[Show all top banners]

Sarkozy
Replies to this thread:

More by Sarkozy
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 शेरबहादुरकी 'सेक्सी' सरिता
[VIEWED 4605 TIMES]
SAVE! for ease of future access.
Posted on 07-23-08 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शेरबहादुरकी 'सेक्सी' सरिता
८-साउन-२०६५,बुधवार
Image
अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा सोमबार राष्ट्रपतिका लागि निर्वाचन भइरहेको बेला मतदाताका रूपमा उपस्थित सभासद्हरूको प्रस्तुति भने निकै रोचक देखिन्थ्यो। प्रधानमन्त्रीको सम्भावित दाबेदारसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त एउटी सभासद्लाई 'सेक्सी' समेत भने।  रामराजाप्रसाद सिंहलाई मतदान गर्न एकीकृत भएर बसेका तमलोपाका नेताहरूमध्ये हृदयेश त्रिपाठीको कानैछेउ गएर कांग्रेस नेता रामचन्द्र पौडेलले भोट माग्दा निकै गतिलो खप्की खानुपर्‍यो। पौडेलले त्रिपाठीलाई विस्तारै भनेका थिए– 'आफ्नो निर्णयमाथि पुनर्विचार गर्नोस् है!' पौडेलको खासखुसे भनाइको तत्काल प्रतिक्रिया दिँदै त्रिपाठी गर्जिहाले– 'हाम्रो पार्टीको निर्णय कांग्रेसले भनेका आधारमा हुने हो कि हाम्रै विवेकका आधारमा?' त्रिपाठीको प्रतिक्रियापछि मन्त्री पौडेल चुइँक्क नबोली पर सरिहाले।  रामचन्द्रलाई जवाफ फर्काइसकेका त्रिपाठीलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि बिच्क्याए। तर, त्रिपाठी देउवासित पनि उसैगरी झर्किए। त्रिपाठी र उनको दल तराई–मधेस लोकतान्त्रिक पार्टीले पराजित उम्मेदवार रामराजाप्रसाद सिंहलाई मत हालेका थिए।  यसैबीच, राष्ट्रपतिको चुनाव भइरहेका बेला अकस्मात् पानी परेपछि सभासद्हरू संविधानसभा भवनको उत्तरतर्फ रहेको क्यान्टिनतर्फ लागे। देउवा पनि आफ्ना कार्यकर्ताहरूमाझ त्यहीँ रहेका थिए। देउवा कुराकानी गरिरहेका बेला सद्भावना (आ) की प्रवक्तासमेत रहेकी सभासद् सरिता गिरी पनि क्यान्टिनतर्फ लागिन्। देउवा र गिरीको दूरी करिब १० हात थियो। देउवाले सरितालाई बोलाए। हल्लाले गर्दा सरिताले सुनिनन्।  
देउवाले देख्नासाथ हातको इशाराले सरितालाई बोलाउँदै भने– 'एई सरिता यता आऊ!' सरिताले पनि हात उठाउँदै जवाफ दिइन्– अहिले आउँदिन, पछि भेटौँला।' त्यसपछि देउवाले आफ्ना वरिपरि बसेकाहरूसित भने– 'यो आइमाई 'सेक्सी' छ क्या, त्यही भएर बोला'को।' देउवाको भनाइपछि त्यहाँ फिल्महलका दर्शकको जस्तै हाँसो छायो। देउवाले सरितालाई 'सेक्सी' भन्दा डा. आरजू राणा भने त्यहाँ थिइनन्।  
करिब पाँच मिनेटपछि सरिता आइपुगिन्। त्यसपछि देउवाले डा. रामवरण यादवको पक्षमा भोट हाल्नूस् भने। सरिताले आफूले रामराजाप्रसाद सिंहलाई मत हालिसकेको बताइन्। त्यही दिन सद्भावना (आ) का तर्फबाट आपूर्तिमन्त्री बनेका श्यामसुन्दर गुप्ता भने झन्डै कोटेश्वरवासीको घेराउमा परेनन्। स्रोतका अनुसार सधैँझैँ मन्त्री गुप्ता कोटेश्वर महादेवस्थान (सुविधा मार्ग) मा रहेको निवासमा पुगेका थिए। बेलुकी आउने, राति १०–११ बजेसम्म आफ्ना गार्डलाई घरबाहिरै राख्ने र आफू भित्र रहने र अन्त्यमा एक महिलालाई लिएर निस्कने क्रम निकै दिनअघिदेखि चल्न थालेपछि महादेवस्थानका बासिन्दाले कुनै कदम चाल्ने योजना बनाइरहेका थिए। त्यसैअनुरूप त्यसदिन पनि गुप्ता त्यो घरभित्र पसेपछि वरिपरिका युवा जम्मा हुने र घर घेरा हाल्ने योजना बनेको थियो। तर, घरवरपर निकै कल्याङ–बल्याङ बढेपछि एक घन्टापछि नै मन्त्री गुप्ता ती महिलालाई नलिई घरबाट उम्केका थिए।  
ती महिला अरू कोही नभएर उनकी प्रेमिका कामिनी सिंह हुन्। दुई–दुईवटी श्रीमतीका लोग्ने, ६० वर्ष नाघिसकेका गुप्ताको यो दैनिक क्रियाकलापका कारण सो क्षेत्रका बासिन्दा वाक्क भएका छन्। स्थानीय युवाबाट घेराउ गरी उनलाई त्यहाँ कहिल्यै आउन नसक्ने स्थिति सिर्जना गरिने योजना भने त्यसदिन सफल हुन सकेन।  
— जनआस्था

 
Posted on 07-23-08 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what is the webaddress of jana astha?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters