[Show all top banners]
Back to: Nepalis Got Talent Refresh page to view new replies
 महाशिवरात्री
[VIEWED 7994 TIMES]
SAVE! for ease of future access.
Posted on 03-10-12 3:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 शिवरात्री पर्व भगवान् शिवको पूजा तथा आराधना गरी नेपालभर मनाइँदैछ । हिन्दु धर्मका अनुसार शिवजी उत्पत्ति भएको रातबाट यो पर्व शुरु भएको मानिन्छ । यसलाई कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रीजस्ता नामबाट पनि चिन्ने गरिन्छ । हिन्दु धममा आस्था राख्नेहरु  शिवरात्री पर्व  मा  बिहानैदेखि नदी कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई पूजा तथा आराधना गर्दछन ।प शु तिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप अखण्डदीप लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । शिवरात्री पर्व मनाउन  स्वदेशी तथा विदेशी तीर्थयात्रीको पशुपतिमा भीड लाग्दछ ।यसैगरी  शिवरात्री पर्व  देश भरिका शिव मन्दिरहरु कलैयाको सिद्धेश्वर महादेवको मन्दिर, बाराको सहजनाथ मन्दिर, पर्साको महादेवा मन्दिर, महुवनको पारसनाथ मन्दिर, बीरगंज चिनी मिलको पिपरा शिव मन्दिर, नेपालगंजको बागेश्वरी महादेव मन्दिर, खोटाङ्गको हल्लेरी शिव मन्दिर र हेटौडा हुप्राचौरमा रहेको भुवनेश्वर महादेव मन्दिरहरुमा भक्तजन तथा ब्रतालुहरु निकै ठुलो भिड लागेको हुन्छ।पछिल्लो समय शिवरात्री र गाँजा पर्यावबाची जस्तै भएको छ । शिवरात्री सुरु हुने भन्दा २/४ दिन अगाडी नै पशुपतिमा बाबाहरुको चहल पहल बढ्छ । बाबाहरु शिवरात्रीमा पशुपतिनाथको दर्शनसँगै गाँजाको ब्यापार गरेर राम्रो कामाई गर्दा रहेका छन् । चुरोटमा भएको सुर्ती झोरर गाँजा भर्ने र युवाहरुलाई राम्रो मुल्यमा बेच्ने गरेका छन् । उनीहरुले एक खिली गाँजा भरेको चुरोटको १० रुपैयाँदेखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।
पशुपति विकास कोषले सर्वसाधारणलाई गाँजा खान नदिने भएपनि त्यसको खासै प्रभाव परेको छैन् ।
शिवरात्री पर्व निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, दूधले शिवलिंग अभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वका राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवै प्राप्त हुन्छ भनिन्छ । ब्रह्माले रूद्ररूपी शिव उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावनाको व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ। मानिन्छ कि
सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रि भगवान् शंकर ब्रह्मासग रुद्रको रूपमा अवतरण भएका थिए। प्रलयको वेलामा यसै दिन प्रदोषको समय भगवान शिव तांडव गर्दै ब्रह्मांडलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण उनलाई महाशिवरात्रि अथवा कालरात्रि भनियो। तीनै भुवनहरुको अपार सुंदरी तथा शीलवती गौरांलाई अर्धांगिनी बनाउने वाला शिव प्रेतहरु र पिशाचहरुबाट घेरिएर रहन्छन्। उनको रूप बडो अजीव छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरुको हार, कंठमा विष, जटाहरुमा जगत-तारिणी पावन गंगा तथा माथामा प्रलयंकर ज्वाला छ। साडेलाई वाहनको रूपमा स्वीकार गर्ने वाला शिव अमंगल रूप भएर पनि भक्तहरुलाई मंगल गर्दछन र श्री-संपत्ति प्रदान गर्दछन्।


























 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters