[Show all top banners]

nozzs

More by nozzs
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पितृ प्रसाद बेचेर कसरी खुसी हुन्छन् पितृ ? - मनोज गजुरेल
[VIEWED 3483 TIMES]
SAVE! for ease of future access.
Posted on 02-29-16 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पितृ प्रसाद बेचेर कसरी खुसी हुन्छन् पितृ ?
- मनोज गजुरेल

फाल्गुन १६, २०७२-
हो, उसले आमा मार्‍यो । अन्जानमा मार्‍यो वा जानाजान मार्‍यो तर त्यसले आमा मारेकै हो । उ आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्‍यायो । आमा ९० वर्षकी हुँदासम्म उनको काखमा रमाउन सक्थ्यो, तर सुखका साथ पाल्छु भने ढाँट्यो र मन्द विष पिलाएर मार्‍यो । गजुरियल शैलीको यो रियल कथामा तपाईंलाई हार्दिक स्वागत छ ।
काठमाडौंमा उसको ठूलो घर थियो । घरमा आमाका लागि कुनै असुविधा थिएन । छुट्टै कोठा, कोठाभित्रै एट्याच बाथरुम, हेर्नका लागि ठूलो टिभी, सुत्नका लागि राम्रो पलङ, खानका लागि थरीथरीका परिकार, कुनै कुराको कमी थिएन । ऊ आमालाई धेरै माया गरेको मान्थ्यो तर आमा त्यो सुविधामा कहिल्यै खुशी भइनन् ।

बुहारी बिहान ७ बजे काममा जान्थिन् । छोरो बेलुका ९ बजे फर्कन्थ्यो । नाति–नातिना दिउँसो स्कुल जान्थे, बेलुका टिभी र गेममा भुल्थे । वल्लो घर, पल्लोघर सबैको एउटै अवस्था थियो । बोलचाल गर्ने मान्छे छैनन् । भित्तालाई सुनाउने कुरा भएन । डुले त्यही घर तल र माथि घुम्ने हो । घुमे उही कोठा भित्र र बाहिर गर्ने हो ।

एक दिन आमाले भाडामा बस्ने भानुसँग भनेकी थिइन्, जुन दिन छोराले गाउँको सबै घरजग्गा बेच्यो, त्यही दिन मेरो मुटुको नशा चुँडिएको थियो । धेरै अनुरोध गरें । दिदीबहिनीहरू यतै छन् । फुपू, मामा, काका, भान्जाभान्जी सबै यहीं छन् । यही माटोमा मैले ५० वर्ष बिताएँ । अब मलाई यहीं मर्न देऊ । सकुन्जेल आफैं गरेर खान्छु, नसकेका दिन दिदीहरूकहाँ जान्छु । तिमेरुलाई दु:ख दिन्नँ । बिन्ती, यो एउटा घर र एक कठ्ठा जग्गाचाहिँ नबेचौं, तर मेरो पुकारा एक कानले सुनेर अर्को कानले उडाइदिए ।
आमाले त्यसो भनिरहँदा पल्लो कोठाबाट बुहारी भुत्भुताएकी थिई, कुन्नी कल्लाई स्वर्ग जान्छस् भन्दा कुन्नि के पाइन्छ भन्थ्यो रे, त्यस्तै हो । छोराले पनि स्वास्नीको हो मा हो मिलाएको थियो । तपाईंलाई यहाँभन्दा काठमाडांैमा सुख हुन्छ । मर्ने बेलामा किन निहुँ खोजिरहनु ? छोराले पनि यसो भनेपछि उनको केही जोड चलेन । पतिले आफ्नै हातले बनाएको घर, पसिनाले सिंचेको जमिन, निर्माण गरेको सामाजिक सम्बन्धलाई सधैंका लागि छोडन् बाध्य भइन् । आँसुका ढिक्का पछ्यौराले छोप्दै आमा जुन दिन काठमाडांै पसेकी थिइन्, त्यही दिनदेखि उनलाई डिप्रेसनको बिमारीले समातेको थियो ।

हुनत: काठमाडौंको घरमा आमालाई उच्चस्तरको भौतिक सुविधा थियो, तर शान्ति र आनन्द निम्नस्तरको पनि थिएन । एकोहोरो बोल्ने टिभी थियो, दोहोरो बात मार्ने छिमेकी थिएनन् । मायाले मिस्री दिँदा मुन्टो फर्काउने आफ्नै नाति–नातिना थिए, अम्बक देऊ न आमै भनेर माग्ने छिमेकी बालबालिकाहरू थिएनन् । फलफूल आमाको कोठामा फुत्त फाल्दिएर सिरियल हेर्न थाल्ने बुहारी थिइन्, तर देख्नासाथ काखमा खेल्न आउने बाख्राको पाठो थिएन । प्राय: बाहिरैबाट खाना आएर आउने छोरो थियो, तर आमालाई देख्नासाथ ड्वाँ गरेर खोले माग्ने प्यारो गोरु थिएन । आमाको बिमारी बिस्तारै बढ्न थाल्यो

निन्द्रा लाग्न छोडेपछि आमाले एक दिन भनेकी थिइन्, हौ छोरा, गाउँ जाँदा पो निन्द्रा लग्थ्यो कि । म ठूल्दीदिकहाँ बस्छु, त्यतै पठाइदे न । नाति–नातिनालाई कहिलेकाहीं घुम्म पठाइदेओ । दसैं–तिहारमा तिमीहरू पनि आइहाल्छौं । म पनि कहिलेकाहीं काठमाण्डु आउँदै–जाँदै गरौंला । दिदी–बैनीहरू पनि हामी टुहुरा भयौं आमा भन्दै थिए । त्यो एक कठ्ठा जग्गा र घरचाहिं फिर्ता लिऊँ बाबु । आमाको कुरा नसकिंदै गाडी स्टार्ट गरेर उसले हप्काएको थियो, तपाईंलाई सुख नपचेको हो कि हामीलाई दु:ख दिन खोजेको हो ? यहाँ चुप लागेर सुखले बस्नु न ।

छोरो जेलाई सुख भन्थ्यो, आमाको दु:खको मूल कारण त्यही थियो । वल्लो घर, पल्लो घर, टोल–छिमेक, खेत–बारी, कुटो–कोदालो, कीर्तन, सांगे, छोरी, ज्वाइँ, सम्धी, आफन्त, आमा यसैमा रमाउँथिन्, जुन कुरा सहरमा थिएन । अलि–अलि घुँडा दुखे पनि उनको सुख यही गाउँघर थियो । छोरा–बुहारीले पठाइदिएको १०–२० हजारले राम्रै खर्च चल्थ्यो । भर–अभर सघाउने छिमेकी छँदै थिए, तर यी सबै सुख छोडेर सधैंका लागि सहर पसेपछि उनको मुहारमा कहिल्यै हाँसोको संकेत देखिएन ।

आमालाई डिप्रेसन भएपछि लामो समयसम्म औषधी ख्वाउनुपर्‍यो । औषधीका कारण शरीर कमजोर हुँदै गयो । कमजोर शरीरले कलेजो र किड्नीलाई हान्यो । सुगर बढ्यो, प्रेसरले समात्यो । आमा कोठामा साँघुरिइन् । एकोहोरो टोलाउँथिन् । रुन खोज्थिन्, आँसु आउँदैनथे । डाक्टरले केस सिरियस भएको र अब धेरै आशा नगर्न सुझाव दिएपछि आमाको संसार काठमाडांैको घरबाट कोठामा साँघुरिएको थियो ।

एकपटक ठूली छोरीको अनुहार हेर्छु भनिन् । उसले दिदीलाई प्लेनबाट काठमाडांै बोलायो । किनभने उनीहरू (श्रीमान्–श्रीमती)लाई मलेसिया भिजिटको चिठ्ठा परेको थियो । मृत्यु कुरिरहेकी आमालाई ठूल्दिदीको साथ छोडेर उनीहरू ठूलो चिलगाडीबाट मलेसिया गए । सातदिने मलेसिया भिजिट सकेर क्वालालम्पुर एयरपोर्टबाट काठमाडांै उडे । त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा झरेर मोबाइलको स्विच अन गर्नासाथ दिदीको भक्कानिएको आवाज आयो, सोझै आर्यघाट आउनु ।

आर्यघाटमा पुगेर आमालाई दागबत्ती दिएपछि ऊ मलाई अँगालो मार्दै भक्कानियो । मैले सान्त्वना दिएँ— नरो यार, सृष्टिको नियम नै यही हो । उसले भन्यो, तर मैले सृष्टिको नियम उल्लंघन गरें, जसका कारणले मेरी आमाको २० वर्ष छिटो मृत्यु भयो । सुख दिने नाममा मैले आमालाई दु:खको भवसागरमा ल्याएर अनजानमा आमा मारें, म मातृहत्यारा हुँ । मैले सझाएँ, अब ग्लानि गरेर केही हुँदैन । यही आशा गर् कि तेरो यो कथा अरू सहरिया छोराछोरीका लागि एउटा शिक्षा बनोस् । सबैले बुझून्— पितृ प्रसाद बेचेर सहर पस्दैमा पितृ खुसी हुँदैनन् ।



http://bit.ly/24vbDAj
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters