[Show all top banners]

ugeslimbu

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 आईतवार साँझ सम्माननीय राष्ट्रपति डा.रामबरण यादबले ‘नेपालको संबिधान २०७२’ घोषणा
[VIEWED 2425 TIMES]
SAVE! for ease of future access.
Posted on 09-20-15 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आईतवार साँझ सम्माननीय राष्ट्रपति डा.रामबरण यादबले ‘नेपालको संबिधान २०७२’ घोषणा गरेका छन् । करिब सात दशक देखि नेपाली जनताको संसद बाट संबिधान जारी गर्ने धोको पुरा भए संगै देश भर दिपावली समेत मनाइरहेका छन् भने नेपाली रहेका विधिन्न मुलुकमा समेत संबिधान जारीको खुसियाली मनाइरहेको खबर प्राप्त भएको छ ।यसै सन्दर्भमा जारी संबिधान प्रति नेपाली चलचित्रकर्मीले पनि खुसि ब्यक्त गरेका छन् । आइतबार साँझनै केहि चलचित्र सम्बद्द संघ सस्थाले दिपावली समेत गरेका छन् । जारी संबिधान प्रति चलचित्रकर्मीका आ-आफ्नै धारणा प्रस्तुत गरिएको छ । राजकुमार राई (अध्यक्ष, चलचित्र विकास वोर्ड) देशले संविधान पाएको यो ऐतिहासिक घडी र खुसीको क्षण हो । आजको दिन जनताले बिजय प्राप्त गरेको दिन हो । आठ बर्षे निरन्तर प्रयासपछि देशले पाएको नयाँ संविधान समग्र नेपालीको लागी स्वागतयोग्य छ । पुर्णतः सबैको सहमती समेटिएको कुरा केहि पनि हुन्न् । कोही न कोही बिरोध गर्ने पक्ष निस्किनै हाल्छ । यसमा पनि प्रजातन्त्रले दिएको बहुमतको अधिकारमा रहेर जनताले चुनेर पठाएका संविधानसभाका प्रतिनिधीहरुको सबैभन्दा बढी मतले आएको संविधानलाई सबैले स्वागत गर्नुपर्दछ । संविधान अपरिवर्तनिय छैन् । यसमा बिमती राख्नेहरुको लागी एउटा ढोका खुल्ला नै छ । चलचित्र लगायतका विभिन्न विधाहरुलाई पनि यो संविधानले कहिं न कतै छोएको छ । यसलाई आफ्नो आफ्नो पेशा व्यवसायमा लागेकाहरुले निकै नै ठुलो उपलब्धी मान्नुपर्छ । यो पटक नसमेटिएका तथा जनताको पक्षमा आवश्यक पर्ने कुनै बिषयहरु निस्किँदै गर्दा भोलीको दिनमा राज्यले त्यसलाई स्थान दिनेछ । अहिलेको यो ऐतिहासिक घडीमा देशले पाएको लोकतान्त्रिक संविधानको स्वागतको लागी दिपावलीमा जुटौं । प्रियंका कार्की( नायिका) संविधानसभाको दुई- पटकको निर्वाचनपछि हामीले नयाँ संविधान पाएका छौं । यो भन्दा ठुलो खुसिको कुरा केहि हुन सक्दैन् । लोकतन्त्र आएपश्चात पनि आठ बर्ष पर्खेर आएको संविधानलाई सबैले सकारात्मक रुपले लिनुपर्छ । यो संविधानमा समेटिएको प्रावधानमा सबैको चित्त नबुझ्न पनि सक्छ । सहमतिको मुखमा पुगेर सँधै असहमती हुने अबस्थाले गर्दा देश अपाङ्ग बनेको थियो । तर अहिले नयाँ संविधान आएसँगै घाउमा मल्हम लागेर सपाङ्ग भएको हामीले बुझ्नुपर्छ । अहिले कसैले आफ्नो पेशा र व्यवसायिक पक्षलाई संविधानमा कति समेटियो भन्ने तर्फ लाग्नुभन्दा पनि देशमा संविधान आउनुलाई नै सबैभन्दा ठुलो उपलब्धी मानेर यसको स्वागतमा