[Show all top banners]

Bishnu Gautam

More by Bishnu Gautam
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पर्यटन विकासको भूस्वर्ग नेपाल !
[VIEWED 6936 TIMES]
SAVE! for ease of future access.
Posted on 05-13-13 6:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विष्णु गौतम

संसारकै अथाह श्रोत विश्व प्रशिद्ध विशिष्ट सम्पदाहरुको भण्डार नेपाल साँच्चिकै आफैंमा एउटा अदभुत संग्राहलय हो । भौगोलिक रुपमा यो सानो छ तर धेरै सुन्दर छ । यहाँ संसारका सबै ठाउँको नमूना हिमाल, पहाड र तराई समाहित छ, जैविक विविधताको भण्डार छ, मन्दिरै मन्दिरको सहर छ र छ धार्मिक सहिष्णुता पनि । नेपाल विभिन्न जातजातिहरुको सुन्दर फुलबारी हो जहाँ भाषा र संस्कृतिमा पनि उत्तिकै विविधता छ । विश्वका १४ वटा उच्च शिखरहरुमध्ये ९ वटा नेपालमा नै छन् । यही भूमीमा धार्मिक शास्त्रका प्रशिद्ध पात्र जनक र सीता लगायत शान्तिका अग्रदुत भगवान गौतम बुद्ध समेत जन्र्मिएका थिए । पौराणिक ग्रन्थ अनुसार विभिन्न देवीदेवताहरुको तपोभूमी, भगवान शंकरको क्रिडास्थल पशुपतिनाथको मन्दिर यहीं अवस्थित छ ।
पूर्व र पश्चिमतर्फ भारत वेष्ठित नेपालको उत्तरतर्फ चीन छ । ८०० किलोमिटर लम्बाई र १५०–२५० किलोमिटर चौडाई रहेको नेपालको क्षेत्रफल १४७१८१ वर्गकिलोमिटर छ । परापूर्व कालमा यसको राजधानीको नाम एउटा मात्रै रुखबाट बनेको मण्डपको नामबाट काष्ठमण्डप राखिएको थियो तर समयसँगै अपभ्रंश हुँदै जाँदा पछि गएर काठमाण्डौ बनेको हो । चाँदी झै चम्चमाउँदा हिम शिखरहरु पग्लँदै निरगंगाको रुप धारण गर्दै नागबेली नाच्दै परदेशको महासागरमा समाहित हुने गर्छन् । चराचुरुङ्गि दृष्यावलोकनको लागि नेपाल भूस्वर्ग नै हो । यहँ युरोपको साइवेरियादेखि चराहरु आउने गर्छन् ।
नेपालमा शताव्दियौंदेखी जंगली परम्परागत रुपमा बाँच्दै आएका ओढारमा बस्ने कुसुण्डा जातीदेखी बनपाखामा बस्ने बनकरियाहरुको बासस्थान अझै विराजमान छँदैछ । ईतिहास खोज्नेहरुका लागि रजौटाहरुको राज्य हुँदै राजा, राणा, राजा, प्रजातन्त्र, राजतन्त्र, पुनः प्रजातन्त्र हुँदै अहिले गणतान्त्रिक व्यवस्था विद्यमान छ । हिजोको दिनमा सतीप्रथा समेत रहेको नेपालमा महिलाहरुले परपुरुषको अनुहार हेर्न नहुने चलनदेखी बहुपति प्रथा समेतको ईतिहास छ । जन्म संस्कारमा विविधता नभए पनि यहाँको विवाह संस्कारमा विविधता छ । एउटा थरभित्र प्रायले विवाह गर्दैनन् तर कतै–कतै दाजु भाइका छोराछोरी विच पनि विवाहवारी हुन्छ (केही मुस्लिम) भने कतै–कतै मामाचेला फुपूचेला विच विवाह हुनेगर्छ । कतै दाजुको मृत्यु भएमा भाइले भाउजूसँग विवाह गर्ने चलन रहेको पाईन्छ । तर हाल आएर चेतना बृद्धि भएका कारण यस्ता विवाह वर्जित हुँदै गएका छन् । नेपालीहरुको मृत्यु संस्कार पनि रोचक छ । कतै–कतै लाशलाई जमिनमा गाडिन्छ भने धेरै समुदायमा लाशलाई जलाईन्छ । नेपालभित्र अर्को अनौठो चलन पनि छ हिमाली क्षेत्रतिर (विशेष गरी डोल्पातिर) जहाँ लाशलाई काटेर गिद्धलाई खुवाईन्छ ।
धार्मिक धरोहरका लागि पनि नेपाल धेरै सम्पन्न छ । मन्दिरै मन्दिरको देश भनिने नेपालमा प्रसस्त गुम्बाहरु, चैत्यहरु, मस्जिदहरु र प्रसस्त चर्चहरु पनि छन् । नेपालमा विविध जातजाती तथा धर्मावलम्वीहरुको बसोवास भएर पनि धार्मिक होस् वा जातीय युद्ध कहिल्यै भएका छैनन् । त्यसैले नेपाललाई सधैं सबैको साझा फुलबारी भनिने गरिन्छ ।
विश्वकै आकर्षण बन्दै गएका साहसिक यात्राहरुको लागि उदगम भूमी नेपालमा रक क्लाईम्बिङ्ग, माउन्टेनियरिङ्ग, करेन्ट वाटर ¥याफ्टिङ्ग, तुइन तराई, बन्जी जम्पिङ्ग, आदिको प्रसस्त व्यवस्था छ । थप मनोरञ्जनका लागि ट्रेकिङ्ग, हाइकिङ्ग, हर्स राइडिङ्ग, हात्ती सफारी, साइक्लिङ्ग, बोटिङ्ग लगायत माउन्टेन फ्लाईटको सुविधा समेत छ । यातायातको लागि अझै पनि ठाउँ विशेषमा भैंसी गाडा, वयल गाडा, घोडा गाडा देखि वातानुकूलित कार, बस, हवाई जहाज, हेलिकप्टर र केवलकार आदिको व्यवस्था समेत छ । बास बस्नका लागि साधारण गाउँका छाप्राहरुदेखी विश्वस्तरका पाँचतारे होटलहरुको सुविधा पनि यहाँ छ । विश्व प्रशिद्ध लेखकहरुको लागि नेपालको वातावरणले आकर्षण गर्छ भने साना–ठूला चलचित्रकर्मीहरुको लागि सारा विश्व नेपालभित्रै क्याप्चर गर्नै सकिन्छ । आज विश्व नै सहरिकरण उन्मुख हुँदै औद्योगिकिकरणतर्फ समेत उन्मुख भैरहेको अवस्थामा कोलाहाल रहित नेपाल साँच्चिकै अव विश्वको आराम गर्ने स्थल बन्नुपर्छ । यहाँ उपलब्ध प्राकृतिक उपलब्धीको स्वाद चाख्न पर्छ । शास्त्रअनुसार नेपाल देवभुमी उल्लेख गरिएको हुनाले धार्मिक पर्यटनका लागि पनि र विशेष गरी हिन्दुहरुको आराध्यदेव शिव भगवानको प्रिय क्रिडास्थल मृगस्थली र बासस्थान श्री पशुपतिनाथको मन्दिर रहेकोले यसलाई विशिष्ट मानिन्छ । ज्ञानीजनका अनुसार विश्वप्रशिद्ध मनोकामना माता, मुक्तिनाथ धाम, हिन्दुहरुले जीवनमा पुग्नैपर्ने ठाउँ हो भनेर बुझिएको छ, ध्यान मार्ग समातेका ध्यानीहरुको लागि पनि देवभूमी नेपालको हिमाली क्षेत्र विशेष क्षेत्र हो । नेपाल नै सिद्धार्थ गौतमले जन्म लिएको भूमी हो जसले ७ बर्ष ध्यान गरेर वोदिसत्व प्राप्त गरी विश्वमा नै शान्तिको उद्घोष गरेका थिए । त्यसैले विश्वका बौद्ध धर्मावलम्विहरुको लागी लुम्बिनी नै संसारको सबैभन्दा ठूलो तिर्थस्थल मानिएको छ र जीवनमा कमसेकम एक पटक भए पनि त्यहाँ पुग्ने सबैको इच्छा हुने गर्छ । अन्य धर्मावलम्वीहरुको लागि पनि नेपाल उत्तिकै महत्वपूर्ण छ । यहाँ विद्यमान चर्च, गुरुद्वारा तथा मस्जिदहरुले सबैलाई विना भेदभाव निमन्त्रण दिइरहेका छन् ।
विश्व जनसंख्याको हिसाबले पनि विश्वकै एकतिहाइ जनसंख्या भएको नेपालका दुई विशाल छिमेकी चीन र भारतको विचमा रहनु पर्यटन व्यवसायको हिसाबले विशिष्ट उपलब्धि मान्नुपर्छ । छिमेकी राष्ट्रहरुबाट मात्र केही प्रतिशत पर्यटकहरु नेपाल भित्राउन सक्यो भने देशको आर्थिक बृद्धिदर ह्वात्त बढ्न जान्छ र देशले समुन्नतिको शिखर चुम्नेछ । अतः यतिखेर गरिविको रटान रटेर हिनताबोधमा बाँची देशभित्र रहेको अथाह श्रोत तथा संपदाको अवमूल्यन नगरी र गुटबन्दि छोडी राष्ट्रिय स्वार्थको लागि पर्यटन व्यवसायमा होमिन विलम्ब गर्नुहुन्न ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters