[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 एएनए ३२ औं सम्मेलन आयोजक समिति गठन र निर्वाचन हुने
[VIEWED 2543 TIMES]
SAVE! for ease of future access.
Posted on 01-07-14 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएनए ३२ औं सम्मेलन आयोजक समिति गठन र निर्वाचन हुने

पौष २३, भर्जिनिया
विजय थापा

एकतिस बर्ष अगाडी अमेरिकन सरकारको नियम अनुसार डिसीमा दर्ता भएको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन अमेरिका ,एएनएको आगामी ३२ औं सम्मेलन आउदो जुलाई ४,५ र ६ तारिख वाशिंगटन डिसीमा हुने भएको छ । एएनएको कार्यसमितिको निर्वाचन सहित सम्पन्न हुने सम्मेलनका लागि हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान उपसंयोजक रहेको एक २१ सदस्यीय संयोजन समिति गठन भएको छपा बिज्ञप्तिमा उल्लेख गरिएको छ l

आयोजक समितिको गठन जनवरी ५ तारिक आइतवार बसेको बैठकले वाशिंगटन डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थामा आबद्ध ,अनुभवी ,समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई छनौट गरि जिम्मेवारी सुम्पने निर्णय गरेको जानकारी संयोजक हेमन्त श्रेष्ठले बताएका छन l

१.हेमन्त श्रेष्ठः संयोजक– मूल आयोजक समिति
२.लक्ष्मण प्रधान –उप संयोजक – मूल आयोजक समिति ,संयोजक आर्थिक समिति
३.सरोज खनाल – संयोजक–सांस्कृतिक कार्यक्रम
४.सरोज प्रजापति – संयोजक–कार्यक्रम निर्माण समिति
५.चन्द्र लामा – संयोजक – खेलकुद
६.कृष्ण सोब – संयोजक – जनसंपर्क तथा पाहुना व्यबस्थापन समिति
७. प्रेम संग्रौला –संयोजक – नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र (एनइसीसी) सहयोग समिति
८.लोकनाथ तिवारी – संयोजक – बजार व्यबस्थापन तथा आपूर्ति समिति
९.विजय श्रेष्ठ – संयोजक – खाद्य व्यबस्थापन समिति
१०. कविन्द्र सीटौला – संयोजक – सहभागी दर्ता व्याबस्थापन समिति
११. रविना थापा – संयोजक – कार्यक्रम समन्वय समिति
१२. विष्णु थापा – संयोजक – कार्यशाला संचालन समिति
१३. मृगेन्द्र हुमागाई – संयोजक – सूचना प्रविधि व्यवस्थापन समिति
१४. मन्जु संग्रौला – संयोजक – मेडिकल क्लिनिक संचालन समिति
१५. आनन्दु लामा थिंङ – संयोजक – स्वयमसेबक व्यवस्थापन समिति
१६. अर्चना मानन्धर – संयोजक – शैक्षिक कार्यक्रम संचालन समिति
१७. केशर गुरुङ्ग – संयोजक – सुरक्षा व्यवस्थापन समिति
१८.गोविन्दसिं राउत – संयोजक – साहित्यिक कार्यक्रम संचालक समिति
१९. विष्णु शीतल – संयोजक – सूचना तथा संचार समिति मा रहेका छन् भने बाँकी दूई संयोजक अर्को बैठकले नियुक्त गर्ने जानकारी संयोजक श्रेष्ठले बताए ।

सम्मेलनलाई भव्य रुपमा सफल बनाउन संयोजकहरुलाई स्वतन्त्र रुपमा उप समिति निर्माण गर्ने अख्तियार दिइएको छ lनेपाल र नेपालीको चिनारीलाई थप उजिल्याउने मूल उद्धेश्य राखिएको बताउदै ३२ औ सम्मेलनले नेपाली कला–कौशल र उत्पादनको व्यापक प्रदर्शन गर्ने ,अमेरिकामा नेपाली उत्पादनको बजार विस्तार गर्ने र नेपालमा अमेरिकी पर्यटकको संख्या बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले सो अनुसारका क्रियाकलापहरुलाई विशेष प्राथमिकता दिइने बताईएको छ l

शैक्षिक, साँस्कृतिक, ,सूचना तथा संचार, जनस्वास्थ्य, नीति निर्माण, खेलकुद र साहित्यिक विधामा ठोस उपलब्धि हुने खालका क्रियाकलापलाई प्राथमिकतामा राखिएको उल्लेख गरिनुको साथै सम्मेलनबाट हुने मुनाफामध्ये ५० प्रतिशत स्थानीय नेपाली शैक्षिक तथा सांस्कृतिक केन्द्र (एनइसीसी) म्यारिल्याण्डलाई प्रदान गरिने निर्णय गरिएको छ भने २५ प्रतिशत स्थानीय संघ /संस्था र २५ प्रतिशत एएनएका लागि प्रदान गरिने भएको छ ।

२९ औ ए एन ए सम्मेलन डिसीमा भएको थियो भने उक्त सम्मेलनले करिब १० हजार मुनाफा दिन सफल भएको थियो l र ए एन ए को ईतिहासमा दूई पटक सम्मेलन संयोजक बन्ने अवसर पाएका हेमन्त श्रेष्ठले उक्त छापा बिज्ञप्तिमा सबैको साझा संस्था भएकोले सहयोगको अपेक्षा गर्दै सफल तुल्याउन अनुरोध गरेका छन् l

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters