[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 धुँवाको पर्दा र डा. केसीको बुँइ चढ्नेहरुबारे
[VIEWED 6189 TIMES]
SAVE! for ease of future access.
Posted on 07-25-18 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्दुक बोकेका माओवादी पक्षधरहरुको कर्कश हाँक सानो आतंक थिएन । जनताको घर दैलोमा कम्युनिष्ट शिक्षा प्रचारप्रसार गर्न मात्र होइन, आफ्नै गाउँघरमा बस्न समेत ज्यानको जोखिम मोलेर डट्नु परेको नेपाली राजनीतिको ताजा कालो इतिहास हो । त्यतिबेला ‘माओवादी जस्तो क्रान्तिकारी, भारतीय विस्तारवाद विरोधी, देश जोगाउने, कम्युनिष्ट, … … , ज्यान हत्केलामा राखेर पनि जनताको पक्षमा लड्ने अरु कोही थिएन ।’ ती लफ्फावाजीहरु कता पुगे कता कोट्याइराख्नु परेन । यतिबेला ठीक त्यस्तै डा. केसीबाहेकका विद्यमान सत्ता विरोधी र परिवर्तनका आकाँक्षीहरु पानीमरुवा भएको अफवाह फैलाउन केही ‘उच्च पढैयाहरु’ र घ्याम्पो भित्र बस्ने ‘सशक्त हस्तक्षेपकारीहरु’ टुपी कसेर लागेका छन् । ज्यान फालेर लागेका छन् । प्रवृति त उस्तै हो । फोक्सोबाटै मरुञ्जेल निकालेको हावा भएपनि त्यसले निभाउने त वर्थडेको मैनवत्ती मात्रै हो ।
सडकका नारा, अखबारका पाना र सामाजिक सञ्जालका भित्तामा देखिएका कोकोहोलोलाई नियाल्ने हो भने भावनात्मक सौदावाजी हावी भइरहेको देखिन्छ । डा. केसीका नाममा आक्रोश, आवेग, व्यङ्ग अनि उपहासले साम्राज्य जमाइरहेको देखिन्छ । भावुकताभन्दा माथि उठेर गहन विचार विमर्श गर्नुभन्दा पनि आफ्नो पक्षमा उत्तेजित पार्न हतारो छ दुबै पक्षलाई । समस्याको जरोमा पुग्ने र आफ्ना ‘तर्क’ले ल्याउने परिणामबारे घोत्लिने फुर्सद छैन कसैलाई । ‘डा. केसी एउटा मर्दैमा के हुन्छ ?’ अथवा ‘डा. केसीलाई परिचालित भएको भन्नेहरुले २३ घण्टामात्र अनसन बसेर देखाऊ ।’ ‘मर्न तयार भएको डा. केसीमाथि सन्देह गर्ने ?’ भन्ने आदि ‘बहस’ले सही निकास दिन सक्दैन । दुबैका तर्क र लक्ष्यमा सहमति नभएकाहरुलाई पनि निहुँ खोजी खोजी उत्तेजित बनाएर डा. केसीको नाम लिन लगाउने । अनि नाम त लिए नि भनी मख्ख पर्नेहरुले ‘नाम होस् या बद्नाम तर गुमनाम नहोस्’ भन्ने प्रतिक्रियावादी मान्यता मात्र स्थापित गर्न खोजेको देखिन्छ ।
डा. केसीको नाममा जवरजस्ती देशलाई दुई पक्षमा विभाजित गर्न खोज्दा अनि राष्ट्रिय राजनीतिको ‘मुलधार’ नै चिकित्सा विधेयकमा कुन्ठित पार्न खोज्दा यो आन्दोलनलाई नै कतै धुवाँको पर्दा त बनाउन खोजिएको छैन भन्ने गम्भीर आशंकाले घर गर्न थालेको छ । डा. केसीको विषय बाहेक देश र जनताको सबै समस्यालाई ओझेलमा पारेर भित्रभित्रै कतै खिचडी त पाकिरहेको छैन । यही आन्दोलनलाई चर्काउनको लागि नै ‘मुलधारको अगुवा’ पत्रिकाको सम्पादकलाई वैदेशिक हस्तक्षेपबाट परिवर्तन गरिएको व्यापक चर्चा छ । आन्दोलन चर्काउन सम्पादक परिवर्तन गर्नेहरुको चाहना नेपाली मेडिकल कलेजलाई सुव्यस्थित पार्ने मात्र होला ? अथवा यही मुद्दामा जनतालाई सडकमा अल्मल्याएर दरबारमा देशको अस्तित्व मेट्ने कुनै योजना त बन्दै छैन ? चिन्ताको विषय छ । किनभने यही भदौको ५ गतेभित्र नेपाल भारत दुबै देशका प्रवुद्ध विज्ञ समूहले आ–आफ्नो देशमा प्रतिवेदन बुझाउँदै छन् । सोही प्रतिवेदनको आधारमा १९५० को मैत्री सन्धिलाई विस्थापन गर्ने नयाँ सन्धि हुनेछ । नेपाल भारत सम्बन्धलाई पुनः परिभाषित गर्ने बेलामा हरेक शब्द शब्द, वाक्य वाक्य र त्यसले बोक्ने भावनाबारे व्यापक नेपाली जनता अवगत हुन पाउनु पर्छ । नेपाली समूहले दिने प्रतिवेदनमा नेपाली जनताको भावनालाई इमानपूर्वक प्रस्तुत गर्लान् कि भारतीय शासक वर्गकै दबाब समेटिन्छ ? चनाखो हुनुपर्ने बेला हो । भारतीय शासक वर्गको तखटमा बसेका नेपाली शासकहरुले नेपाली जनताको स्वाभिमान र नेपालको स्वाधिनता बोक्न सक्लान् ? इतिहास भन्छ – सक्दैन । त्यसैले नेपाली नै अपमानित हुनुपर्ने प्रतिवेदन कम्तीमा नेपालतर्फबाट प्रस्तुत नहोस् भनेर सजग हुनुपर्ने बेला हो । व्यापक नेपाली जनताले सडकबाट खबरदारी गरेर नै यी शासकहरुलाई विदेशीसँग आँखा जुधाएर कुरा गर्ने आँट दिन सक्छ । डा. केसीको नाममा अतिवादी बनाइ नेपाली शासकहरुलाई लडाएर चिनी खान कतै भारतीय शासकहरु सक्रिय त छैनन् ?
सरकारले शिक्षा स्वास्थ्यको दायित्व बोक्न सक्दैन र बोक्दैन भन्ने दृष्टिकोणले निजी क्षेत्रले नै मेडिकल कलेज लगायत सबै आवश्यकता पूरा गर्छ र गर्नुपर्छ भन्छ । यद्यपि निजी क्षेत्रले नाफाको लागि अचाक्ली दोहन गर्नु हुँदैन भन्ने मान्यता राख्नेहरुको लागि डा. केसीको अनसन एउटा आदर्श नै हो । यसकारण वर्गीय हिसाबले डा. केसी पनि विद्यमान राज्य व्यवस्थाको शासक वर्गकै चिन्तनभित्रका अभियन्ता हुन् । भावुकतावस डा. केसीको अनसनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिव दीन दुखीको दिन आउने बुझेर सक्रिय भएका चोखो मनहरु त्यसरी नै निराश हुनेछन् जसरी माओवादीको सत्तारोहण सँगै दिक्क भएका थिए । आत्मबलिदानी भावना भएकाहरु कसैबाट परिचालित हुन सक्दैनन् भन्ने लालबुझक्कडहरुलाई माओवादीकै कथाव्यथा धेरै के दोहो¥याउनु पर्ला र ?
डा. केसीको काँधमा राखेर बन्दुक पड्काउन सडकमा धेरै थरी मान्छे ओइरिएको देखियो । डा. केसीको व्यक्तिगत पवित्रताभन्दा बाहिरका पनि मिसिएको देखियो । नेपाली काँग्रेसको लागि त डा. केसी जीवनबुटी नै बन्यो । लघारिएको, आफै लडिरहेको काँग्रेसलाई सडकमा आउन डा. केसीले ऊर्जा दियो । आफूले जारी गरेको चिकित्सा अध्यादेशको अक्षरस विधेयक आउनु पर्ने काँग्रेसको माग अन्यथा होइन, पार्टीगत धर्म नै हो । दुबैतिर धाप दिएर अस्थिरता मचाउन चाहनेहरुले मौकामा जाल विछ्याउनु पनि नेपाली राजनीतिमा नियमित अभ्यास नै हो ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters