[Show all top banners]

Rahuldai

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ८४ घण्टा ...............
[VIEWED 3042 TIMES]
SAVE! for ease of future access.
Posted on 02-10-14 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

८४ घण्टा ...............

नेपाल यात्राको सम्झना न सेलाउँदै  अम्रिका मै नेपाल झुल्क्यो – गत बुधबार सखारै देखि बिजुली गुल ......|  आइस वर्षा अनि हिमपातमा बेजोडको क्षणिक आंधी हुरीको प्रतापले बिजुली झिरिप्प भा रहेछ | आउला नि गए पछी , अमेरिका हो क्षण मै मिलन क्षण मै पारपाचुके हुने ठाउँमा भनी बसियो | धन्न ग्यासको स्टोभ जिउँदो रहेछ र पानी पनि आउँदो रहेछ | तावामा पाउरोटी सेकाइ भए नि ब्रेकफास्ट खाइयो - भोकै बस्ने बानी न भएको र कहिलेइ ड़ा. गोबिन्द केसीको  आन्दोलन नगरेको व्यक्ति परें |

गृहमन्त्रीको अफिस पनि ११ बजे मात्र खुल्ने रे भन्ने झूर संचारिय खबर आयो | १० बजे सम्म त बत्ति आउला नि अनि तातो पानी नि झर्ला भन्दै बसियो | बस्न त बसियो ......... तर गर्ने के ? फेसबुक, इन्टरनेट , टिभी   ...आइफोनको सानो पर्दामा के हेराइ भयो चस्मा लाएर ....|

त्यसो त अमेरिका बसाइको अनुभवमा २-४ चोटी  बिजुली गएको र केही घण्टा मै आएको क्षणहरु थिए | हरिकेंन स्याण्डी जस्तो महा प्रलयमा पनि केही घण्टा पछी नै बिजुली मैंया सवारी भएकी थिई | कुर्र्यो कुर्यो आउंदैन बाइ .....| ११ बज्यो , महारानीको अफिस  छुट्टीको खबर आइ सकेकोले आज मज्जाले टिभी हेर्ने आराम गर्ने कार्यक्रम बनेको थियो | भुत्रा हेर्नु ......... मैन बत्तीमा  टिभी बल्छ मात्र , चल्दैन .....|

अमेरिकामा बिजुलीलाई “पावर “ किन भन्दा रहेछन बल्ल महशुस भयो | साँच्चीकै “पावर”फुल नै रहेछ , शक्ति केन्द्र को स्रोत | हाम्रो देशको नेताको लागि “प्रभु” भने जस्तै |

अपार्टमेन्ट बासीहरुको गाइगुइ सुनिन थाल्यो तल पार्किंग लटको सभा स्थलमा | बाक्लो लुगा लगाई आफु नि चियो गर्न हिडियो | बडेमानको मोटो तार चुडिएको रहेछ अपार्टमेन्ट बाहिर | दुइवटा बिजुली अड्डाको भ्यान तैनाथ रहेछ त्यता | ट्याम मै आइपुगेछ भन्ने लायो | अब त बनि हाल्छ “ पावर”  आइहाल्छ भन्ने लाग्यो |  १२ बज्यो , आएन . १ बज्यो . आएन | भोक पो लागेर ल्यायो बाई | यो चिसोमा के बाहिर गएर खानु भन्दै बासी भात, तरकारी अनि दाललाई स्टोभमा तताइवरि खाइयो | कस्तो खासा बाँ ( चिप्ले किरा मार्का , स्लो मोशन कि औलाद ) रहेछ खैरेका सन्तान भन्दै एक श्राप दिई हालें | बिहान देखि आएर एउटा तार अझै जोड्न न सकेको बेइमान निकम्माहरु | हाम्रो नेपालमा बिजुली अड्डाको भर्र्यांगे इलेक्त्रिसियनले हेल्मेट न सेल्मेत आयो कि तु बनाइ दिन्छन | बिजुली नै आउदैन त पो मार्यो नत्र नेपालमा चाहि ..........|

 

दिन भरि आएन | साँझ पर्र्यो आएन | आइ फोन चक चक गर्दा गर्दै ब्याट्री महाशय नि खोला खोला लाग्ने बेला भैसक्याथ्यो | यसो मल नि घुमौ भन्ने सल्लाह भो |  मलको घुमाइ  चार्जरको घुसाई  दुवै हुने | सहमति नहुने कुरै भएन | मल घुम्या घुमेई चार्जर घुसाउने प्वाल खोज्दा खोज्दा भेटिएन | पक्का पनि खाने ठाउँमा हुनु पर्छ , फूड कोर्टमा लाग्यौं | त्यहाँ नि छैन | साला एउटा त आउटलेट हुनु पर्छ नि , कन्जुस कहींका भन्दै भुन्भुनिदै मलबाट बाहिर निस्क्यौं | अझै बत्ति आएको न आएको ठेगान थिएन, भात आज डिनर हुने भयो | तै पनि एक मन लाग्यो , पहिला घर जाउँ “पावर “ आए छ भने बात खत्तम, न आए देखा जाएगा | गाडीलाई घरको दिशा मोडें | चारै तर्फ उज्यालो दंगदास ...| जब अपार्टमेन्टको गल्लि छिरियो आफ्नै अपार्टमेन्ट मात्र अँध्यारो | थुक्क ! साले काम चोर बिजुली अड्डाका इलेक्त्रिसियन के “न्याप “ लिन मात्र यता आएका ....... रिस उठ्यो | गाडी बिसौनीमा राखेर सरासर भ्यान भए तिर लागें | अहिले सम्म बत्ति किन न आएको , किन न बनाएको भनेर साप संग हपार्ने बिचार थियो |

“किन अहिले सम्म न बनेको?”  भनेर सोध्न मात्र भ्याकोथियो . आफ्नो इति वृतान्त सुनाइ हाले | हामी बनाउन आएका हैनौ, लाइभ वायरले अरुलाई नोक्सान गर्छ कि भनेर “प्रोटेक्सन “ को लागि बसेको रे | अब भयो .... बिहान देखि को आश ....| हाइ भोल्टेज कनेक्सन भएकोले स्पेशल क्रिउ चाहिन्छ रे , “ वी आर वेटिंग फर डेम” रे | कहिले आउँछ त तेरो  स्पेशल क्रिउ भन्दा “ आइ डोन्ट नो “ रे |

अब लाग्यो “पावर “ भनेको सजिलो सित पाइन्दैन | संगैको पबमा गएर भए नि पेटपूजा गर्ने पर्यो | बुधबार चिकेन विंगस् डे, लास्तै मिठो विंगस् पाइने |

देशादेशाबरको खबरबाट बेखबर पबमा ब्याट्री चार्ज गरी ल्याको फोनको भरमा रात कटाउनै पर्र्यो | चार वटै स्टोभ बालेर चिसोमानलाई सहने सम्म घटाएं र डबल सिरकमै चित्त बुझायो निद्राले |

सपना भरि बिजुली आएको , गएको , आएको गएकोले झनै डिस्टर्ब गर्यो |  बिना इन्टरनेट कसरी बाच्ने होला, त्यहि चिन्ताले हुनु पर्छ , रात पनि बिथोलिएको | बिहान ४-५ तिर त लास्तै भन्दा नि लास्तई जाडो हुने रहेछ | ट्रिपल सिरक चाहिने गरी |

फेरी नि तावामा पाउरोटी  सेकाई ब्रेकफास्ट गरियो | गृहमन्त्री मन्त्रालय प्रस्थान | आफु बेरोजगार | ट्याम कटाउने कसरी ??  बिहानै एक क्षण भगवानलाई पानी चढाई यसो दुइ हात जोडिन्थ्यो सधै .......... आज दुइ क्षण हात जोडे | नेपालमा भए पो सुन्थ्यो होला , गणेशे, शिबे , नारायने ले यहाँ के सुन्थ्यो | यशुले पुकार्नु पर्ने होला नि भन्दै त्यसलाई नि सम्झें | यशु पनि स्पेशल क्रिउको तालिम प्राप्त हैन रहेछ , आएन ............. बिजुली बनाउन |

त्यतिन्जेल अपार्टमेन्टका कियर टेकरले शनिबार सम्म “पावर” रिस्टोर नहुने जस्तो छ भन्ने भनक दिसकेका थिए | एवं रीतले आश गर्दै बस्यो , दिनको ५-७ पल्ट  त्यो भ्यानको पंहेलो पल्याक पुलुक गर्ने बत्ति हेर्दै फर्क्यो |

पावर भन्या पावर नै रहेछ | उता हाम्रो देशमा सबैभन्दा ठुलो पार्टीको संसदीय दलको नेता दारी कोइरालालाई पावर पाउन अझै मुश्किल भैराख्या समाचार पढ़िदै थियो | बल्ल तल्ल ३ रात ४ दिन चांनचुन पछी हिजो राती पावर आयो | सुनिन्छ ६ लाख बिस हजार ग्राहकको घरमा बिजुली गयाब भएको र हाल सम्म अझै २०-३० हजारमा अझै “पावर” आएको छैन रे |

यो ८४ घण्टे बिना बिजुलीको दिनमा समय कटाउने माध्यम बन्यो , नेपालबाट अस्ति ल्याएको एक पुस्तक – सुधिर शर्माको “प्रयोगशाला – नेपाली संक्रमणमा दिल्ली , दरबार र माओबादी “ र हालै फ्लोरिडा निवासी अग्रज “सुन्दर जोशी “ पठाई दिनु भएको उहाँको कृति  “ क्यासल रक को अप्सरा “ |

शायद , बिजुली गुल नभएको भए ती पुस्तकहरु पढ्न म जस्तो अल्छेश्वर महादेवका  भक्तलाई बर्षौं लाग्थ्यो होला तर ती ४ दिनमा दुइ पुस्तक अधोपान्त पढियो र ठुलै उपलाब्धि भयो जस्तो लाग्छ | 

“प्रयोगशाला “ नेपाली राजनीति बारे धेर थोर जानकारी राख्नेले पढ्नै पर्ने किताब हो | नेपालको राजनीतिमा भएका र हुने अप्रिय घटनाहरुको गुह्य कुरा बडा सरल ढंगले सिलसिलेबार रुपमा लेखिएको छ | नेपालमा माओबादीको उदय, राजा बिरेन्द्रको बंश नाश , ज्ञानेन्द्रको “कु” र लास्ट मा  ज्ञानेन्द्रकै “कु” अनि संबिधान सभाको भंग बारे दिल्ली दरबार र नारायणहिटी दरबारको चलखेल बारे सविस्तार रेफेरेंस सहित बर्णन गरिएको छ|  त्यो पुस्तकले इंगित गरेका धेरै घटनाहरु अन्य स्रोतबाट जानकारी पाएको भए पनि प्रामाणिक रुपमा यसरी बर्णन गरेको पढ्न पाउँदा ती घटनाहरु चलचित्र सरह भए मेरा लागि | यो पुस्तक पढे पछी नेपाली राजनीतिका अदृश्य दृश्यहरु देखिने छन् | राजनीति र “र” बारेका धेरै भ्रमहरु चिरिने छन् | एउटा आशंका चाहिं अझै रह्यो | लेखक सुधिर शर्माले यस्तो अति गोप्य सूचनाहरुको पहुँच कहाँ बाट हासिल गरे | जसरी दिल्ली दरबार र “र” को पोल खोलिएको छ, त्यो “प्रभु “ को स्वीकृति बेगर पक्कै पनि प्रकाशित हुन सक्दैन |

“क्यासल रक कि अप्सरा “ , सुन्दर जोशीको कथा संग्रह | अमेरिकामा सन् १९९५ देखि बसोबास गर्दै आएका सोलुखुम्बु निवासी जोशीले अमेरिकी परेबेशमा देखेका भगेका नेपाली पात्रहरुको विभिन्न कोणबाट चिरफार गर्नु भएको छ | अप्राबासी साहित्यकारहरुको माझ खासै चर्चामा आउन न चाहने जोशीजी का कथात्मक्ता, भाषा , शैली र प्रस्तुतीकरण नेपाली समकालीन साहित्यमा अब्बल दर्जाको नै रहेको मेरो बुझाइ छ |

तपाइँहरुको शहरमा यसरी बिजुली नजाओस , मेरो कामना छ | कथंकदाचित गैहाले छ भने ती  दुइ पुस्तकको जोहो गर्नुस | समय बिजुली बिना  पनि स्वर्गीय आनन्दमय लाग्ने छ | अस्तु !!

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters