[Show all top banners]

Rudramati

More by Rudramati
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा : ओझेल परेकी आमा
[VIEWED 3033 TIMES]
SAVE! for ease of future access.
Posted on 05-08-13 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कथा : ओझेल परेकी आमा

 गिता थापा (दोषी)
‘नानी तँ आज यतै बसे हुन्न ? ‘ आमाको मुखबाट त्यो वाक्य निक्लिँदा*म अवाक भएर आमातिर हेरीरहेँ । मेरो मौनता चिर्दै आमाले फेरि उही वाक्य दोहोर्*याईन् ‘तँ यतै बसे हुन्न ? *एक रात बस्दा के बिग्रँन्छ ? सासूले हेरिहाल्छिन् छोरो । अब त छोरो भात पनि खान्छ क्यार !

साँझ* पर्न आँटेको थियो । के भन्नु नभन्नु म अलमल्लमा परेँ । मन भित्रभित्रै हुट्हुटी*चल्यो । जसरीपनि आमाको जिज्ञासाको जवाफ फर्काउनु थियो । निक्कैबेर गमेँ । आमाको एउटा आग्रहमा घरको मर्यादा उलंघन गर्नु उचित लागेन ।*आमाका हात समातेर*भनेँ – ‘म एकदिन बस्ने गरि आउँछु ।*सासू हुँदा छोरोको पीर लिनु त पर्थेन । घरमा नसोधी आएकी छु । ‘*मेरो जवाफ सुन्ने बित्तिक्कै आमाको उत्साह तेल निख्रियको बत्तिझैँ झ्याप्पै निभ्यो । एकाएक अनुहार अँध्यारो भयो । नयनका ताल भित्रबाट*आसुका मूल फुटेर बाहिर निस्किए । गालालाई स्पर्श गर्दै छातीको सुख्खा पाटोलाई भिजाएर त्यहीं अलप भए ।*

मनभित्र गुम्सिएका*दु:ख का भारी*बिसाउन मन लागेको हुँदो हो आमालाई ।**लाग्न पनि किन नलागोस् ? बुवा खस्दा पन्ध्रदिन बसेकि थिएँ । त्यो भन्दा यता*मैले*रात बिताएको छैन आमासित । आफ्ना कुरा सुनिदिने मान्छे नहुँदा अत्त्यास लाग्दो हो । अनुहार पनि मलिन देखिन्थ्यो ।*मलाई भने*सन्तान, घर,परिवार के भो होला ? के के न बित्यो, बिग्रियो होला । जिम्मेदारी *भ्याइनभ्याइ छ ।*यस्तै सोचले झ्याप्प बसिहालौं झैं लागेन ।*

पराई घरलाई कर्म र कर्तव्यको जलाप लगाएर सिँगारी रहेकि छु ।*यो मेरो नारी हुनुको कर्म र कर्तव्य*हो । म यही*कर्म र कर्तव्यलाई एक इन्च तल माथि नपारीकन पूरा गरिरहेकि छु* । आखिर मलाइ आमाले सिकाएकोपनि त यहि थियो । आफुले जे भोगिन् मलाई*उही सिकाईन् आमाले । यसगरी परापूर्वकालबाट*धर� ��म र संस्कारको श्रीबृद्धि भएको हुनुपर्छ । म मनमनै गम्दै आमासँग बिदा लिएर त्यहाँबाट हिँडे ।*

सधैं बसपार्कसम्म छोड्न आउने मेरी*आमाले आज घरबाटै बिदा गरिन । मलाई पनि हतार थियो । चुपचाप बिदा मागेर हिँडे । अली वर आएर फर्केर हेरेँ ….आमाले* सारीको सप्कोले आँखा पुछ्दै गरेको देखेँ । त्यो देख्ने बितिक्कै मेरो मनमा ज्वालामुखीका*लाभा फुट्न थाले । हाडीमा भुट्दै गरेको मकैको फूल उठेझैं भयो मनको कुनो । घाँटीमा ग्रहुँगो केही चिज झुन्ड्याएको आभाष भयो ।*बाटो बिचमा रुन ठीक लागेन । मान्छेको ओहोरदोहोर चल्दै थियो । गहका आँसु गहैमा सुकाएँ । म के गरुँ ? यो एउटा ज्यानलाई बुहारी, पत्नी, आमा, तीनवटा पदको जिम्मेदारीको बोझ थिए*। उठाउँन सक्तिन भनेर धर पाउँदिन थिएँ मैले ।**

*अमिलो मन बनाउँदै*बसपार्कमा आईपुगेँ । सबै बस भरिभराउ छन् । आकाश कालो मैलो भई रातले ढप्पक्कै छोप्न आँटीसक्यो ।*निक्कैबेरमा*एउटा माइक्रो आयो । ‘मुढा मात्रै खाली छ दिदी जाने भए ? ‘ माइक्रोको कारीन्दाले चर्को स्वरले*बोलायो*मलाई । जसरी पनि गन्तव्यसम्म नपुगी नहुने थियो । सुबिधा खोजेर के आनाकानी गर्नु ? उसैपनि दिन आफ्नो रात अरुको । एक्लै दुक्लै हिँड्न गाह्रो थियो । म उसको भनाईमा सहमती जनाउँदै माइक्रोमा चढेँ । थचक्क मुढामा बसेर आँखा घुमाएँ । सप्पै हात बाँधेर आआफ्नो गन्तव्यको प्रतिक्षामा बसेका थिए । मेरो संयोग पनि शुभनै परेछ ।* हतार भएकोबेला अर्को माइक्रो फेर्नुपर्ने झञ्झटबाट मुक्त थिएँ म ।*मुढैमा भए पनि लामो सास तानेर सहज मान्दै*बसेँ ।**

*घर नजिकको चोकमा पुर्याएर जव माईक्रोको कारिन्दाले गन्तव्य आईपुगेको सुचित गरायो ! तव मुटु ढक्क भएर फूल्यो । ‘चाँडै फर्की है दुलही ! ‘ घरबाट निस्कनु अगाडि सासूले भनेको सम्झिएँ । तर भने जस्तो भएन । उसैपनि तिललाई पहाड बनाउने*सासूको बानी छ । त्यहाँ माथि उनको कुरा उलंघन गरेको जस्तो भयो । अब के चाह्यो ।**डर मान्दै घरभित्र पसें ।*

नभन्दै रिसले आगो भएकि रैछिन् सासू । साँझको बत्तिसम्म नबाली धुमधुम्ती नाति काखमा लिँएर बसेकी । हतार हतार बिजुली बालें । सासूको कालो अनुहार एकाएक बत्तिको प्रकाशमा देखापर्यो । डर दबाएर सोधेँ- आमा बाबु निदायो ? ठुस्स*परेर अँ •••••• भनिन् । ‘के खायो’ भनेर अर्को पल्ट सोधेँ- जवाफ फर्काइनन् । म पनि जवाफको प्रतिक्षा नगरी भान्छातिर लागेँ ।*

बिहान मैले माँझेर घोट्याएका भाँडाकुँडा जस्ताका तस्तै घोप्ट्याएका थिए। के गर्नु म बुहारी परेँ। मैलेनै ॠण खाएकि छु यसघरको ।*मुर्मुरिँदै दाल बसालेँ । कुकरको सिठ्ठीले सासूको काखमा निदाएको छोरो**उठ्यो ।*ग्याँसको अर्कोपट्टी मुखमा भात* छड्किदै थियो । छोरो मम्मी ! भन्दै चिच्याउन थाल्यो । छोरो*पनि भान्छामै*ल्याएँ ।*

अब भने सासू फुर्सदी भईन् ।*छोरीसँग फोनमा भलाकुसारी गर्न थालिन् । मैले पनि मन कुँड्याई आँसु पुछ्दै गरेकी मेरी आमालाई सम्झिन पुगेँ ।* सासूको रवाफसँग तुलना गरेँ । बाबुले छोडेर गएपछि भाउजु बुहारीको खट्न खानु परेको*मेरी आमालाई दम र चिनीरोगले ग्रस्त पारेको छ । प्रत्येक दिन औषधी नखाइहुन्न ।*

म कहिलेकाहीँ भेट गर्न पुग्छु*खाली हात । आमाको निन्याउँरो अनुहार देख्दा मेरो छाती बेस्सरी पोल्छ । मेरा पनि आफ्नै बाध्यता र मजबुरी छन् । खडदार पदमा जागिरे मेरा श्रीमानको तलबले एक महिनाको घर खर्च मुश्किलले उठाउँछ । आमा भक्त मेरा श्रीमान महिना मर्ने बित्तिक्कै पैसाको बिटो*ल्याएर आमाको हातमा राखिदिन्छन् । घरी घरी मलाई श्रीमानको त्यस किसिमको व्यवहारले*औधी रिस उठ्छ । घरी*काखमा राखेर दुध चुसाउँदै गरेको*छोरो हेरेर दंग पर्छु । सोच्छु – यो छोरो पनि उसको बाउ जस्तै भयो भने ! मेरा हात खुट्टा बसेको अवस्थामा मैले सुख पाउँने छु ।**

घरी मेरा दाजु भाउजुले आमाप्रति गरेको व्यवहार देखेर धिक्कार्छु – छोरा, छोरा भनि प्राण फाल्दै*महायज्ञ र दान धर्म गरिगरि छोरा जन्माउन चाहने आमाहरुलाई । यो बिधीको बिधान पनि उदेकलाग्दो छ ।*

भात पकाएर*सासू र श्रीमानलाई बोलाएँ । सासू हिन्दी सिरियल हेर्न व्यस्त थिइन् । श्रीमान किताबका कीरा पढ्नैमा व्यस्त ।*मेरो आवाज सुन्नेबित्तिक्कै*� ��नी किताब बन्द गरेर*आए । सदाको ठाउँमा चुपचाप खान बसे । सासूलाई दोश्रो चोटि बोलाएँ । बल्ल टेलीभिजन निभाएर छोरा छेउमा आएर*टेबल अगाडिको भाग खपाखप खान थालिन्*। “माइत गएकी थिईस।*आमालाई कस्तो रैछ” सम्म भनेर सोधिनन ।*त्यो उनको स्वभाव । मेरी आमाको सञ्चो विसञ्चोको खबर किन सोधिनौ*भन्नु नहुने ।*

खानपिनको नित्यकर्म सकेर सुत्ने कोठामा पुगेँ । ढोकाबाट छिर्ने बित्तिकै छोराका खेलौना र पत्रपत्रिका भुइँभरि छरिइरहेका थिए ।*तिनलाई*समेटेर आ-आफ्नो ठाउँमा तह लगाएँ । मनमनै सोचेँ । मैले नगरे कसैको जाँगर चल्ने होईन । सुत्नु अघि झ्याललाई छोपेर ठडिएका पर्दा उचालेर बाहिरको दृस्य नियाले ।*झ्यालका खापा उघार्ने बित्तिक्कै चिसो हावाले स्वागत गर्*यो । हावाको*झोक्काले*छु ने बित्तिक्कै पुरै शरीरमा आनन्द महसुस भयो ।*बाहिर दुई घरमा बाहेक बत्ति निभिसकेका थिए । औंशीको रात आकाशमा चन्द्रमा उपस्थित थिएन । खाली आकाश कालो बादलको बर्को गुम्लुङ्ग ओढेर उभिएको थियो । टाढा टाढासम्म अँध्यारोको साम्राज्य फैलिएको हुनाले राम्रोसँग केही देखिँदैनथ्यो । म झ्यालको पर्दा पहिलेझैं मिलाएर बिस्तारामा पसेँ । बलपुर्वक सुत्न प्रयास गरेँ ।* निदाउँन सकिन । आँखा ट्वाल्ल परेर उघ्रेका उघ्रियै भए ।***

छोरो र श्रीमानभने गहिरो निन्द्रामा थिए । कोठाको सुन्सान बातावरणले गर्दा छिसिक आवाज पनि चर्को सुनिन्थ्यो । छुचुद्रा र मुसाहरुका सन्तान फैलिँएछन् । च्वाँ च्वाँ र चीँ चीँ झम्टाझम्टी सुनिन्थ्यो । सोचेँ, विष हालेर यीनको दोहोलो काढ्नुपर्ला भोली । फेरि तीनले सिरक र डस्नामा गूँड लगाए भने बर्वाद पार्छन् ।*

मेरो निदाउँने प्रयास असफल भयो । जति कोसिस गर्दापनि निन्द्रा पटक्कै लागेन । ओछ्यानबाट उठेँ । टेलिभिजन खोलें । पल्लो कोठाबाट सासू कराउन थालिन् ‘कोहो यो मध्यरातमा टेलिभिजन खोल्ने ? आँखा लाग्न लागेका थिए ।’*जवाफ नफर्काई टेलिभिजन निभाएर ओछ्यानमा गएँ ।*टेबलमाथीको*जगको*�� �ानी खाएँ । भित्ताको घडी ले मध्यरातको दुई बजायो । अब चाहिँ निदाउने विचारले टाउकोसम्मै पातलो पछ्यौरा ओढेर आँखा चिम्लिएँ । कानमा आमाले भनेका शब्द गुञ्जिदै थिए ‘नानी*आज तँ यतै बसे हुन्न ? ‘ सासूलाई चुल्होमा पसेर भात पकाउन लुतो आ’को भन्दा चारखन्ड दिक्क लाग्छ । महिनाबारी भएको अवस्थामा चार दिन भात पकाएर खुवाउन प्रलय पर्छ । कहिले त ‘दुध चिउरा खाउँ है बाबु ‘ भनेर छोराको मञ्जुरी लिन्छिन् । छोरा परे गाईपरानी । ‘हजुरलाई गाह्रो भए जे ठीक र सजिलो लाग्छ उही गर्नु ‘ भन्छन् । आमा फुरुङ्ग पर्छिन् ।*’पूर्व जन्ममा जरुर राम्रो कर्म गरेको हुनुपर्छ मेरी सासूले ‘ म सोच्छु ।*

मनभरि कुरा खेलाउँदा खेलाउँदै*बीचमा एक झप्को निदाईछु । बिहान भयो । ओछ्यानबाटै कराउन थालिन सासू ‘हन ! उठ्ने बेला भएन दुलही ? आफूलाई चिया खान मन लागेर आधा पाखो टाउको दुखेर मर्ने बेला भयो । ‘

‘एउटा जावो चिया आफैँ पकाएर खान सकिन्छ नि ! ‘ भन्न मन लागेको थियो*। सकिन । मनमै दबाएँ । आमा भक्त छोरा, मेरा श्रीमानले आमाको*स्वरसँग स्वर खापेर बोलाए ‘नानु उठ आमालाई चिया खान मन लाग्यो रे ! ‘ ‘मैले पनि सुनेकि छु तिम्रो आमाको कोकिलकण्ठ’ भनुँ झैं लागेको थियो । मनमा उठेको ज्वालमुखीलाई मनभित्रै शान्त पारेँ ।*अज्ञानी बनी घरमा कलह मच्चाउँन*मन पर्दैन मलाई ।*आज्ञाकारी बनी* कपडा फेरेर भान्छामा छिरेँ ।**

सर्वप्रथम छोराप्रति पहिलो हक*आमाको लाग्छ । उनले हुर्काएर लक्का जवान बनाएपछि म उनकी धर्मपत्नी भएर यो घरमा भित्र्याईएकी हुँ ।*मेरी सासूको भाग्य दह्रो रैछ । एउटै भए पनि असल छोरो जन्माईन् । मेरी आमाले पनि जन्माउँनकै लागि*चार चार भाई छोरा जन्माईन् । तर एउटै काम नलाग्ने जन्माईन् । कसको के लाग्छ । सबैले आ-आफ्नो कर्मको फल खाने न हो । मेरी आमाको भागमा त्यस्ता छोरा परे । मेरी सासूको भागमा यस्ता छोरो ।**नियतीले जे जे भोग चलन गर्न छुट्याएको हुन्छ, त्यहि ब्यहोर्नुपर्छ यो मान्छेको जातले ।*

आफू रुढीवादी सोचकी*मेरी आमा ! सन्तानलाई भाग्यवादी होईन कर्मवादी बन्नु पर्छ, भन्ने शिक्षा दिने गर्थिन् । समय र अवस्था अनुसार चल्न सिक्नु पर्छ ।*नत्र सबै भन्दा पछि परिन्छ भन्थिन् । आमाका प्रगतिशील कुराको धार समातेर समयको प्रवाहसँग बग्दै*सन्तान उच्च तहमा पुगे । आँगन पनि प्रदेश भैसकेकी मेरी आमा पछाडि छोडिईन् । सन्तानलाई समय सँगै चल्न सिकाईन् । तर आफैँ ओझेल परिन् ।*

बैमानी,*समय हो ? अथवा आफ्नै दुध बैगुनी*हो ।*उनलाई अचेल ठम्याउँन हम्मे हम्मे परेको छ ।*दु:ख लाग्दा कुना सम्झेर पिलपिल रोइदिन्छिन् ।*आफुले कखरा चिन्ने अवसर पाईनन्, सन्तानलाई एम.ए बि.ए सम्मको शिक्षा आर्जन गर्ने*वातावरण मिलाईन् । गुहु र मुतमा डुबेर संसार देखाईन् । तर आज उनैले एक पैसाका लागि चारजना छोरासँग हात पसार्नु पर्छ ।* सबैको एउटै वाक्य निक्लिन्छ ‘बुहारी सँग माग्नु ।’ बुहारीसँग हात पसार्*यो खान र लगाउन पाएकै छ *। बिरामी पर्दा औषधी उपचार गरेकै छ । त्यो भन्दा*के चाह्यो ? लामो लेघ्रो तानेर तल्ला र, माथिल्ला घरका सासूको गतीवीधीको*व्याख्य� �� गर्न थाल्छन् ।*

त्यही आहतको पीडा अघाउजी पोख्न मन थियो होला शायद मेरी आमालाई । त्यसैले ‘आज यतै बसे हुन्न ? ‘ भनेर आग्रह गरेकी थिईन् । मेरापनि आफ्नै बाध्यता र मजबुरी । छोरीले बेलैमा घर गरि खानु पर्छ भनेर पराईको जिम्मा लगाईदियौ आमा ।* लाजपनि राम्ररी नछिप्पिइँदै ।*म भित्र सल्किँएको डढेल्लो कस्ले देख्ने ? न खुलेर हाँस्न पाउनु छ । न खुलेर बोल्न । कसलाई सुनाउनु मेरो वेदना मैले ? सासूलाई दु:खसुखका कुरा सुन्ने फुर्सत छैन । छोरीसँग फोनमा बात मार्दा र टिभीमा हिन्दी सिरियल हेर्दा दिनभरि ठिक्कै । आमा भक्त मेरा श्रीमान जागिर खाएर लखतरान परि झम्के साँझमा घर फर्किन्छन् । मुख देख्दा माया लाग्छ ।* के भनुँ उनलाई । कहिलेकहीं कार्यालयमा पूरा गर्न नसकेको कामको फाइल घरमा बोकेर आउँछन् । न कामले उनको पिच्छा छोड्छ । न उनले कामको पिच्छा छोड्नु । उनी एउटाको कमाईले सिंगो घर चलेको छ ।*

कहिलेकाहीं मैले दुई निन्द्रा पुर्याउँदा उनी भने बत्तिको प्रकाशमा मुखभरी हाई काँडेर तिनै* फायलमा घोत्ली रहेका हुन्छन्। कसरी* भन्नु मैले मेरी आमा सँग म नितान्त एक्ली छु भनेर। आफ्नै पीडाको आहतले घाइते भएकी मेरी आमा। मेरो दु:खको बोझ*थपेर* अझ दु:ख पार्न चाहन्न म उनलाई ।*

म एक्लै गुनगुनाउँछु ‘यो एकाइसौं शताब्दीमा आईपुग्दापनि तिमीले दिएको कर्मवादको शिक्षामा होईन भाग्यवादको बुट्यान र लहरा*समातेर चिप्ले किरा झैँ घिस्रीरहेकि छे तिम्री छोरी आमा । बिरोध गरुँ आफ्नै मुखको क्यान्भासमा अप शब्दका छिटा पोतिएर दुर्गन्ध फैलिँने डर ।*

तिम्रो जस्तै पीडा र व्यथाको आहालमा भासिएकि छु आमा म हिलाम्मे भएर ।*जीवनभरि कमजोरी लुकाई लेखान्तालाई दोष दिएर*बाँच्नु पर्छ ।*नबाँची यो भवसागरबाट छुट्कारा मिल्दैन । छोरोको रुवाईले मलाई सोचमग्न गहिरो सम्मोहनबाट झस्काईदियो । म लामो सास तान्दै मनभित्र उठेको आँधीतुफान*एकातिर थन्क्याएर*छोरोको रुवाई पछ्याउँदै कोठातिर*लागेँ ।

(source: www.nepalplus.com/archives/12108)

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters