[Show all top banners]

Rudramati
Replies to this thread:

More by Rudramati
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा - र अन्तत: म पोइल हिंडें l
[VIEWED 4096 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-13 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SOURCE : www.sahityasansar.com/2013/04/l-deepssanugmail.html

Writer : दीप्स शाह
-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
 आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा  म उसका आखा नियाल्थें l अनगिन्ति अनुहारसंग यो आँखा ठोक्किन्छ तर केहि खास अनुहारका खास आँखाहरुले मलाइ तुरुन्तै कैद गर्छन l यसरि मेरा आखालाइ  कैदी बनाउने अत्यन्त सिमित आँखामध्ये उसका ति दुइ शान्त आँखा पनि थिए l सामान्य चिनाजानी थियो हामि बीच l म त्यो सामान्य लाइ प्रगाढ बनाउने प्रयत्नमा थिएँ l एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाइ हल्का छोएझैं भान हुन्थ्यो जसले  उसलाई छुँदै आएको होला l उसका बोलीको मधुरता , उसका हाउभाउका शिष्टता ओहो! केहि त छ उसमा l म अनुमानै गर्न सक्दिनथें उसका बारे l जहा त्यति चंचल हाउभाउ छ त्यहाँ भारि गम्भीरता पनि छ किन? निर्दोष ति आखाहरुमा नछोड्ने तर बुझिनसकिने रहस्य भएझैं किन? तर असहज थियो त्यसरी एकाएक कसैमाथि गहिरो चासो राख्नु l एकोहोरो हेरिदिनु l 
कसो कसो एकदिन सम्मुख पर्यौं र मैले राम्ररि नियालें ति चंचल-गम्भीर आखाहरू l तत्क्षण मैले यो पनि भुलेछु कि हामि एक अर्कालाई धेरै चिन्दैचिन्दैनौ l उसलाई पनि निकै अप्ठेरो र अचम्म लागेछ र त हठात् पछाडी फर्केर ति मेरा प्रिय आखाहरुलाई भिडतर्फ कता हो कता हुत्याइदिएको देखें मैले l म पनि एक खालको हतप्रभ भएँ र सम्हालिएँ l निकैबेर पछी कसैले पछाडी बाट बोलायो l फर्केर हेरें तिनै प्यारा दुइ आखा थिए l अलिक अत्तालिएर मैले “भनें माफ गर ! मैले त्यसरी तिमीलाई नियाल्न नहुने l अँ तिम्रो नाम बिर्सिएँ , 
सम्झाउ न !” 

 
“मेरो नाम शुभश्री! एउटा कुरा सोधुँ तपाईलाई!”
‘सोध न!”
“तपाईं केटी मान्छे भएर केटी लाइ नै किन यसरि नियाल्नुहुन्छ कुनै नवजवान ठिटो जस्तो?” उसका प्रश्नले मलाइ थोरै लज्जित पनि बनायो l कतै मलाई सुभश्री ले समलिंगी महिला त ठानिन? 

 
“शुभश्री! तिमि मेरो बारे धेरै जान्दिनौ र मलाइ पनि तिम्रो बारे थाहा छैन l यदि तिमीलाई अप्ठेरो लाग्दैन भने एक दिन हामि संगै बसेर चिया खाजा खाउँ न! मलाई तिम्रो बोलीचाली मन पर्छ l तिमि म जस्तै एक महिला l म संग तिमि डराउनुपर्ने त केहि छैन नि l”
एकछिन अकमक परि अनि टाउको कन्याउदै भोलिपल्ट त्यहि समयमा अलिक पर्तिर टिफिन बेकरीमा चिया खाने वाचा गरि l हेर्दा अत्यन्त सोझी र लाटी देखिने शुभश्री यथार्थमा त्यति लाटी छैन भन्ने मलाइ अनुमान भैसकेको छ l लेख्ने मान्छे न परें , कतै केहि गतिलो बिषय मिल्छ कि त्यो पनि महिलाकै बारे मा एक यथार्थ भोगाई! मेरो स्वार्थ भनेपनि जे भनेपनि त्यति नै थियो शुभश्री बारेको चासो l 

 
भोलिपल्ट समयमै अफिस पुगें l अफिस भनेपनि प्राय फिल्डमै कुद्नु पर्ने हो तर त्यस दिन कतै नजाने तालिका मिलाएँ l हाम्रो अफिसकै फ्ल्याटमा अर्कोपट्टी एक नाम चलेको फाइनान्स छ जहा शुभश्री पियनको काम गर्छे l एसो नियालें सुभश्री झाडु लगाउदै रहिछे l “गुड मर्निंग सुभ! टिफिन बेकरी सम्झेकी छौ नि!” “हजुर! गुड मर्निंग म्याम! सम्झेकी छु  l” एकछिन यताउता काम गरें l समय कतिबेला बित्ला र टिफिन समय होला भन्ने मेरो ध्यान थियो l जब समय भयो म भने फोनमै भुलेछु l सुभश्री ले ढोका ढक्ढक गर्दा पो झसंग भएँ l हत्तपत्त ब्यागमा डायरी, पेन , र रेकर्ड टेप राखें र निस्किएँ l टिफिन बेकरी खचाखच छ l उसैपनि दिउसोको खाजाको समय l मलाइ अलिक एकान्त चाहिएको l अलिक कुनाको टेबलमा पुग्यौं र सुभश्री र म सम्मुख बस्यौं l 


 
Posted on 06-18-13 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“के लिन्छौ शुभ!”
“अँ हजुर नै भन्नु न! एउटा कुरा भनुँ? हजुरले मलाई बोलाउँदा ‘शुभ’ मात्रै भनेको मलाई एकदम मन पर्छl मेरो बाबाले पनि मलाइ शुभ नै भन्नु हुन्थ्यो l”

 
भोक त थियो नै समयपनि कटाउनु थियो l हल्का गर्मि मौसमको आदेश अनुसार कोक, समोसा+तरकारीअर्डर गरें  दुइ भाग l शुभ आज अलिक बेसी नै चंचल लाग्दै थिइ l सामान्य कुराकानी भयो l कुरो कहाबाट सुरु गरौँ भन्ने अनमन्यस्क अवस्था पर्यो l एक छिन फेरी नियालें उसका ति प्यारा आखा l असाध्यै निर्दोष , असाध्यै चंचल पनि अनि गम्भीर पनि l सायद मैले जिन्दगिमा पहिलोपटक यस्ता आखा भेटें हुँला जो एकसाथ गम्भीर र चंचल छन l एकै पल असाध्य चम्किला ति आखा उसैपल भर्खर भर्खर निर्दयी हावाको झोंकाले हठात् निभाइदिएको मैनबत्तीको शिखा जस्तो जहाँ अझै निम्स्याइलो थोरै धुवाँ फुस्स सकिंदै छ l  मैले अनुमान लगाइसकेको छु कि एक साधारण फाइनान्समा पियन को काम गर्ने साधारण शुभश्री जति साधारण देखिन्छे त्यति वास्तबमा ऊ छैन l उसभित्र केहि हुर्हुराउँदो मुस्लो, केहि उकुसमुकुसका गुम्फनहरु , केहि कहालीलाग्दा विगतहरु या त जबर्जस्ति दबाइएका उच्च आकांक्षाहरु अवस्य छन् l मेरो उद्देस्य तिनै केहि पत्र उधिन्ने र उसको मनको बोझ अलिक आफुले सुनिदिएर आफ्नो गतिलो लेख तयार पार्ने  थियो l 

 
“शुभ! तिमीले मलाइ कसरि लिएकि छौ मलाइ थाहा छैन तर तिम्रो जानकारीको लागि, म एक साधारण तिमीजस्तै महिला हुँ l मेरो काम पत्रिकामा लेख्ने हो l खासगरी म महिलाहरुकै बारे लेख्छु, अझै जो दबिएका छन् , हेपिएकाछन् उनका बारे धेरै लेख्छु l यसो गर्दा एक त समाजभित्र महिलाहरुको यथार्थ के हो भन्ने देखिन्छ भने अर्को तिर सम्बधित महिलाहरुलाई बर्षौ देखि गुम्स्याईरहेको छटपटी भोगाई ब्यक्तागर्दा मन हलुको हुन्छ l बोझ कम्ति हुन्छ र साहस बृद्दी पनि हुन्छ भन्ने म मान्छु l तिमिलाइ कुनै दबाब होइन मेरो तर्फबाट तर यदि तिमीमा त्यस्तो केहि ब्यक्तगर्न , फुकाउन चाहिरहेको कुनै पाटो छ भने मलाइ शेयर गर l त्यसको साथै मलाइ एक राम्रो साथि मान्न सक्छ्यौ , आफ्ना दुख म संग बाँटन सक्छौ l अरु खास कुनै कारण होइन मैले तिमीलाई बोलाउनुमा l तिमि एकदम स्मार्ट छ्यौ l मलाई तिम्रो हाउभाउ तरिका मन पर्छ l”
अरु के के फत्फताएं कुन्नि शुभश्री एकाएक चंचलपनलाइ कतै थक्याएर अत्यन्त गम्भीर बनिसकेकी थिइ l “म्याम! मलाइ थाहा छ हजुर लेख्ने मान्छे भनेर l मलाई पनि हजुरले म प्रति राखेको चासोले खुसि बनाउछ l मैले नै हजुरलाई केहि कुरा भन्न खोजेको निकै भयो तर आँट आएकै थिएन l तर जब हिजो हजुरले त्यति भन्नु भयो अनि मैले साहस गरें l मेरोबारे जति हजुरलाई थाहा छ त्यति मात्रै म अवस्य होइन l म असल मा के हुँ र को हुँ भन्ने कुरो यो डायरीमा लेखेर राखेको छु l यो पढ्नुहोला l र लेख्न मन लागे लेख्नुहोला  l तर कृपया कतैपनि यो पात्र म हुँ भनेर नखुलाउनुहोला l  तर एक शर्तमा l यदि यो डायरी पढीसकेर हजुरले मलाइ घृणा गर्नुहुन्न भने मात्र l किनकि यो पढेपछि हजुरको नजर म प्रति बदलिन पनि सक्छ जो म चाहन्न l”  त्यसबेला म अव्यक्त खुसि भएँ l मलाइ शुभश्री ले गरेको बिस्वास ले झनै भाबुक बनायो l मैले कसैगरी उसलाई घृणा नगर्ने र मेरो  लेखमा उसको प्रत्यक्ष जिकिर नगर्ने वाचा पछी अहिलेलाई यतिनै भन्दै हुत्तिएर बिदा भइ l निकै बेर त्यो याक चुरोटको पेटीको गाता  भित्र लुकेको थोत्रो डायरी मुसारिरहें मानौ कोलम्बसले लामो यात्रा पछी हठात् अमेरिका भेटाएका हुन् र त्यो कोलम्बस म आफैं हुँ l 

 
साँझ डेरा फर्केर हात मुखै नधोई बिस्तारामा पल्टिएँ र बिस्तारै पल्टाएँ शुभश्रीको राज याने कि उसैको डायरी l डायरी खास दैनिकी लेखिएको थिएन l थियो त एक लामो न लामो संस्मरण थियो l
========

 
Posted on 06-18-13 11:59 AM     [Snapshot: 2]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म शुभश्री l कस्तो राम्रो नाम! तर म कहिल्यै कसैकोलागी शुभ साबित हुनसकिन l पूर्बी नेपालको गाउँमा जन्मेर हुर्केपनि मैले पढ़नेलेखने वातावरण पाएको थिएँ l गरिब परिवारमा जन्मेपनि छोराछोरीलाइ पढाउने कुरो बाबाआमाको प्राथमिकता थियो l म आफैंलाई भाग्यमानि मान्थेl नौ कक्षा पुरा गरेकै दिनबाट मेरो जिन्दगी  बदलिन थाल्यो l मलाइ लाग्छ तब देखि म शुभश्री बाट अशुभ बनें हुँला l टाढाका आफन्तले मेरो बिहेको कुरो चलाए l ठीकैको हुनेखाने परिवार, सभ्य र राम्रो खानदान, लायक केटो यस्तै यस्तै फतुर लाएर मेरो बिहेको लागि बाबाआमा लाइ राजि बनाएछन l एक त गरिबी अर्को हुर्केकी छोरी l हुर्केकी त के भन्ने भर्खर १५ लागेकी थिएँ तर गाउघरमा त्यो उमेर त्यसबेलाको लागि हुर्केकै हुन्थ्यो l छोरीलाई पनि पढाउनुपर्छ भन्ने मेरा बाबाआमाको आखामा आफन्तले त्यसबेला के त्यस्तो पट्टि लगाइदिए हुनन् , मेरो बिहेजस्तो कुरो मलाइ एकै वचनपनि नसोधी तय गरिदिए l म रोएँ, बिरोध गरें तर त्यसको केहि अर्थ थिएन l हतारोहतारो मै बिहे भयो र म जीवनमै पहिलोपटक त्यति टाढा काठमाण्डौ नजिकै एक गाउँमा नौली बुहारी बनेर भित्रिएँ l न त मलाइ बिहेको खुसि थियो न केहि उमंग l सुरुका केहि समय सामान्य नै बिते l पछी थाहा लाग्यो मेरा दुलाहालाइ टीबी रहेछ l जुन कुरो मेरा माइतीलाई पनि ढाँटिएको थियो l तर समय गुज्रिसकेपछी  औषधि त बेकाम हुन्छ भने त्यो पक्रिएको झुटको के कुरा! गरिबमा मेरो घर माइतिभन्दा गरिब थियो l चार छोरा, तिन छोरी मध्ये म माहिली बुहारी l घर एक खालको कलहखाना झैँ लाग्थ्यो l सबै प्राणि कर्कस, झर्कोफर्को, बुहारी भनेको काम गर्ने मेसिन जस्तो l जिन्दगी ले सुम्पेको तितो यथार्थ संग दिन बित्त्दै थियो म गर्भवती बनें l दुखका पहाड झन् झन् चुलिंदै गयो l करकापमा जोडिएको नाता ले हो या के हो मलाई त्यो घर, परिवार र यहासम्मकि आफ्नै दुलाहाको पनि अन्तरहृदयदेखि कहिल्यै माया लागेन l यत्ति हो कि त्यो मेरो कर्म घर हो l म वफादार र जिम्मेवार हुनुपर्छ भन्ने सोच्थें बाँकी आफ्नोपन कहिल्यै कहिल्यै म मा पलाउन सकेन l ति टीबी ले खटारो बनाइएका दुलाहा प्रति मेरो मानबिय समबेदना पक्कै थियो तर प्रेम थिएन l जुन दिन मेरो सहमति बिना मेरो बिहेको टुंगो लगाएर आफ्नो बोझ हल्का गर्दै मलाइ पराइको गाउँमा पठाइदिए त्यसदिन देखि मलाइ बाबाआमा समेत पराइ नै लाग्थ्यो l चाहेर पनि मैले त्यो अनिच्छित जिन्दगीसंग सम्झौता गर्न सकिरहेको थिइन तर त्यहि नै मेरो नियति थियो l छोरी जन्मी l केहि खुसि लाग्यो तर उसको भबिस्य आफ्नैसंगदाँजेर म संधै तर्सिन्थे l    

 
जीवन चल्दै थियो भनुँ चलाउने प्रयत्नमा थिएँ l त्यहि तिबिग्रस्त मेरा पति र म बीच कुनै सुमधुर सम्बन्ध स्थापित हुनैसकेन l उसलाई  आत्मग्लानी हुन्थ्यो या हिनताबोध या त जिन्दगी प्रति दिक्क ,,,तर त्यो सबैको भडास मेरो शरीरमा हिलैमैलै जुत्ता सहित लात्तीले बजाएर निकाल्ने गर्थ्यो सानो सानो निउमा l मलाइ थाहा थियो यो सब मैले सहनु जरुरि छैन l किनकि मेरो केहि दोष थिएन l ऊ गरिब थियो, रोगि थियो र थियो कर्कस सुकेको रुख जस्तो तर त्यो सबमा म कारण थिइन l सायद त्यहि नमिठो पनाले होला मैले कहिल्यै सम्बन्ध मिठो बनाउने रहर पनि गरिन l यस्तैमा एक दिन ढाँ कुट्न मेलमा जाँदा बाटोमा एक युवक भेटिए l ति अबिबाहित र शहरमा पढ्दै रहेछन l सामान्य चिनाजानी भयो l केहि महिनाको लागि गाउँ फर्किएका ति युवक संग मेरो भेटघाट बाक्लिंदै गयो l तिनले मेरो बारे सब सोधीखोजी गरिसकेपछि पनि निक रुची र सम्मान देखाइरहे l मलाइ लाग्यो मेरो प्रेम त्यहि युवक हुन सक्छन न कि मेरो रुखो रोगि पति l तिनले एक साँझ म र मेरो छोरी लाइ लिएर शहर जाने र बाँकीको जिन्दगि संगै बिताउने भनेपछि मैले आखा चिम्लेर हुन्छ भनिदिएँ l मलाइ थाहा थियो मैले गलत गर्दैछु तर नचाहेको, कामना नगरेको , सपनै नदेखेको रुखो रोगि संग चुपचाप जिन्दगि बिताउनु भन्दा कामना र सपनाको मान्छे संग रुँदै हाँस्दै बाँच्नु उचित सम्झेर एक रात चुपचाप छोरी बोकेर तिनै मायालु संग शहर पसें l त्यसपछि मलाइ र मेरा मायालु ‘प्रतिक’ लाइ यो गन्दे र अन्धो समाजले भयानक गालि र घृणा दियो l प्रतिक त आफ्नै परिवारबाट बहिस्कृत नै भए l तर मलाइ खास नमिठो लागेन न त पश्चाताप नै भयो l जिन्दगी मा सम्झौता या आवेग को नाममा  श्रीमती गिंडने या जलाउने यहि समाजका लोग्ने मान्छे हुन l रात दिन पिटेर कुटेर कसैको जीवनको मूल्य नदेख्नेहरुको माझमा मैले मन नपरेपनि कहिल्यै कसैलाई कुटिन , पिटिन, जलाइन l कुनै बहानामा मैले हिँसा गरिन l न त आफ्नो बाध्यतामा सन्तानको घांटी दबाउने आमाहरु जस्तो केहि गरें l आफ्नो लामो जिन्दगीको लागि स्वेच्छाले रोजेको मायालु संग आफ्नो मुटुको टुक्रा छोरी बोकेर चुपचाप हिंडीदिएँ त के अपराध गरें ? 

 
हो मैले यस्तो सोचेर आफुलाई बलियोबनाइ रहें l 

 
अब त प्रतीक को  पनि बढुवा भएको छ जागिरमा l छोरी कृसा स्कुल पढ्न थालि l प्रतिक कति मायालु र सहनशील छ ,,,,आज उसैको मायाले मैले र मेरी छोरीले पुनर्जीवन पाएका छौं l समय घर्किन कति बेर! अब १२ पास गर्ने बितिकै म यो भन्दा राम्रो काम गरुँला l अनि त जिन्दगी चलिहाल्छ नि ! भो अब मलाइ  पछाडी फर्केर त्यो कालो समय सम्झनु छैन l तर यत्ति याद आउँछ कि अझै पनि त्यो समाजले मलाइ ‘पोइल गएकी’ भनेर नाक खुम्च्याउन छोडेका छैनन् l र बिर्सिन सक्दिन ,,,त्यो सारा उकुसमुकुस गुम्फन  जिन्दगीबाट निस्सासिएं निस्सासिएँ र अन्तत: म पोइल हिंडें l +++++++++++

 
अबेर साँझ डायरी पढिसकें तर मन रंथन्नीरह्यो रातभर र आखामा फ्ल्यास्ब्याक भैरह्यो  शुभश्रीको कहानी, ति शान्त तर चंख आँखाका रहस्य अनि डायरीका अन्तिम वाक्य,”...र अन्तत: म पोइल हिंडेंl”

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters