । माओवादीलाई हरियो घाँस देखाएर लोभ्याउँदै जाने हो घाँस लुड्याईहाल्न दिने कुरै हुँदैन । उसले कुर्चीमा खुट्टा राख्न खोज्नासाथ कुर्ची अलिपछि तानिन्छ । माओवादीले जति लचकता देखाउँदै जान्छ हाम्रा नयाँ-नयाँ सर्तहरु उनीहरु सामु तेसर्िदै जान्छन् । हाम्रा लागि त यही अन्तरिम संविधान नै पर्याप्त छ । हामीलाई न त संशोधन चाहिएको छ न त नयाँ संविधान  नयाँ संविधान निर्माणको हतारो त उनीहरुलाई नै छ । कहिल्यै नटुंगिने वार्ता सहमति खोज्ने नाटक र सम्भव असम्भव सर्तहरुसँग निरन्तर भिड्नु पर्दा थाकेर लखतरान र थङथिलो भएपछि माओवादीले सत्ताको आशा छोड्छ र संविधान निर्माणमा एकोहोरिन्छ । माओवादीलाई त्यस्तो अवस्थामा पुर् याउनै पर्छ पुर् याईन्छ । विश्वास गर्नुस् भाइ; सहमति जुट्ने कुरै होइन जुट्दैन । नेपाली कांग्रेसले सत्ता छाड्नु पर्दैन छोड्दैन । कमसेकम आगामी पाँच वर्ष कोइरालाको हातगोडा चलुन्ज्याल; नेपाली कांग्रेसको बराबरी सत्ताले परिक्रमा गर्छ गर्नै पर्छ । सवाल प्रजातन्त्रको स्थायीत्वको छ । पछिको कुरा पछि गर्दै गरौंला । ढुक्क हुनोस् मित्र यतिबेला कांग्रेसले किमार्थ सत्ता हस्तान्तरण गर्न मिल्दैन गर्दै गर्दैन ।
 
बिजुलीपानीको प्रभावले नेताजीको मुखारविन्दबाट कांग्रेसको गोप्य योजना सार्वजनिक रुपमा छताछुल्ल भएर यसरी पोखियो । हुन पनि त हो ती संविधानसभाको निर्वाचन सम्पन्न भएको पनि पुरापुर दुई महिना सातदिन नाघिसक्यो । विधायिकी अघिकार समेत भएको संविधानभसाको पहिलो काम त नयाँ सरकार बनाउने नै हो । विधिवत पुरानो सरकार विघटन नहुँदासम्म नयाँ सरकार बन्न सक्तैन । नयाँ सरकार निर्माणका निमित्त बाटो खोलिदिनुपर्ने नैतिक दबाबबाट बच्न हतारमा अन्तरिम संविधानको चौथो संशोधन गरियो । एकातिर प्रधानमन्त्रीले राष्ट्रपति समक्ष राजीनामा गर्नुपर्ने प्रावधानको संवैधानिक व्यवस्था मिलाईन्छ र अर्कोतिर वहालवाला प्रधानमन्त्री रहेका कान्छा कोइरालालाई राष्ट्रपति बनाउनुपर्ने सर्त अघि सारिन्छ । भै गो लौ माओवादी सुपि्रमोको शब्द पैंचो लिएर कोइरालालाई नेपाली राजनीतिको भीमकाय व्यक्तित्व रावरिङ पस्रनालिटी मान्ने हो भने उनलाई संविधानभन्दा माथि पनि राख्न सकिएला रे ; राष्ट्रपति बन्नबाट उनले आजसम्म झन्झट नमानिकन भिर्दै आएको झुत्रोकोट प्रधानमन्त्रित्व ले नरोकला ; आफै राष्ट्रपति बन्लान प्रधानमन्त्रीको हैसियतले दिनुपर्ने राजीनामापत्र आफैले ग्रहण गर्लान आफ्नो राजीनामा स्वीकृति पनि आफैले गर्लान् । कमसेकम कोइरालाको हकमा यस्तो नौटंकी गर्न मिल्दैन भनेर मुख खोल्न यो मुलुकको कुनै पनि धुन्धर संविधान विशेषज्ञले सक्ने छैन । अथवा सजिलोको लागि पहिले उपराष्ट्रपतिको चयन गरे भो । राष्ट्रपतिको अनुपस्थितिका नजन्मिसकेको कारणले राष्ट्रपतिको कार्यभार सम्हालेको उपराष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृतिको नाटक माचन गरे भो । निकट भविष्यमै महजोडीलाई माथ गर्ने यस्तै हास्य प्रहसन माचन हुनेछ र सत्तालिप्साको यौटा घिनलाग्दो नाटकको पटाक्षेप हुनेछ । झुत्रो फाटेको कोट मिल्काउने डम्पिङ साइटको के खाँचो छ र जहाँ जसरी मिल्काए पनि भो । असली काम कुरो त सत्ता दौडबाट नेकपा माओवादी कतिखेर थकित गलित हुन्छ र किनारा लाग्छ बस ; प्रतिक्षा त त्यही क्षणको मात्रै हो ।

सत्ताको खेल जसरी खेले पनि हुन्छ । सत्ताको खेलमा जालझेल र फाउल स्वभाविक मानिन्छ क्यारे ; । नत्रभने प्रजातन्त्रको स्वघोषित मसिहा अमेरिकामा ुवाटरगेट काण्डु घट्ने थिएन । जुनियर बुसले सत्ता प्राप्तिका निमित्त ुभाइ गभर्नरु को सहायतामा धाँधली गर्नुपर्ने थिएन । कान्छा कोइराला र उनको पार्टीले यतिबेला त्यही फोहरी खेलको सिको गर्दा आश्चर्य मान्नु पर्ने के छ र

खयर कोइराला र कांग्रेस दुबैलाई मुलुकले राम्रोसँग चिनिसकै हो । मान्छेलाई लागेको कुरा कति मात्रै हो भने कोइराला स्वयंले नभए पनि समयले नेपाली कांग्रेसलाई सुधार्ने छ । जनता ऐन-कानुन-संविधान प्रजातन्त्रका स्थापित मूल्य मान्यता र परम्पराको सम्मान गर्न थाल्ने छ । पार्टीभित्र प्रदिप गिरी नरहरि आचार्य र गगन थापाहरुको पनि उपस्थिति छ । तर यति बेला उनीहरुको मुखमा पनि प्रजातन्त्रको बुजो कोचिएको छ  सत्तालिप्साको ठेडो ठोकिएको छ । हिजोसम्म उनीहरुले छाँट्ने प्रजातन्त्रको ुबकवासु देखाउने दाँत मात्रै रहेछ । मेरा एकजना हितैषी भन्ने गर्नु हुन्थ्यो-ु गिरी आचार्य र थापाहरु वास्तवमा नेपाली मिडियाहरुले जन्माएका नेताहरु हुन् । उनीहरुले धाराप्रवाह छाट्ने प्रजातन्त्रका भाषणहरु पार्टीबाट हेपिएको र कुनामा धकेलिनु परेको मर्मको चिच्याहट मात्रै हो । विचार दृष्टिकोण चिन्तन संस्कार र चरित्र त उनीहरुको पनि खाँटी कांग्रेसी नै हो । तिनीहरुको कथित बौद्धिक उचाई काठका खुट्टा गाँसेर हिड्ने अभ्यासको चमत्कार देखाउने सर्कसका जोक्करहरु जस्ता मात्रै हुन् । गिरिजापथ उनीहरुको पनि आदर्श हो ।ु कुरो साँचै त हो रहेछ यतिबेला कोइरालाले कतै ुलैजाु भनेर पदबाट राजीनामा दिईदिए भने कांग्रेस सत्ताबाट वेदखल हुन्छ भन्ने डरले िसंगो कांग्रेसले घेराबन्दी गरेको छ । त्यो ुहातेसाङ्गलोु मा गिरी आचार्य र थापाहरु पनि लाजै नमानिकन लामबद्ध भएका छन् ।
 
यस्तै हो बोकाहरुबाट दाईं गर्ने कल्पना त गर्न सकिन्छ व्यवहार भने चल्दैन । सत्ता कसलाई दिने भन्नेकुराको निर्णयाधिकारी जनता हुन् नेपाली कांग्रेस होइन । यतिबेला नेपाली कांग्रेस सरकार निर्माणको बाटोमा जबर्जस्त अवरोध बनेर उभिएको छ । तर गिरी आचार्य र थापाहरुको प्रजातान्त्रिक चेत भने यो गृष्मयामको उखर्माउलो गर्मीमा पनि दशकिलोको सिरक भित्र गुटमुटिएर निद्रामग्न छ । नेपाली मिडियाहरुले जडिदिएका काण्डका खुट्टाहरु ठुन्किएका छन् । उनीहरुलाई पुनः मुसीवो भवः को श्राप परेजस्तो छ । -jandharan
 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
where are Hunter Biden and Biden got 40k maga hounds?
Why Oli must go for the UML to survive?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters