[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 के नेपाल अन्तर्राष्ट्रिय प्रभावबाट अछुतो होला ?
[VIEWED 7046 TIMES]
SAVE! for ease of future access.
Posted on 08-21-18 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीमा एउटा उखान छ– ‘एक धार्नी चाकु खाए पनि चाकुको स्वाद थाहा नपाउने ….!’ नेपालको राजनीतिक डबलीमा राजनैतिक दलका नेता र कार्यकर्तासमेतलाई नेपालको राजनैतिक क्षेत्रमा विदेशी कुटनैतिक गतिविधि थाहा नहुँदा वा नबताउँदा अनेक असमझदारी आज पनि विद्यमान छन् ।
वि.सं. २०१५ सालको पहिलो महानिर्वाचनको दुई दिन अगाडि कम्युनिष्ट पार्टीले निकालेको काठमाडौंको जुलुस र पुष्पलाल, तुलसीलाल वा कम्युनिष्ट पार्टीप्रति काठमाडौंका जनताको समर्थनदेखि डराएर सोभियत राजदूतबाहेक त्यही रात संरा अमेरिका, बेलायत, भारत र पुँजीवादी देशका राजदूतहरू दरबार पुगे । काठमाडौंमा कम्युनिष्टहरू जितेमा देशभर कम्युनिष्टहरूको प्रभाव बढ्नेबारे राजा महेन्द्रलाई सचेत पारे । बर्लिनलाई पूर्वी जर्मनी वा कम्युनिष्ट जर्मनीमा पार्दा सबै जर्मनीहरूले आफूलाई कम्युनिष्ट सम्झने सम्भावनाको कारण पूर्व र पश्चिममा बाँडियो ।
यसकारण सम्भवतः के आई सिंहलाई जाने दरबारको मत गणेशमानजी (नेका) को बाकसमा खस्यो र काठमाडौंमा कम्युनिष्ट हा¥यो । गणेशमानजी आफू हार्ने निश्चित देखेर धुलिखेल पुगेका थिए । कुटनैतिक क्षेत्रको प्रभावअनुसार बीपी कोइरालाको कार्य नमिलेपछि राजा महेन्द्रको हात बलियो भयो र २०१७ पुस १ गतेको घटना घटेको एउटा विश्लेषण छ ।
नेका एक्लो हुने हुँदा भारतले पुष्पलालजीलाई पनि शरण दियो र कम्युनिष्ट आन्दोलनमा विश्रृङ्खलता सुरू भयो ।
बीपी कोइराला र अन्य नेताहरु जेलमुक्त भएपछि भारत पुगे । प्रजातन्त्र पुनःस्थापनापछि कम्युनिष्ट बलियो हुने महेन्द्रको तर्क र प्रजातन्त्र नभए रूस र चीनमा जस्तै कम्युनिष्ट बलियो हुने नेकाको विचार मन्थनमा कुटनैतिक ध्यान जानु स्वाभाविक हो ।
बीपी वा नेकाले भारतमा बसी ‘आतङ्कवादी’ गतिविधि गर्दा राजाको सम्बन्ध चीनसित बलियो हुँदै नेपालमा चीनको प्रभाव बढ्दै गएकोले नेपालभित्रै गतिविधि गर्ने र सशस्त्र होइन शान्तिपूर्णको उपाय स्वीकार्ने स्थिति देखियो । ‘बीपी कोइरालाको विवादास्पद बेलायत भ्रमण’ तथा भारतीय समाजवादी नेताहरूमाझ पनि ‘भारतीय महारानीको जेलभन्दा नेपालको राजाको जेल उपयुक्त’ हुने भन्ने चर्चा चल्यो ।
नेकाले पञ्चायतविरोधी रणनीति लियो र कार्यनीतिमा हेरफेर ल्याएको बतायो । पञ्चायती खेमामा हिन्द महासागरमा बीपी नामको माछालाई समात्न नसक्ने हुँदा रानीपोखरीमा ल्याउने उपाय बताइयो । बीपीले राजाको गर्दनभन्दा आफ्नो गर्दन माथि बताए । राजनैतिक मुद्दा चल्यो तर पछि बीपीलाई छाडियो । मेलमिलाप एक–दुई वर्ष ढिलो भएको भए वा छिनोफानोको सङ्घर्ष भएको भए परिणाम कस्तो हुनेथियो – छलफलकै विषय हो ।
बीपी भारत प्रवासमा हुँदा पत्रपत्रिकाले नेका र बीपीबारे नलेख्नु, पाठ्यपुस्तकमा त्यसबारे उल्लेख नहुनु, ट्रलीबस सेवाबाट जनतामा चीनको प्रभाव बढ्नु र अन्य कलकारखाना चीनको सहयोगमा स्थापना हुनुले नेपालमा उत्तरको प्रभावका कारण वामपन्थीहरू बढेको अनुमान भारत र पश्चिमाहरुको थियो ।
परिस्थितिले जनमत सङ्ग्रह घोषणा गरायो । पुनः आन्दोलन सुरू भयो – नेका र वामपन्थीहरूको एकतामा । पञ्चायती व्यवस्था ढल्यो र प्रजातन्त्रको पुनःस्थापना भयो ।
भवितव्य हो वा योजना, नेपाली काङ्ग्रसकै सरकारले चीनको अनुदान ट्रलीबस, छाला तथा जुत्ता कारखाना र अन्य उद्योगहरूलाई निजीकरण ग¥यो तथा विदेशीको हातमा दियो । केही व्यक्तिले नेकाले ‘मेलमिलाप’ नगरेको भए हुन्थ्यो भन्ने विचार अहिले पनि राख्दैछन् ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters