[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ramromanchey

logan

mno
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 ब्यस्त र ब्यस्तताको मापन !
[VIEWED 4677 TIMES]
SAVE! for ease of future access.
Posted on 09-23-16 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सानो हुँदा सुनेको थिए : बिदेशीहरु साह्रै ब्यस्त हुन्छन | हप्ताको ५ दिन काम गरे पछी बाँकी रहेको २ दिनमा नै हो फुर्सद हुने ति दिन हरुको सदुपयोग गर्न सकिएन , काम हरु बाँकी रहे भने अर्को साता कुर्नु पर्छ तेसैले उनी हरु सप्ताह्न्त मा पाहुना टुपुल्किएको मन पराउदैनन रे | हुनत हामी हरु पनि सधैं र सबै अतिथी आएको कहाँ रुचाउछौ र् ? अ तिथी यानेकी बिना तिथी ( मिती ) आएका पाहुनामात्र अतिथी हुन |पहिले पहिले होटेल थिएनन अनी टेलिफोन थिएन तेसैले अतिथी भनियो अब खबर आउने पाहुना लाई अतिथी भन्न् कहाँ मिल्छ र | अनी हाम्रा सन्स्क्रितका विद्वान हरुले एस्ता अतिथीको सेवा र सक्तार होस् भनी ब्रम्ह वाक्य शब्दमा नल ठोके झै ठोकी दिए | हुन सक्छ यि विद्वान मद्दे का कसैले राम्रो खातिरदारी नभएको कारणले नै शब्द बाण " अतिथी देबो भव " सङै मात्री देबो भव , पित्री देबो भव आदी पनि जोडी दिएको हुनु पर्छ |
सानो हुँदा सुनेको कुरा आँफैले भोग्न पनि पाईेको छ | हामीहरुले कुर्सिमा बसेर गरिने कामलाई मात्र काम ठानिनथ्यो तर यहाँ दिन् र रातको कुनै हिसाब किताब नै छैन | मेरी गुरुआमाले गुरु पुत्र र पुत्र बधुलाई गरेको दु:ख देखेर खिन्न मन लीइ चाहिदैन तिम्रो ग्रीनकार्ड भन्दै फर्किईन |अतिथीहरु सँग जम्का भेट भएको छैन भन्न मिल्दैन |
एक पल्ट् १३ दिने हजुरबा हजुरआमालाई लिएर मेरा काका पर्नेले एक् घन्टा गाडी हाकेर लिएर आएका थिए| बढो रमाइलो बातावरण थियो | मेरा बा आमाका कुराहरु सुनाउदै थिए| कही कैले नसुनाएका कुरा दन्त्य कथा सुनेझै भै रहेको बेला मुल ढोकामा ढक ढक्याइले कसैको उपस्थितिको आभस दिन्छ | हामीले सोच्यौ हुलाकि होला ? का बाट हुनु हुलाकी | पल्लो डोर्ममा बस्ने अर्को नेपालीलाई भेटन आएको बेला बाटो बिराउन नसकी हेल्लो भन्न् छिरेको रे ? मेरा बा आमाको कुरा त्यही रोकिन पुग्यो | अतिथी गए अनी तिथी पनि गए पछी का घोत्ल्याइमा सहमति भए किन यि खैरे हरुले अतिथी लाई तिथी बनाउन खोजेका रहेछन भनेर | सामान्य अवस्थामा भए नयाँ पाहुनाको उपस्थिती रमाईलै हुन्थ्यो |

आज भोली अतिथी हुने चलन पनि कम भएकै हुनु पर्छ किन्की तीन करोड जनताका हातमा २ करोड मोबाइल छन र दिन् घडी पला मिलाएर पाहुना हरु आउछन | भलै नेपाली समय मा किन नाआउन ? हुनत हामी नेपालीहरु पनि जोड घटाऊमा कुनै कमी छैन| एस्तै जोड घटाऊको कुरा छिराउ जस्तो लाग्यो | राजबिराजमा दमौली बस्ने कजेजको मित्र अतिथी भाई पुग्नु भएछ | मालदह आपहरुको राजा हो खुवाएर पठाउनु पर्ने खाना खान बसेको आप नदेखे पछी आफ्नो घरेलु असिस्टेन्त्लाई आप लिन पठाएछ | अनी समय काट्न पसल पुग्यो होला , मोलमालाई गरेर जोख्न लगायो होला, पैसा दिएर घर तिर लाग्दै छ , अहिले त्यो महेन्द्र चौक काट्यो होला, एक छिन् पछी चुन्नुलाल्को चिया पसल नजिक आयो होला अनी एक छै पछी "सितल्वा आ गैल " भनेको उता बाट आवाज आउछ "हा मालिक" ! हाम्रा नेपाल जि तीन छक्क | म पनि एस्लाई बनाउछु ३ छक अनी आमन्त्रण गरे | बर्सौ पछी पुगेका झा जिलाई छक्क बनाउन नेपालजिले पनि आफ्नो घरेलु सहयोगिलाइ दमौलीको मिठो खिर किन्न पठाएँ | उन्ले जस्तै यहाँ पुग्यो होला यो गर्‍यो होला त्यो गर्‍यो होला अब त घर पनि छिर्न लाग्यो होला भन्दै हर्के अैइपुगीस भनेर सोद्दा "का तिम्रो एउटा चप्पल मात्रै छ् अर्को खोज्दै छु " | नेपालजिले अर्को पल्ट् चट्टी खोज्ने समय पनि राख्न बिर्सनु हुने छैन | पाउनको बिषयमा पनि एती बजे उठे होलान , चिया नास्तालाई एती समय लाग्छ, महिला पनि भए सिङार पटार को अर्को थप समय, बस मिनिवास या टेम्पु समात्ने समय देखी बस मिनिवासले ठाउँ ठाउँ मा रोकेर ग्राहक खोज्ने समय को ख्याल गरी पाहुना आउने समय निर्धारणा गरिन्छ | यानेकी १० बजे भनेको भए ११:३० भन्दा अघी त आ ई पुग्ने गुन्ज्याईस नै हुँदैन | बिसौ बर्ष बिदेस्मा बिताए पनि निर्धारित समयमा पुग्नु सन्स्क्रिती बिपरित काम गर्न अझै असमर्थ भै राखेका छौ |

एउटा कुरा बुझ्न् नसकेको यो मेरो एक सुके दिमागले त्यो के हो भने १ करोड जनता फेस्बूकमा जुका टास्सिए झै टास्सिएका छन कसै कसैले आखो देखा हाल भने झै गरी एउटा कार्यक्रम वा भेटघाट्को पचासौ फोटा टासिन्छ | त्यो तिजमा सेल्फी खिच्ने र चटक्क परेर तेलहालेर जुल्फी फर्काएर बैनी दिदी म खिची दिउ फोटो भन्ने अर्का महा मानब को उस्तै भिड, यो पनि जाल्मा माछा पार्ने ताल हो कि ? साच्चै नै सह्रीदयि सहयोगगी बन्न खोजेका हुन अनी हामीले यिनिहरुलाई फूर्सदै फुर्सदमा देखे पनि उनिहरुलाई फूर्सदनै छैन , मालपोत र चारखाल्का कर्मचारी भन्दा महा ब्यस्त | बुझ्नु भयो हैन त कती ब्यस्त रहेछन भनेर ? यो भन्दा ठुलो तुलना गर्ने बिषय मैले सोच्न सकिन | मेरा मामा ससुरा पर्ने नेपाल गएको बेला आफ्नो भान्जालाई लौ यो ठाउँ जौ भनेको नयाँ सडक जानु छ रे किन भन्दा त्यो भर्खर रिलिज भएको मुभी लिन ? हुन त ठिकै हो , मुला मामा ससुरिले भान्जाको काम र प्रायोरिटिमा देखेनन | तिन्लाई भान्जाको दिमाग एकछिन्लाई राखिदेइेको भए तिन्ले थाहा पाउथे, कती अस्त ब्यस्त जीबन छ नेपालमा | मुला हरु २ हप्तालाई टुरिस्ट भएर आउछन , हामी जस्तो सदाको बसाइ गर अनी थाहा पाउथौ | हुनलाई एक किसिमले ठिकै पनि हो Life is flowig with the flow|

मेरा मित्रका सासुससुरालाई छोरीले प्राप्त गरेको गरिमलाई फोटोफ्रेममा राखेर दैनिक आत्मा सन्तुस्ती पाउन बिद्याबारिधिमा सहभागि बन्न बर्सौ देखी को माग यो बर्ष पुरा गरिन | यिनले पनि छोटो समयको लागि गएकी हुनाले फेस्बुके मित्र देखी आफन्त सम्मलाई लौ म नेपाल अाइपुगे भनी सोसल् मिडियाबाट जानकारी गराईन भने सके सम्मलाई ब्यक्तिगत नोट पनि लेख्न भ्याएकी हुन रे ? अनी यो फेस्बुक खोलेर पढे पछी पद्यो भन्ने थाहा पाउछन पाउदैनन ?म जस्तो होइन होला त्यो फेस्बूक मा के के हुन्छ भनेर थाहा नहुने किन्की मेरो FB नै छैन | बेफुर्सदीको सिमा पनि कहाँ सम्म : कल्चर नै नभेको हो वा हामी थेत्तरा हौ ? personal म्यासेज पढे पछी एक सब्द लेखन्लाई पनि तेही गाह्रो ? हैन हामीले धेरै सिक्यौ तिमी मुजी बिदेश बसेर सिकाउछौ भन्ने पनि निस्किएलान् | तर समयमा देखाउन सकनौ भने त्यो सिकाइको के काम ? भान्जिको एपेन्डिक्सको अपरेसन गरेको रहेछ, तर ७-२४ नै कुरेर बसिनन भान्जी ? तिजको बेला रिसोर्ट देखी नबदुलही झै रंगिएर फोटो राख्न पनि भ्याएकी नै हुन | फोनको कुरा छोडौ एक शब्द कोर्ने फुर्सद पनि नहुने हामी कती ब्यस्त हौ ? सुन्दा लाग्यो तिमी हरु बिदेस बाट आएको भनेर बाल दिन्नौ वा हामी नयाँ सन्क्रिती तिर उन्मुख हुँदै छौ तेसैको नमुना को प्रस्तुती पस्कदै छौ ?
मेरा मित्रले पठाएको भिटामिन सँग तिजको मुखमा पुगेकी हुनाले आमाजु देखी सासु ससुरालाई चिनो स्वरुप केही लगेकी थीइन , तिन्ले मैले तिजको भाग पनि छ् भनेकी भए शायद केही केही चहल पहल हुन्थ्यो कि ? यानेकी संपर्कमा बस्थेकी यो चै मेरो सुक्ष र तुक्ष सोचाइ पलाएको मात्रै हो है |

मेरो बिचरामा स्वदेस र बिदेशमा बस्ने बिच समयले लामो फड्का मारेको परिणति हो ? हाम्रो मन मस्तिस्क हामीले छोडेर आएको समयको नेपालमा मात्र सिमित हुन्छ होला ? यो ग्याप को कारण हाम्रो expectation पहिले जस्तो थियो तेही हुनु र अहिलेको वास्तविकता सङ्को अं-मेल को समिस्रण हो ? ओल्लो घर पल्लो घर बिच बस्ने दाजु भाई हरुको सम्बन्ध काठमन्डौमा डेरा गरेर बसे जस्तो अनुब्भब गरेर आए | अनी सुन्छु आजकाल एउटा कोठा कसैलाई भाडा लागाउन सुरु गारिएको छ ? रात बिरात केही भै हाले त्याक्सी , रिक्सा बोलाएर आस्पातल सम्म तुरुन्त पुर्याइ हाल्छ भनेर | आफन्तहरुलाई हार गुहार गर्दा आउने हुन वा होईनन | एउटै घरमा भए पछी त नाइ भन्न् सक्दैन भनेर पनी सस्तो मस्तोमा भाडा लागाएको भन्दा पनि सहयोगी भित्राएको हुनुपर्छ | लौ साथी हो तपाईं हरुका माताहारी ७० - ७५ काट्नु भएको भए अनी भएका दाजु भाई टाढा वा भिन्न घरमा बसाइ भए एउटा कोठा भाडा लगाइ सुरक्षित बन्नु होस् | हामी नयाँ सन्कृतिमा हुर्क्दै छौ फुर्सद् र फुर्सदिको व्याख्यामा नबिकरण् भएको छ् |
तपाईंले मलाई काम न काजको घर कुरुवा भन्नुस् वा 7-24 साझामा झुन्डिएको देखेर पनि म एउटा सार्है बेफुर्सदी मनिष हुँ |

 
Posted on 09-23-16 12:23 PM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

७-२४ होइन २४-७ हो |

खाते मित्र तिम्रो स्ट्रिप क्लबको यात्रा कस्तो रह्यो?
 
Posted on 09-23-16 1:14 PM     [Snapshot: 55]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो अर्को धागोको कुरा गर्या हो ? कुनै बेला NY गएको बेला होटेल को स्टाफले मैले खसालेको सुका मलाइ ल्याएर दिए पछि बक्सिस स्वरुप ५ डलर दिनु परेको थियो | मंगले ले टासेको कथा Underware को धागोमा टासी दिएको मात्र हो |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters