३१ औ ए एन ए न्यु योर्क सम्मलेनको शुभ अवसरमा वृतचित्र निर्माण गरिने भएकोले स्थापना (सन् १९८३) काल देखिका ऐतिहासिक दस्ताबेज र सामग्रीहरु जुटाउनु पर्ने भएकोले यहाहरुसंग कुनै पनि प्रकारका महत्वपूर्ण सामाग्रीहरु संचित र संकलन गर्नु भएको छ भने हामीलाई उपलब्ध गराई सहयोग गरि दिनु हुन् अनुरोध गर्दछौ l
उक्त वृतचित्रको लागि यस क्षेत्रमा लामो समय सम्म काम गरि सक्नु भएका बिशेष व्यक्तित्वको नेतृत्वमा यो कार्यको पहल गरिने भएकोले छिटो भन्दा छिटो हामीलाई उपलब्ध गराई सहयोग गर्नु हुन् हामी संचारकर्मीहरु ,ए एन ए का पूर्व पदाधिकारी ,वर्तमान पदाधिकारी ,पूर्व आयोजक समितिका संयोजकहरु ,ए एन ए सम्मेलनमा सहभागी हुनु भएका सबैलाई आग्रह गर्दछौ l
ए एन ए वृत चित्रले युवा पिढी तथा भावी पिढीहरुको लागि कोशे ढुङ्गो साबित हुने छ भन्ने पूर्ण बिश्वासको साथ निर्माण गर्न लागिएको ए एन ए वृतचित्र ३१ औ ए एन ए न्यु योर्क सम्मेलनमा प्रदर्शन गर्ने हाम्रो प्रतिबद्दता छ l
कुनै पनि जानकारी दिन चाहेमा र जान्न चाहिएमा निम्न महानुभावहरुसंग यी माध्यमहरुद्वारा सम्पर्क गर्न सक्नु हुनेछ l
समिर महर्जन - मुख्य संयोजक ,३१ औ ए एन ए सम्मेलन [email protected] ,(347-409-1293 )
सूर्य थापा - संचार संयोजक [email protected], (347-925-3413)
छेवांग शेर्पालामा -अन्तरिम अधक्ष्य ,ए एन ए [email protected] ,(347-355-8237)
विजय थापा -अन्तरिम महासचिब ,[email protected],(703-855-2579)