जुट्नुपर्दछ । लामो समयको त्यागबाट आएको नयाँ संविधानले सम्पुर्ण नेपालीलाई सकारात्मक मार्गमा अघी बढ्न उत्साह दिएको छ । यसमा पनि चलचित्र क्षेत्रलाई समेत स्थान दिएर आएको हाम्रो संविधानलाई राम्रो संविधान मानौं । केदार घिमिरे (माग्ने बुढा) कलाकार सबैलाई मान्य हुने सम्बिधान दुनियामा कसैले लेख्न सक्दैन शायद। देशको शान्ती कायम राखेर पछी संशोधन गर्दै जानु पर्दछ । दिनेश डिसी (अध्यक्ष, चलचित्र निर्देशक समाज) देश संक्रमणकालिन अबस्थामा गुज्रिरहेको भन्ने मात्रै सुनिरहन परिरहेको अबस्थालाई छिचोल्दै देशमा संविधान आएको एकदमै राम्रो कुरा हो । संसारमा जुनकुनै देश पनि पद्धतीमा माथी हुन्छन् । ऐन, नियम कानुन परिवर्तनिय छ । एक पटक संविधानमा लेखिएको कुरा कहिल्यै परिवर्तन गर्नै मिल्दैन भन्ने छैन् । यो खुसीको बहार हो, त्यसैले भलै संविधानमा सबैको कुरा समेटिन नसकेको होला, त्यो विषयमा बिमती राखेर विरोध गर्नुभन्दा लामो संघर्ष र बलिदानपछि आएको नयाँ संविधानलाई आत्मसाथ गर्नुपर्दछ । त्यसमा पनि यो पटकको संविधानमा चलचित्र शब्द पनि राखिएको छ । यो भनेको चलचित्र उद्योगमा आवद्ध सम्पुर्ण व्यक्तिहरुको व्यवसायको सम्मान हो । यसलाई निकै नै ठुलो उपलब्धी मान्नुपर्छ । भोलीको दिनमा पनि चलचित्र क्षेत्रको स्तर बृद्धीको लागी तथा यसको उचाई र पहिचान फराकिलो बनाउनको लागी राज्यले नजर दिँदै जाओस भन्ने कामना छ । रमेश बुढाथोकी (निर्देशक/कलाकार) लामो समयको अथक प्रयासपछी आएको जनताको संविधान निकै उत्साह सहित आएको छ । यो खुसीको क्षणमा सबै जनता मिलेर नयाँ लोकतान्त्रिक संविधानको स्वागत गर्नुपर्छ । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । त्यसैले पनि राज्यले संधै जनभावना अनुसार काम गर्नुपर्छ र गरेको छ पनि । यो मानेमा अहिले आएको नयाँ संविधान अकाट्य, असंसोधनिय हो भन्ने छैन्, अहिले नसमेटिएका विषयहरु समय अन्तरमा आवश्यक पर्दा थप्दै संसोधन हुँदै जानेछ, त्यसैले बिरोधको लागी बिरोध गर्न भन्दा पनि अनिर्णयको बन्दी बनेको देशले संविधानसँगै निकास पाएको छ । यो खुसीको क्षणमा सबै मिलेर स्वागत गरौं, दिपावली गरौं । अझ हामी चलचित्रकर्मीले अघिल्लो संविधानसभादेखी नै माग गर्दै आएको चलचित्र संविधानमा समेटिनुपर्छ भन्ने माग पुरा भएको छ । जसले चलचित्रकर्मीहरुमा थप उत्साह र उमंग ल्याएको छ । यतिले मात्र पुग्छ भन्ने होईन्, भोलीको दिनमा पनि राज्यले चलचित्र उद्योगको विकास र विस्तारको लागी नेपाली चलचित्रको पक्ष अझै राम्रो निर्णयहरु गर्दै नयाँ योजनाहरु ल्याउनेमा आशाबादी छु । सुबास गिरी (निर्माता) संविधान राम्रो आयो र नराम्रो आयो भनेर विश्लेषण गर्नुभन्दा पनि देश र जनताले नयाँ लोकतान्त्रिक संविधान पाउनुमा नै अहिले खुसी बन्नुपर्छ । लोकतन्त्र आएर जनताको छोराले शासन गरेको देशका नागरिकले वास्तविक रुपमा लोकतन्त्र आएको अनुभुती गर्न पाएका छन् । संविधानमा कतिपय पुरा कुराहरु समेटिएनन् भनेर यसको बिरोध पनि सुरु भएको छ, तर त्यो बिरोधले पहि अहिले खासै अर्थ राख्छ भन्ने मलाई लाग्दैन् । किनकी हामीले बिरोध गर्ने, संविधान जलाउछौं भनेर हिड्ने भन्दा पनि ठुलो त्याग र बलिदानीपछिको उपलब्धी बनेर आएको नयाँ संविधानको स्वागत गरौं । यसले अहिले नसमेटिएका कुराहरुमा राज्यलाई सुझाव दिँदै अघी बढौं, राज्यले यसमा सोच बिचार पक्कै गर्नेछ । देशले संविधान पाएको आजको दिन नेपाली जनताले जितेको दिन हो । यो सबैभन्दा खुसीको दिन हो । शान्तिप्रिय (अध्यक्ष,चलचित्र पत्रकार संघ) संविधान सबै नेपालीको घरमा फलोस र सबै नेपालिले गाँस, बाँस अनि कपास पाउन । नया संविधान आगमन को शुभकामना ! शिबम् अधिकारी (चलचित्र निर्देशक/लेखक) सबै भन्दा पहिला सम्पूर्ण नेपाली जनतालाई बधाई दिन चाहन्छु । नया संबिधानको लागी हजारौले बलिदान दिइसकेका छन्,ति शहिदहरुको पनि सपना साकार होस अनि ३ करोड नेपालीको मुहारमा खुसि ल्याउन सकोस र यो दण्द सदाको लागि अन्त्य होस । शुभकामना ! गोपाल कायस्थ (चलचित्र वितरक/निर्माता) संबिधान आएकोमा म खुसी छु । कसैलाई चित्त नबुझ्न सक्छ,खुसि नहुनेलाई पछी नेताहरुले मिलाउलान् र चलचित्र क्षेत्रलाई पनि राम्रो गर्छान् भन्ने आशा छ । नवल खड्का (अध्यक्ष,चलचित्र कलाकार संघ) नेपालको संविधान २०७२ का सम्बन्धमा यसले लोकतान्त्रिक गणतन्त्रको स्थापना समावेशी, समानुपातीक, संघीयता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण विषयको ग्यारेण्टी गरेको छ । त्यो भन्दा पनि हामी कलाकारको लागि संविधानको धारा ५५ ग को (६) मा चलचित्र भन्ने शब्द समावेश भएर आएको छ । कला, साहित्य, संस्कृति, अभिनय, प्रविधीको विकसीतर रुप भनेको चलचित्र हो र यो कुरालाई नेपाल चलचित्र कलाकार संघले जोडदार संविधानमा राख्नका निम्ति पहल कदमी लियो र संविधानमा उल्लेख भएर पनि आयो । यसका लागि राजनीतिक संवाद तथा सहमति समितीका संयोक डा. बाबुराम भट्टराई लगायत राजानीतिक दलका नेता, सभासद प्रति आभार प्रकट गर्दछु र यो संविधान २०७२ को नेपाल चलचित्र कलाकार संघ हार्दिक स्वागत र समर्थन गर्दछ । मेरो व्यक्तियत सोचको कुरा गर्नुहुन्छ भने यो संविधानमा जनताले प्रत्यक्ष भोट हालेर राष्ट्र प्रमुख चुन्ने अधिकार पाएन । भारत सँगको खुल्ला सीमा अन्त्य भएन । आधारभूत शिक्षामा निजीकरण को अन्त्य हुने भएन । बेरोजगारी युवाहरुलाई रोजगारीको ग्यारेण्टी भएन । तराई, मधेस, थारु लगायत उत्पीडनमा परेका वर्गको जायज सम्बोधन नभएको अवस्था छ । नहुनु मामा भन्दा कानो मामा नै ठिक छ, भन्ने आलोचनात्मक समर्थन छ । जनआन्दोलन, जनयुद्धका केही उपलब्धीहरु संस्थागत भएकोमा जनतालार्ए बधाई । शहीदहरुलाई सम्मान छ ।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters